Nepali Poem - नेपाली कविता
बदलीरहेक ( कविता )
सुगन्ध छरिदिनलाई
फलेका वृक्षहरू झुकिरहेकोछन्
विनम्र स्वागत् गर्नलाई
लोलाएका आखाहरू उघ्रिरहेका छन्
विचित्र संसार हेर्नलाई
पीडाका मनहरु बदलिरहेका छन्
अब त खुशी हुनलाई
झुकिरहेका सम्पूर्ण टाउकाहरु उठ्दैछन
सर्वत्र सम्मान पाउनलाई
गलेका दुई हात र गोडाहरू चल्दैछन्
गतिशील सिर्जनाका उर्जालाई
छितिजतिर चम्किला तरंगहरु देखिदैछन्
आकाशमा बिजुली चम्कनलाई
फुस्रा ओठहरु पनि तब लाल हुदैछन
नि : स्वार्थ मुस्कान मुस्कुराउनलाई
खुम्चिसकेका कुखुरे छातीहरु उठ्दैछन
गौरव र हिम्मत प्रप्तिहरुलाई
झरेका काधहरु आब उचालिदै छन्
विजेताका भारहरु बोक्नलाई |
निकै राम्रो कविता
ReplyDeleteDammmn khatra lagyo kabita💜
ReplyDeleteIf you have any doubts, Please let me know