कक्षा १० नेपाली पाठ २
घरझगडा कथाको अभ्यास
Class 10 Ghar Jhagada Exercise
शब्दभण्डार
१. शब्दकोश प्रयोग गरी दिइएका शब्दको अर्थ लेनुहोस् :
पाताल = पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबैभन्दा तल्लो लोक
टीका = निधारमा लगाइने चन्दन
अतीत = बितेको समय
किल्ला = प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ
घनघोर = डरलाग्दो
शपथ = कुनै काम हो होइन भनी गर्ने वचनबद्धता
अवतार = जन्म लिने काम
राँको = आगोको मुस्लो
हालत = अवस्था
२. 'घरझगड़ा' कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
कानमा तेल हाल्नु = पढ्ने बेला कानमा तेल हालेर बसे कसरि सिकिन्छ ।
आँखामा बिझाउनु = देशका प्रायः नेता मेरो आँखामा बिझाउँछन् ।
कम्मर कस्नु = म त अब कम्मर कसेर पढ्ने हो ।
आगो खेलाउनु = आजकालका अल्लारे केटाहरुलाई चलाउनु त आगो खेलाउनु जस्तै हो ।
वाल्ल पर्नु = राम्री केटी देख्यौ कि वाल्ल परेर नहेर त ।
तेल घस्नु = जति तेल घसे पनि उसले तिमीलाई बाल दिने होइन ।
आसमा फँस्नु = लागू पदार्थको आसमा फसेपछि उम्कन गाह्रो छ।
चोचोमोचो मिलाउनु = रक्षा त शिक्षकको कुरामा चोचौमोचो मिलाएर खुव नजिक बन्न खोज्छे ।
३. दिइएका उखान र तिनको अर्थ पहिचान गरी पाँचओटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस् :
●अकबरी सुनलाई कसी लाउनु पर्दै = अकबरी सुनलाई कसी लाउनु पर्दैन भनेजस्तै सन्दीप जस्तो विश्व प्रसिद्ध खेलाडीलाई राम्रो खेल्छन् भनेर भनिरहनु जरुरी छैन ।
●इन्द्रका अगाडि स्वर्गको बयान = ८ वर्ष अमेरिका बसेर आएको मान्छेसँग अमेरिका नगएको मान्छेले गफ लगाउनु त इन्द्रका अगाडि स्वर्गको बयान भने भइहाल्यो नि ।
●जसले मह काढ्छ उसले हात चाटछ = जसले मह काठ्छ उसले हात चाट्छ भनेझौं कक्षामा प्रथम हुने विद्यार्थीले पुरस्कार त पाइहाल्छ नि ।
●नाच्न नजान्ने आँगन टेढो = हेमन्लातई गितार बजाउनै आउँदैन अनि गितार खराब भन्छ, यो त नाच्न नजान्ने आँगन टेढ्यो भएनर ।
●हने बिरुवाको चिल्लो पात= हने बिरुवाको चिल्लो पात भनेझैं माहाकवि लक्ष्मीप्रसाद दैवकोटा सानैदेखि
मेहनेती थिएँ ।
४. दिइएको अनुच्छेबाट अनुकरणात्मक शब्द पहिचान गरी लेखुहोस् :
घ्याच्च, हस्याङफस्याङ, छक्क, चटक्क, गद्गगद्
५. कोशको प्रयोग गरी दिइएका शब्दलाई क्रम गिलाएर लेखुहोस् :
अंश, आँसु, क्रण, कक्ष, क्षमा, गुलाफ, ज्वाला, ज्ञानी, त्याग, जरिलोचन, थुनुवा, सिर्जना
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) घरझगडा' कथा कति अनुच्छेदमा संरचित छ ?
उत्तर : 'घरझगडा' कथा १० अनुच्छेदमा संरचित छ ।
(ख) कथाको प्रारम्भ कुन घटनाबाट भएको छ ?
उत्तर : कथाको प्रारम्भ राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ ।
(ग) कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ?
उत्तर : कथामा बहादुर शाह र राजेन्द्रलक्ष्मीको प्रत्यक्ष भूमिका देखिएको छ ।
(घ) बहादुर शाह वाल्ल परेको घटना कुन अनुच्छेदमा छ ?
उत्तर : बहादुर शाह वाल्ल परेको घटना चौथो अनुच्छेदमा छ ।
४. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस :
(क) माथिको कथांश कुन सन्दर्भमा आएको हो ?
उत्तर : माथिको कथांश राजेन्द्रलक्ष्मीको बहादुर शाहप्रतिको धारणा बताउने सन्दर्भमा आएको हो ।
(ख) म पात्र उनका आँखामा बिझाउनुको कारण के हो ?
उत्तर : भारदारहरुको कुराको आधारमा एक अर्कालाई शङ्का गरेको कारण म पात्र उनका आँखामा बिझाएको बुझन सकिन्छ ।
(ग) अमृतको कणमा विष देनुको तात्पर्य के हो ?
उत्तर : अमृतको कणमा विष देख्नुको तात्पर्य सकारात्मक व्यक्ति र अवस्थालाई पनि नकारात्मक ठान्नु हो ।
(घ) कथांशमा घात प्रतिघात किन चल्दै गयो ?
उत्तर : एक अर्काप्रतिको अविश्वासका कारण कथांशगा घात प्रतिघात चल्दै गयो ।
५. कथाअनुसार दिइएका घटनालाई क्रम मिलाएर लेखुहोस् :
(क) राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुट्नु
(ख) नाग बनेर आए पनि यिनीसँग म डराउन्न भन्न
(ग) हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ भन्नु
(घ) चौबिसीहरूले सङ्गठन गर्न थालेको गप्ती खवर सुन्नु
(ङ) आपसी फुट नै जातिको पतनकी चिह्न हो भन्नु
(च) बहादुर शाहले कुरौटेले वैमनस्य बढाइदिएको बताउनु
(छ) बालुवाले तिललाई पनि बालुवा नै सम्झिन्छ भनेझै उनका आँखामा म बिझाउन थाल्नु
(ज) शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन् भन्नु
(झ) राजेन्द्रलक्मीले बहादुर शाहको सकारात्मक भूमिकाको वर्णन गर्नु
(ञ) गोरखामा हमला गर्न लागेको खबर आउनु ।
६. दिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क) 'घरझगडा' कथाका पात्र राजेन्द्रलक्ष्मी र बहादुर शाहका चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।
उत्तर : राजेन्द्रलक्मी र बहादुर शाह दुबैले प्रतापसिंह शाहको मृत्युपछि नायव भएर शासन चलाए । दरबारिया पड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन् । कथाका आधारमा यिनीहरुको नियतमा खोट भने भेटिन्न तर दुबै शङ्कालु भने देखिएका छन् । स्वविवेकको प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए । भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो । यसरी हेर्दा उनीहरु दुबै शड्कानु र सत्ताको लोभ रहेका पात्र देखिन्छन् ।
(ख) कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस् ।
उत्तर : कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समय नेपालको एकीकरण कालको भएको देखिन्छ । त्यसबेलाको राजनीतिक परिवेश युद्धमय रहेको देखिन्छ । बाइसी चौबिसी जस्ता ससाना राज्यहरू आफ्नो अस्तित्व जोगाउन लागिपरेको देखिन्छ भने पृथ्वीनारायण शाहपछि बहादुर शाह र राजेन्द्रलक्ष्मीले नेपाल एकीकरण अभियानलाई तिव्रता दिएको पाइन्छ । युद्धको समय भएकाले भारदारहरू शक्ति र सत्ता प्राप्तिका लागि जस्तोसुकै खेल खेल्न तयार रहेको राजनीतिक परिवेश देखिन्छ । बहादुर शाह र राजेन्द्रलक्ष्मीको झगडा पनि यसैको उपज हो । राजतन्त्रात्मक राजनीतिक परिवेशमा नायबी चलाउने प्रचलनलाई पनि त्यसबेलाको राजनीतिक परिवेशअन्तर्गत समेट्न सकिन्छ । राजेन्द्रलक्ष्मीमार्फत नेपाली राजनीतिमा महिलाको प्रवेश भएको परिवेश पनि महत्त्वपूर्ण परिवेश हो ।
(ग) बहादुर शाह बेतिया पुगेपछि राजेन्द्रलक्ष्मी किन आत्तिन् ?
उत्तर : बहादुर शाह बेतिया पुगेको खबर राजेन्द्रलक्ष्मीले सुनेपछि बहादुर शाहका सकारात्मक भूमिका केलाउन थालिन् । बहादुर शाह हिरा भएको तर आफूले नै प्रयोग गर्न नजानेको तथ्य स्वीकार गरिन् । पर्वत, लमजुङ, तनहुँ मिलेर गोर्खामा आक्रमण हुन लागेको खबर आउन थाल्यो । पाल्पा पनि जित्नु पर्ने अवस्था थियो । पूर्वेतिर पनि एकीकरण अभियान अघि बढाउनु पर्ने थियो । यसका लागि एक मात्र भरपर्दो सहयोगी देवर बहादुर शाह बेतिया पुगे । तसर्थ बहादुर शाहले पुनः बदला लिन आएमा कसरी बच्ने र एकीकरण अभियानलाई पनि कसरी अघि बढाउने भनेर राजेंन्द्रलक्ष्मी आत्तिइन् ।
(घ) कथाको मुख्य सन्देश लेनुहोस् ।
उत्तर : ऐतिहासिक कथा 'घरझगडा' मा कथाकारले सत्ता प्राप्तिका लागि हने सङ्घर्षलाई बडो व्यावहारिक र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेका छन् । सत्ता प्राप्तिका लागि भाइभारदारहरू जस्तोसुकै कुकर्म गर्न र घरझगडा लगाउन तयार रहेको कुरालाई कथाले मार्मिक ढङ्गबाट प्रस्तुत गरेको छ । राजेन्द्रलक्ष्मी र बहादुर शाहबिच झगडा लगाउनुको पछाडिको उद्देश्य पनि शक्ति र सत्ता प्राप्तिसँग सम्बन्धित रहेको छ । तसर्थ यस कथाले घरझगडा हुन दिनु नहुने सन्देश दिएको छ । वीर बहादुर शाह र वीराङ्गना राजेन्द्रलक्ष्मीका माध्यमबाट कथाकारले यस कैथामा घरझगडा कसैका लागि पनि हितकर नहुने बरु यसले 'भाइ फुटे गवार लुटे' भन्ने उखानको चरितार्थ हुने मूलभाव वा सन्देश अभिव्यक्त गरेका छन् ।
७. कथाको 'राजेन्द्रलक्ष्मीले..... गर्नुहोस्' कथांशबाट चारओटा प्रश्न बनाई तिनको उत्तर साथीसँग छलफल गर्नुहोस् ।
उत्तर : कथाको 'राजेन्द्रलक्ष्मीले.... गर्नुहोस्' कथांशबाट चारओटा प्रश्न -
(क) राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई बोलाएर के भनिन् ?
(ख) बहादुर शाहलाई राजेन्द्रलक्ष्मीले किन ऐरेलु बन्नुहुन्छ भनेकी हुन् ?
(ग) कथांशमा के कुरालाई राजनीति होइन भनिएको छ ?
(घ) महिलाहरू के के बन्न सक्छन् ?
८. राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिच कुराकानी भइरहेको समयमा तपाइँ पुग्नुभएको भए के सल्लाह दिनुहुन्थ्यो, कारणसहित वर्णन गर्नुहोस् ।
उत्तर : राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिच कुराकानी भइरहेको समयमा यदि म पुगेको भए दुवैलाई घरझगडा त्यागेर मिल्ने सल्लाह दिन्थें । आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने बाहिरका व्यक्तिको कारण घरझगडा हुन्छ । एक अर्काको कुरा राम्ररी नसुन्ने बानीले पनि घरझगडा बढ्दै जान्छ र अमृत पनि विष लाग्न थाल्छ । बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण पनि घरझगडा हो । तसर्थ देवर र भाउजूका बिचमा सुमधुर सम्बन्ध कायम भइरहनुपर्छ । यो पारिवारिक कुरो मात्र नभएर समग्र राष्ट्रको कुरो हो । एकीकरण जस्तो महान् अभियानको पूर्णताको कुरो हो । तसर्थ सत्ताका लागि जे पनि गर्न खोज्ने भारदारको कुरा सुनेर जननी र पुत्रको जस्तो सम्बन्ध भएको देवर भाउजू झगडा गर्नु हुँदैन ।
यदि देवर खराब भएको भए त्यसवेलामा नै तपाइँलाई सती पठाउँथे । त्यस्तै भाउजू खराब भएको भए देवरलाई पुत्र समान ठानेर किन भरोसा गरी राजकाजमा समान रूपमा सहभागी गराउँथिन् । तसर्थ दुवै मिलेर अघि बढ्नुपर्छ । अरूका कुरा सुनेर झगडा मच्चाउनु हुँदैन । 'भाइ फुटे गवार लुटे' को अवस्था आउन दिनुहुँदैन भन्ने सल्लाह दिन्थें ।
९. व्याख्या गर्नुहोस् :
(क) बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो ।
उत्तर : प्रस्तुत कथांश 'घरझगडा' शीर्षकको ऐतिहासिक कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार बदरीनाथ भट्टराई (वि.सं.१९६५ - २०५२) हुन् । कथाकार भट्टराई इतिहास, वेद र पुराणलाई कथाको भिन्नाभिन्नै क्षेत्र बनाएर विगतका यथार्थभित्रका अमूल्य र रोचक तथ्यमाथि प्रकाश पारी नेपाली कथाजगत्मा छुट्टै पहिचान कायम गर्न सफल कथाकार हुन् । प्रस्तुत कथोश गुरु गजराज मिश्रको भनाइ हो । राजेन्द्रलक्ष्मीले यस भनाइलाई स्मरण गरेकी हुन् ।
घरझगडा बढ्दै गएपछि बाहिर कमजोर अवस्थामा रहेका शत्रु पनि जुर्मुराउन थाल्छन् । घरझगडाको कारणले गर्दा बाहिरी शत्रुलाई फाइदा हुन्छ । त्यसैले त भाइ फुटे गवार लुटे भनिन्छ । आफ्नो स्वार्थ पूरा गर्नका लागि बाहिरका व्यक्तिहरूले भए नभएको कुरा लगाएर झगडा मच्चाइदिन्छन् । आगोको झिल्कोलाई बेवास्ता गरियो भने त्यसले राँकोको रूप लिन्छ । राजेन्द्रलक्ष्मी र बहादुर शाहमा भारदारहरूले झगडा लगाइदिएपछि त्यसले उग्र रूप लियो । उनीहरूमा एकले अर्कालाई नजरबन्द गर्ने तथा थुन्ने गर्न थाले । वीर देवर र वीरगना भाउजू झगडामा पर्दा बाहिरी शत्रु चौबिसीहरू सङ्गठन गर्न लागे । पाल्पा, लमजुङ र तनहुँको सङ्गठनले गर्दा केही वीरहरूले ज्यान बलिदान दिनुपयो । चारैतिरबाट शत्रु जुर्मुराउन थाले ।
यसप्रकार ऐतिहासिक कथाको माथिको कथांशले घरझगडा राम्रो होइन, घरझगडाले बाहिरी शत्रु उठ्न थाल्छन् र हामी कमजोर हुन जान्छौँ भन्ने तथ्यलाई स्पष्ट बनाएको छ ।
(ख) शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो ।
उत्तर :प्रस्तुत कथांश 'घरझगडा' शीर्षकको ऐतिहासिक कथाबाट साभार गरिएको हो । यस कथाका कथाकार बदरीनाथ भट्टराई (वि.सं. १९६५- २०५२) हुन् । कथाकार भट्टराई इतिहास, वेद र पुराणलाई कथाको भिन्नाभिन्नै क्षेत्र बनाएर विगतका यथार्थभित्रका अमूल्य र रोचक तथ्यमाथि प्रकाश पारी नेपाली कथाजगत्मा छुट्टै पहिचान कायम गर्न सफल कथाकार हुन् । प्रस्तुत कथांश राजेन्द्रलक्ष्मीको भनाइ हो । उनले आफ्नैसँग उक्त कुरा भनेकी हुन् ।
घरझगडाको कारण राजेन्द्रलक्ष्मी र बहादुर शाह एक अर्कालाई नजरबन्द बनाउने र राज्य सञ्चालन गर्ने कार्यमा लागेका थिए । राजेन्द्रलक्ष्मी बडो मुश्किलसँग नजरबन्दबाट छुटेपछि देवर बहादुर शाहलाई निकै गुण लगाएको तर उनले घात गरेको बताउँछिन् । घरमा बहादुर शाह बाघ बनेको, आकाशमा पुऱ्याउँदा बाजको रूप लिएको र अब पातालमा पुऱ्याउँदा के हुने हुन भन्ने उनको भनाइ रहेको छ । आफ्ना सहयोगीहरूको कारणले आफू नजरबन्दबाट उम्कन सफल भएको र बहादुर शाह नाग बनेर आए पनि आफू नडराउने कुरा उनी गर्छिन् । न्यायका पक्षमा हिँड्ने भारदारहरू प्रशस्तै रहेकोमा हरेस खानु कमजोरी हुने र शङ्काको डोरीमा पिङ खेल्नु हिम्मत नभएको अवस्था हो भन्ने राजेन्द्रलक्ष्मीको भनाइ रहेको छ ।
तसर्थ माथिको कथांशमा ऐतिहासिक वीराङ्गना नारी राजेन्द्रलक्ष्मीको हिम्मत र बहादुरीलाई स्पष्ट पारेको छ । आफ्नो पक्षमा लाग्ने प्रशस्त व्यक्ति हुँदा न्यायका लागि हरेस खानु नहुने र शङ्का गर्नु कमजोरी हुने तथ्यलाई स्पष्ट पारिएको छ ।
१०. 'घरझगडा' कथाको सार एक अनुच्छेदमा लेखुहोस् ।
उत्तर : 'घरझगडा' कथाको सार -
बडो मुश्किलसँग राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुट्छिन् । नाग बनेर आए पनि यिनीहरूसँग म डराउन्नँ भन्ने कुरा उनी गर्छिन् । हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ भन्ने राजेन्द्रलक्ष्मीको बहादुर शाहप्रतिको भनाइ रहेको हुन्छ । बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हौ भन्ने कुरा पुष्टि भएको महसुस उनी गर्छिन् । यसैक्रममा चौबिसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खबर राजेन्द्रलक्ष्मीले सुन्छिन् । आपसी फुट नै जातिको पतनको चिह्न हो भन्ने कुरा उनले देवर बहादुर शाहसँग गर्छिन् । बहादुर शाहले कुरौटेले वैमनस्य बढाइँदिएको बताउँछन् । राजेन्द्रलक्ष्मी बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भने झैँ उनका आँखामा म बिझाउन थालें भन्छिन् । शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन् भन्ने कुरा गर्छिन् । बहादुर शाह बेतिया पुगे भन्ने खबर सुनेपछि राजेन्द्रलक्ष्मी अत्तालिन्छिन् । साथै उनले बहादुर शाहको सकारात्मक भूमिकाको वर्णन गर्छिन् । त्यसै क्रममा गोरखामा हमला गर्न लागेको खबर आउँछ ।
११. राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्र छन् त, कथाका आधारमा तर्क दिनुहोस् ।
उत्तर : मूलतः राजेन्द्रलक्ष्मी र बहादुर शाहका गतिविधिहरू राष्ट्रियता र स्वाधीनताका लागि नै केन्द्रित भएको पाइन्छ। बहादुर शाहसँगको उनको सम्बन्धलाई अलग्याउने हो भने उनी एक नेपाली वीराङ्गना हुन् । ससुरा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानलाई सार्थक बनाई पूर्णता दिनु उनको उद्देश्य रहेको थियो । उनका सबै गतिविधिहरू त्यसैतर्फ केन्द्रित भएको पनि पाइन्छ । नेपाल एकीकरणमा पृथ्वीनारायण शाहपछि उनको योगदान अविस्मरणीय रहेको छ । प्रस्तुत 'घरझगडा' कथामा उनको भूमिका नकारात्मक देखिँदैन । उनको योगदानको कथामा राम्रोसँग चर्चा गरिएको छ । बहादुर शाहप्रति पनि उनको पूर्ण रूपमा नकारात्मक दृष्टिकोण देखिँदैन । अझ बहादुर शाह बेतिया पुगे भन्ने खबर थाहा पाएपछि त उनले बहादुर शाहको सकारात्मक भूमिकाको खुलेर प्रशंसा गरेकी छिन् ।
बहादुर हिरा भएको आफूले उपयोग गर्न नजानेको स्वीकारेकी छन् । भारदारहरूको भूमिका र स्वार्थका कारण पुत्रस्नेहमा परी उनी अन्धी बनेको भने प्रष्ट छ । त्यस्तै सबै जालझेललाई चिर्दै एकीकरण अभियानलाई बहादुर शाहको अभावमा कसरी अगाडि बढाउने भनेर उनी लागेको देखिन्छ ।
यसप्रकार यी सबै तथ्यलाई विश्लेषण गर्दा 'घरझगडा' कथाको आधारमा हामी केही अवगुणका बाबजुद राजेन्द्रलक्ष्मीका कार्य राष्ट्रियता र स्वाधीनताका लागि केन्द्रित रहेको थियो भन्न सक्छौं ।
१२. सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई कथाले कुन रूपमा देखाएको छ, समीक्षा गर्नुहोस् ।
उत्तर : कथाकार बदरीनाथ भट्टराई (वि. सं. १९६५ २०५२) द्वारा रचिएको 'घरझगडा' कथा ऐतिहासिक विषयवस्तुमा आधारित कथा हो । कथाकार भट्टराई इतिहास, वेद र प्राणलाई कथाको भिन्नाभिन्नै क्षेत्र बनाएर विगतका यथार्थभित्रका अमूल्य र रोचक तथ्यमाथि प्रकाश पारी नेपाली कथाजगत्मा छुट्टै पहिचान कायम गर्न सफल कथाकार हुन्। घरझगडा' पनि उनको ऐतिहासिक विषयवस्तुमा आधारित सन्देशमूलक घतलाग्दो कथा हो । कथामा उनले विशेष गैरी सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई रोचक रॅ प्रभावकारी शैलीमा प्रस्तुत गर्दै घरझगडा गर्न नहुने सन्देशसमेत प्रस्तुत गरेका छन् ।
कथामा पृथ्वीनारायण शाह तथा प्रताप शाहको मृत्युपश्चात् नाबालक राजेन्द्र शाहलाई काखमा च्यापी नायबी राज्य सञ्चालन गर्न राजेन्द्रलक्ष्मी तत्पर भएको तथा बाबु र दाजुको आकांक्षा मुताविक राज्य अगाडि बढाउनुपर्छ भन्ने सोचाइ राखेका बहादुर शाहबिच भएको तानातानीलाई प्रमुख विषयवस्तु बनाइएको छ । दुवै देवर भाउजूले कथामा एक अर्कालाई चिन्न सकेका छैनन्, मात्र भारदार र बाह्य शत्रुको कुरा सुनी एकले अर्कालाई नजरबन्द गर्ने तथा थुनुवा बनाउने कार्य गरिरहेको घटनालाई वर्णन गरेको छ । पुर्खाको सपना पूरा गर्ने दुवैको मनसाय भए पनि आआफ्ना विचारलाई अभिव्यक्त गर्न नसक्दा, एकले अर्कालाई विश्वास गर्न नसक्दा भित्री चाहना नै नबुझी कनसुत्ला जस्तो व्यवहार गर्ने भारदारको कुरालाई लिएर घरझगडा सुरु भएको छ ।
राज्य सञ्चालनमा कचिङ्गललाई मूल विषयवस्तु बनाए पनि राष्ट्रको गौरव बढाउन उनीहरूले गरेको कार्यको चर्चा पनि गरेकाले अर्थात् वीर वीराङ्गनाको पराक्रमसम्बन्धी चर्चा गरेकाले प्रस्तुत 'घरझगडा' ऐतिहासिक कथाको रूपमा चर्चित छ । कथामा कथाकार भट्टराईले सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई बडो व्यावहारिक र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेका छन् । सत्ता प्राप्तिका लागि भाइभारदारहरू जस्तोसुकै कुकर्म गर्न र घरझगडा लगाउन तयार रहेको कुरालाई कॅथाले मार्मिक ढङ्गबाट प्रस्तुत गरेको छ । राजेन्द्रलक्ष्मी र बहादुर शाहबिच झगडा लगाउनुको पछाडिको उद्देश्य पनि शक्ति र सत्ता प्राप्तिसँग सम्बन्धित रहेको छ ।
यसप्रकार प्रभावकारी, सरल र रोचक प्रस्तुत कथामा आन्तरिक दृष्टिविन्दुका माध्यमबाट सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई मार्मिक ढङ्गबाट प्रस्तुत गर्दै घरझगडाले कसैलाई फाइदा नहुने सन्देश अभिव्यक्त गरिएको छ ।
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेनुहोस् :
(क) प्रश्नहरू :
(अ) व्यक्तिका मनमा कुन कुन गुण रहेका हुन्छन् ?
उत्तर : व्यक्तिका मनमा सत्व, रज तम गरी तीन प्राकृतिक गुण रहेका हुन्छन् ।
(आ) मन र इन्द्रयिचको सम्बन्ध देखाउनुहोस् ।
उत्तर : मन अत्यन्त तीब्र र गतिवान् हुन्छ र यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ ।
(इ) राजस र तामस गनको तुलना गर्नुहोस् ।
उत्तर : रागयुक्त, सचेत र चञ्चल मन राजस मन हौ भने कोधी र अज्ञानी मन तामस मन हो ।
(ई) व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदा रहेछन् ?
उत्तर : व्यक्तिका व्यवहार मन, इन्द्रिय र गुणका आधारमा निर्धारण हुँदा रहेछन् ।
ख.
(अ) अनुच्छेदका 'गर्छ' र 'मानिन्छ' क्रियापदको धातु पहिचान गर्नुहोस् ।
उत्तर : गर्, मान् ।
(आ) अनुच्छेदबाट सकर्मक किया शएका कुनै दुई धातु टिपी अनुच्छेदगा प्रयोग शएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस ।
उत्तर : हुन्छ, गर्छ (जेठमा गर्मी हुन्छ । विवेकले कक्षाकार्य गर्छ)
(इ) अनुच्छेदबाट दीर्घ ईकार प्रयोग भएका चारथोटा शब्द पहिचान गर्नुहोस् ।
उत्तर : जीव, तीव्र, तीन ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेनुहोस्ः
(क) माथिका अनुच्छेदमा रेखाडकित किने, निस्के, गए, गरे, पॅढिन् रमाए क्रियापदका धातु पहिचान गर्नुहोस् ।
उत्तर : किन, निस्क, जा, गर, पढ़, रमाउ ।
(ख) माथिका अनुच्छेदमा रेखाडूकित किनेको, निस्केर जाँदै, गरेको, देखेर, पढ्ने र गएर कुदन्त शब्द कुन कुन धातुबाट बनेका हुन ?
उत्तर : किन, निस्क, जा, गर्, देख, पढ्, जा ।
(ग) साथि प्रयोग भएका किने, गरे, पढिन् कर्म लिने सकर्मक कियापद र निस्के, गए, रमाए पद कर्म नलिने अकर्मक कुन धातुबाट बनेका हुन् ?
उत्तर : किन्, गर्, पढ, सकर्मक र निस्क, जा, रमाउ अकर्मक ।
२. उदाहरणमा दिए झौं 'लेख उठ, दि, समाउ' घातुबाट कियापद निर्माण गर्नुहोस् :
उत्तर : लेख - लेख्छ, लेख्यो, लेख्ने छ, लेख्ला, लेख्दै थियो, लेखेको थियो, लेख्य्यो, लेखेछ, लेखोस, उठ उठ्छ, उठ्यो, उठ्ने छ, उठ्ला, उठ्दै थियो, उठेको थियो, उठ्थ्यो, उठेछ, उठोस्। दि दिन्छ, दियो, दिने छ, देला, दिँदै थियो, दिएको थियो, दिन्थ्यो, दिएछ, देखेस् । समाउ समाउँछ, समायो, समाउने छ, समाउला, समाउँदै थियो, समाएको थियो, समाउँथ्यो, समाएछ, समाओस् ।
३. 'घरझगडा कथाको काँडा झरेको चित्त बुझाएँ कवांशमा भएका कृदन्त धातु तथा सकर्मक र अकर्मक कियाका रुप पहिचान गर्नुहोस् ।
उत्तर : क्दन्त धातुः 'फरेको, झरेर, भन्ने, बनेर, बर्साएका, दिएको, त्यागेका, भनी सकर्मक कियाः गरेकी थिएँ, होलान्, सम्झन्छ, थाले, सम्झे, लियो, बुझाएँ अकर्मक कियाः आएछन्, परें, गयो,
४. सकमक र अकर्मक क्रियायुक्त वाक्यको प्रयोग गरी विद्यालयमा सम्पन्न कुनै अतिरिक्त क्रियाकलापको वर्णन गर्नुहोस् ।
उत्तर : गत शुकबार विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । मैले पनि भाग लिएको थिएँ । संबिनाले चुट्कर्किलाल सुनाइन् । चुटकिला सुनेर सबै जना हाँसे । शिक्षकहरुनाच्नुभयो । विद्यार्थीले ताली बजाए । ४ बजे हामी घर फर्कियौं ।
५. दिइएको अनुच्छेद पढी सुरु बिच र अन्तमा दीर्घ ईंकार प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस् :
उत्तर : सुरुमा दीर्घ ईकार प्रयोग भएका शब्द :- तीर, तीर्थ,
ब िचमा दीर्घ ईंकार प्रयोग भएका शब्द: रवीन्द्र, कवीन्द, निरीक्षण, सन्दीप, पर्यटकीय, सगीप
अन्तिममा दीर्घ इकार प्रयोग भएका शब्द : डोटी, काली गण्डकी, कास्की, रिडी, सुनसरी, पुगी, कोसी, लुम्बिनी, अधिकारी,
६. 'घरझगडा' कथाबाट सुरु विच र अन्तिममा दीर्घ ईकार प्रयोग भएका शव्द पहिचान गरी साथीसँग छलफल गर्नुहोस ।
सुरुमा दीर्घ ईकार प्रयोग भएका शब्द :- टीका,
उत्तर : बिचमा दीर्घ कार प्रयोग भएका शब्द सजीव, अतीत, राजनीति,
अन्तिममा दी ईकार प्रयोग भएका शब्द :- राजेन्द्रलक्ष्मी, यिनी, कमजोरी, डोरी, नादानी, बेकुफी, सिहिनी, पृथ्वी, यसरी
Welcome to our blog post dedicated to Class 10 Nepali Chapter 2, Ghar Jhagada! In this article, we have curated a comprehensive collection of exercise solutions to help you navigate through this newly updated syllabus by the NEB of Nepal in the year 2080.
Ghar Jhagada is an intriguing chapter that delves into the complexities of domestic conflicts and relationships. With its relatable characters and compelling storyline, this chapter offers valuable insights into Nepali literature.
Our collection of exercise solutions provides you with step-by-step guidance and explanations for each exercise, ensuring a thorough understanding of Ghar Jhagada. Whether you're a student preparing for exams or an individual interested in expanding your knowledge, these resources will prove invaluable.
At Gaurab Subedi's Blog, we strive to deliver high-quality educational content, and this article is no exception. We have carefully compiled the exercise solutions, keeping in mind the updated syllabus, to provide you with accurate and reliable information.
By offering these comprehensive exercise solutions, we aim to support your learning journey and help you excel in your Nepali literature studies. Our resources will empower you to tackle the exercises with confidence and deepen your understanding of Ghar Jhagada.
Without further delay, let's dive into the exercise solutions below. Feel free to explore each solution in image format, allowing you to follow along and grasp the concepts effectively. We hope that our efforts in curating these exercise solutions will enhance your learning experience and contribute to your academic success. If you have any questions or require further assistance, please don't hesitate to reach out to us.
could u please update the chapter exercise of lesson 3 of nepali....................................plzzzz
ReplyDeletehttps://www.gaurab123.com.np/2023/06/chikitsa-bigyan-ra-ayurved-chikitsa.html?m=1
DeleteCould you plzz all chapter (pariyojana karya)written
ReplyDeleteplease search in the search option to find needy guides!
DeleteIf you have any doubts, Please let me know