Class 12 Nepali Guide
How to use??
Click the desired Chapter and Scroll below to view the answers!!
आमाको सपना (कविता)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. उस्तै अर्थ दिने शब्दबिच जोडा मिलाउनुहोस् :
उषा – झिसमिसे उज्यालो
सपना – रमाइलो भविष्यको आशा वा कल्पना
यौवन – युवा अवस्था
कलिलो – कलकलाउँदो
सङ्ग्राम – लडाइँ
जडता – मूर्खता
कण्ठ – घाँटी
आशा – चाहेको वस्तु पाउने इच्छा
२. अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
(क) राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला : शीत
(ख) ओठमा राखी दाहिने कुमतिर फर्काई बजाइने बासँ, निगालो आदिबाट बनाइएको बाजा : बाँसुरी
(ग) लिने वा समात्ने काम : ग्रहण
(घ) सिर्जना गर्ने क्षमता : सिर्जनाशक्ति
(ङ) सन्तुष्ट हुने वा पार्ने वचन : सान्त्वना
(च) वेगसित चलेको हावा : हुरी
३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् र तिनलाई वाक्यमा प्रयोग पनि गर्नुहोस् :
वायु : हावा
प्रदूषित हावा गह्रौँ हुने हुनाले धेरै समयसम्म शहरभित्रै रुमल्लिएर बस्छ।
आमा : माता
हामीले माताको भावनामा चोट पुर्याउनु हुँदैन।
मधुर : मन्द
मेरो साथीको आवज सुनेर म मन्द भए ।
गरिमा : गौरव
उनको आफ्नो शक्तिको गौरव र अनुग्रह दुबै व्यक्त गरिन्।
करुणा : दया
मानव प्राणीमा कुनै दया वा करुणा छैन।
नगर : शहर
हामीले गत बिहीबार राती शहर छोड्यौं।
दक्ष : सक्षम, कुशल
राजधानीमा एक अत्यधिक कुशल सार्वजनिक यातायात प्रणाली छ।
एकान्त : सुनसान
पिर परेको समयमा सुनसान ठाउँको आवश्यकता पर्दछ ।
धरती : पृथ्वी
पृथ्वी एकमात्र ग्रह हो जसले जीवनलाई समर्थन गर्दछ।
शिशु : नानी
आमाले नानीलाई राम्ररी स्याहारसुसार गर्नुहुन्छ ।
४. दिइएका उखानको प्रयोग गरी आफ्नो जन्मस्थानको वर्णन गर्नुहोस् :
एकले थुकी सुकी सयले थुकी नदी, नजिकको तीर्थ हेला, जिउँदाको जन्ती मर्दाको मलामी, आफू भलो त जगतै भलो, एक हातले ताली बज्दैन
मेरो जन्म आजभन्दा करिव १७ वर्ष अगाडि नेपालको एउटा रमणीय गाउँ विसालटारमा भएको हो । पहाडको हरियो भोटोले बनेको गाउँ विसालटार मेरो मुटुको टुक्रा हो । सिन्दुमा हराएको बिन्दु जस्तै नेपालको भूमिमा सानो देखीएपनि मेरो गाउँ मेरो हृदयको धड़कन हो। मरो गाउँ प्राकृतिक दृष्टिलेनै हेर्दा राम्रो देखिएपनी नजिकको तीर्थ हेला भनेझैँ मानिस सुन्दरता खोज्दै अन्य सहरहरूमा लाग्छन् ।
एकले थुकी सुकी सयले थुकी नदी भनेझैँ सहरहरूको धुँवा र धुलो खानु भन्दा मानिसहरू गाउँ घुम्न आउने हो भने गाउँको पर्यटनविकास बढ्न सक्थ्यो । एक हातले ताली बज्दैन भनेझैँ सबै मिली गर्ने हो भर्ने यो काम सम्भव हुन सक्छ । मेरो लागि आफ्नो गाउँको मानिसहरू जिउदाको जन्ती मर्दाको मलामी हुन् । यहाँको मानिसको व्यवहारमा आफू भलो त जगतै भलो भन्ने सिद्धान्त भूल्किन्छ । मेरो गाउँका मानिसहरू मिलनसार बनि मिलिजुली बसेकाछन् ।
५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :
देवानी, फौजदारी, वारेस, सरजमिन मुचुल्का, अध्यादेश, अधिवक्ता, विधेयक, जमानत, बिगो, इजलास, कायलनामा, हदम्याद, सनाखत, तारिख
अनुक्रमअनुसार मिलाइएको :
अधिवक्ता, अध्यादेश, इजलास, कायलनामा, जमानत, तारिख, देवानी, फौजदारी, बिगो, मुचुल्का, वारेस, विधेयक, सनाखत, सरजमिन, हदम्याद
अर्थहरु :
देवानी :
फौजदारी मुद्दाबाहेक अरू मुद्दा हेर्ने वा सुल्झाउने
फौजदारी :
मारपिट, चोरी, डकैती, ज्यान आदि अपराधको न्यायिक कारवाही गरिने कुरासँग सम्बन्धित
वारेस :
उत्तराधिकारी
सरजमिन :
सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ
मुचुल्का :
सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज
अध्यादेश :
संसद्को अधिवेशन नभएको बेला खास
अधिवक्ता :
अधिकृत तहको कानुन व्यवसायी
विधेयक :
संसद्बाट पारित हुनुभन्दा पूर्वको कानुनी मस्यौदा
जमानत :
धितो, धरौटी
बिगो :
अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम
इजलास :
अदातल
कायलनामा :
अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत
हदम्याद :
आखिरी म्याद
सनाखत :
भिडाउने वा चिनाउने काम, बेवारिसे लास आदि चिन्न लाउने काम
तारिख :
अदातलबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति
बोध र अभिव्यक्ति
३. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) ‘त्यो’ र ‘तिमी’ भनेका को को हुन् ?
‘त्यो’ भनेको क्रान्ति वा भविष्यमा जन्मने वीर योद्धा वा क्रान्तिकारी सपूत हो र ‘तिमी’ भनेको सन्तान छोराछोरी हुन् ।
(ख) किन क्रान्तिको आवश्यकता परेको हो ?
वि.सं. २000 को आसपासमा सिर्जना गरिएको उक्त कविताले नेपाली समाज निरङ्कुश शासनको बढ्दो अन्याय-अत्याचार निर्मल दमन कुरीति भ्रष्टाचार विकृति विसङ्गति रूपी फोहोरबाट दुषित भएको नेपाली समाजमा परिवर्तन ल्याउन, स्वास्थ्य तुल्याउन क्रान्ति आवश्यक परेको हो ।
(ग) ‘त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ’ भन्नुको तात्पर्य के हो ?
‘त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ’ भन्नुको तात्पर्य कसैले पनि रोक्न नसक्ने गरी क्रान्ति आउँछ । आगो र पानीभन्दा पनि बढ्ता शक्तिशाली भएर आउँछ ।
(घ) माथिको कवितांशमा कस्तो शैलीको प्रयोग गरिएको छ ?
माथिको कवितांशमा गद्यलयात्मक संवादात्मक शैलीको प्रयोग गरिएको छ ।
४. तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) आमाको सपना के थियो ?
आफुले निरन्तर पाइरहेको बेदनाको कारण अब जन्म लिएका हरेक सन्तानलाई वीर साहसी र योद्धाको रूपमा हेर्ने अभिलाषा आमाले राखेकी छिन् तर त्यस किसिमको परिवर्तन आफ्नो वर्तमान सन्ततिबाट नभई आफ्नो भावी सन्ततिबाट मात्र हुने र आफूले मुक्ति पाउने सशक्त सपना थियो ।
(ख) ‘त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ’ भन्नुको तात्पर्य के हो ?
आमाको चाहना देशभक्त सन्तान जन्माई क्रान्तियोद्धा बनाएर स्वतन्त्रता दिलाउने थियो । आफ्नो सन्तानको कलिलो अनुहारमा आमाले परिवर्तनको छाया देखेकी थिइन् । तोते बोलीमा परिवर्तनको मधुर ध्वनि सुनेकी थिइन । तर त्यस गीतले आफ्ना सन्तानलाई मिठो सङगीत निकाल्ने बाँसुरी बनाउन नसकेकोमा आमाले चिन्ता व्यक्त गरेकी छन् । यही नै ‘त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएछ’ भन्नुको तात्पर्य हो ।
५. कवितामा ‘आमा’ र ‘छोरा’ के केका प्रतीकका रूपमा प्रयोग गरिएका छन्, छलफल गर्नुहोस् ।
नेपाली साहित्य जगतमा प्रथम गद्य कविको रूपमा स्थापित भएका कवि गोपालप्रसाद रिमाल, प्रेम, विकृति, विसंगतिलाई आफ्नो कविताको माध्यमबाट प्रस्तुत गरी आवाज उठाउने समाजसुधारक अभिव्यक्ति प्रस्तुत गर्ने कवि हुन् । यस ‘ आमाको सपना ‘ पनि यिनै चर्चित कविबाट लेखीएको हो । उनले यस कवितामा नेपाली समाजको निरंकुश शासनको, अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार, विकृति, विसंगति रूपी फोहोरबाट दुर्गन्धित बनेको कुरा प्रष्ट पारेका छन् । नेपाली समाजमा परिवर्तन ल्याउन क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा आमा र छोराको संवादबाट व्यक्त गरिएको छ ।
राणाशासनको अन्त्यपछि देशमा आएको अस्थिरताको कारण देशमा निकै समस्या आएको र यसकै कारण देश विकासको गति पनि रोकिएको कविले बताएका छन् । वि.सं. २००० को आस पासमा रचना गरिएको यस कविताद्वारा कविले हाम्रो समाज राजनीतिक दुर्गन्धको जालमा फसिरहेको अवस्थामा रहेकोले त्यसलाई स्वस्थ तुल्याउन क्रान्ति गर्न पर्ने सन्देश व्यक्त गरेका छन् । शोषण, अत्याचार, दमन, कुरीति, विकृतिबाट पीडित भइएकी नेपाल आमाले परिवर्तनको आशा भावी सन्ततिबाट राखेको कुरा कवितामा आशावादी ढंगले प्रस्तुत गरिएको पाइन्छ। आफुले निरन्तर पाइरहेको बेदनाको कारण अब जन्मलिने हरेक सन्तानलाई वीर साहसी योद्धाका रूपमा हेर्ने अभिलाषा नेपाल आमाले राखेकी छिन् । तर त्यस किसिमको परिवर्तन आफ्नो वर्तमान सन्ततिबाट नभई आफ्नो भावी सन्ततीबाट मात्रै हुने र आफुले मुक्ति पाउने सशक्त भाव व्यक्त गरेकी छिन् ।
अन्ततः यस कवितामा कविले आमाको रूपमा नेपाल आमा र छोराको रूपमा जनतालाई देखाएका छन् । नेपाल आमाले आपनो जनताबाट बिरताको अपेक्षा गरेकी छिन । वर्तमानको जनता बाट आफुले आश गरेको पाउन नसकेपछि नेपाल आमाले अब आउने भावी सन्ततिहरूमा क्रान्तीको चेतना हुने र बिहानको सूर्य क्रान्तीको किरण छर्दै देशलाई राम्रो दिशातर्फ मोड्ने कुराको आशा गरेकी छिन् ।
६. कवितामा कस्तो परिवेशको चित्रण गरिएको छ, छलफल गरी उत्तर दिनुहोस् ।
आमाको सपना कवितासङ्ग्रह (२०१९) मा सङगृहित छ । यो कविता शारदा पत्रिकामा वि.स. २००० सालमा पहिलो पटक प्रकाशित भएको थियो । वि.सं. १९९७ सालको सहिदकाण्डपछि राजनीतिबाट प्रभावित भई नेपालमा प्रजातन्त्र स्थापनका लागि क्रान्तिको आहवान गरेर गोपालप्रसाद रिमाल द्वारा रचिएको यो कविता क्रान्ति चेतनाले भरिएको क्रान्तिकविता हो ।
आमा र छोराको संवाद जसरी रचित यस कवितामा कविले नेपाली समाज निरंकुश शासनको कारणले अन्याय र शोषण मा परेको बताएका छन् । २००७ सालको क्रान्तिको पूर्वगानका रूपमा रचिएको यस कवितामा कान्तिपूर्वका क्रान्ति प्रतिका आशङ्का र निरङकुशताको अन्त्य भई शोषणमुक्त प्रजातान्त्रिक समाजको निर्माण भई क्रान्तिका सपनाहरू परिपूर्ण हुने विश्वास व्यक्त गरिएको छ । राजनैतिक अस्थिरताको कारणले देशमा निकै समस्या आएको र यसको कारणले देशको विकासको गति रोकिएको कुरा कविले बताएका छन्। क्रान्ति बिना शान्ति हुँदैन र अधर्म, असत्य र अन्यायको अन्त्य धर्म, सत्य र न्यायको स्थापनाका निम्ति क्रान्ति अवश्यंभावी छ । एक न एक दिन क्रान्तिको आँधीबेहेरी, तुफान आई कुलरात्रीको अन्त्य भई सुनौलो बिहानीको आगमन भएरै छाड्छ भन्ने कटु सत्यलाई नेपाल आमाका माध्यमबाट यस कवितामा व्यक्त गरिएको छ । वि.स. २००० तिर लेखिएको यस कवितामा त्यतिबेलाको समाजको परिवेशको चित्रण गरिएको छ । सरकार राम्रो नभएको हुनाले देशमा हिंसा, हत्या, अत्याचार बढेको र देशलाई स्वस्थ बनाउनका लागि क्रान्ति आवश्यक भएको कविले बताएका छन् । तत्कालीन समयका युवालाई कविले कविताको माध्यमबाट अहिलेको पिँढीमा वीरताको कमी भएको भन्दै सचेत पारेका छन् । अबका पुरतालाई नयाँ जोश र जाँगरले नै देशमा क्रान्ति ल्याउन र देशको मुहार फेर्नका लागि कविताबाट आग्रह गरिएको छ ।
अतः यस कवितामा देश र जनताको मुक्तिका लागि क्रान्ति अवश्यम्भावी भएको अनि क्रान्तिप्रति संशय र आशङ्का भएको परिवेशका साथै जनतामा राजनीतिक सचेतना वृद्धि हुँदै गएको एवं निरङ्कुश शासनको विरुद्धमा विद्रोहको स्वर बुलन्द हुँदै गएको, प्रजातन्त्रप्रति आशावादी सोच पलाउँदै गएको, निरङ्कुशताका बिचमा पनि विद्रोहको स्वर गुञ्जायस अनि उकुसमुकुसको निरङ्कुश जहानियाँ राणाशासनकालको वातावरण र परिवेशको चित्रणसँगै क्रन्तिप्रतिको आशावादी दृष्टिकोण प्रस्तुत गरिएको पाइन्छ ।
७. ‘मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल मुसारिरहनुपर्ने छैन’कवितांशबाट कविले के भन्न खोजेका हुन्, आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् ।
आमाको सपना कविता कवि गोपालप्रसाद रिमालको सर्वोत्कृष्ट रचना हो । नेपाली साहित्य जगतमा प्रथम गद्य कविको रूपमा स्थापित भएका गोपाल प्रसाद रिमाल प्रकृति, प्रेम, विकृति, विसङ्गतिलाई आफ्नो कविताको माध्यमबाट प्रस्तुत गरी आवाज उठाउने समाजसुधारक अभिव्यक्ति प्रस्तुत गर्ने कवि हुन् ।
आमा र छाराको संवाद जसरी रचित यस कवितामा कविले नेपाली समाज निरकुंश शासनको कारणले अन्याय र शोषणमा परेको बताएका छन । उनले यस कवितामा आमाले आफूले देखेको क्रान्तिको सपनाप्रति छोराको संशय निवारण गरी विश्वास दिलाएकी छिन् । आजसम्म क्रान्तिपुत्र जन्मन नसकेको तर । भविष्यमा जन्मने त्यो क्रान्तिपुत्र हिउँ र आगोभन्दा पनि बढ्ता छोइने महान् क्रान्तियोद्वा हुने छ जसले क्रान्तिको नेतृत्व गरी क्रान्तिको आँधीबेहरी ल्याउने छ, त्यस अवस्थामा नेपाल आमाका सन्ततिहरु निरङ्कुशताका विरुद्ध प्राणको बाजी थापी क्रान्तिमा होमिने छन् । सारा नेपालीको रगत उम्लने छ अनि नसानसामा देशभक्ति भाव सल्बलाउने छ । यस अवस्थामा । नेपाल आमाले रोगीलाई ॐ सन्तानको कपाल मुसारिरहनुपर्ने अवस्था हुँदैन । आमालाई सान्त्वना दिँदै कुशासनको । अन्त्यका लागि सङ्ग्राममा जान लालायित हुने छन् । नेपाल आमालाई निरङ्कुशताको जञ्जीरबाट मुक्ति दिलाई देशमा । प्रजातन्त्र ल्याउनका लागि नेपाल आमाका सन्तानहरु क्रान्तिमा होमिने छन् ।
अन्ततः यस वाक्यबाट कविले अब आउने भाबी पुस्ता क्रान्ति ल्याएपछि त्यस क्रान्ति पछिका सम्पूर्ण नेपाली जनताहरू धेरै अगी बढ्नेछन् र रोगी झै भएर बस्ने छैनन् अनि आफ्नो हकको लागि आवाज उठाउने छन् भनेर व्यक्त गर्न खोजेको हुन् ।
८. ‘आमाको सपना’ कवितामा कविले क्रान्ति किन र कसरी आउने कल्पना गरेका छन्, दिइएका बुँदालाई समेत आधार बनाई समीक्षात्मक प्रतिक्रिया लेख्नुहोस् :
आमाको सपना कविता कवि गोपालप्रसाद रिमालको सर्वोत्कृष्ट रचना हो । यस कवितामा कविले नेपाली समाजको निरंकुश शासनको अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार, विकृति, विसंगति रुपि फोहारबाट दुर्गन्धित बनेको छ र नेपाली समाजमा परिवर्तन ल्याउन, क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा आमा र छोराको संवादबाट प्रष्ट पारेका छन् ।
आमाको सपना कविता एक क्रान्तिकारी भाव जगाउने कविता हो । वि.सं 2000 को आसपासमा सिर्जना गरिएको उक्त कविताले राणाशासन पछि राजनैतिक पहिस अस्थिरताका कारण देश पछि परेको समयमा जनतालाई उर्जाशिल भएर देश विकासमा लाग्न अनुरोध गरेका छन् । निरङकुश शासनको अन्याय र अत्याचारलाई चिरेर सुन्दर भविष्यको कल्पना गर्न क्रान्ति चाहिएको हो भनेर कविले आमाको माध्यमबाट कवितामा प्रस्तुत गरेका छन् । नेपाल आमालाई आशावादी रहेको देखाएर आउने पुस्ता हावाको भन्दा चर्को बेग हुने र बिहानको सूर्य जस्तो विकराल र उज्यालोको क्रान्ति हुँदै आउने कुरा कवितामा गरिएको छ ।
अन्ततः कवितामा कविले नेपाल आमालाई निरङ्कुशताको जञ्जीरवाट मुक्ति दिलाउनुका साथै नेपाली जनताले जीवन रक्षाका लागि अर्को आश्रय खोज्नुपर्ने अवस्थाको अन्त्य गरी | सम्पूर्ण जनतालाई स्वतन्त्रता दिलाउन र समतामूलक समाजको निर्माण गरी आमाको समृद्धिको सपना साकार पार्न आउने कल्पना कविले आमाका माध्यमबाट प्रकट गरेका छन् ।
९. आमाको सपना के हो र त्यो कसरी साकार हुन सक्छ, ‘आमाको सपना’ कविताका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।
नेपाली कविताका प्रथम गद्य कवि गोपालप्रसाद रिमाल (वि.सं. १९७५-२०३०) द्वारा रचित ‘आमाको सपना’ नामक कविता राष्ट्र प्रेमको भावनाले ओतप्रोत र उत्कृष्ट क्रान्तिकारी विचार अभिव्यक्त भएको कविता हो । उनका कवितामा नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार आदिका विरुद्धमा क्रान्तिकारी आवाज उठाइएको पाइन्छ । ‘आमाको सपना’ कवितामा कविले नेपाली समाज निरङ्कुश रासकको अव्याय, अत्याचार, विकृति, विसङ्गति रूपी फोहोरबाट दुर्गान्दित बनेको छ र यसलाई स्वस्थ तुल्याउन क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा उपस्थित आमा र छाराको बिचको संवादको माध्यमबाट व्यक्त गरेका छन् ।
कवितामा अभिव्यक्त विषयवस्तुका आधारमा आमाको सपना क्रान्ति तथा परिवर्तन हो । निरङकुशता अन्याय, अत्याचार, विकृति, विसङ्गति आदिको अन्त्य गर्दै जनतालाई स्वतन्त्रता दिलाउनका साथै आफ्ना सन्तान निडर, आत्मविश्वासी र स्वाबलम्बनका सपना आमाले देखेकी छिन । क्रान्ति आउने कुरामा आमाको आशावादी दृष्टिकोण कवितामा प्रस्तुत गरिएको छ । नेपाल आमाले शिशुकै कलिलो मुहारमा क्रान्तिको छाप देख्न चाहन्छिन् र बालकको तोते बोलीमा क्रान्तिपुरुषका मदुरवाणी सुन्न चाहन्छिन् । यस कवितामा नेपाल आमाले आफ्नै सन्तानलाई वीर योद्धा बनाएर क्रान्तिकारी गीत घन्काउन चाहेको भाव पनि व्यक्त भएको देखिन्छ । क्रान्तिको अवतरण भएपछि क्रान्ति चेतना शून्य शिशु पनि यसको अनुयायी हुनेछ अनि क्रान्तिको विगुल पुगेपछि सत्यमाथि हुने अन्याय, अत्याचार विरुद्ध सबै जनताहरू लागि पर्नेछन् । समाजमा विद्यमान अन्याय, अत्याचार विरुद्ध सबैलाई क्रान्तिमा होमिन आह्वान गर्ने उद्देश्यले यस कवितामा विस्तार भएको छ ।
अन्ततः आमाले आफूले निरन्तर पाइरहेको वेदनाको कारण अब जन्मलिने हरेक सन्तान, साहसी योद्धाको रुपमा हेर्ने अभिलाषा कविले राखेका छन् तर त्यस किसिमको परिवर्तन आफ्नो वर्तमान सन्ततिबाट नभई आफ्नो भावी सन्ततिबाट मात्र हुने र आफूले मुक्ति पाउने सशक्त भाव कवितामा व्यक्त गरेका छन् ।
१०. दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको छोटो उत्तर दिनुहोस् :
(क) पदक्रमका आधारमा संसारका भाषालाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
पदक्रमका आधारमा संसारका भाषालाई ६ प्रकारमा वर्गीकरण गरिएको छ ।
(ख) नेपाली र अङ्ग्रेजी कस्तो कस्तो पदक्रम भएका भाषा हुन् ?
नेपाली कर्ता, कर्म र क्रिया र अङ्ग्रेजी कर्ता, क्रिया र कर्मको पदक्रम भएका भाषा हुन् ।
(ग) ब्याकरणिक पदक्रम र आलङ्कारिक पदक्रममा के भिन्नता छ ?
ब्याकरणिक पदक्रममा कर्ता, कर्म र क्रियाको निश्चित क्रमवद्धतामा वाक्यात्मक संरचना हुन्छ भने आलङ्कारिक पदक्रममा स्रष्टाले भनाइमा जोड दिन वा शीर्ष बन्न कर्ता, कर्म र क्रियाको क्रमबद्धतालाई भड़ गरी पदको प्रयोग गर्दा विचलन भएको हुन्छ ।
(घ) भाषामा विचलन किन हुन्छ ?
भाषामा प्रधानाता दिन भाषामा विचलन हुन्छ ।
११. दिइएको कवितांश लाई सामान्य पदक्रममा रुपान्तरण गर्नुहोस र कवितांशले भन्न खोजको कुरा के हो छलफल गरी उत्तर दिनुहोस् :
तिमी सत्य कुरालाई यसरी चुम्बकिएर कथा सुने झैँ सुन्ने छैनौ । तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र ग्रहण गर्न सक्ने हुने छौ । तिमी मैले यसरी धैर्य दिनुको सट्टा सङ्ग्राममा जाँदा लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई सान्त्वना दिँदै विदा हुने छौं ।
विरहिणी दमयन्ती (कथा)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
संयत – मर्यादा वा सीमाभित्र रहेको
धूमिल – स्पष्ट नदेखिने
कर्कोटक – पुराणप्रसिद्ध आठ नागमध्ये एक
कन्दमूल – माटामुनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल
किंकर्तव्यविमूढ – बिलखबन्द, यसो गरूँ कि उसो गरूँ भई जिल्ल परेको
निषाद – एक प्राचीन जाति
वल्कल – रुखको बोक्राद्वारा बनेको पोसाक
सैरन्ध्री – रूपसज्जाको काममा खटिएकी सेविका
शिंशपा – एक जातको रुख, सिसौ
देहयष्टि – लौरो झैँ दुब्लो शरीर
दुकूल – रेसमी पछ्यौरा
सार्थवाह – व्यापारी लस्करको मुखिया
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका साना साना नक्षत्रको समूह – तारामण्डल
(ख) गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि – यक्ष वा गन्धर्व
(ग) बस्न र केही राख्न हुने गरी गाराको सट्टा थाम हाली बनाइएको घरको गाराको बाहिरी भाग – पिँढी
(घ) सुसार गर्ने काममा खटिएको – सुसारे
(ङ) जनसाधारणको बसोबास भएको ठाउँ – जनपद
३. दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
सुइँकुच्चा ठोक्नु
गोपालले गाउभरिका मानिसहरुको त्रृण खाएर सहरतिर राति नै सुइँकुच्चा ठोकेछ ।
लम्पसार पर्नु
अस्तिसम्म के के न गर्छु भनेर झगडा गरेर हिडने हरि आँज पछुताउँदै गाउँलेसामु लम्पसार परेको छ ।
आँखा लाग्नु
हरि र सिताको जोडीमा दैवको आँखा लागेर होला आज छुट्टिएर बसेका छन् ।
मुख फोर्नु
सधै सहेर बस्ने अनिताले आज सासुसामुहमुख फोरेर चोधाले बुढी अब हेपेको सहिदैन भनिन्छ ।
तातो लाग्नु
वर्षभरि डुलेर समय बिताएपछि परीक्षाको अघिल्लो दिन तातो लागेर के गर्नु ?
तेल लगाउनु
धरान जानका लागि राम बुबालाई तेल लाँउदै छ ।
सोत्तर हुनु
पाक्ने बेलाको मकै बादरले सोत्तर बनाएछ ।
४. दिइएका शब्दको विपरीत अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
दिन – रात
दुःखी – सुखी
उदाइसकेको – अस्ताइसकेको
पराजय – विजय
विजित – अपराजिता
अपमान – सम्मान
सूर्यास्त – सूर्योदय
देब्रे – दाहिने
वियोग – मिलन
५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :
अनुक्रममा मिलाइएको:
अधिकृत, आदेश, टिप्पणी, निलम्बन, परिपत्र, फर्सोट, बढुवा, बेरुजु, भरपाई, राजस्व, सरुवा, स्पष्टीकरण
अधिकृत
राजपत्राङ्कित वा सो सरहको कर्मचारी, कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति
आदेश
कुनै काम कारबाईका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा
टिप्पणी
कठोर र गूढ अर्थको व्याख्या, टीका विशेष कुरा सम्झाउन लेखिने सानो लेख
निलम्बन
पद, अधिकार वा दायित्वबाट रोक्का
परिपत्र
विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित व्यक्ति, संस्था वा विभागलाई एकै बेहोरामा पठाइने आधिकारिक पत्र
फर्स्योट
लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम, छिनाफाना
बढुवा
तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नती
बेरुजु
रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको
भरपाई
कसैले अरुबाट कुनै वस्तु बुझी लिएको प्रमाणको रसिद
राजस्व
मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन
सरुवा
सङ्क्रामक, सर्ने किसिमको
स्पष्टीकरण
छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम
बोध र अभिव्यक्ति
१. ‘विरहिणी दमयन्ती’ कथा पढी यसका आदि, मध्य र अन्त्यका मुख्य मुख्य घटना भन्नुहोस् ।
कथाको आदि :
१. दमयन्ती आफ्ना पति नलको खोजीमा जङ्गलमा एक्लै हिँडिरहनु,
२. नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती काँधमा बोकेर आफ्नो छाप्रोमा लैजानु,
३. कर्कोटकले रक्सी खाएर उङ्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु,
मध्य :
१. जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट भै दुबै तलाउमा बस्नु,
२. जङ्गली हात्तीको कुल्चाइबाट साथका धेरै व्यक्तिको ज्यान जानु,
३. सुरुमै रुख चढ्न सफल दमयन्तीसहित दशबाह्र जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु,
अन्त्य :
१. दमयन्तीले पति नललाई भेट्ने आशामा रुप बदली चेदी जनपद पुग्नु,
२. चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु,
२. कथा पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) दमयन्ती जङ्गलमा किन एक्लै हिँडिरहेकी हुन् ?
दमयन्ती जङ्गलमा आफ्ना प्रति नलको खोजी गर्दै एक्लै हिँडिरहेकी हुन् ।
(ख) दमयन्तीले यात्रा गरेका मुख्य ठाउँ कुन कुन हुन् ?
दमयन्तीले यात्रा गरेका मुख्य ठाउँहरू कर्कोटक नागहरूको बस्तीमा रहेको नागयुवकको छाप्रो, बस्ती नजिकैको घनघोर जङ्गल, सानो खोला, पद्मसौबन्धिक तलाउ, चेदी जनपद हुन् ।
(ग) जङ्गली हात्तीको आक्रमणबाट बच्न दमयन्ती कसरी सफल भइन् ?
दमयन्ती एउटा अग्लो रुखमाथि चढेर बसेकाले जङ्गली हात्तीको आक्रमणबाट बच्न दमयन्ती सफल भइन् ।
३. कथा पढी दिइएका घटनालाई क्रम मिलाई लेख्नुहोस् :
(क) आफ्ना पति नलको खोजीमा दमयन्ती जङ्गलमा एक्लै हिँडिरहनु
(ख) नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती बोकेर लैजानु
(ग) कर्कोटकले रक्सी खाएर उड्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु
(घ) जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट हुनु
(ङ) शुचिभद्रको सार्थसँगै हिँडेकी दमयन्ती पद्मसौगन्धिक तलाउमा वास बस्नु
(च) जङ्गली हात्तीको कुल्चाइबाट सार्थका धेरै व्यक्तिको ज्यान जानु
(छ) रुख चढ्न सफल दमयन्तीसहित दशबाह जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु
(ज) दमयन्ती चेदी जनपद पुग्नु
(झ) चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु
४. कथामा प्रयुक्त पौराणिक पात्रका नाम भन्नुहोस् र तिनको भूमिका वर्णन गर्नुहोस् ।
नल
निषधका राजा, दमयन्तीको पति, कथामा प्रत्यक्ष भूमिका नभएको
दमयन्ती
रानी, नलकी पत्नी, कथाको मुख्य नारी पात्र, शीर्ष तथा केन्द्रीय भूमिका
पुष्कर
नलको भाइ, दमयन्तीको सपनामा आएको
नागयुवक
कर्कोटक जातिको नाग, नकारात्मक चरित्रमा देखिएको
शुचिभद्र
एक सेठ, सार्थवाह, सहायक भूमिका
सुबाहु
चेदीका राजा, सुनन्दाको पति, प्रत्यक्ष भूमिका नभएको
सुनन्दा
दमयन्तीकी ठुलीआमा, अन्त्यमा सानो भूमिका ।
५. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) ‘मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ’ भन्नुको तात्पर्य के हो ?
मनिषको शरीर एक परिवर्तित मुलक वस्तु हो । आज अत्येन्त सुन्दर भएको शरीर भोलि कुरूप हुन पनि सक्छ । मानिसको परिचय उसको शरीर अर्थात् रूपसँग हुँदैन । मानिसको विचार, हृदय सही, सफा हुनु पर्छ । विचार र हृदय सफा भएको व्यक्ति नै असल र महान् हो । दमयन्तीले आफ्नो रूपलाई विकृत बनाए पनि उनको विचार र हृदय सफा थियो । अतः मानिस बाहिरी बोक्रे रूपले नभएर आन्तरिक गुणले उसको परिचय दिलाउँछ भन्नु नै माथिको भनाईको तात्पर्य हो ।
(ख) दमयन्तीले आफ्नो रूप किन बदलेकी हुन् ?
दमयन्तीले नागयुवकजस्ता खराब चरित्रबाट उम्केर भाग्न सफल भएपछि पुनः त्यस्ता व्यक्तिबाट बलजफ्ती गर्न नपाओस्, त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचारले दमयन्तीले आफ्नो रुप वदलेकी हुन् । अतः दमयन्तीले दानवीय प्रवृत्ति भएका विवेकहीन कामुक, दुष्ट प्रवृत्ति भएका तत्ववाट आफ्नो सुरक्षार्थ आफ्नो रुप वदलेकी हुन् ।
६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ ?
माथिको अनुच्छेदमा रातीको समयको कालोनिलो आकाशमा विभिन्न तारामण्डलहरूको मनमोहक परिवेश चित्रण गरिएको छ । प्रकृतिको सुन्दर दृश्यले दमयन्तीको सोचलाई सङ्गीतमय बनाएको छ । अतः माथिको अनुच्छेदमा अपूर्व रात्रीकालीन सुन्दर परिवेशका साथै विक्षिप्त मानसिक परिवेशको बेजोड चित्रण गरिएको छ ।
(ख) आकाश र दमयन्तीको हृदयका बिच के समानता छ ?
आकाश र दमयन्ती दुबैको हृदय सुन्दर छ । पातला बादले सुन्दर आकाशलाई धूमिल बनाए जस्तै दमयन्तीको हृदय पनि पीडा र वेदनाले धूमिल बनेएको छ । यसरी आकाश र दमयन्तीको हृदयका बिच धेरै समानता छ ।
७. समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) ‘नारी प्रेम र संघर्षका प्रतिमूर्ति हुन्’ यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस् ।
बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १९७८-२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती’ पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको छ । दमयन्तीको जीवनमा सङ्कट, दुःख र विपत्तिको जतिसुकै चक्रवात मडारिए पनि इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर आफ्नो प्रेम प्राप्तिका लागि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधालाई चिर्दै साहसी यात्रामा उनि अगाडि बढेकी छिन् ।
कर्कोटक नाघहरुको घनघोर जङ्गलको छाप्रोमा छोडेर पति नल हिँडेपछि दमयन्ती आफ्ना प्राणप्रिय पतिलाई खोज्न हिँड्छिन् । दमयन्तीले नलसित आनन्दित र सुखी जीवन बिताएकी थिइन् । नल हराएपछि आफुसँग नल छैनन् भन्ने कुरामा उनी विश्वास नै गर्न सकिरहेकी थिइनन् । दमयन्तीले उक्त घनघोर जङ्गलको सुगन्धमा, प्रत्येक फूल र हरिया पातमा, वनमा देखिने चराचुरुङ्गी, मृग र पशुहरुमा नलकै रूप देख्थिन् । मलाई यसरी दुःखित नतुल्याऊ, मबाट लुकेर नवस भन्दै बोटविरुवासँग, फूल र लहरासँग रुँदै पुकार गर्दै दमयन्ती हिँडिरहन्छिन् । नलसँग भएको वियोगले गर्दा उनको हृदय भस्मीभूत हुँदै गएको थियो । साँच्चै नै उनले नललाई आफ्नो प्राण भन्दा पनि बढि माया गर्थिन तर परिस्थितिले उनीहरुलाई टाढा बनाएको थियो । नलको खोजीमा दमयन्ती भोकी, अर्धनान, विचित र शिथिल भइसकेकी थिइन् । कर्कोटकले जवरजस्ती वोकेर आफ्नो छाप्रोमा लाँदा युक्तिपूर्वक उम्कन सफल हुन्छिन् । तीन दिनसम्म जङ्गलमा विह्वल हुँदै हिँडेकी दमयन्ती निषाद र नागको वस्ती देख्दा कुरुप र वौलाही ठानी पुनः कसैको आक्रमण नहोस् भनी विकृत रुप बनाई पतिकै खोजीमा अगाडि बढ्छिन् । सार्थवाह शुचिभद्रसँग भेट भएपछि सँगै तलाउमा बास बस्दा हात्तीको आक्रमणबाट पनि उनी बाँच्न सफल हुन्छिन् । त्यस पछि चेदीमा पुगेर आफ्नो वास्तविक परिचय बदली आफ्नै ठुलीआमाको घरमा पति नलको खोजीमा काम गर्न थालिछन् ।
अतः दमयन्तीले घनघोर जङ्गलमा गरेको सङ्घर्ष आफ्नो प्रेम अर्थात पतिको खोजीका लागि थियो । उक्त घनघोर जंगलमा कसैको मतलव नगरि उनी आफ्नो प्रेमको खोजीमा निरन्तर लागि रहिन् । दमयन्ती दृढ भएर आफ्नो लक्ष्यमा विभिन्न कठिन बाधालाई झेल्दै गन्तव्यतिर बढेको देखाएर कथाकारले ‘नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन’ भन्ने पुष्टि गरेका छन् ।
(ख) दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याको समाधानका लागि कुन कुन उपाय अवलम्बन गरेकी छन् ?
बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १९७८-२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती’ पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको छ । दमयन्तीको जीवनमा सङ्कट, दुःख र विपत्तिको जतिसुकै चक्रवात मडारिए पनि इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर आफ्नो प्रेम प्राप्तिका लागि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधालाई चिर्दै साहसी यात्रामा उनि अगाडि बढेकी छिन् ।
कर्कोटक नाघहरुको घनघोर जङ्गलको छाप्रोमा छोडेर पति नल हिँडेपछि दमयन्ती आफ्ना प्राणप्रिय पतिलाई खोज्न हिँड्छिन् । पीपलको फेदमा निद्रालीन अवस्थामा तर्सेर व्युइँदा कामुक कर्कोटक नागयुवकले जबरजस्ती बोकेर आफ्नो छाप्रोमा लैजाँदा ठुलो समस्यामा पर्छिन् । नागयुवकसँग प्रेमपूर्वक उपस्थित भएर मदिरामा मस्त बनाएर झुपडीमा आगो लगाएर भाग्न सफल हुन्छिन् । तीन दिनसम्म जङ्गलमा विह्वल हुँदै हिँडेकी दमयन्ती निषाद र नागको वस्ती देख्दा कुरुप र वौलाही ठानी पुनः कसैको आक्रमण नहोस् भनी विकृत रुप बनाई पतिकै खोजीमा अगाडि बढ्छिन् । सार्थवाह शुचिभद्रसँग भेट भएपछि सँगै तलाउमा बास बस्दा हात्तीको आक्रमणबाट पनि उनी बाँच्न सफल हुन्छिन् । त्यसपछि पति प्राप्तिको अभीष्ट लक्ष्य प्राप्तिका लागि उनी चेदी जनपदतर्फ लाग्छिन् । आफूलाई चेदीराज सुवाहु र ठुलीआमा रानी सुनन्दाले नचिनुन् कुनै अप्ठ्यारो समस्या कोल्न नपरोस् भनी भनी भेष बदली सुनन्दाकी छोरीकी सुसारे सैरन्ध्री वनी पति फेला पारी छाड्ने अठोट गर्छिन् ।
अन्ततः दमयन्तीले आइपरेका समस्याहरुलाई समाधान गर्नका जुक्ति बुद्धि लगाएर समय र परिस्थिथिअनुसार चलाखीपूर्ण तरिकाले वललाई बुद्धिले पछारेकी मात्र छैनन् भवितब्य समस्याको समेत मध्यनजर राखी दूरदृष्टिका साथ विभिन्न उपायहरु अवलम्बन गरेकी छन् ।
(ग) आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा ‘विरहिणी दमयन्ती’ कथाका आधारमा पुष्टि गर्नुहोस् ।
बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १९७८-२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती’ पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको छ । दमयन्तीको जीवनमा सङ्कट, दुःख र विपत्तिको जतिसुकै चक्रवात मडारिए पनि इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर आफ्नो प्रेम प्राप्तिका लागि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधालाई चिर्दै साहसी यात्रामा उनि अगाडि बढेकी छिन् ।
यस कथाका आधारमा हेर्दा कर्कोटक नागहरुको घनघोर जङ्गलमा पति निषधराज नलसँग आनन्दित र सुखी जीवन बिताएकी कथाकी नायिका रानी वैदर्भी कन्या मयन्ती पतिवियोगमा विरहिणी बनेपछि पतिको खोजीमा निस्कँदा सङ्कट, दुःख र विपत्तिजस्ता समस्याहरुको चक्रवातले घेरिएकी छिन् । आफ्नो सतित्व रक्षका लागि होस् वा जीवनरक्षाका लागि दमयन्तीले आइपरेका समस्याहरुलाई समाधान गर्नका जुक्ति बुद्धि लगाएर समय र परिस्थिथि अनुसार चलाखीपूर्ण तरिकाले बललाई वुद्धिले पछारेकी मात्र छैनन् भवितब्य समस्याको समेत मध्यनजर राखी दूरदृष्टिका साथ विभिन्न उपायहरु अपनाएकी छिन् । समस्या समाधानका लागि उनी धैर्य, साहस, आँट, सङ्घर्षकी प्रतिमूर्तिका रुपमा देखिन्छिन् । समस्या भागेर हैन जागेर समाधान हुन्छ, बललाई बुद्धिले पछार्न सकिन्छ, सङ्घर्ष नै जीवन भएकाले सङ्घर्षशील बन्नुपर्छ, जीवनमा सधैँ आशावादी बन्नुपर्छ, समय र परिस्थितिअनुसार चल्न सक्नुपर्छ जस्ता जीवनोपयोगी सन्देशहरु यो कथा उच्च कोटिको बन्न पुगेको छ । अतः यसप्रकार आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा नारी पात्र दमयन्तीका माध्यमबाट पुष्टि गरेका छन् ।
८. तलको अनुछेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस :
(क) किन मनलाई कल्पनाको कारक मानिएको हो ?
संसारको कल्पना गर्ने एक मात्र इन्द्रिय भएकाले मनलाई कल्पनाको कारक मानिएको हो ।
(ख) मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य के हो ?
मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य मन कहिल्यै पनि अस्थिर र एकनासको हुदैन हो ।
(ग) आत्मज्ञानीहरूका विचारमा मन र संसारको सम्वन्ध कस्तो छ ?
आत्मज्ञानीहरूका विचारमा संसार भएमा मात्र मन हुने र मन भए मात्र संसार हुने भएकाले मन र संसारको सम्बन्ध घनिष्ठ रहेको छ ।
(घ) मनलाई किन सुख र दुःखको कारण भनिएको हो ?
मानिसलाई सुख र दुःखको अनुभव गराउने मुख्य कार्य नै मनको भएकाले मनलाई सुख र दुःखको कारण भनिएको हो ।
९. बेरोजगारी समाधानका उपाय शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् :
बेरोजगारी समाधानका उपाय
कुनै पनि जागिर, पेशा वा काम गर्ने अबसर नपाएको अवस्था बेरोजगारी हो । नेपालमा बेरोजगारी समस्याको धेरै कारणहरु छन् । पहिलो सरकारले विद्यालय तहमा प्राविधिक शिक्षा दिन सकेको छैन । दोस्रो कारखाना र उद्योगहरु रोजगारीको माग पूरा गर्न राम्रोसँग फस्टाएका छैनन् । अर्को, धेरै मानिसहरु को लक्ष्य सरकारी जागिर मात्र हो, जो पर्याप्त छैन । नेपाल कृषि मा धनी छ, तर धेरै शिक्षित मानिसहरु खेती मा काम गर्न चाहँदैनन् र कृषि क्षेत्र को पर्याप्त विकास छैन । यसबाहेक नेपाल मा पर्यटनको संभावनाहरु धेरै छ जसले रोजगार प्रदान गर्न सक्छ तर पर्यटन राम्रो र सन्तोषजनक ढंगले विकसित भएको छैन । बारम्बार हुने राजनैतिक विकारले कारखानाहरु र कम्पनीहरु लाई विकसित गर्न को लागी हतोत्साहित गरेको छ । नतिजाको रूपमा मानिसहरु नेपालमा जागिर पाउने बारेमा निराश छन् ।
बेरोजगारी को समस्या समाधान गर्नु पर्छ । सबै क्षेत्रका मानिसहरूले यस सन्दर्भमा केहि गर्नै पर्छ । सरकारले विद्यालय स्तरबाट प्राविधिक र व्यावहारिक शिक्षा प्रदान गर्ने नीति बनाउनुपर्छ । यो साँच्चै विद्यार्थीहरुलाई परिपक्व हुँदा उनीहरुको समुदायमा केहि काम गर्नको लागी मद्दत गर्दछ । अर्को मानिसहरुलाई उपकरणहरु प्रधान गरि उनीहरुलाई नयाँ खेती विधिहरुलाई लागू गर्न को लागी सक्षम बनाउन पर्छ । त्यसै गरी, पर्यटन को व्यापक विकास हुनु पर्छ । नेपालमा अवस्थित कारखाना र उद्योगहरुलाई सुधार गर्नु पर्छ र नयाँ उद्योगहरुलाई बदल्न को लागी स्थापित गर्नु पर्छ । युवाहरुलाई अन्य देशहरुमा जानबाट रोक्नु पर्छ र उनीहरुलाई येही केहि प्रकार को रोजगार मा संलग्न गराउनु पर्दछ । यसले जनताको जीवनस्तर बढाउनेछ र अप्रत्यक्ष रुपमा धेरै रोजगारी सृजना हुनेछ ।
बेरोजगारी को समस्या जनता र राष्ट्र को आर्थिक बृद्धि को बिरुद्ध छ । एक व्यक्ति को प्रयास वा एक समुदाय को प्रयास वा मात्र सरकार को प्रयासले यो भयानक समस्याको समाधान पर्याप्त छैन । सबैले समाजमा रोजगारी सृजना गर्न को लागी केहि गर्नु पर्छ । तब मात्र युवा शक्ति राष्ट्रको विकासमा उपयोग हुन्छ । साथै नेपाल सरकारले बेरोजगारी समस्यामा ध्यान दिनुपर्छ र नेपालमा बेरोजगारी समस्या नियन्त्रण र न्यूनीकरण गर्न उचित र प्रभावकारी नीति बनाउनु पर्छ ।
व्याकरण
१. दिइएको अनुच्छेदमा प्रयुक्त नाम शब्द टिप्नुहोस् :
आर्या, रतिया, निकेश, पेम्बा, साथी, सहयोग, माया, दिन, सुख, दुःख, भावना, मनोरञ्जन, समय, प्रकृति, भलाकुसारी, उद्देश्य, वनभोज आयोजना, विचार, ब्यवस्थापन, निकेश, टोलीनेता, सल्लाह, चामल, दाल, तरकारी, दही, दुध, मासु, मह, पाउरोटी, चिया, योजना, दृश्य, अवलोकन, इच्छा, जमात, बिदाइ, गुच्छा, हुल, भेट, भिड, पर्यटक, गाउँले, कुराकानी, फूल, सल्लाघारी, चरा, गाई, बथान, घुमाइ, सिकाइ, अनुभव ।
२. पाठको पहिलो अनुच्छेदमा प्रयुक्त चारओटा व्यक्तिवाचक नाम टिप्नुहोस् :
कर्कोटक, निषध, नल, दमयन्ती
३. तलको अनुच्छेदबाट कर्मको काम गर्ने नाम र भेदक विशेषण टिप्नुहोस् :
कर्मको काम गर्ने नाम : सौरभ, टोलीनेता, अवलोकन, रगत, साथी, प्रशंसा
भेदक विशेषण : सौरभको, गोदावरीका, दृश्यको, आफ्नो, विद्यालयका, उनीहरूको
४. दिइएको अनुच्छेदमा प्रयुक्त सर्वनाम र सार्वनामिक विशेषण टिप्नुहोस् : :
सर्वनाम : हामी, एकअर्का, जो जो, म, एकआपस, तँ, तिमी, तपाईं र उहाँ, आफैँ, जोसुकै, जेसुकै, कोही, हरेक, जे, आफू अरू
सार्वनामिक विशेषण : जुन, केही, ती
५. दिइएको अनुच्छेदबाट पदवर्ग विचलन भएका र नभएका विशेषण टिपोट गर्नुहोस् :
पदवर्ग विचलन भएका विशेषण : ती, केही, त्यो
पदवर्ग विचलन नभएका विशेषण : एक वृद्ध, एउटा, चम्किलो, सुन्दर, बहुमूल्य
६. दिइएको अनुच्छेदबाट क्रियायोगी पहिचान गरी टिप्नुहोस् :
आउँदा, तत्काल, अहिले, भरे, भोलि, बिस्तारै, कहिल्यै, मात्र, हरबखत, हरपल, हरदिन, हरघडि, आउन, पहिल्याएर अघि
७. दिइएको अनुच्छेदबाट नामयोगी र संयोजक पहिचान गरी टिप्नुहोस् :
नामयोगी : पिच्छे, नजिकै, सँग, कहाँ, भित्र, भर, पछि, बित्तिकै, पट्टि
संयोजक : पनि, र, जब तब
८. दिइएको अनुच्छेदबाट विस्मयादिबोधक र निपात पहिचान गरी टिप्नुहोस् :
विस्मयादिबोधक : आहा, उः, छ्या, अँ, आबुइ, खै खै, आच्छु, क्याबात
निपात : त, नि
९. पाठको तेस्रो अनुच्छेदमा प्रयुक्त निपात र संयोजक टिप्नुहोस् :
निपात : पनि, नै
संयोजक : र, तैपनि
१०. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
नेपाल बहुभाषिक देश हो । यहाँ विभिन्न भाषा बोलिन्छन् । नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको छ । नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा पढ्न पाउने, यसको संरक्षण र प्रचारप्रसार गर्न पाउने हक प्रदान गरी सबै भाषालाई समान रूपमा सम्मान गरेको छ । सबै मातृभाषाको संरक्षण र सम्वर्द्धनका लागि भाषाआयोगको गठनको ब्यवस्था पनि गरेको छ र सोहीबमाजिम भाषाआयोगको गठन पनि भैसकेको छ ।
घनघस्याको उकालो काट्ता (नियात्रा)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. शब्द र अर्थको जोडा मिलाउनुहोस् :
सुदूर – धेरै टाढाको
स्नेह – माया, प्रेम
सँगाल्नु – कुनै कुरा जोगाएर राख्नु
अद्वितीय – अतुलनीय
सहारा मरुभूमि – संसारको एउटा ठूलो मरुभूमि
दृष्टिपात – हेर्ने काम, आँखाले ठम्याउने काम
काँचुली – शरीरबाट अलग हुने, सर्पको पातलो छाला
अनन्त – कहिल्यै अन्त नहुने
गाड – खोलो
ढुङ्ग्यानी – ढुङ्गैढुङ्गा भएको
विकट – अप्ठेरो, कठिन
यथेष्ट – पर्याप्त, चाहिँदो, पुग्दो
भयावह – डरलाग्दो
२. शब्दकोशको सहायताले तलका शब्दको अर्थ लेख्नुहोस् :
अररो – जाडाले कक्रिएको, अरट्ठ परेको
अग्घोर – ज्यादै, निकै
उग्राउनु – गाई, भैंसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु
चरन – गाईवस्तु चराउने बाँझो जमिन
विरहलाग्दो – दुःख लाग्दो
कुर्लनु – रिसले कराउनु
आकृति – कुनै वस्तु वा व्यक्तिको स्वरूप, आकार
सहृदय – कोमल हृदय भएको, दयालु
मरुद्यान – मरुभूमिको रसिलो जमिन
यत्रतत्र – जताततै, सबैतिर
३. तलका कुनै पाँचओटा टुक्काको प्रयोग गरी एक अनुच्छेदमा गाउँमा रहेका आफन्त वा साथीको घर जाँदाको संस्मरण लेख्नुहोस् :
साथीको घर जाँदा
कक्षा ११ मा पढ्दा परियोजना कार्यका लागि म साथीको घर गएको थिएँ । घर डडेल्धुराको एक बिकट गाउँमा भएका कारण म हिडेर लखतरान हुँदै उस्को घर गएको थिए । अचानक बाटामा मेघ गर्जंदै पानी परेर म निथ्रुक्क भिजें । म उस्को घर आएको थाहा पाएर उसले गर्वले नाक ठाडो पायो । खाजा खाएर साथी र मैले परियोजना कार्य फत्ते गयौँ ।
४. पाठमा प्रयोग भएका निम्नलिखित स्थानीय भाषिका तथा कथ्य बोलीको सही रूप लेख्नुहोस् :
बाटामी – बाटामा
गाड – खोला
पर्तिर – परतिर
पडन्छ – पर्छ
अलेलि – अलिअलि
जेमराज – यमराज
बोध र अभिव्यक्ति
३. पाठको दोस्रो अनुच्छेदमा उल्लेख भएका स्थानको सूची बनाउनुहोस् ।
खप्तड, तुम्लिङ, राजापुर, तिल्केनी, घनघस्या, चन्दनी, टुकुचा, सतबाँझ, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रागिरि, अघोरी गाड, पुवा खोला
४. तलको नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) सेती नदी र घनघस्याका बिचमा रहेका समानता र भिन्नता के के हुन् ?
सेती नदी र घनघस्याको रिसमा समानता रहेको छ । त्यस्तै सेती नदी भासिँदै गएको तर घनघस्या भने ठाडोको ठाडै रहेको कुरा यी दुई बिचका भिन्नता हुन् ।
(ख) घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?
टाउकामा बरफको केरा फुलाएको, रिसाएको, अररो वृद्ध शरीर, गजघुम्म परेको, टाउको मन मन दृढ़ हुँदै गएको जस्ता कुरा मार्फत उक्त नियात्रांशमा घनघस्यालाई मानवीकरण गरिएको छ ।
५. दिइएका नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) घनघस्याको उकालो चढ्दा अन्य विभिन्न ठाउँका सकडलाई सराप्नुपर्ने कारण के हो ?
सुदूरपूर्व इलाममा जन्मेका नियात्राकार तारानाथ शर्मा वि. सं. २०२४ सालमा सुदूरपश्चिमको भ्रमण गर्ने क्रममा बैतडी हुँदै डँडेल्धुराको यात्रा गर्ने क्रममा घनघस्याको विकट उकालोको यात्रा गरेका छन् । नियात्रांशमा नियात्राकारले जोगबनीदेखि धरानसम्मको बाटो, भादगाउँदेखि बाह्रबिसेसम्मको बाटो, सिंहदरबार अगाडिको बाटो र बुटवल भैरहवाको बाटोलाई सरापेका छन् । यी बाटाहरू कालो पत्रे भएका र यातायातको सुविधा भएका थिए तर घनघस्याको बाटो त्यस्तो थिएन । अप्ठ्यारो गोरेटो बाटोमा हिँड्नुपर्दा अन्य विभिन्न ठाउँका सडकहरुलाई सम्झेर सराप्नु परेको हो ।
(ख) निल आर्मस्ट्रङहरूलाई किन चन्द्रमामा पुग्न फिटफिटी परेन ?
नियात्रांशमा नियात्राकारलाई जोगबनीदेखि धरानसम्मको बाटोमा तिर्खा लाग्दा पानीसमेत खान नपाएर रुँदै पसिनाले निथुक्कै भिज्दै अनि ठसठस कन्दै घनघस्याको विकट उकालो चढ्न फिटफिटी परेको थियो । तर निल आर्मस्ट्रङहरूलाई चन्द्रमा पुग्दा उनीहरूसँग प्रशस्तै वैज्ञानिक उपकरण र आवश्यक सामग्रीहरु भएकाले उनीहरु चन्द्रमामा पुग्न फिटफिटी परेन ।
७. यात्रामा सहभागीले कस्ता समस्याको सामना गर्नुपयो, छोटकरीमा लेख्नुहोस् ।
सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा मोटो शरीर भएकाले डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटोले भयभित भई मुटु ढुक्क फुलेको थियो । उनको टोलीले सुदूरपश्चिमको घनघस्याको उकालो काट्ने क्रममा विभिन्न समस्याको सामना गर्नुपन्यो । उक्त समयमा त्यस ठाउँमा कुनै सुविधाहरू थिएन । उनीहरूले आफ्नो गन्तत्य पुग्न अथाह मिहिनेत गरेका थिए । धेरै अपठ्यारा परिस्थिती भोग्नु परेको थियो । हिड्ने बाटो पनि एकदमै नाजुक अवस्थाको थियो । तिखा ढुङ्गा भएका बाटोको सामना गर्नुपरेको थियो । डरलाग्दो उकालो चढ्नु परेको थियो । चितुवा, बाघ, भालुको डरै डरमा हिँड्नु परेको थियो । खाना पानि समेत नगरी तड्पिनु परेको थियो । ठाँउठाउँमा साथिहरु पनि सम्पर्क बिहिन भएका थिए । यस्तायस्तै, विभिन्न समस्याहरू भोगेर यात्रीहरू आफ्नो गन्तव्य सम्म पुगेका थिए ।
८. भाव विस्तार गर्नुहोस् :
(क) यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।
सुप्रसिध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा संरचित ‘घनघस्याको उकालो काट्ता’ नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा तारानाथ शर्मालाई लिने गरिन्छ । सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा त्यहाँको प्राकृतिक वातावरण र परिवेशले पारेको अमिट छाप, घनघस्यालाई मानवीकरण गरी निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् । प्रकृतिप्रेमी नियात्राकार प्रकृतिको काखमा विचरण गरी हिमालको काखमा अवस्थित सुन्दर देश नेपालमा हिउँमा खेल्ने अवसर पाएर आतुर भएको तथ्यलाई प्रस्तुत गरेका छन् ।
नेपाललाई हिमालयको देश भनेर चिनिन्छ । यहाँको हिउँ खेल्न र हेर्न विदेशीहरूसमेत आउँछन् । तर नेपालकै अधिकांशले हिउँ हेर्ने र हिउँमा खेल्ने आनन्द लिन पाएका हुँदैनन् । लेखकले बेलायतमा हिउँको राम्रो परिचय पाए पनि नेपालमा भने पहिलो पटक सतबा लेकको हिउँमा खेल्ने र रमाउने स्वर्णीम अवसर पाएका छन् । त्यो उनको आफ्नो हिउँ थियो अर्थात आफ्नो देशको हिउँ थियो । आफ्नोपनको हिउँ थियो । नेपाल जस्तो सुन्दर हिमाली मुलुकको हिउँ थियो । आफ्नै जन्मभूमिमा मनभरि हिउँमा रमाउन पाउँदा लेखकलाई अपूर्व अलौकिक आनन्दको अनुभूति भएको देखिन्छ । लेखक र उनका साथीहरु धेरै समय सम्म हिउँमा खेल्छन् । हिउँका डल्लाले एकअर्कालार्य हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्रामा आकृति बनाउँदै सतबाँझमा समयलाई जिस्क्याउँछन् । समग्रमा माथिको नियात्रांशमा नियात्राकारले आफूमा भएको राष्ट्रप्रेमको भावनालाई हिउँझैँ सफा र चम्किलो रूपमा प्रकट गरेको पाहिन्छ ।
(ख) प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ ।
सुप्रसिध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा संरचित ‘घनघस्याको उकालो काट्ता’ नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा तारानाथ शर्मालाई लिने गरिन्छ । सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा त्यहाँको प्राकृतिक वातावरण र परिवेशले पारेको अमिट छाप, घनघस्यालाई मानवीकरण गरी निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् ।
प्रकृतिसँग जुध्नु, खेल्नु र आनन्द लिनुलाई नियात्राकारले जीवनको रमाइलो बताएका छन् । उनले यही बुझाइलाई ह्याकुला अर्थात् छातीमा राखेर सुदूर र विकट क्षेत्रको यात्राका क्रममा निक्लेको यथार्थलाई उल्लेख गरेका छन् । उनि नेपालका विभिन्न रमणीय प्राकृतिक स्थलहरूको भ्रमण गरी प्रकृतिसित जुधेर खेलेर आनन्दानुभूति गरेर जीवनको रमाइलोपनलाई मनन गर्न चाहन्छन् । उनी खप्तडमा वसन्त बिताउन चाहन्छन्, तुम्लिङमा हिउँ खेल्न चाहन्छन्, राजापुरको काँसेघारीमा झ्याउरे गाउन चाहन्छन् । तिल्केनीको उकालो, घनघस्याको उकालो अनि चन्दनीको उकालो, अघोरी गाड, पुवा खोलो र टुकुचा, सतबाँझको लेक, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रगिरि सबैमा उनको गहिरो प्रेम र आत्मीयपन छ । प्रकृतिको काखमा रमाउँदाको आनन्दानुभूति अनुभूति गर्नकै लागि उनी सुदूपश्चिमको यात्रामा निस्केका हुन् । यसरी यस नियात्रांशमा नियात्राकार शर्माले प्रकृतिको आरोह अवरोह झेल्दै त्यसलाई आनन्द मान्दै प्रकृति जस्तै दृढ हुनुपर्ने आशय व्यक्त गरेको पाहिन्छ ।
९. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्
(क) दूतावासले के काम गर्छ ?
दुतावासले विदेशमा रहेका नेपालीलाई परेको समस्या सुन्ने र समस्या समाधानका लागि सल्लाह दिने काम गर्छ ।
(ख) किन दूतावासलाई आमासँग तुलना गरिएको हो ?
जसरी आमाले आफ्ना सन्तानलाई आइपरेका हरेक आपत्विपत् तथा दुःख निवारणका लागि अहोरात्र खट्छिन् त्यसै नै दुतावासले पनि विदेशमा रहेका आफ्नो देशका नागरिकलाई परेको समस्याको समाधानका लागि सल्लाह दिने काम गर्छ । त्येसैले दूतावासलाई आमासँग तुलना गरिएको हो ।
(ग) दूतावासको उपस्थिति नभएका देशमा कस्ता समस्या हुन्छन् ?
दूतावासको उपस्थिति नभएका देशमा गएका नागरिकहरूले आफ्ना समस्या, पिरमर्का र मनको बह पोख्ने नपाउने जस्ता समस्या हुन्छन् ।
(घ) लेखकले कतारमा कसरी काम गर्नुपयो ?
लेखकले कतारमा चुपचाप समस्या सुन्ने र सकेसम्म मलमपट्टी लगाउने खालका कुरा गरेर सम्झाउने बुझाउने काम गर्नुपन्यो ।
१०. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) केका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ?
कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउनका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ।
(ख) गरिबी न्यूनीकरणका उपायहरू के के हुन् ?
गरिबी न्यूनीकरणका उपायहरू लघु, घरेलु तथा साना उद्योगको संरक्षण प्रवर्धन गर्नु, रोजगारीका अवसरहरू सिर्जना गर्नु नेपाली वस्तु उत्पादनमा जोड दिनु आदि हुन् ।
(ग) अर्थतन्त्रलाई सुदृढ गर्न कस्ता उपाय अपनाउनुपर्छ ?
अर्थतन्त्रलाई सुदृढ गर्न गरिबी न्यूनीकरण, नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन जस्ता उपायहरू अपनाउनुपर्छ ।
(घ) उपभोक्ताको हकहितको संरक्षण कसरी गर्न सकिन्छ ?
उपभोक्ता हकहितको संरक्षणका लागि खाद्यान्न तथा अन्य वस्तुमा हुने मिसावट, ठगी, कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाउनुका साथै विद्यमान ऐन नियमको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने काम गर्न सकिन्छ ।
व्याकरण
१. लिङ्ग सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
हाम्रा बिचमा धेरै कुरा समान छन् । मेरा छोरा सानै छन् । तिम्रा छोरा पनि सानै छन् । मेरी छोरी विद्यालयमा पढ्छिन् । तिम्री छोरी पनि विद्यालयमा पढ्छिन् । मेरा एउटा भाइ छन् । तिम्री एउटी बहिनी छिन् । मेरी एउटी दिदी हुनुहुन्छ । तिम्रा एउटा दाजु हुनुहुन्छ ।
२. वचन सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
डोल्मा, रामलाल, महेश र म पुस्तकालय गयौँ । पुस्तकालयमा धेरै पुस्तक थिए । मैले पत्रिका पढ़ें । डोल्माले कविता पढिन् । रामलाल र महेशले उपन्यास पढे । पुस्तकालयमा अरु धेरै जना विद्यार्थी थिए । सबै जना पढ्दै थिए । दराजभरि पुस्तकहरू थिए । केही पुस्तक भुइँमा थिए । एउटा पुस्तक भुइँमा झरेको थियो । त्यसको अगाडिको गाता च्यातिएको थियो । मैले त्यो पुस्तक उठाएँ र पुस्तकालय व्यवस्थापन शाखाको कर्मचारीलाई दिएँ । व्यवस्थापन शाखाका कर्मचारीहरुले मलाई धन्यवाद दिए ।
३. पुरुष सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
म तिमी र विश्वराज छिमेकी हाँ । म बिहान सबेरै उठ्छु । तिमी बिहान सबेरै उठ्छौ । विश्वराज पनि बिहान सबेरै उठ्छ । त्यसपछि हामी तीनै जना भेट हुन्छौँ । हामी आधा घण्टा दौडिन्छौँ । त्यसपछि म योगध्यान गर्छु तिमी फुटबल खेल्छौ र विश्वराज ब्याटमिन्टन खेल्छ । बिहान आठ बजे हामी आआफ्ना घर जान्छौँ ।
४. आदर सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
हाम्रो घरमा मेरा मामा आउनुहुन्छ । मामाले मलाई राम्रा राम्रा किताब ल्याइदिनुहुन्छ । मामालाई भेटन पाउँदा मेरी बहिनी पनि धेरै खुसी हुन्छिन् । तिमी पनि मेरा मामालाई भेट्न आऊ है ।
५. पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
मेरी आमा ७८ वर्ष हुनुभयो । मेरा बुबा ७२ वर्ष पुग्नुभयो । मेरा तीन दिदी, दुई बहिनी, दुई दाइ र एक भाइ छन् । मेरा श्रीमान् असल र दयालु हुनुहुन्छ । मेरा घरमा दुईओटा गोरु, एउटा भैँसी र केही बाख्रा पनि छन् । मसँग एक दर्जन कुखुराका भाले छन् ।
६. एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उनीहरू घर गए । घरमा उसकी दिदी थिइन् । उसका दाजुहरू काममा गएका थिए । त्यही वेला उनीहरूको साथी पनि टुप्लुक्क आइपुग्यो । उनीहरूको आवाज सुनेर गोठका भैँसीहरू पनि कराए । बाख्रो पनि म्याँम्याँ गर्न थाल्यो । कुकुर पनि पुच्छर हल्लाउँदै उनीहरूका नजिकै आएर सुँघ्न थाल्यो ।
७. तृतीय पुरुषमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उनको शरीर अलिक मोटो भएकाले उकालो देख्नेबित्तिकै उनको सातोपुत्लो उड्छ तेर्सो र ओरालो बाटामा उनी निकै छिटो हिँड्न सक्छन् तर उकालो भने उनका लागि जेमराज जत्तिकै भयावह हुन्छ । उनी विवश थिएँ, उनले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दुई लाँका उखु पहिले टेक्ते र पछि चबाउँदै उनीहरू एकोहोरो उकालिइरहे, उकालिइरहे ।
८. मध्यम आदरमा रुपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमी मिहिनेती छौ । तिम्रो बानीबेहोरा पनि राम्रो छ । तिम्रो पढाइ पनि राम्रो छ । जोसुकैलाई विश्वास गरिहाल्ने बानीमा भने तिमीले सुधार गर्नुपर्छ ।
९. सामान्य आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमी हिजो कहाँ गएका थियौ ? आज पनि कतै जान्छौ कि ? अहिलेको समयमा | यसरी बाहिरतिर घुम्न ननिस्क । घरभित्रै बसेर व्यायाम गर । बरू किताब पढ, लेखहरू लेख ।
१०. उच्च आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उहाँ भोलि पोखरा जानुहुन्छ । उहाँकी दिदी पनि उहाँसँगै पोखरा जानुहुन्छ । उहाँहरू फेवाताल घुम्नुहुन्छ । उहाँहरू कविता लेख्नुहुन्छ । पोखरामा उहाँहरूका साथीहरू पनि हुनुहुन्छ । उहाँहरू साथीहरूलाई पनि भेट्नुहुन्छ । एक हप्ता बसेर उहाँहरू घर फर्किनुहुन्छ ।
११. दिइएको अनुच्छेदबाट ‘ब’ र ‘व’ को प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस्ः
‘ब’ को प्रयोग भएका शब्दहरूको सूची :
बस्तीका बाहिरतिर बारी, बिल्छ, बतास, बिहान बेलुका सबै बजार यसबाहेक, बिहेबटुलो
‘व’ को प्रयोग भएका शब्दहरूको सूची :
अवसर, वन, वरपर, वर्षा, हावा, पर्व. उत्सव
व्यावसायिक पत्र(व्यावहारिक लेखन)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. शब्द र अर्थको जोडा मिलाउनुहोस् ।
प्रबन्ध – बन्दोबस्त, चाँजोपाँजो
अवगत – जानेको वा बुझेको
दीर्घकालीन – लामो समय
सङ्कलित – बटुलिएको
वितरण – बाँडफाँड
सहकार्य – दुई वा दुईभन्दा बढी व्यक्ति वा संस्थाले मिलेर गरिने काम
प्रस्ताव – कुनै कामको आरम्भ वा सम्पादनका लागि प्रस्तुत गरिएको विचार
यथाशीघ्र – जतिसक्दो चाँडो
२. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :
हार – जित
दाहिने – देब्रे
रुनु – हाँस्नु
आफ्नो – अर्काको
दिन – रात
आय – व्यय
सक्कली – नक्कली
निराशा – आशा
प्रतिकूल – अनुकूल
जस – अपजस
प्रेम – घृणा
आकर्षण – विकर्षण
जटिल – सरल
सबल – दुबर्ल
सापेक्ष – निरपेक्ष
हर्ष – विस्मात्
सपना – विपना
अनावश्यक – आवश्यक
३. तलका शब्दको लघुतावाचक शब्द लेख्नुहोस् :
(क)
किरो – किरी
कोदालो – कोदाली
गाग्रो – गाग्री
चिम्टा – चिम्टी
चरो – चरी
थाल – थाली
ठेको – ठेकी
पुस्तक – पुस्तिका, पाना
(ख)
रोटी – टुक्रा
सुन्तला – केस्रो
भात – सिता
पराल – त्यान्द्रो
पानी – थोपा
फूल – पत्र वा दल
केरा – कोसो
बोध र अभिव्यक्ति
१. पाठका आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) व्यावसायिक चिठीको सबैभन्दा माथि के लेखिन्छ ?
न्यावसायिक चिठीको सबैभन्दा माथि चिठी लेख्ने प्रेषकको व्यावसायिक संस्थान वा कार्यालयको नाम र ठेगाना लेखिन्छ ।
(ख) व्यावसायिक चिठीमा पत्र सङ्ख्या र चलानी नम्बर कहाँ लेखिन्छ ?
व्यावसायिक चिठीमा पत्र सङ्ख्या र चलानी नम्बर प्रेषकको व्यावसायिक संस्थान वा कार्यालयको नाम र ठेगानाभन्दा मुनि देब्रेपट्टि मितिभन्दा तल्लो लाइनमा लेखिन्छ ।
(ग) व्यावसायिक चिठीको कुन भागमा कहाँनेर मिति लेखिन्छ ?
व्यावसायिक चिठीको अग्र भागमा प्रेषकको व्यावसायिक संस्थान वा कार्यालयको नाम र ठेगानाभन्दा एक लाइन तलतिर दाहिनेपट्टिको भागमा मिति लेखिन्छ ।
(घ) व्यावसायिक चिठीमा सम्बोधन र विषयको रखाइक्रम कस्तो हुन्छ ?
व्यावसायिक चिठीमा अग्र भागको देब्रेपट्टि पत्र सङ्ख्या र चलानी नम्बरको मुन्तिर पहिला सम्बोधन र ठेगाना अनि तल्लो लाइनको केन्द्र भागमा विषयको रखाइक्रम हुन्छ ।
२. पाठमा उल्लेख भएअनुसार ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनी कोहलपुर, बाँकेले कर्नाली उत्पादन तथा वितरण केन्द्र चिसापानी, कैलालीलाई मिति २०७७/१२/२५ मा लेखेको पत्र कस्तो हुनसक्छ, अनुमान गरी लेख्नुहोस् ।
ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनी
कोहलपुर, बाँके
मिति : २०७७/१२/२५
प.स. : ०७७/०७८
च.नं. : ७५/०७७
श्रीमान् प्रबन्ध निर्देशक,
कर्नाली उत्पादन तथा वितरण केन्द्र
चिसापानी, कैलाली ।
विषय : आपूर्ति सम्झौता एवं सहकार्य सम्बन्धमा ।
महोदय, उपर्युक्त सम्बन्धमा यस ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनीले विगत पाँच बर्षदेखि विभिन्न कम्पनीद्वारा उत्पादित दैनिक उपभोग्य सामग्रीहरू एवं विभिन्न वस्तुहरू सङ्कलन गरी छिटो छरितो र प्रभावकारी रूपमा थोक तथा खुद्रा विक्री वितरण गर्दै आइरहेको तथ्य तपाईलाई पनि अवगत नै छ होला । उपभोक्ताहरूको माग दिनप्रतिदिन बढ्दै गएकाले त्यस कम्पनीबाट उत्पादित अर्गानिक खाद्यपदार्थ एवं विभिन्न उपभोग्य वस्तुहरूको बिक्री वितरण गर्नका लागि हाम्रो कम्पनी इच्छुक रहेको अबगत गराउँदै दुई कम्पनीका बिचमा व्यापारिक सहकार्य गर्ने प्रस्ताव राख्दछु । दुई कम्पनीका बिच सम्बन्ध गास्नका लागि यथाशीघ्र कम्पनीले पहल गर्ने छ भन्ने अपेक्षा राख्दै त्यस कम्पनीबाट उपलब्ध हुने उत्पादित एवं सङ्कलित वस्तुहरूको विस्तृत विवरण र मूल्यसूचीसमेत उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । सहयोगका लागि धन्यवाद !
भवदीय
……………..
श्रेया शर्मा
कम्पनी प्रमुख
खामको नमुना
प्रेषक ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनी कोहलपुर – ३, बाँके | प्रापक श्रीमान् प्रबन्ध निर्देशक कर्नाली उत्पादन तथा वितरण केन्द्र चिसापानी – २, कैलाली |
३. हालसालै प्रकाशित पुस्तक पठाइदिन भनी तपाईंको घरनजिकै रहेको पुस्तक पसलले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।
पौडेल पुस्तक पसल
रत्ननगर-१३, चितवन
बागमती प्रदेश नेपाल ।
मिति : २०७७/१०/१३
प.स. : ०७७/०७८
च.नं. : ७५/०७७
श्रीमान् प्रबन्ध निर्देशक,
नेपाल प्रज्ञा प्रतिष्ठान,
कमलादी, काठमाडौँ ।
विषय: सन्दर्भ पुस्तकहरू उपलब्ध गराइदिने सम्बन्धमा ।
महोदय, उपर्युक्त विषयका सम्बन्धमा यस पौडेल पुस्तक पसलले विगत दुई दशकदेखि नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरू विक्री वितरण गर्दै आइरहेको कुरा यहाँलाई अवगत नै छ । प्रतिष्ठानबाट प्रकाशित हुने पुस्तकहरू यस क्षेत्रका पाठकहरूका बिचमा निकै नै लोकप्रिय एवं रूचिकर बन्ने गरेको हुनाले पाठक वर्गको अत्यधिक मागलाई मध्यनजर राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानबाट हालसालै प्रकाशित सन्दर्भ पुस्तकहरू तपसिलमा माग गरिएको विवरणअनुसार यथाशीघ्र पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछु :
गोर्खाली युद्धबन्दीका लोकभाका र कथा | ५० थान |
समकालीन नेपाली कथाका वैचारिकता | ५० थान |
सेतो धरती | ५० थान |
श्वेतभैरवी | ५० थान |
नेपालमा बुद्ध धर्म | ५० थान |
तीन घुम्ती | ५० थान |
उल्लिखित पुस्तकहरूको भुक्तानीका लागि त्यस प्रतिष्ठानको नाममा रहेको नेपाल बैङ्कको खाता नं. १०००००००००७७५ मा पेस्की स्वरूप रू. २०००० (अक्षरेपि बिस हजार रूपियाँ मात्र) जम्मा गरेको बैङ्क भौचर यसै पत्रसाथ पठाएको छु । बाँकी रकम पुस्तकहरूका साथै बिल प्राप्त हुनासाथ भुक्तानी गरिने व्यहोरा अनुरोध गर्दछु । सहयोगका लागि धन्यवाद !
भवदीय
……………..
प्रो. सुवर्ण पौडेल
खामको नमुना
प्रेषक पौडेल पुस्तक पसल, रत्ननगर-१३, चितवन बागमती प्रदेश नेपाल | प्रापक श्रीमान् प्रबन्ध निर्देशक, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ |
४. दिइएको चिठी पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) गाउँमा के सुरू भएको छ ?
गाउँमा कृषि जागरण सुरू भएको छ ।
(ख) जगराम काकाले कसरी आम्दानी गर्नुभयो ?
जगराम काकाले बाख्रापालन र तरकारी खेती गरेर आम्दानी गर्नुभयो ।
(ग) कोरोना भाइरसको महामारीपछि गाउँमा कस्तो परिवर्तन भएको छ ?
कोरोना भाइरसको महामारीपछि धेरै युवा गाउँ फर्केर कृषि पेशामा आबद्ध भई कृषिमा आधुनिकीकरण र व्यावसायीकरणको सुरुआत गर्नुका साथै विकासका कामहरूसमेत धमाधम भएको छ ।
(घ) कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण भनेको के हो, स्पष्ट पार्नुहोस् ।
आधुनिक यन्त्रको प्रयोग गरी कृषिलाई नै मुख्य व्यवसायको रूपमा विस्तार गर्नु नै कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण भनेको के हो ।
(ङ) माथिको चिठीको प्रापक र प्रेषकको नाम ठेगाना अनुमान गरी खामको नमुना बनाउनुहोस् ।
खामको नमुना
प्रेषक सुनिता दङ्गाल सङ्खुवासभा, प्रदेश नं. १, नेपाल | प्रापक सुप्रित दङ्गाल हमद अन्तर्राष्ट्रिय एयरपोर्ट दोहा, कतार |
५. दिइएको कार्यालयीय चिठी पढ्नुहोस् र त्यसको प्रत्युत्तर लेख्नुहोस् :
श्री नेचासल्यान गाउँपालिका
सोलुखुम्बु ।
मिति : २०७७/१०/१३
प.स. : ०७७/०७८
च.नं. : ७५/०७७
पाठ्यक्रम विकास केन्द्र,
सानोठिमी, भक्तपुर ।
विषय: कार्यक्रम सञ्चालन सम्बन्धमा ।
पाठ्यक्रम विकास केन्द्रद्वारा स्थानीय तहसँगको सहकार्यमा विद्यालय पाठ्यक्रम तथा पाठ्पुस्तकसम्बन्धी अभिमुखीकरण प्रशिक्षण, तालिम, गोष्ठी, अन्तरक्रिया आदि कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस श्री नेचासल्यान गाउँपालिका सोलुखुम्बुमा पनि यस्ता कार्यक्रम सञ्चालन गरी यहाँका विद्यालयहरूको शिक्षण सिकाइ उपलब्धिमूलक बनाउन अत्यन्त उत्साहित भएका छौं । यस गाउँपालिकाभित्र रहेका १२ ओटा सामुदायिक विद्यालयबाट करिव १५० जना शिक्षकहरूको सहभागितामा उक्त पाठ्यक्रम तथा पाठ्पुस्तकसम्बन्धी अभिमुखीकरण प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका बोर्डको निर्णय भएको जानकारी गराउँदछौँ । कार्यक्रमको लागत र विस्तृत योजना तय गरेपछि अवगत गराउनुहुने नै छ । सहयोगका लागि धन्यवाद !
………….
अध्यक्ष
खामको नमुना
प्रेषक नेचासल्यान गाउँपालिका, सोलुखुम्बु नेपाल | प्रापक पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर नेपाल |
६. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तिहाइमा नबढ्ने गरी सारांश लेख्नुहोस् :
बुँदाहरू :
१. नेपालमा पाँच प्रकारको हावापानी पाइनु,
२. तराई, भावर, दुन र चुरे पर्वतको आसपासमा ऊष्ण मनसुनी अनि चुरे पहाड र महाभारत पर्वत क्षेत्रमा न्यानो समशीतोष्ण हावापानी पाइनु,
३. महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा ठण्डा समशीतोष्ण र हिमाली क्षेत्रमा शुष्क ठण्डा लेकाली हावापानी पाइनु,
४. उच्च हिमाली क्षेत्रमा ऋणात्मक तापक्रम हुने हिमाली हावापानी पाइनु ।
सारांश:
नेपालको हावापानी
नेपालमा ऊष्ण मनसुनी न्यानो समशीतोष्ण, ठण्डा समशीतोष्ण, लेकाली र हिमाली गरी पाँच प्रकारको हावापानी पाइन्छ । तराई, भावर, दुन र चुरे पर्वतको आसपासका क्षेत्रमा ऊष्ण मनसुनी हावापानी पाइन्छ । चुरे पहाड र महाभारत पर्वत क्षेत्रमा न्यानो समशीतोष्ण हावापानी पाइन्छ । महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा ठण्डा समशीतोष्ण हावापानी पाइन्छ । हिमाली क्षेत्रमा शुष्क ठण्डा लेकाली हावापानी पाइन्छ । उच्च हिमाली क्षेत्रमा पाइने ऋणात्मक तापक्रम भएको हावापानीलाई हिमाली हावापानी भनिन्छ ।
अनुच्छेदमा भएको शब्दसङ्ख्या : २२१
एक तृतीयांशमा हुने शब्दसङ्ख्या : ७३.६
सारांशमा भएको शब्दसङ्ख्या : ७३
७. दिइएको भरपाईको नमुना हेर्नुहोस् र नेपाल प्रज्ञा प्रतिष्ठानबाट कालिका पुस्तकालय, रसुवालाई उपहारस्वरूप प्रदान गरिएको बृहत् नेपाली शब्दकोश (दुई प्रति) त्यस पुस्तकालयका प्रमुखले बुझिलिएको भरपाईको नमुना तयार पार्नुहोस् :
भरपाई
भरपाई दादै नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली भाषाको श्रीवृद्धिका लागि कालिका पुस्तकालय, रसुवालाई नेपाली भाषाप्रेमीको भाषिक शुद्धता एवं अर्थबोधमा सहजता होओस् भन्ने हेतुले प्रदान गरिएको बृहत् नेपाली शब्दकोश (दुई प्रति) निम्नानुसार बुझिलिएको भरपाई गरिदिएँ :
बुझ्नेको नाम, थर | पद | ठेगाना | हस्ताक्षर |
राम प्रसाद शर्मा | पुस्तकालय प्रमुख | रसुवा, धुञ्चे । |
मिति : २०७७ चैत्र ४ गते बुधवार
८. दिइएको तमसुकको नमुना पढी तपाईंको आफ्नो स्थायी ठेगानाको कुनै एक व्यक्तिले त्यहाँको अर्को व्यक्तिसँग ऋण लिएको ब्यहोरा खुलाई एउटा तमसुकको नमुना लेख्नुहोस् :
तमसुक
लिखितम् चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १३, चितवन, अमेलिया टोल बस्ने विष्णुप्रसादको नाति, कृष्णप्रसादको छोरा वर्ष १९ को म सुबर्ण पौडेलले आफ्नो घरखर्च गर्न भनी ऐजन जिल्ला ऐजन महानगरपालिका वडा नम्बर ४, नयाँबजार बस्ने छबिलालको नाति इश्वोरप्रसादको छोरा वर्ष ४० को तपाईं विशाल शर्माबाट रु. ५०,000/- (अक्षरेपि पचास हजार मात्र) आजैका मितिमा ऋण सापटी स्वरुप लिएको छु । यस रकमको वार्षिक दश प्रतिशतका दरले ब्याज बुझाउने छु र पाँच वर्षभित्रमा सम्पूर्ण सावाँ ब्याज चुक्ता गरिसक्ने छु । यदि यस कबोलअनुसार नबुझाएमा मेरो जायजेथा, घरजग्गाबाट कानुनबमोजिम असुल गरिलिन मेरो मन्जुरी छ । यो तमसुक मेरो राजीखुसीसाथ गरेको हुँ । व्यहोरा साँचो हो । झुठा ठहरे कानुनबमोजिम सहने बुझाउने छु । साक्षी किनारामा सदरमुकाम साहुको घर आँगन । इति संवत् २०७८ साल मंगसिर २० गते रोज १ बार शुभम् ।
साक्षी:
……….. चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष १९ को चिरन्जिबी पौडेल – १
……….. ऐजन जिल्ला ऐजन महानगरपालिका वडा नम्बर ४ बस्ने सुनिल शर्मा – १
……….. लेखक: ऐ.ऐ. वडा नम्बर ४ बस्ने रितेश शर्मा
आसामिको हस्ताक्षर:
………….
औठा छाप:
दायाँ
बायाँ
९. दिइएको सम्झौता पत्र / करारनामाको नमुना पढ्नुहोस् र तपाईंको विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि विद्यालयका प्रधानाध्यापक, स्थानीय निर्माण कम्पनीका प्रमुखबिच गरिने करारनामाको नमुना लेख्नुहोस् :
सम्झौता पत्र / करारनामा
नेपाल माध्यमिक विद्यालय, रत्ननगर-२, चितवन र ऐजन जिल्ला ऐजन नगरपालिका वडा नम्बर १३ निवासी श्री विशाल पौडेलसँग तपसिलका कार्य गर्नका लागि देहायबमोजिमको सतको अधीनमा रहेर दोस्रो पक्षले पहिलो पक्षलाई सेवा उपलब्ध गराउन मञ्जुर भई यो सम्झौता गरिएको छ । यो सम्झौताका एक एकप्रति आपसमा बुझिलियौ दियौं ।
सर्तहरू
१. गर्नुपर्ने कामको विवरण : दोस्रो पक्षले नेपाल माध्यमिक विद्यालय, रत्ननगर-१३, चितवनमा पुस्तकालय भवन निर्माण कार्य गर्नुपर्ने छ । उक्त भवन निर्माणकार्य चितवन नगरपालिकाबाट प्राप्त लागत, विवरण र डिजाइन अनुसार गर्नुपर्ने छ ।
२. दोस्रो पक्षले प्रचलित कानुनमा व्यवस्था भएका भवन निर्माणसम्बन्धी सम्पूर्ण नियमहरू पालना गर्नुपर्ने छ ।
३. भुक्तानी : नगरपालिकाबाट प्राप्त लागत, विवरण र डिजाइन अनुसार निर्माण कार्य सम्पन्न भइ सम्पूर्ण कागजात नगरपालिकामा पेश गरेपछि नियमबमोजिम एक महिनाभित्र रकम भुक्तानी गरिने छ ।
४. धरौटी : कुल लागत विवरणमा उल्लेख भएको रकमको १० प्रतिशतका दरले हुन आउने रकम विद्यालयको नेपाल बैङ्क लिमिटेडमा रहेको खाता नं. १३२००००००५ मा जम्मा गर्नुपर्ने छ ।
५. सम्झौता भङ्ग गर्न चाहेमा कम्तीमा १५ दिनको समय दिई एक पक्षले अर्को पक्षलाई लिखित रूपमा सूचना दिनुपर्ने छ ।
६. सम्झौताको अवधि २०७९ साल वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तसम्म एक वर्षको हुने छ ।
पहिलो पक्षबाट | दोस्रो पक्षबाट |
दस्तरखत : …………… | दस्तरखत : …………… |
नाम थर : रितेश श्रेष्ठ | नाम थर : विशाल पौडेल |
ठेगाना : रत्ननगर-२, टाँडी, चितवन | ठेगाना : रत्ननगर-१३, अमेलिया, चितवन |
पद : प्रधानाध्यापक | पद : प्रबन्ध निर्देशक |
कार्यालय : नेपाल माध्यमिक विद्यालय, रत्ननगर-२, चितवन | कार्यालय : चितवन निर्माण प्रा. लि., रत्ननगर नगरपालिका, चितवन । |
रोहबर वडा अध्यक्ष ……………
श्री वडा सचिव ……………
श्री रत्ननगर नगरपालिका वडा नम्बर ….. वडा कार्यालय, चितवन ।
इति संवत् २०७९ साल वैशाख १ गते ६ रोज शुभम्
१०. दिइएको मन्जुरीनामाको नमुना पढ्नुहोस् र तपाईंको जग्गामा रहेको ढुङ्गाखानीबाट तपाईंको टोलमा सार्वजनिक शौचालय निर्माणका लागि चाहिने ढुङ्गा निकाली लैजानका लागि तपाईंले वडा कार्यालयलाई दिएको मन्जुरीनामाको नमुना लेख्नुहोस् :
श्रीमान् वडाध्यक्ष,
रत्ननगर नगरपालिका २,
टाँडी, चितवन ।
विषय : मन्जुरीनामा सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा म चितवन नगरपालिका वडा नं. २ निवासी स्थायी बासिन्दा हुँ । यस वडामा सार्वजनिक शौचालयको अभाव भएको कारण सार्वजनिक स्थलहरूमा खुला दिसा पिसाब गर्ने गरिएको छ जसका कारण वडा नै दुर्गन्धित हुँदै गएको अवस्था छ । यस वडाले हाम्रो टोलमा सार्वजनिक शौचालय निर्माणका लागि ढुङ्गाको अभाव भएको तथ्यलाई मनन गर्दै मेरो जग्गामा रहेको ढुङ्गाखानीबाट हाम्रो टोलमा सार्वजनिक शौचालय निर्माणका लागि चाहिने आवश्यक ढुङ्गा निकाली लैजानका लागि मैले र. न. पा. २ को वडा कार्यालयलाई राजीखुसीका साथ मन्जुरीनामा दिएको छु । व्यहोरा साँचो हो, झुठा ठहरे कानुनबमोजिम सहुँला बुझाउँला । इति मिति २०७८ मङ्सिर ०८ गते बुधबार ।
भवदीय
सही : …………..
जयेश्वोर साह
११. दिइएको विज्ञापनको नमुना पढ्नुहोस् र नमुनामा जस्तै कुनै पदको पूर्ति तथा कुनै सामानको प्रचारप्रसारका बारेमा एक एकओटा विज्ञापन लेख्नुहोस् :
(क) पदपूर्तिको विज्ञापन
श्री महेन्द्र माध्यमिक विद्यालयको
आवश्यकतासम्बन्धी
सूचना
(पहिलो पटक प्रकाशित मिति : २०७८/०६/१६)
उपर्युक्त सम्बन्धमा वौदीकाली गाउँपालिकाको गाउँ कार्यपालिकाको निर्णय अनुसार श्री डेढगाउँ माध्यमिक विद्यालय, डेढगाउँ, नवलपुरको मा.वि. तहको विज्ञान विषय शिक्षकलाई यस गाउँपालिकाको स्रोत व्यक्ति पदमा काज ल्याउँदा रिक्त हुन गएको उक्त पदमा सट्टा शिक्षक नियुक्ति गर्न आवश्यक परेकोले यो विज्ञापन प्रकाशित गरीन्छ । ईच्छुक नेपाली नागरिकले निम्न बुँदाको आधारमा दरखास्त दिनुहुन जानकारी गराईन्छ ।
तपशिल :
१. आवश्यक पद : मा.वि विज्ञान शिक्षक ।
२. पद संख्या : १
३. दरखास्त दस्तुर : रु. १०००/-
४. नियुक्तिको प्रकार : सट्टा शिक्षक ।
५. योग्यता : B.Sc र तालिम प्राप्त वा सो सरह विज्ञान विषय लिएको ।
६. उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
७. दरखास्त दिने अन्तिम मिति : २०७६/०६/३० सम्म ।
८. सम्पर्क मिति : २०७६/०६/३० गते ५ बजे ।
९. परीक्षाको किसिम : लिखित र मौखिक ।
१०. परीक्षा र अन्तर्वार्ता मिति सम्पर्क मितिमा सोकिने छ ।
११. तलव स्केल : मा.वि. तह तृतीय श्रेणी ।
१२. आवश्यक कागजात : नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, अध्यापन अनुमति पत्र, निरोगिताको प्रमाण पत्र ।
१३. दरखास्त दिने स्थान : वौदीकाली गाउँ कार्यपालिकाको कार्यालय, डेढगाउँ ।
………………..
विनोद खनाल
प्रमुख प्रशासकिय अधिकृत
(ख) सामानको प्रचारप्रसार विज्ञापन
बजारमा उपलब्ध छ !
आफ्नो नेपाली लेखन सुधार्न चाहनेहरू, नेपाली लेख्नै पर्ने पेशा-व्यवसायमा रहेकाहरू तथा सरकारी अड्डा, अदालत, व्यवसाय, बैंक, विद्यालय आदिमा कार्यरत सबैका निम्ति यो पुस्तक अत्यन्त उपयोगी छ । यो साथमा भएपछि नेपाली कसरी लेख्ने होला भनेर कोही पनि द्विविधामा पर्नुपर्ने छैन ।
शिक्षक मासिक
जावलाखेल, ललितपुर
फोन : ५५९९२५२, ५५९९१४२. मो: ९८९९ ९०५७८०
१२. दिइएको सूचनाको नमुना पढ्नुहोस् र नयाँ वर्षका दिन १२ कक्षाका सबै विद्यार्थी एक दिने शैक्षिक भ्रमण जाने विषयमा विद्यालयका प्रधानाध्यापकबाट जारी गरिने सूचनाको नमुना लेख्नुहोस् :
श्री नेपाल माध्येमिक विद्यालय
रत्ननगर – २, टाँडी
चितवन ।
मिति : २०७८ / १२ / २०
शैक्षिक भ्रमणसम्बन्धी सूचना
नयाँ वर्ष २०७९ का अवसरमा यस विद्यालयद्वारा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि एक दिने शैक्षिक भ्रमण कार्यक्रमको आयोजना गर्न लागिएको हुँदा सबै विद्यार्थीहरूले समयमै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
सम्पर्कका लागि:
कार्यक्रमको आयोजक: राम प्रसाद शर्मा
फोन : ९८९९ ९०५७८०
……………….
प्रधानाध्यापक
द्रष्टव्य: कृपया चैत २८ सम्म सम्पर्क गरिसक्नुपर्ने छ ।
१३. दिइएको बोलपत्रको नमुना पढ्नुहोस् र तपाईंको विद्यालयमा छात्रावास भवन बनाउनका लागि जारी गरिने बोलपत्रको नमुना लेख्नुहोस् :
श्री महेन्द्र माध्यमिक विद्यालय
टाँडी, रत्ननगर – २
चितवन ।
छात्राबास भवन निर्माणसम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना !
(प्रथम पटक प्रकाशन मिति : २०७८ / १० / १० गते )
यस विद्यालयमा रत्ननगर नगरपालिका वडा नं २ द्वारा विनियोजित रकमबाट छात्राबास भवन निर्माण गर्नुपर्ने भएकाले नेपाल सरकारबाट इजाजत प्राप्त निर्माण कम्पनीले तपसिलबमोजिमको सर्तको अधीनमा रही रितपूर्वकको बोलपत्र पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
१. यो सूचना प्रकाशित भएको मितिदेखि ३० औं दिनसम्म बोलपत्र फाराम यस विद्यालयबाट प्राप्त गर्न सकिने छ ।
२. खरिद गरिएका बोलपत्र फारामका महल स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहीछाप गरी प्रथम पटक सूचना प्रकाशन भएको मितिदेखि ३५ औं दिन दिनको १२ बजेभित्र यस कार्यालयमा उपस्थित भई वा बोलपत्र र आवश्यक कागजातको स्क्यान गरी अनलाइनमार्फत दर्ता गर्नुपर्ने छ ।
३. बोलपत्रका साथ सम्बन्धित व्यक्तिको नागरिकता, अद्यावधिक नवीकरण गरेको व्यवसाय दर्ताको इजाजतपत्र, अद्यावधिक नवीकरण पत्र संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि करमा दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणपत्र, आ.ब. ०७६ सम्मको कर चुक्ता गरेको कागजातका प्रमाणित प्रति पेस गर्नुपर्नेछ ।
४. बोलपत्र फारामसाथ जमानतबापतको रकम यस विद्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्क चल्ती खाता नम्बर १००००००००००००००१ मा एकमुष्ट दाखिला गरेको सक्कल भौचर पेस गर्नुपर्ने छ ।
५. दर्ता हुन आएका सिलबन्दी तथा अनलाइनमा दर्ता भएका बोलपत्र फाराम ३६ औं दिन दिनको ३:०० बजे यस कार्यालयमा नियमपूर्वक खोलिने छ ।
६. बोलपत्र फाराम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक बिदा परेमा विदापछिको कार्यालय खुलेको दिन सोही समयमा उक्त कार्य हुने छ ।
७. प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
८. रित नपुगेका र म्याद नाघिआएका बोलपत्रउपर कुनै कारबाही गरिने छैन ।
९. बोलपत्रसम्बन्धी अन्य सर्त बोलपत्र फाराममा उल्लेख गरेबमोजिम हुने छन् ।
१०. अन्य कार्यविधि नेपाल सरकारका आर्थिक प्रशासनसम्बन्धी ऐन तथा नियमावलीअनुसार हुने छ ।
१९. थप जानकारीका लागि यस विद्यालयको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
………………..
प्रधानाध्यापक
१४. दिइएका कार्यालयमा प्रयोग हुने टिप्पणी र आदेशको नमुना पढ्नुहोस् र तपाईं कुनै कार्यालयमा गई टिप्पणी र आदेशका थप नमुना खोजेर ल्याई त्यहीअनुसार टिप्पणी लेख्ने अभ्यास गर्नुहोस् :
पूर्वाधार विकास कार्यालय
भरतपुर, चितवन
मिति : २०७८/१०/१०
टिप्पणी र आदेश
श्रीमान् कार्यालय प्रमुख
विषय : दरभाउपत्र स्वीकृति सम्बन्धमा ।
यस कार्यालयको स्वीकृत कार्यक्रमअनुसार जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. १८ अन्तर्गतका सडक कालोपत्रे तथा कलभर्ट निर्माण गर्नुपर्ने सन्दर्भ जानकारीका लागि अनुरोध छ । यस कार्यालयको मौजुदा सूचीमा रहेका निर्माण कम्पनीबाट सात दिनभित्र दररेट पेस गर्न यस कार्यालयको मिति २०७८/०३/१५ गतेको पत्रबाट माग गरिएबमोजिम सात दिनको अवधिभित्र यस कार्यालयमा तपसिलअनुसारका दरभाउपत्र पेस भएको पाइयो ।
तपसिल
सि.न. | निर्माण कम्पनीको नाम | लागत अनुमान | पेस गरेको कबोल अङ्क | कैफियत |
१. | विशाल कन्स्ट्रक्सन, पर्सा | ७,५०,०००/- | ७,४५,०००/- | -०.६६% |
२. | चितवन निर्माण कम्पनी, भरतपुर | ७,३८,०००/- | -१.६०% | |
३. | जननिर्माण कम्पनी प्रा. लि., गैडाकोट | ७,४२,०००/- | -१.०६% |
माथि पेस भएका निर्माण कम्पनीहरूको तुलनात्मक अध्ययन गर्दा सबैभन्दा कम लागत अनुमान प्रस्ताव गर्ने चितवन निर्माण कम्पनी, भरतपुर ले उक्त निर्माण कार्य रु. ७,३८,०००/- (अक्षरेपि सात लाख पैतालिस हजार मात्र) मा सम्पन्न गर्नेगरी कबोल अङ्क पेस गरेको र उक्त अङ्क लगत इस्टिमेट रु ७,५०,०००/- ( अक्षरेपि सात लाख साठी हजार मात्र) (मूल्य अभिवृद्धि करसमेत) भन्दा १.६०% घटी रहेकाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम (१) बमोजिम दरभाउ पत्र स्वीकृत गरी उक्त निर्माण कम्पनीलाई माथि उल्लेख भएबमोमिको निर्माण कार्य सम्पन्न गर्ने गरी कायदिश दिन मनासिब देखिएकाले आवश्यक निर्णायार्थ पेस गरेको छु ।
पेस गर्ने
सही : ……………..
दिनानाथ उपाध्याय
निर्णय तथा आदेश
पेस हुन आएको टिप्पणी मनासिब देखिएकाले टिप्पणीमा उल्लेख भएअनुसार दरभाउ पत्र स्वीकृत गरी निर्माण कार्य सम्पन्न गर्नका लागि कार्यादेश दिइएको छ ।
सही : ……………..
सुमन उप्रेती
मिति : २०७८/१०/१८
कार्यालय प्रमुख
१५. दिइएको ‘सम्पादकलाई चिठी’ को नमुना पढ्नुहोस् र यस्तै कुनै समसामयिक समस्यामूलक विषयमा आधारित भएर सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन कुनै राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् :
मिति: २०७५/११/२५ गते
श्री सम्पादकज्यू,
कान्तिपुर पब्लिकेशन
काठमाडौं, नेपाल
विषय: समाचार राखिदिने बारे ।
महोदय, पोखरा महानगरपालिकामा यहि चैत्र ५ गते देखि लेखनाथ महोत्सव सुरु हुदै छ । यस महोत्सवमा विभिन्न किसिमका सांस्कृतिक प्रदर्शनीहरुको आयोजना हुने छ । पोखराको ब्यापार प्रवर्दन गर्ने तथा यहाँको समाजलाई नेपालभर परिचित गराउने उद्देश्यका साथ यस महोत्सव सुरु हुन गइरहेको हो । यसबारेमा यहाँको पत्रिकामा पनि समाचार राखेर पोखराको पर्यटन विकासमा सहयोग गर्नुहुन अनुरोध छ ।
महोत्सवको विस्तृत विवरण यसैसंग संलग्न गरि पठाईएको छ ।
भविदय,
स्वस्तिका पोखरेल
अध्यक्ष, लेखनाथ महोत्सव आयोजना समिति
व्याकरण
१. उदाहरणअनुसार सरल वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् :
सरल वाक्य | मिश्र वाक्य |
हावा चल्यो । जाडो भयो । | जब हावा चल्यो तब जाडो भयो । |
तिमी राम्रो पढ । तिमी सफल हुन्छौ । | राम्रो पढ्यौ भने सफल हुन्छौ । |
किताब बजारमा आयो । म किताब पढ्छु । | किताब बजारमा आयो भने म किताब पढ्छु । |
पानी पन्यो । बाटो हिलो भयो । | जब पानी पन्यो तब बाटो हिलो भयो । |
उसले परिश्रम गन्यो । उसले मिठो फल पायो । | जसले परिश्रम गर्यो उसले मिठो फल पायो । |
नेपाल सुन्दर छ । संसारलाई थाहा छ । | नेपाल सुन्दर छ भन्ने संसारलाई थाहा छ । |
वातावरण प्रदूषण बढ्छ । महामारीको खतरा हुन्छ । | जब वातावरण प्रदूषण बढ्छ तब महामारीको खतरा हुन्छ । |
२. उदाहरणमा दिए जस्तै सरल वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् :
सरल वाक्य | संयुक्त वाक्य |
हावा चल्यो । जाडो भयो । | हावा चल्यो अनि जाडो भयो । |
म कविता लेख्छु । म गीत गाउँछु । म चित्र कोर्छु । म विद्यालयमा पढाउँछु । | म कविता लेख्छु गीत गाउँछु, चित्र कोर्छु र विद्यालयमा पढाउँछु । |
किताब बजारमा आयो । मैले किताब किने । | किताब बजारमा आयो र मैले किताब किने । |
पानी पन्यो । बाटो हिलो भयो । | पानी पन्यो त्यसैले बाटो हिलो भयो । |
उसले मह काढ्यो । उसले हात चाट्यो । | उसले मह काढ्यो अनि हात चाट्यो । |
तिमी सौराहा जाऊ । तिमी हात्तीमा चढ । तिमी जङ्गल घुम । तिमीले जङ्गलमा गैंडा देख्ने छौ । | तिमी सौराहा जाऊ, हात्तीमा चढ जङ्गल घुम अनि गैंडा देख्ने छौ । |
हामी नेपाली हौं । हामी स्वाभिमानी छौं । हामी स्वावलम्बी छौं । समृद्ध नेपाल र सुखी नेपाली चाहना हो । | हामी नेपाली स्वाभिमानी र स्वावलम्बी छौं तसर्थ समृद्ध नेपाल र सुखी नेपाली हाम्रो चाहना हो । |
३. सरल वाक्यमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
धेरै पहिले हलेसी धाम रहेको ठाउँमा घना जङ्गल थियो । त्यहाँ अनेक जङ्गली जनावर थिए । किंवदन्तीअनुसार धेरै अगाडि हलेसी गैरीगुठका वाग्वंशी राई आफ्नो कुकुर र केही साथी लिएर सिकार खेल्दै हलेसी महादेव गुफाको छेउमा पुगेछन् । त्यो अनकन्टार जङ्गलमा एउटा सुन्दर मृग देखापरेछ । वाग्वंशीको कुकुरले त्यो मृगलाई लखेट्न लागेछ । वाग्वंशी पनि कुकुरका पछि दौडिँदै गएछन् । जाँदा जाँदा मृग र कुकुर दुवै जमिनभित्र हराएछन् । कुकुर भुकेको आवाज चाहिँ सुनिएछ । कुकुर चाहिँ नदेखिने भएछ । रात पनि पर्न लागेछ । वाग्वंशी घर फर्केछन् । वाग्वंशी खाना खाएर सुतेछन् । भोलिपल्ट उनी केही साथीसमेत भएर पुनः त्यही ठाउँमा आएछन् । कुकुरका पाइलाको डोब पत्ता लगाएछन् । उनीहरू झाडी फाँड्दै गएछन् । जमिनमुनि एउटा डर लाग्दो गुफा फेला पारेछन् । वाग्वंशीले जे त पर्ला भनेछन् । साथीको सहयोगमा डोरीको सहायताले गुफाभित्र हाम फालेछन् । गुफाभित्र पुग्दा त झिलिमिली उज्यालो रहेछ । त्यहाँ त शिवपार्वती आफ्ना प्रमथगणसहित आनन्दले बसेका रहेछन् । वाग्वंशीले शिवपार्वतीलाई प्रणाम गर्छन् । वाग्वंशी गुफाबाहिर आएछन् । त्यसपछि त्यस गुफाको प्रचारप्रसार भएछ । थुप्रै मानिस भेला भएछन् । उनीहरूले गुफाभित्र छिर्ने बाटो बनाएछन् । उनीहरू भित्र गएछन् । भित्र जाँदा त शिवपार्वती अन्तर्ध्यान भएका रहेछन् । त्यहाँ त उनीहरुका मूर्ति पो रहेछन् । त्यसपछि त्यहाँ शिवको पूजा आराधना गर्न थालिएको रहेछ ।
७. ‘य’ र ‘ए’ को प्रयोग भएका शब्दलाई अलग अलग सूचीमा देखाउनुहोस् :
‘य’ को प्रयोग भएका शब्दहरू :
वायु, अनुयायी, यही, यसो, यस्तो, यस, त्यस, योग्य, पेय, शिष्य, दृश्य, हास्य, कार्य, वाक्य, गद्य, पद्य, रमणीय, कर्तव्य, धैर्य, जय, वाणिज्य, सौर्य, सौन्दर्य, राष्ट्रिय, लायौँ, पढायौँ, मुख्य, मनुष्य, जलमय, अन्नमय, यज्ञ, भय, हिमालय, यता, यति, त्यस्ता, घायल, टायम, डायरी, डायल, कायल, मध्ये, बयर
‘ए’ को प्रयोग भएका शब्दहरू :
एक, एघार, एकतिस, एकाउ,न्न गए, एकता, एकाग्र, एकादशी, एकान्त, लाएँ, खाएँ, देखाएँ, पढाएँ, दिएँ, भए, लिए, दिएर, एकचालिस, एकान्त, एकसरो, गए, खाए, आए
एक चिहान (उपन्यास)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :
रुजु – कुनै कुरा ठिक छ कि छैन भनी जाँच्ने काम
कविराज – आयुर्वेदिक उपचार गर्ने चिकित्सकको एक उपाधि
पेस्की – काम पूरा हुनु पहिले दिइने रकम
तल्सिङ – मोहीलाई जग्गा कमाउन दिने व्यक्ति, जग्गाधनी
समवेदना – उस्तै दु:खको अनुभव
निर्दयी – दया नभएको
अकर्मण्य – केही पनि काम नगर्ने, निस्क्रिय
मुराद – भित्री आशय
सान्त्वना – आश्वासन, ढाडस
हथुङ्गा – हातको नाडीदेखि औंलाका टुप्पासम्मको भाग
दागबत्ती – शवका मुखमा राख्ने बत्ती
कृतज्ञता – अरूले गरेको गुनप्रति धन्यवाद दिने भाव
२. पाठमा प्रयोग भएका दिइएका शब्दको अर्थ पहिचान गरी लेख्नुहोस् :
गुभाजु – बिरामीहरूलाई झारफुक गर्ने नेवार समुदायको तान्त्रिक व्यक्ति
उघाड – सीमा नाघेर भन्नु
फोने – विना मागमा आफैँ दिन खोज्नु
माचाछी – जोईपोइ बच्चाबच्चीको एकसरो परिवार मात्र
नङ्के – कहिल्यै प्राप्त वा अनुभव नभएको कुरा पाउनु
बिचा: – क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट दिइने सिधा
डल्लेठो – डल्ला फोर्ने काठको हतियार
खर्पन – काठमाडौँमा प्रचलित मालसमान बोक्ने साधन
क्वेना – बाँध, किनार, कुना, नदीको भुमरी पर्ने किनारको खोच
३. दिइएका शब्दको उस्तै अर्थ दिने शब्द पहिचान गरी लेख्नुहोस् :
दीक्षा – मन्त्रोपदेश
सितिमिति – हत्तपत्त
उपचार – इलाज
पेटपालो – गुजारा
मृत्यु – निधन
बोली – वाणी
मौन – चुप
तत्क्षण – तत्काल
फजिती – मुस्किल
सावगास – शक्ति
४. दिइएका अनेकार्थक शब्दलाई फरक फरक अर्थ दिने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर
उनले मेरा सबै प्रश्नहरुको उत्तर दिइन् ।
उत्तर बाट हावा चलिरहेको छ ।
खरी
म खरीको बोटका चढे ।
कालो पाटीमा खरीले राम्ररी लेख ।
गोल
पृथ्वी गोल छ ।
कोभेन्ट्रीको गोल अफसाइडको लागि अस्वीकृत थियो ।
जग
राम्रो जग बिना कुनै राम्रो भवन बन्दैन ।
मैले जगबाट पानि खाए ।
तान
तानमा कपडा बुन्न सजिलो हुन्छ ।
तिमी बिस्तारै डोरी तान ।
तर
दुधको तरबाट मोही बनाइन्छ ।
खोला तर होसियार हुनुपर्छ ।
पत्र
मसँग रोबर्टको पत्र थियो ।
पत्रपत्रिका पढ्ने बानी राम्रो हो ।
वर
नारायणी वर मेरो घर छ ।
चौतारीमा वरको रुख छ ।
बाली
यसपाली बाली सप्रियो ।
हर्केको गाई बाली गएछ ।
रहर
मेरो काठमाडौँ सहर घुम्ने रहर छ ।
रहरको दाल धेरै महङ्गो भएछ ।
साँचो
साँचो बोल्ने बानि सबैले बसाल्नु पर्छ ?
साँचोले ताल्चा खोलिन्छ ।
सुर
ऊ आफ्नै सुरमा काम गर्छ ।
मलाई सङ्गीतको सुर निकै मन पर्छ ।
हार
अज्ञानी मान्छेलाई हराउन असम्भव छ ।
मैले मेरो प्रेमिकालाई हार उपहार दिए ।
जाली
राम निकै जाली भएछ ।
जाली नोटको कारोबार दण्डनीय छ ।
५. दिइएका शब्दको श्रुतिसमभिन्नार्थक शब्द लेख्नुहोस् :
दिन – दीन
दिशा – दिसा
शव – सब
बाँस – बास
व्यसन – बेसन
प्रदान – प्रधान
कोस – कोश
जाति – जाती
फेरि – फेरी
खालि – खाली
पाश – पास
गर्भ – गर्व
विष – बिस
आदि – आदी
पाइन् – पाइन
ताप – टाप
देखि – देखी
सिता – सीता
६. दिइएका शब्दको समूहवाचक शब्द लेख्नुहोस् :
कमिला – ताँती
गाईवस्तु – बथान
मौरी – गोलो
बारुला – गोलो
बाँस – घारी
दाउरा – खलियो
डोरी – माला
मानिस – जमात
मकै – थाङ्ग्रो
भेडा – बथान
पराल – कुनिउँ, माँच, टौवा
पर्वत – शृङ्खला, श्रेणी
सिपाही – फौज, पल्टन
धुवाँ – मुस्लो
७. शिक्षकसँग सोधेर दिइएका प्रतीकात्मक शब्दको अर्थ लेख्नुहोस् :
छेपारो – रङ बदल्ने
कुवेर – धनी
रामराज्य – सम्पन्न र सुखी राज्य
दुर्वासा – रिसाहा
दधिची – त्यागी
सुदामा – गरिब, निर्धन
भीष्म – भयानक
बाँदर – आफ्नो घर बिगार्ने अरुको पनि बनाउन नदिने
साँढे – मिचाहा
जुको – परजीवी
सावित्री – सती वा पतिव्रता
गङ्गा – पवित्रता
स्याल – बाठो
ब्वाँसो – धूर्त
आकाश – रित्तो वा विशाल
एकलव्य – लगनशील वा एक्लो योद्धा
मौरी – परिश्रमी
लक्ष्मण रेखा – सीमा वा मर्यादा
महाभारत – लडाइँ, झगडा
कर्ण – दानी, उदारता
भेडो – मुर्ख
कुम्भकर्ण – सुताहा
भगीरथ – प्रयत्न कठिन प्रयास
विदुर – ज्ञानी वा विवेकी
युधिष्ठिर – धर्मात्मा वा अजेय
शकुनि – कपटी वा षडयन्त्रकारी
नारद – कुरौटे
८. कक्षामा छलफल गरी दिइएका सिङ्गो शब्दको अर्थ लेख्नुहोस् :
शाकाहारी – सात्विक भोजन मात्र गर्ने वा माछामासु नखाने
मांसाहारी – माछामासु खाने
पुङमाङ – दुवैपट्टि खुला भएको ढुङ्ग्रो
गृहस्थी – घरबार गरेर बस्ने व्यक्ति
अल्लारे – आलोकाँचो अवस्थाको
पेवा – निजी
दशक – दश वर्षको अवधि
शताब्दी – सय वर्षको समय
सहस्राब्दी – एक हजार वर्ष
शाश्वत – सधैं रहिरहने, चिरस्थायी
वात्सल्य – आमाबाबुको सन्तानप्रतिको स्नेह
न्वाँगी – नयाँ धानबाली पाकेपछि देवता वा पितृलाई चढाई खाइने दही चामल
नाबालक – बालिग हुने उमेर नपुगेको बालक
लैनो – भर्खर बियाएको
बकेर्नो – दुध थाक्ने बेला भएको दुहुनो
सत्पात्र – असल व्यक्ति वा पात्र
आद्योपान्त – सुरुदेखि अन्त्यसम्म
क्षितिज – पृथ्वी र आकाश जोडिएजस्तो देखिने
उपवास – केही नखाई व्रत बस्ने काम
सर्वभक्षी – भोज्य र अभोज्य विचार नगरी सबै कुरा खाने
ढडिया – माछा समात्ने सोलीजस्तो पासो
अभेद्य – प्वाल पार्न नसकिने
कटुभाषी – नमिठो बोल्ने
अल्पभाषी – थोरै भाषा जान्ने
मृदुभाषी – मिठो भाषा बोल्ने
बहुभाषी – धेरै भाषा बोल्ने
बहुरूपी – धेरै रूप धारण गर्ने
अघोरी – जे पायो त्यही खाने
कायममुकायम – कार्यबाहक
कार्यवाहक – कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार अधिकार लिई अस्थायी रूपमा काम गर्ने कर्मचारी
पर्म – आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन
अवर्णनीय – वर्णन गर्न नसकिने
अव्यक्त – प्रकट नभएको
थाती – धरौटी जमानत
कलस्यौली – विवाहमा कलश बोकेर जन्तीमा हिँड्ने कन्या अलौकिक – यस लोकमा नहुने वा नपाइने
९. अन्तरिक्षसँग सम्बन्धित तलका शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाई लेख्नुहोस् र तिनको अर्थ पनि पत्ता लगाउनुहोस् :
उल्का – पुञ्ज, धूमकेतु
ज्ञेय – जान्न लायक
ग्रह – सूर्य र यसको वरिपरि घुम्ने आकाशीय पिण्ड
नक्षत्र – तारा, सितारा मोती
तारापुञ्ज – आकाशमा देखिने ताराहरूको समुदाय, तारामण्डल
धुमकेतु – पुच्छ्रेतारोउल्काका राती आकाशबाट खस्न लागेको वा एक गइरहेको देखिने
ब्रह्माण्ड – पृथ्वी, अन्तरिक्ष, ग्रह
राशि – क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन लगायत बाह्र ताराहरुको समूह
सौर्यमण्डल – सूर्य र यसको वरिपरि घुम्ने ग्रहहरूको समूह
बोध र अभिव्यक्ति
१. ‘एक चिहान’ उपन्यासको पहिलो परिच्छेद पढ्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई के भनेर सम्झाउँछन् ?
अष्टनारानले आफ्ना छोराहरू र छोरीलाई जन्माएँ तर गाँसबासको केही व्यवस्था मिलाउन सकिन, सधैँभरि पूजा गरे पनि भगवानले पनि केही सुनेनन् भन्दै श्रीमतीलाई सम्झाउँछन् । आमा र बहिनीलाई जस्तोसुकै दुःख सहेर पनि हेला नगर्नु भनी अष्टनारानले श्रीमती, छोराहरू र छोरीलाई सम्झाए ।
(ख) अष्टनारानले आफ्नो काजकिरियाका लागि कस्तो बन्दोबस्त मिलाएका छन् ?
अष्टनारानले अलिअलि गरदै पच्चिस रुपियाँ जम्मा गरेर छिँडीमा ढिकीनेर खाल्टोमा गाडेर राखी आफ्नो काजकिरियाका लागि रुपियाँको बन्दोबस्त मिलाएका छन् ।
२. दिइएका बुँदालाई समेटेर ‘एक चिहान’ उपन्यासको परिच्छेद दुई र तीनको सार लेख्नुहोस् :
दुई महिना देखि सिकिस्त बिरामी अष्टनारानको उपचार सुरु हुन्छ । उनलाई आफ्नै टोलको गुभाजुबाट एक महिना, असनका तुयु गुभाजुबाट एक्काइस दिन, माहिला कविराजबाट एक हप्ता उपचार गराउँछन् । येति गर्दा पनि कसैको सिप लाग्दैन र व्यथा झन् बढ्दै जान्छ । गाउँमा एउटा डाक्टर त थिए तर उसँग उपचार गराउन उनीहरूसँग पैसा भने थिएन । उनीहरुले क्रियाको खर्चका लागि भनेर राखेको पचिच्स रुपियाँले बाबुको उपचार गर्ने निर्णय गर्छन् र डाक्टर गोदत्तप्रसादकहाँ जान्छन् । गोदत्तप्रसादले शिवनारानको आग्रहलाई महत्त्व दिँदैन । अष्टनारानलाई बिमारले साह्रो पारेपछि पुननारान पनि डाक्टरकहाँ पुग्छन् । शिवनारान र पुननारानले अनुरोध गर्दा पनि गोदत्तप्रसाद आउन तयार हुँदैनन् । घरपुग्नासाथ पाँच रुपियाँ फी दिने कबोल गरेपछि मात्र गोदत्तप्रसाद अष्टनारानकहाँ जान तयार हुन्छन् ।
३. तलको उपन्यास अंश पढी दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : प्रश्नहरू
(क) प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ?
प्रेमले संस्कृति, भाषा, जाति, टाढानजिक, सुखदुःख जस्ता केही कुरा पनि हेर्दैन । दिलसँग दिल मिलेपछि तुरुन्त प्रेम हुन्छ भन्नुनै प्रेम हुन केही गाह्रो छैन भन्नुको तात्पर्य के हो ।
(ख) दिइएको उपन्यास अंशमा प्रेमका सम्बन्धमा कसरी व्याख्या गरिएको छ ?
प्रेम हुन गाह्रो छैन र यो तुरुन्तै पनि हुन सक्छ । प्रेमले संस्कृति, भाषा, जाति, टाढानजिक, सुखदुःख जस्ता केही कुरा पनि हेर्दैन । दिलसँग दिल मिलेपछि तुरुन्त प्रेम हुन्छ । प्रेमका विषयमा उपन्यासकारको भनाई अल्लारे र भावुक प्रेम गर्नु हुँदैन, आत्मीय प्रेम गर्नुपर्छ र अल्लारे र भावुक प्रेमले दुःख दिन्छ भन्नु छ ।
४. अष्टनारानले मर्ने वेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनले बताएका किसानका सिद्धान्त के के हुन्, उपन्यासको छैटौँ परिच्छेद पढी उत्तर लेख्नुहोस् ।
अष्टनारानले मर्ने बेलामा आफ्ना छोरालाई किसानको सिद्धान्तका बारेमा बताएका छन् । उनका अनुसार किसान संसारका अन्नदाता हुन् । उनीहरुको रगत र पसिनाको एक एक थोपाबाट एक एक गेडा अन्न फल्ने गर्छ । उनीहरुकै परिश्रममा संसार थामिएको छ । किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नुपर्छ । असार बिग्रियो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ । किसानले परिश्रम गर्न छोड्यो भने किसानको अस्तित्व र धर्ममा नकारात्मक असर पर्छ बताएका छन् । अतः किसानले कहिल्यै अल्छी गर्नु हुँदैन र जहिले पनि कृषि कर्ममा तल्लीन रहनु पर्दछ भन्ने सिद्धान्त अष्टनारानले मर्ने वेलामा आफ्ना छोरालाई बताएका छन् ।
५. मरेपछि गरिने काजक्रिया र दानदक्षिणासम्बन्धी अष्टनारानको विचारसँग तपाईंको सहमति वा विमति के छ, तर्कसहित लेख्नुहोस् ।
हृदय चन्द्र सिंह प्रधान (वि.सं. १९७२–२०१६) बहुमुखी स्रष्टा हुन् । उनले रचेको प्रसिद्ध प्रगतिशील उपन्यास एक चिहानमा नेपाली समाजको यथार्थ चित्रण र परम्परागत समाजप्रति आलोचनात्मक दृष्टि राखिएको छ । यस उपन्यासले काठमाडौँको सामाजिक, आर्थिक र शैक्षिक गतिविधिलाई कार्यपीठीका बनाएको छ । यस उपन्यासमा काठमाडौँको ज्यापू समाजको यथार्थ चित्रण गरको पाइन्छ ।
नेपाली समाजमा अनेक प्रकारका कुसंस्कारहरु परम्परामा धेरै अघिदेखि चल्दै आएका छन् । मानिस मर्दा पर्दा गरिने काज क्रिया भोज भतेर खुवाउने, दान दिने, टिका दक्षिणा, नाता मित्र भेला भएर विचाः प्रथा देखिन्छ । अष्टनारान यस उपन्यासका प्रगतिशील विचार राख्ने पात्र हुन् । उनी आफ्ना विचारलाई व्यवहारमा समेत उतार्ने पात्र हुन् । हाम्रो समाज संस्कृतिमा सम्पन्न छ । यहाँ केही अन्धविश्वास पनि कायम रहेको छ । अष्टनारानले समाजमा रहेका कुप्रथा विरुद्ध क्रान्तिकारी कदम चालेर बन्दै गरिदिएका थिए र उनको छोराले पनि बाबुको क्रान्तिकारी कदम अनुसरण गरे । यस्ता करै लाग्ने परम्पराका नाममा गरिबहरू झन गरिब भएका छन् । यस्ता अनावश्यक परम्परालाई हामी सबैले अष्टनारानले जस्तै जरैदेखि उखेलेर फाल्नु पर्छ । राम्रा कुरा र सबैलाई उपयोगी हुने चलनलाई मात्र हामीले अनुसरण गर्नु पर्दछ भन्ने मेरो तर्क रहेको छ ।
६. ‘एक चिहान’ उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, वर्णन गर्नुहोस् ।
‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०११ साल तिरको समाजलाई देखाइएको छ । यस उपन्यासमा देखिने समाज दुई वर्गमा विभाजित छ । समाजमा हुने खाने वर्गहरु गरिबहरुलाई थर्काएर एवम् अनेकजालझे लमा फसाएर मोजमस्ती गरिरहेका देखिन्छन । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा हुने खानेहरुकै पहुच छ । त्यस्ता मान्छेहरु ले पनि गरिबहरुलाई सहयोग गरेजस्तो गर्छन तर त्यसभित्र स्वार्थ लुकेको हुन्छ भन्ने यथार्थ यस उपन्यासमा देखिन्छ ।
यसै गरि ‘एक चिहान’ उपन्यासमा समाजका विपन्न वर्गको दयनिय अवस्था पनि देखाइएको छ । जो किसान छ, दिनरात मिहिनेत गर्छ उसैलाई हातमुख जोड्न मुश्किल पर्छ अनि जो सिकर्मी छ उसैको घर भत्किएर जीवन सकिने अवस्था यस निबन्धमा देखाइएको छ । जातिय विभेद, रुढिवादी सोच तथा सामाजिक आर्थिक असमानताका कारण गरिबहरु धेरै शोसित भएको यथार्थ उपन्यासमा प्रस्तुत गरिएको छ । शोषणले सिमा नाघे पछि गरिबहरुमा बिस्तारै चेतनाको लहर पलाउन थालेको अवस्था पनि उपन्यासले देखाएको छ । बाबुआमाको काजक्रिया गर्दा गरिबले पति दान दिनैपर्ने, ऋण काडेर भएपनि भोज खुवाउनु पर्ने र धार्मिक आडम्बर देखाउनै पर्ने जस्तो परम्पराको विरोध यस उपन्यासले गरेको छ । समाजका टाठाबाठाले जनतालाई शोषण गर्दैै आएको र यसलाई परम्परा बनाएर ल्याएका हुदां यस्तो गलत परम्परा तोड्नु पर्ने मान्यता उपन्यासमा पाइन्छ । समाजका धनी वर्गहरु गरिबको पसिना चुसेर मोज मस्तीमा भुल्ने गरेको अति गरिबहरु चाहिं भोकभोकै मर्नुपरेको यथार्थ उपन्यासले चित्रण गरेको छ । सुब्बा सुरमान र गोदत्तप्र साद जस्ता निच शोषकले सहयोगी जस्तो गरि कसरी गरिब जनताको शोषण गर्छन भन्ने कुरा उपन्यासमा देखाइएको छ । त्यस्ता शोषकहरुको दया मायाबाट उन्नति कहिल्यै हुन नसक्ने विचार व्यक्त गरेको छ । यस प्रकार एकचिहान उपन्यासमा यी र यस्ता थुप्रै सामाजिक जागरणका लागि आवश्यक पर्ने प्रगतिवादी विचारहरु प्रस्तुत गरिएका छन् र तिनै विचारका माध्यमबाट सामाजिक विकृति हटाएर असल समाजको निर्माण गर्न उपन्यासले अनुरोध गरेको छ ।
७. ‘एक चिहान’ उपन्यासका आधारमा दिइएका पात्रको चरित्र चित्रण गर्नुहोस् :
(क) शिवनारान
शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् । येस उपन्यासमा उनको मुख्य पात्र तथा नायक, निम्नवर्गीय पुरुष पात्र, मिहिनेती किसान, प्रगतिशील विचार राख्ने, बाबुको सम्मान गर्ने र बाबुको विचारबाट प्रेरित पात्र, असल पति, असल दाजु, असल अभिभावक, कर्तव्यप्रति सचेत र सकारात्मक भूमिका रहेको छ ।
(ख) रञ्जनादेवी
रञ्जनादेवी सहायक स्त्री पात्र हुन् । उनि प्रोफ्रेसर कि छोरी र डाक्टरकी श्रीमती, शिक्षित् एवम् सचेत नारि पात्र, स्वार्थी प्रेमको विरोध, सकारात्मक चरित्र र नारि पुरुषबिच समन्वय हुनुपर्छ भन्ने आदर्श चिन्तन भएकी नारि पत्र हुन् ।
(ग) नानीथकुँ
नानीथकुँ उपन्यासमा प्रमुख नारी पात्रका रुपमा परिचित छ । ऊ अष्टनारानकी छोरी र शिवनारानहरुकी बहिनी हो । गोरो अनुहार १७ वर्षे सारै हिसी परेकी बैंसले धप्प बलेकी सुन्दरी छ । सरल र निश्चल भएकीले डा. गोदत्तप्रसादको बलात्कारको सिकार भएकी छे । ऊ सकारात्मक छे । उसले तराईबासी खेलावन राउतसँग अन्तर जातीय विवाह गर्छे । ऊ बलात्कृत भई कुमारीत्वबाट नानीथकुँ बञ्चित भएकी छ ।
८. डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बाका चरित्रमा पाइने समानता के के हुन् एक चिहान’ उपन्यासका आधारमा लेख्नुहोस् ।
‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०११ साल तिरको समाजलाई देखाइएको छ । डाक्टर गोदत्तप्रसाद र सुरमान सुब्बा यस उपन्यासका नकारात्मक चरित्रका रुपमा रहेका छन् । दुबै पत्रहरु बिच धेरै समानता रहेको छ ।
सुब्बा सुरमान र डाक्टर गोदत्तप्रसादका चरित्रमा पाइने सबैभन्दा महत्त्वपूर्ण समानता भनेको दुवै खलपात्र अर्थात् नकारात्मक चरित्र भएका पात्रहरू हुन् । उच्च वर्गीय प्रतिष्ठीत व्यक्ति भएतापनि उनीहरु दुवै दुषित सोचबाट ग्रसित भएका छन् । दुवै पात्रको विवाह भइसकेको र बालबच्चा भएका पात्र हुन् । दुवैको उद्देश्य नानीथकुँको जवानी प्राप्त गर्नु रहेको देखिन्छ । उनीहरू दुवै नानीथकुँमा नै केन्द्रित भएर लागेका छन् । उनीहरूको मुख्य समानता भनेको उनीहरु दुबै निदर्यी, स्वार्थी, मानवता रहित, धुर्त थिए ।
९. ‘एक चिहान’ उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले के सन्देश दिन खोजेको छ, स्पष्ट पार्नुहोस् ।
विवाह दुई आत्माको सम्बन्ध स्थापना गर्ने आधार हो । यस उपन्यासमा हर्ष नारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतको सम्बन्ध जोडिएको छ । विवाहमा दाइजो दिने, भोज भतेर गर्ने र धेरै धन सम्पति खर्च गरेर आडम्बर देखाउनु कुसंस्कार र अनावश्यक आडम्बर मात्र हो । यस्ता कार्यले गरिबहरूको टाउकामा ऋणमाथि ऋण थपिन्छ । दाइजोको निहुँमा कैयौं चेलीबेटीको घरबार बिग्रन सक्छ । यस मामलामा अष्टनारान सचेत देखिन्छन् भने उनका सन्तानले पनि यस कार्यलाई प्रोत्साहन गरेर दाइजो र भतेर बिनाको विवाह गरेका छन् ।
हर्ष नाराज र पुतली तथा नानीथकुँ र रामखेलावन राउतको विवाह दाइजो र भतेर बिनाको थियो । यो कार्यले हाम्रो समाजमा चलेको दाइजो प्रथा र भतेरमा फजुल खर्च गर्ने प्रवृतिको ठाडो विरोधमात्र नगरी प्रयोग नै गरेर क्रान्तिकारी कदम चलेको छ । यी दुईको विवाहले आम नेपालीलाई यसरी गरिने खर्च फजुल खर्च हो र यसलाई हटाउनु पर्छ भन्ने सन्देश दिइएको छ । विवाहका लागि दुलाहा र दुलही नै महत्वपूर्ण कुरा हुन्, अरु होइनन् भन्ने कुरा यसले पुष्टि गरेको छ ।
यस क्रान्तिकारी कदम प्रति मेरो सतप्रतिशत समर्थन छ । वास्तवमा हाम्रो जस्तो गरिब देशका जनताने विवाहमा आफ्नो औकातभन्दा बढी खर्च गरेर ऋणको भारी टाउकामा बोकी जीवनभरि दुःख पाएका छन् । विवाहलाई फजुल खर्चबाट रोकेमा घरेलु हिंसा र सामाजिक विकृति पनि कम हुन्छ । विवाहमा बढी खर्च गरेर समाजमा कसैको इज्जत बढ्न सक्दैन । त्यस्तै गरी नेवार, पर्वत र मधेसी समुदाय बिचको आपसी सम्बन्धले नेपालको जातीय र क्षेत्रीय विभेद अन्त्य भई यसैबिच सम्बन्ध कायम राख्न सकिन्छ भन्ने कुरालाई यी दुईको विवाहले प्रस्ट पार्छ । अतः ‘एक चिहान’ उपन्यासमा हर्षनारान र पुतली तथा नानीथकुँ र रामखेलावन राउतका बिचको विवाहबाट उपन्यासले अखण्ड नेपाल र समृद्ध नेपालका लागि हिमाल, पहाड, उपत्यका र तराई एक हुनुपर्ने कुरालाई जोड दिएको छ ।
१०. ‘एक चिहान’ उपन्यासको अन्त्य तपाईंलाई ठिक वा बेठिक कस्तो लाग्यो ? यदि तपाईं त्यसको लेखक हुनुभएको भए यसलाई कसरी अन्त्य गर्नुहुन्थ्यो, आफ्नो विचार लेख्नुहोस् ।
‘एक चिहान’ उपन्यास हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाउने ख्याती प्राप्त साहित्यकार हृदय चन्द्र सिंह प्रधान प्रगतिशील विचार भएका सामाजिक यथार्थवादी उपन्यासकार हुन् । निम्नवर्गीय जीवनका संघर्ष समस्या, जटिलता र वेदनालाइ विषयवस्तु बनाउने उपन्यासकार प्रधानका उपन्यासमा समानता, सुधारवादी चेतना, अन्याय आत्यचारको अन्त्य आदि जस्ता विषयवस्तुलाई सन्देशको रुपमा प्रकट गरिएको पाइन्छ ।
२०११ साल तिरको निम्न वर्गीय जीवनको यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ । गरीवी, बाध्यता र विवस्ताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संगर्ष प्रस्तुत भएको यस उपन्यासमा अष्ट नारनको सुरुमा उपचार गराउन कविराज र गुभाजु कहाँ जानुपरेको र पछि डा. गोदत्त प्रसाद कहाँ जानुपरेको बाध्यात्मक परिवेस भेटिन्छ । जातीय र क्षेत्रीय एकतालाइ आवश्यक ठानी हर्शनारण र नानिथकुंको विवाह अन्तरजातीय क्षेत्रमा भएको, समावेशी चेतना आरम्भ भएको परिवेश उपन्यासमा भेटिन्छ । अष्ट नारनको उपचार र अन्त्यष्टिमा ऋण लिनुपरेको, रातदिन मेहेनत गर्दापनि सुखको घाम कहिल्यै नलागेको निम्न वर्गीय जीवनका कठोर यथार्थका परिवेस उपन्यासमा भेटिन्छ । सुर्मानको शोषण डाक्टरको अनैतिकता, अन्याय, अत्याचार विरुद्ध उठेका आवाज आदि विषयलाई उपन्यासको स्वाभाविक परिवाश्ले सशक्त र जीवन्त बनाएको छ ।
‘एक चिहान’ उपन्यासको अन्त्य मलाई ठिकै लाग्यो । निम्नवर्गीय परिवारको कथालाई उपन्यासकारले मार्मिक ढङ्गले अन्त्य गरेका छन् । उपन्यासको शीर्षकलाई मात्र सार्थक तुल्याउन नभई उपन्यासको अन्त्यलाई पनि केन्द्रित गरिएको देखिन्छ । यदि म यस उपन्यासको लेखक भएको भए यसै गरी नै अन्त्य गर्थिए । यसका साथै शिवनारानका परिवारका बाहेक अन्य एउटा आफन्तको उपस्थिति गराएर गरिबीको अन्त्य गर्ने उद्घोषका साथ उपन्यासको अन्त्य गर्ने थिएँ ।
११. दिइएको उपन्यास अंशबाट मुख्य मुख्य घटना टिप्नुहोस् :
(क) शिवनारानको खेतमा रोपाइँ हुनु,
(ख) पुननारान र हर्षनारान पनि रोपाइँमा जुट्नु,
(ग) शिवनारानका सबै सदस्यहरू मग्नमस्त भएर रोपाइँमा लाग्नु,
(घ) नानीथकुँउपर हिजोको आपत्तिले मनमा अन्तर्द्वन्द्व चलिरहेको भए पनि अरूसरह खुसी हुनु रोपाइँमा लाग्नु,
(ङ) रोपाइँको दिनमा अष्टनारानलाई सबैभन्दा आनन्द आउने हुँदा पिताको आत्मालाई आघात नपुऱ्याउन नानीथकुँ आफ्नो मनका पीडा भुलेर पनि हर्ष मनाउनु ।
१२. दिइएको उपन्यास अंशमा आएका पात्रको चरित्रचित्रण गर्नुहोस् :
दिइएको उपन्यास अंशमा आएका पात्रहरू शिवनारान र रामबहादुर हुन् ।
शिवनारानको चरित्रचित्रण
शिव नारान, अष्टनारानको जेठो छोरो हो । यस उपन्यासको प्रमुख पुरुष पात्र हो । उसले सुरुदेखि अन्त्यसम्म किसान वर्गको प्रतिनिधित्व गरेको छ । ऊ अन्यायको विरोधी हो । उसमा इमानदार, आज्ञापालक, परिश्रमी, विवेकी, कर्मठ, जागरुक जस्ता गुण छन् ।
रामबहादुरको चरित्रचित्रण
यस उपन्यासमा रामबहादुर खलपात्रका रूपमा अर्थात् नकारात्मक चरित्रका रूपमा देखिएको छ । उनि सुब्बा सुरमानका कारिन्दा हुन् । सुब्बा सुरमानकै योजना बमोजिम उनी शिवनारानको घरमा नानीयकुँको हात मग्न आएका छन् । कसलाई कसरी कुरा गरेर मक्ख पार्नु पर्छ भन्ने कुरा रामबहादुरलाई राम्ररी थाहा छ । त्यसैले ऊ शिवनारानसँग सिधा कुरा नगरेर घुमाएर कुरा गर्छ । ऊ असमान विवाहका लागि लागिपरेको खलपात्र हो । गरिबलाई फकाउने कला उसले निकै कलात्मक तरिकाले प्रयोग गर्छ । शिवनारानको चलाखीले उसको योजना विफल हुन्छ । योजना विफल भएपछि ऊ शिवनारानलाई थर्काएर र धम्क्याएर जान्छ ।
१३. परिवेश भनेको ठाउँ, समय र वातावरण हो । उपन्यासमा परिवेश महत्त्वपूर्ण र अनिवार्य तत्त्व हो । दिइएको उपन्यास अंश पढ्नुहोस् र त्यसबाट चित्रण गरिएको परिवेशलाई बुँदागत रूपमा लेख्नुहोस् :
उक्त दिइएको उपन्यास अंशमा चित्रण गरिएको परिवेश :
(क) जेठ महिनाको समयगत परिवेश
(ख) पानी परिरहेको बर्सात अगावैको समय
(ग) रोपाइँ, किसानको प्रसङ्गबाट ग्रामीण परिवेश
(घ) पुराना र थोत्रा घरहरू भएकाले धेरै वर्षाबाट त्रसित हुनुपर्ने निम्नवर्गीय आर्थिक अवस्थाको चित्रण
१४. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) “उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य के हो ?
“उस्तरी बस्ती थिएन” भन्नुको तात्पर्य त्यस बस्तीमा कम मानिस बसोबास गर्थे भन्नु हो ।
(ख) सम्साँझमै स्याल कराउनका लागि कुन कुराले सहयोग गरेको थियो ?
सम्साँझमै स्याल कराउनका लागि तितेपातीका घारी र खरीका रुखले सहयोग गरेको थियो ।
(ग) कसरी कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ?
मानिसका घारी, आधुनिक भवनहरू, बिजुलीका पोल र तारका कारणले कोटेश्वर आधुनिक जङ्गलमा बदलियो ।
(घ) अहिलेको कोटेश्वरमा कस्ता मानिस बस्छन् ?
अहिलेको कोटेश्वरमा नेता, कार्यकर्ता, व्यापारी, सुरक्षाकर्मी, न्यायकर्ता, साहुमहाजन, उद्योगी, चोरफटाहा सबै किसिमका मानिसहरु बस्छन् ।
व्याकरण
२. ‘खेल्, हिँड्, खा, बस्, घुम्, नाच्’ जस्ता धातुबाट बनेका भूतकालिक क्रियापदको प्रयोग गरी शैक्षिक भ्रमणबारे एक अनुच्छेद लेख्नुहोस् ।
वि. सं. २०७७ साल माघ १३ गते हामी नेपाल मा.वि. चितवनको कक्षा १२ मा अध्ययनरत १२८ जना विद्यार्थी साथीहरू शैक्षिक भ्रमणको लागि बिहानै पोखरा हिँड्यौँ । बाटोमा कोही साथीहरू अन्ताक्षरी खेल्दै थिए अनि कोही साथीहरू नाच्दै थिए । हामी करिब एघार बजेतिर लेखनाथ पुगी खाना खाएका थियौँ । खाना खाएपछि हामी फेवाताल, बेगनास ताल, महेन्द्र गुफा, चमेरे गुफा, रुपा ताल, माटेपानी गुम्बा आदि रमणीय ठाउँहरू घुम्यौँ । त्यो दिनको बास हामी पोखरामा नै बस्यौँ । बेलुकाको खाना पनि त्यहिको होटेलमा खायौँ । हामी बेलुका गीत गाउँदै नाचेका थियौँ । भोलिपल्ट भने बिहानै सात बजे हामी चिया र नास्ता खाएर चितवन फर्कीयौँ ।
३. भूत कालका अभ्यस्त पक्षका क्रियापदको प्रयोग गरी आफ्नो बाल्यकालका बारेमा वर्णन गर्नुहोस् ।
म बाल्यकालमा साथीहरूसँग खुब खेल्थेँ । म प्रायः घुम्न जान्थेँ । म जङ्गलमा कटुस टिप्थेँ, दमौरा टिप्यै, लिची टिप्थेँ, आँप टिप्यँ, काफल टिप्थेँ, तिजु टिप्थेँ अनि साथीहरूसँगै रमाउँदै खान्थेँ । मलाई पौड़ी खेल्न असाध्यै मन पर्थ्यो । म हर्पन खोलामा खुब पौडी खेल्थेँ । मलाई पुलबाट तल खोलामा हाम फाल्न खुब मज्जा आउँथ्यो । कोही साथीहरू डुबेको खण्डमा मैले नै निकाल्थेँ । म कालिका मा. वि. मा पढ्थेँ । म कहिलेकाहीँ कश्यप तालमा पनि पौडी खेल्न जान्थेँ । म कश्यप ताल पूरै एक फन्का हान्थेँ । म तिब्र गतिमा पौडी खेल्न सक्थेँ । मलाई पौडी खेलमा कसैले जित्न सक्दैनथ्यो । म अनुशासित, मिहिनेती विद्यार्थी भनेर चिनिन्थेँ । म परीक्षामा प्रायः प्रथम नै हुन्थेँ ।
४. भविष्यत् कालका अपूर्ण तथा पूर्ण पक्षको प्रयोग गरी आफ्नो भविष्यको योजनाबारे लेख्नुहोस् ।
म भविष्यमा असल शिक्षक बनेको हुने छु । म उच्च शिक्षा अध्ययनका लागि त्रिभुवन विश्व | विद्यालयमा भर्ना भएको हुने छु । म धेरै मिहिनेत गरी पढ्दै हुने छु । राम्रो प्रतिशत ल्याएर | स्नातकोत्तर तह उत्तीर्ण गरेको हुने छु । शिक्षक सेवा आयोगको तयारी गर्दै हुने छु । आयोगको परीक्षा दिँदै हुने छु । मैले परीक्षामा राम्रोसँग लेखेको हुने छु । आयोगको परीक्षामा नाम निकालेको हुने छु । दुर्गम गाउँमा शिक्षाको ज्योति छर्दै हुने छु । म असल एवं कर्तव्यनिष्ठ शिक्षक बनेको हुने छु ।
५. दिइएको अनुच्छेदलाई वर्तमान कालको अपूर्ण पक्षमा परिवर्तन गरी लेख्नुहोस् :
शिवनारान आज साबिक झैँ समयमै खेतमा जाँदै छन् । आजैदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गर्दै छन् । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिवनारानले गर्दै छन् । खास गरेर शिवनारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्दै छ । नानीथकुँ र पुननारानकी स्वास्नी अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्कदै छन् ।
६. दिइएको अनुच्छेदलाई भूत कालको अज्ञात पक्षमा परिवर्तन गरी लेख्नुहोस् :
डाक्टर गोदत्तप्रसादले आफू विवाहित र छोराछोरीको बाबु हुँ भन्ने पनि बिर्सिएछन् । उनी नानीथकुँका घरमा धाउन थालेछन् । उनीहरू एकान्तमा भेट्ने र कुराकानी गर्न थालेछन् । त्यो कुरा थाहा पाएर शिवनारानले नानीथकुँलाई सम्झाएछन् । डाक्टर गोदत्तप्रसादकी पत्नी रञ्जनादेवीले पनि सम्झाइछन्। अन्त्यमा नानीथकुँले पनि कुरा बुझिछन् । नानीथकुँ र गोदत्तप्रसादका बिचमा सम्बन्ध टुटेछ । एक दिन नानीथकुँको रामखेलावन राउतसँग भेट भएछ । रामखेलावन र नानीथकुँका बिचमा प्रेम भएछ । त्यो कुरा शिवनारानले विचार गरिराखेछन् उनले नानीथकुँको बिहे रामखेलावनसँग गराइदिएछन् । आफूले रोजेको मान्छेसँग बिहे गर्न पाएर दुवै जना खुसी भएछन् ।
७. शिरबिन्दु तथा चन्द्रबिन्दुको प्रयोग भएका तलका शब्दलाई वर्णानुक्रमअनुसार लेख्नुहोस् :
अँगार, अँध्यारो, अंश, भयौँ, वंश, सँग, संयम, संरक्षण, संलग्न, संवाद, संशय, संसार, संहार
८. दिइएका शब्दलाई तालिकामा देखाउनुहोस् :
क, ख, ग, घ अघि ‘ङ्’ | अङ्क, शङ्कर, शङ्ख, पङ्खा, ढङ्ग, मङ्गल, बङ्गुर, गङ्गा, चङ्गा, सङ्घ |
च, छ, ज, झ अघि (तत्सम शब्दमा मात्र) ‘ञ्’ | अञ्चल, पञ्च, पुञ्ज, लाञ्छना, ब्यञ्जन, झञ्झा, मञ्जुल |
ट. ठ ड ढ अघि (तत्सम शब्दमा मात्र) ‘ण्’ | पण्डित, कण्ठ, कुण्ठा, दण्ड, खण्ड, खण्डन |
त, थ, द ध अघि ‘न्’ | सन्त, बन्धन, भिन्न, मन्तब्य, परन्तु पन्थ, बन्दी, खिन्न |
प. फ ब भ अघि ‘म्’ | कम्प, पम्फा, अम्बा, लम्ब, स्तम्भ, जम्मा |
य, र, ल, व, श, ष, स, ह, ज्ञ अघि (तत्सम शब्द) शिरबिन्दु | सयम, संशय, संसार संहार, संरक्षण, संलग्न, संवाद, वंश संज्ञा संज्ञान, संवाद संवत् |
स्टिफन विलियम हकिङ (जीवनी)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
विभीषिका : भय
मानसपटल : मानसिक तह
आनुवंशिक : पुर्ख्यौली
जिज्ञासा : जान्ने इच्छा
अवधारणात्मक : कुनै विषयप्रति विचारपूर्वक निश्चय गरिएको
खगोल : आकाशमण्डल
घनत्व : खँदिलोपन
कृत्रिम : बनावटी
साधना : सफल हुनका लागि कुनै काम बारम्बार गर्ने क्रिया
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव
संस्कार
(ख) स्नायुसम्बन्धी एक रोग
अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस
(ग) कलपुर्जा, दम आदिले आफैँ सञ्चालन हुने
स्वचालित
(घ) पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा
परिकल्पना
(ङ) ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया
वार्महोल
(च) विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान
विद्वतवृत्ति
(छ) पृथ्वी, अन्तरिक्ष, ग्रह, नक्षत्र आदिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र
खगोल शास्त्र (विज्ञान)
(ज) इतिहास, विज्ञान, जीवनी आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु चलचित्र
वृत्तचित्र
३. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
इच्छाशक्ति
अनावश्यक सोच, भावना र आवेगलाई नियन्त्रण गर्न सक्ने क्षमतालाई इच्छाशक्ति भनिन्छ ।
योगदान
विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको छ ।
सिर्जनशील
विद्यालयले विद्यार्थीको सिर्जनशील सिप विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
आदर्श
मानिसले सधैँ आदर्श वा असल कुरालाई लक्ष्य गरेर काम गरेमा संसार अवश्य नै सुन्दर र सुखद हुनेछ ।
दाम्पत्य
हरेक राम्रा पार्टनरले दाम्पत्य सम्बन्धका लागि योगदान दिन्छन् ।
शक्तिहीन
हामीले आफूलाई कहिलेपनि शक्तिहीन महसुस गर्नु हुँदैन् ।
अशक्त
अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ताको निरन्तरताको लागि जोडदार माग गर्दछ ।
विभूषित
राष्ट्रपतिद्वारा मानपदवीबाट विभूषित गरिने घोषणा भएको थियो ।
४. तलका कुनै दशओटा अनुकरणात्मक शब्दको प्रयोग गरी आफ्नो विद्यार्थी जीवनको वर्णन गर्नुहोस् ।
विद्यार्थी जीवन
म् विद्यार्थी जीवनमा बिहान पाच बजे नै जुरुक्क उठ्थे । नौ बजेतिर झटपट खाना खान्थे र सरासर स्कुल जान्थे । म सधैँ गद्गद हुँदै स्कुल जान्थेँ । शिक्षकले प्रश्न सोध्दा सबै साथीहरू टुलुटुलु हेरिरहन्थे तर म भने जुरुक्क उठेर उत्तर दिन्थें । शिक्षकले मुसुमुसु हाँसेर धन्यवाद दिँदा म गम्म पर्थे । स्कुलको नजिकै रहेको बगैँचामा ढकमक्क फुलेका फूल र लटरम्म फलेका अमला देखेर हामी आनन्दित हुन्थ्यौँ ।
बोध र अभिव्यक्ति
२. दिइएका बुँदालाई जीवनीमा उल्लेख भएअनुसारको क्रममा मिलाउनुहोस् र तिनमा उल्लेख भएका विषयवस्तुबाट मुख्य मुख्य बुँदा टिप्नुहोस् :
(क) पृष्ठभूमि
– शारीरिक रूपमा अशक्त भए पनि दृढ इच्छाशक्ति, प्रतिभा र साधनामा रमाउने व्यक्ति कहिल्यै शक्तिहीन नहुने,
– मानवहितमा समर्पित हुने र योगदानका दिने व्यक्ति सिङ्गो संसारभरि नै उदाहरणीय बन्ने,
– स्टिफन विलियम हकिङ शारीरिक रुपमा नाजुक भएर पनि प्रतिभा र निरन्तरको साधनाका कारण भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाउनु ।
(ख) जन्म र आमाबुबा
– हकिङको जन्म सन् १९४२ जनवरी ८ का दिन हुनु,
– आमा इसाबेल र बुबा प्रयाङ्कको पहिलो सन्तानका रूपमा जन्मनु ।
(ग) हकिङको विद्यालयीय शिक्षा
– हकिङको विद्यालयीय शिक्षाको प्रारम्भ लन्डन हाइगेटस्थित बायरन हाउस विद्यालयबाट भएको,
– अल्बान्स सहरमा सेन्ट अल्बाल्स नामको विद्यालयमा भर्ना भएका,
– आफ्नो कक्षामा कमजोर विद्यार्थीमा परेका,
– सेन्ट अल्बाल्स नामको विद्यालयबाटै विद्यालयीय शिक्षा पुरा गरेका ।
(घ) विद्यावारिधिको उपाधि
– ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ रोगले हिँड्न नसक्ने भएको विषम परिस्थितिमा पनि सन् १९६६ मा क्याम्ब्रिजबाट नै विद्यावारिधि उपाधि हासिल गर्नु,
– विद्यावारिधि पूरा गरिसकेपछि क्याम्ब्रिजमा विद्वत्वृत्ति प्राप्त गरी अनुसन्धाताका रूपमा काम गर्नु,
– सन् १८६८ क्याम्ब्रिजमा खगोल अध्ययन संस्थानको सदस्य नियुक्त हुनु,
– सन् १८७८ मा गणित विषयमा ल्युकेसियन प्रोफेसर पदमा नियुक्त हुनु.
(ङ) क्याम्ब्रिजमा खगोल अध्ययन संस्थानको सदस्यमा नियुक्ति
– ह्विलचेयरको सहारामा उनी आफ्नो विभाग गएर आफ्नो कामलाई निरन्तरता दिँदै उनले एकपछि अर्को सफलता चुम्दै जानु ।
(च) क्याम्ब्रिजकै प्रसिद्ध पद ‘ल्युकेसियन प्रोफेसर’ मा नियुक्ति
– सन् १९७९ मा गणित विषयमा क्याम्ब्रिजकै प्रसिद्ध पद ‘ल्युकेसियन प्रोफेसर’ मा नियुक्त हुनु,
– सन् १९८५ मा उनी धेरै बिरामी परेपछि चिकित्सकले उनको रोगको उपचारका लागि श्वासनलीको शल्यक्रिया गर्नु,
– शल्यक्रियापछि उनको आवाज पुरै हराएकाले आफूले गरिरहेको काम अघि बढाउन नसक्नु ।
(छ) प्रेमसम्बन्ध, विवाह र दाम्पत्य जीवन
– हकिङ क्याम्ब्रिजमा विद्यावारिधि गरिरहँदा उनले जेन वाइल्डसँग प्रेम गरी सन् १९६५ मा विवाह गर्नु,
– उनीहरूका लुसी नामकी छोरी र रोबर्ट र तिमोथी नामका दुई छोरा जन्मनु,
– उनीहरूको दाम्पत्य सम्बन्धमा खटपट आएपछि सन् १९९० मा सम्बन्धविच्छेद हुनु,
– सन् १९९५ मा उनले आफ्नो स्याहारसुसार गर्ने नर्स एलेन मेसनसँग विवाह गर्नु,
– मेसनसितको दाम्पत्य सम्बन्ध पनि लामो समयसम्म रहन नसकी सन् २००६ मा उनीहरुको सम्बन्धविच्छेद हुनु ।
(ज) विभिन्न पुस्तक र शोधपत्रको प्रकाशन
– हकिडले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी पुस्तक र कैयौं शोधपत्र तयार गरी प्रकाशन गर्नु,
– उनका पुस्तकमध्ये सन् १९८८ मा प्रकाशित सर्वाधिक चर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लाई सन् १९९८ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डद्वारा सदावहार सर्वाधिक बिक्री हुने पुस्तक घोषणा गर्नु,
(झ) ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी मौलिक मान्यता
– हकिङले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्ना मौलिक मान्यता प्रस्तुत गर्नु,
– ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुने बताउनु जसलाई उनले ब्ल्याकहोल भन्नु,
– उनले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अझ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुन्छ भन्ने पत्ता लगाउनु,
(ञ) पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समु गरेको आग्रह
– हकिङले पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई बारम्बार सचेत गराउनु,
– परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि, प्रकृति विरुद्धका मानवीय गतिविधिका कारण पृथ्वीमा मानव जीवन खतरामा परेकोले यसतर्फ समयमै सचेत हुन आग्रह गर्नु,
– मानिसलाई कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुन आग्रह गर्नु ।
(ट) हकिडले समय समयमा दिएका प्रेरणादायी वक्तव्य
– हकिङले बालबालिकालाई आफूभन्दा तलको पैतालालाई नभई सधैँ तारालाई हेर्न, बिनाकाम जिन्दगी खाली भएकाले सधैँ कर्मशील बन्न र कसैले प्रेम गरेमा त्यसलाई स्वीकार गर्न सुझाव दिनु,
– बिनागल्ती संसारका कोही पनि मानिस अघि बढ्न नसक्ने भएकाले गल्तीलाई प्रगतिको पथप्रदर्शकका रूपमा लिनुपर्ने बताउनु,
– शारीरिक अशक्ततालाई कहिल्यै पनि दुर्भाग्य सम्मझन नहुने सुझाव दिनु,
– इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका त्रिवेणी रहेका हकिङले शारीरिक अशक्ततामाथि विजय प्राप्त गर्नु ।
(ठ) हकिडले पाएका पुरस्कार र उपाधि
– आफ्नो जीवनमा गरेका योगदानका कारण हकिङल थुप्रै पुरस्कारले विभूषित हुनु,
– अल्बर्ट आइन्स्टाइन मेडल (सन् १९७९), ह्युज मेडल अफ रोयल सोसाइटी (सन् १९७६), मेडल अफ रोयल एस्ट्रोनोमिकल सोसाइटी (सन् १९८५) लगायतका दर्जनभन्दा बढी स्वर्ण पदक र पुरस्कार प्राप्त गर्नु,
– सन् १९८२ मा ब्रिटिस महारानी एलिजाबेथले उनलाई ‘कमान्डर अफ द ब्रिटिस एम्पायर’ कदरबाट सम्मान गर्नु,
– सन् २००९ मा अमेरिकी सरकारले त्यहाँको सर्वोच्च नागरिक सम्मान ‘राष्ट्रपति’ पदकबाट सम्मान गर्नु ।
(ड) समग्र योगदान र देहावसान
– शारीरिक रूपमा अशक्त हुँदा पनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन उल्लेख्य योगदान गर्ने विशिष्ट प्रतिभा हुनु,
– सन् २०१८ मार्च १४ मा ७६ वर्षीय जीवनसङ्घर्षबाट देहावसान हुनु ।
३. पाठ पढ़ी दिइएका प्रश्नको उत्तर भन्नुहोस्
(क) कस्तो परिस्थितिमा हकिङ जन्मेका हुन् ?
हकिङको जन्म सन् १९४२ जनवरी ८ का दिन बेलायतको अक्सफोर्ड सहरमा, आर्थिक अभावबाट गुज्रिरहेका मध्यम वर्गीय परिवार भएको हो । उनी जन्मँदा बेलायत दोस्रो विश्वयुद्धको विभीषिकाबाट आक्रान्त थियो ।
(ख) हकिङलाई लागेको रोगको नाम के हो ?
हकिङलाई लागेको रोगको नाम ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ हो ।
(ग) हकिङको सर्वाधिक चर्चित पुस्तक कुन हो ?
हकिङको सर्वाधिक चर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ हो ।
(घ) हकिङका आमाबुबा कुन कुन विषयका विद्वान् थिए ?
हकिङका आमा इसाबेल अर्थशास्त्र र बुबा प्रयाङ्क जीव विज्ञानका विद्वान् थिए ।
(ङ) हकिङसँग रहेका तीन शक्ति के के हुन् ?
हकिडसँग रहेका तीन शक्ति इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्ति हुन् ।
(च) हकिङले कसरी सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाए ?
शारीरिक रूपमा अशक्त हुँदा पनि आशावादी बनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाए ।
(छ) हकिङले ब्ल्याकहोलका सम्बन्धमा प्रस्तुत गरेको मौलिक विचार के हो ?
उनले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अझ खुम्चँदै जाँदा उत्सर्जन हुन्छ भन्ने मौलिक विचार प्रस्तुत गरे ।
४. रोग लागेपछि हकिङको जीवनमा शारीरिक रूपमा आइपरेका समस्यालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दै एउटा अनुच्छेद लेख्नुहोस् ।
हकिङलाई २१ वर्षकै उमेरमा स्नायुसम्बन्धी रोग लागेपछि उनको जीवनमा शारीरिक रुपमा विभिन्न समस्याहरू आइपरेका छन् । उपचारका सामान्य प्रक्रिया पूरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेका थिए । उनलाई सामान्य हिँडडुलमा पनि आफ्नो नियन्त्रण नभएको महसुस हुन्छ । उनलाई रोगले झन् झन् च्याप्तै लगेपछि सन् १९६३ तिर आँखा तिरमिराउने र आवाज पनि लटपटिन थाल्दछ । हकिङ ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ नामक स्नायुसम्बन्धी रोगले ग्रसित भए । यो रोग लागेको मानिसका सबै अङ्गले बिस्तारै काम गर्न छोड्ने र अन्ततः श्वासनली बन्द भएर उसको मृत्यु हुने गर्दछ । चिकित्सकबाट उनको आयु दुई वर्ष मात्रै भएको थाहा पाएपछि उनी निराश हुनुका साथै मानसिक रूपमा पीडा हुन्छ । येसपछि उनी चुपचाप घन्टौंसम्म सङ्गीत सुनिरहन्थे । सन् १९६५ तिर रोग दिनप्रतिदिन बढ्दै जाँदा उनी लट्ठीको सहाराबिना हिँड्न नसक्ने हुन्छन् । सन् १८६८ तिर हातखुट्टा चल्न छाडेपछि उनी ह्विलचेयरबिना कतै जान सक्दैनन् । शल्यक्रियाबिना उनलाई बँचाउन असम्भव भएपछि शल्यक्रिया गरियो तर उनको आवाज पूरै हरायो । यसपछि उनले आफूले गरिरहेको काम अघि बढाउन सकेनन् । केही समयपछि उनको मस्तिष्कको तरङग र अनुहारका भावका आधारमा सञ्चालन हुने कम्प्युटर निर्माण भयो । यसपछि यसैका सहायताले आफ्ना अनुसन्धानसम्बन्धी लेख प्रकाशित गर्ने, प्रवचन र अन्तर्वाता दिने गर्न थाले र भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरी मानवीय चेतनालाई नयाँ उचाइमा पुर्याउन सफल भए ।
५. दिइएको जीवनी अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
(अ) हकिङ कस्तो स्वभावका थिए ?
हकिङ बाल्यकालदेखि नै निकै जिज्ञासु र सिर्जनशील स्वभावका थिए । उनि यान्त्रिक वस्तुलाई गहिरिएर हेरी, त्यसको भित्री संरचनालाई बुझ्न खोज्थे । उनले तिनबाट बन्न सक्ने नयाँ वस्तुका बारेमा परिकल्पना गरी निस्कर्ष दिने गर्थे । उनले साथीहरुको सहयोगमा पुराना घडी तथा रेडियोका पार्टपुर्जाबाट कम्प्युटर, आफूले खेल्ने गेम, हवाईजहाज, डुङ्गा आदिको नमुना पनि आफैँ बनाएका थिए । घरमा बस्दा पनि उनी प्रायः शोधखोजमा नै तल्लीन भइरहन्थे । अतः हकिङ बाल्यकालदेखि नै जिज्ञासु, लगनसिल, मिहेनती र सिर्जनशील स्वभावका बालक थिए ।
(आ) हकिङलाई उनका साथीहरूले आइन्स्टाइन भन्नुको कारण के हो ?
हकिङको जिज्ञासु, लगनसिल, मिहेनती र सिर्जनशील स्वभावले उनका साथीहरु प्रभावित भएका थिए । उनका साथीहरू हकिङ आफ्नो संसारको रचना गरेर त्यसलाई चाहिने नियम आफैँ बनाउन सक्छन् भनेर उनलाई थप हौसला दिन्थे । उनले साथीहरुको सहयोगमा पुराना घडी तथा रेडियोका पार्टपुर्जाबाट कम्प्युटर, आफूले खेल्ने गेम, हवाईजहाज, डुङ्गा आदिको नमुना पनि आफैँ बनाएका थिए । उनका यस्ता कामबाट प्रभावित भएका साथीहरू चाहिँ उनलाई आइन्स्टाइन भनेर बोलाउँथे । आइन्स्टाइनलाई माहान वैगानिक मानिन्छ । हकिङलाई पनि त्यस्तै वैज्ञानिकको रुपमा तुलना गरेर साथीहरूले आइन्स्टाइन भनेका हुन् ।
६. दिइएको जीवनी अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) पृथ्वीमा मानव जीवन खतरामा पर्नुका कारण के के हुन् ?
पृथ्वीमा मानव जीवन खतरामा पर्नुका कारण केवल मानव जति नै हुन् । मानव जातिले वैगानिक अनुसंधाम र प्रयोगथामक गतिविदि मार्फत धेरै कुराको आविस्कार गरेका छन् । यस्ता प्रविधिले एकातिर मानव जीवनलाई सहजता प्रदान गरिरहेका छन् भने अर्कोतिर यिनीहरुको प्रयोग अभिशाप पनि बन्दै गएको छ । परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि, प्रकृति विरुद्धका मानवीय गतिविधिका आदि कारण पृथ्वीमा मानव जीवन खतरामा परेको हो ।
(ख) हकिङले मानिसलाई किन कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुन आग्रह गरेका हुन् ?
त्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणकर्ता सोएम मानव जाति नै हुन् । येस्ता रोबोट मानिसको दिमागका उपज भएता पनि यिनीहरूको स्मरण र विश्लेषणात्मक सामर्थ्य मानिसको भन्दा धेरै हुँदै गइरहेको छ । मानिसले गर्न सक्ने सबै काम यी यन्त्रहरू सजिलै गर्न सक्छन् । कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटले मानिसलाई नियन्त्रण गरिरहेको छ । भविस्यमा यस्ता रोबोटले मानिस जाति कब्जा गर्न सक्दछन् । मानव आस्तित्तो नै संगटमा पर्ने डर बढ्दै छ । यी आविस्कार गरेर मानिसहरुले आफ्नो खुट्टामा आफैले बन्चरो हानेका छन् । त्यसैले हकिङले मानिसलाई कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुनु आग्रह गरेका हुन् ।
७. समीक्षात्मक उत्तर लेख्नुहोस् ।
(क) “दृढ इच्छा शक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ ।” यस भनाइलाई पाठका आधारमा पुष्टि गर्नुहोस् :
स्टिफन हकिङ शारीरिक रूपमा अशक्त हुँदा पनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरी मानवीय चेतनालाई नयाँ उचाइमा पुयाउन महान् वैज्ञानिक हुन् । उनको जन्म सन् १९४२ जनवरी ८ का दिन उनको जन्म भएको थियो । आमा इसाबेल र बुबा प्रयाङ्कको पहिलो सन्तानका रूपमा यिनको जन्म भएको थियो । दृढ इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ भन्ने तथ्य सिद्ध गर्ने हकिङलाई महान् वैज्ञानिकका रूपमा विश्व समुदायले लिने गर्दछ ।
हकिङलाई २१ वर्षकै उमेरमा स्नायुसम्बन्धी रोग लागेपछि उनको जीवनमा शारीरिक रुपमा विभिन्न समस्याहरू आइपरेका छन् । उपचारका सामान्य प्रक्रिया पूरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेका थिए । उनलाई रोगले झन् झन् च्याप्तै लगेपछि सन् १९६३ तिर आँखा तिरमिराउने र आवाज पनि लटपटिन थाल्दछ । हकिङ ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ नामक स्नायुसम्बन्धी रोगले ग्रसित भए । चिकित्सकबाट उनको आयु दुई वर्ष मात्रै भएको थाहा पाएपछि उनी निराश हुनुका साथै मानसिक रूपमा पीडा हुन्छ । सन् १९६५ तिर रोग दिनप्रतिदिन बढ्दै जाँदा उनी लट्ठीको सहाराबिना हिँड्न नसक्ने हुन्छन् । सन् १८६८ तिर हातखुट्टा चल्न छाडेपछि उनी ह्विलचेयरबिना कतै जान सक्दैनन् । शल्यक्रियाबिना उनलाई बँचाउन असम्भव भएपछि शल्यक्रिया गरियो तर उनको आवाज पूरै हरायो । यसपछि उनले आफूले गरिरहेको काम अघि बढाउन सक्दैनन् ।
दृढ इच्छाशक्ति छ भने तँ चिता म पुऱ्याउँछु भने झैँ केही समयपछि उनको मस्तिष्कको तरङ्ग र अनुहारका भावका आधारमा सञ्चालन हुने कम्प्युटरको निर्माण भयो । यसपछि यसैका सहायताले आफ्ना अनुसन्धानसम्बन्धी लेख प्रकाशित गर्ने, प्रवचन र अन्तर्वाता दिने गर्न थाले । यस्तो विषम परिस्थितिमा पनि उनले कहिल्यै हार मानेनन् । उनी इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका त्रिवेणी थिए । यसैका कारण उनले आफू शक्तिहीन भएको महसुस गरेनन् । उनले आफ्नो शारीरिक कमजोरीलाई शोकका रूपमा लिएनन् । ‘आशा राख र व्यस्त बन’ लाई मूल मन्त्र बनाएका हकिङले शारीरिक अशक्ततालाई अनुसन्धान गर्ने उपयुक्त अवसरका रूपमा लिए । जीवनप्रति आशावादी बनेर निरन्तर अनुसन्धानरत उनले शारीरिक अशक्तताकै समयमा पनि भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गर्न सफल भए ।
अतः हकिङले इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका आधारमा शारीरिक अशक्ततामाथि विजय प्राप्त गरे । शारीरिक रुपमा अशक्त अवस्थामा रहेका नरहेका सबै व्यक्तिहरुका लागि उनी एउटा आदर्श दृष्टान्त बने । निरन्तर सङ्घर्षशील हकिङ सन् २०१८ मार्च १४ मा ७६ वर्षीय जीवनसङ्घर्षबाट सदाका लागि विश्राम लिए । उनी भौतिक रूपमा यस संसारमा नभए पनि उनका सिद्धान्त, उनले लेखेका दर्जनौं पुस्तकले उनी सदैव अमर रहने छन् ।
(ख) हकिङले मानवीय चेतनालाई नयाँ उचाइमा पुयाउन गरेका योगदानको समीक्षा गर्नुहोस् ।
स्टिफन हकिङ शारीरिक रूपमा अशक्त हुँदा पनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरी मानवीय चेतनालाई नयाँ उचाइमा पुयाउन महान् वैज्ञानिक हुन् । उनको जन्म सन् १९४२ जनवरी ८ का दिन उनको जन्म भएको थियो । आमा इसाबेल र बुबा प्रयाङ्कको पहिलो सन्तानका रूपमा यिनको जन्म भएको थियो । दृढ इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ भन्ने तथ्य सिद्ध गर्ने हकिङलाई महान् वैज्ञानिकका रूपमा विश्व समुदायले लिने गर्दछ ।
हकिङलाई ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ नामक स्नायुसम्बन्धी रोगले ग्रसित बनाइ राखेको हुदा पनि उनले आफ्ना नियमित काम, अध्ययन र अनुसन्धानको कामलाई निरन्तरता दिँदै एकपछि अर्को सफलता पनि चुम्दै गए । शारीरिक अवस्था प्रतिकूल भए पनि उनले इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका आधारमा शारीरिक अशक्ततामाथि विजय प्राप्त गरेका थिए । हकिङले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी पुस्तक र कैयौं शोधपत्र तयार गरी प्रकाशन गरे । उनका पुस्तकमध्ये सन् १९८८ मा प्रकाशित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सर्वाधिक चर्चित पुस्तक रहेको थियो । उनले ब्रह्माण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्ना मौलिक मान्यता प्रस्तुत गरेका छन् । उनले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अझ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुन्छ भन्ने पत्ता लगाए । यस्तै हकिङले वार्महोलको पनि व्याख्या गरेका छन् । उनले वार्महोलका माध्यमबाट समययात्रा गरी एउटा ग्यालेक्सीबाट अर्को ग्यालेक्सीमा छोटो समयमा पुग्न सकिने बताएका छन् ।
हकिङ एक प्रेरक वक्ता पनि थिए । आफ्नो ह्विलचेयरमा जडित कम्प्युटरको सहयोगले समय समयमा उनले दिएका प्रेरणादायी वक्तव्य अत्यन्तै जीवनोपयोगी छन् । हकिङले पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई बारम्बार सचेत गराउने गर्थे । उनले परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि, प्रकृति विरुद्धका मानवीय गतिविधिका कारण पृथ्वीमा मानव जीवन खतरामा रहेको बताएका छन् । यसैले यसतर्फ समयमै सचेत हुन आग्रह गरेका छन् । यस्तै उनले मानिसलाई कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुनुपर्ने बताएका छन् ।
यसरी जीवनप्रति आशावादी बनेर निरन्तर अनुसन्धानरत उनले शारीरिक अशक्तताकै समयमा पनि भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गर्न सफल भए । अतः मानवीय चेतनालाई नयाँ उचाइमा पुयाउन उल्लेख्य योगदान गर्ने हकिङ वैज्ञानिक जगत्का विशिष्ट प्रतिभा हुन् ।
८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) आधुनिक भौतिक शास्त्रीहरूले ब्रह्माण्डको सृष्टि केबाट भएको बताएका छन् ?
आधुनिक भौतिक शास्त्रीहरूले ब्रह्माण्डको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दु (ब्ल्याकहोल) बाट भएको बताएका छन् ।
(ख) वेदमा सृष्टिको कारक केलाई मानिएको छ ?
वेदमा मा सृष्टिको कारक ब्रह्मलाई मानिएको छ ।
(ग) ब्रह्म र क्वान्टम पुञ्जबिच के समानता रहेको छ ?
वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको कारकका रूपमा ब्रह्मलाई लिइएको छ भने क्वान्टम पुञ्जको विस्फोटन हुंदा ब्रह्माण्ड बन्ने र सङ्कुचन भएपछि पुनः क्वान्टम पुञ्जमा परिणत हुने भौतिकवादीहरुको मान्यता रहेको छ ।
(घ) वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या गर्ने ग्रन्थलाई के नाम दिइएको छ ?
वेदान्त दर्शनमा सृष्टि, स्थिति र प्रलयको एकीकृत व्याख्या गर्ने ग्रन्थलाई वैदिक ग्रन्थ नाम दिइएको छ ।
व्याकरण
१. पाठको पहिलो अनुच्छेदबाट सामान्यार्थक वाक्य टिप्नुहोस् ।
शारीरिक रुपमा अशक्त भए पनि दृढ इच्छाशक्ति तथा प्रतिभाको साथ पाएको र सधैँ साधनामा रमाउने व्यक्ति कहिल्यै शक्तिहीन हुँदैन । शक्तित्रयको साथ पाएपछि शारीरिक अशक्तताका कारण सिर्जित जस्तोसुकै विषम परिस्थितिमा पनि सिर्जनशील हुँदै ऊ सफलताको शिखर चुम्न सफल हुन्छ । त्यस्तो व्यक्ति मानवहितमा समर्पित हुन्छ भने ऊ आफूले गरेका योगदानका कारण समाज विशेषमा मात्र नभई सिङ्गो संसारभरि नै उदाहरणीय बन्न पुग्छ । यस्तै शारीरिक स्थिति अत्यन्त नाजुक भए पनि मानवहितका लागि केही गर्ने तीव्र चाहना, त्यसलाई साथ दिने प्रतिभा र निरन्तरको साधनाका कारण भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाउने व्यक्ति हुन्, स्टिफन विलियम हकिङ । नाम सुन्नेबित्तिकै उनको भौतिक रूप देखेका सबैको मानसपटलमा एउटा स्वचालित ह्विलचेयरमा बसेको, टाउको निहुराएको, हातखुट्टा नचल्ने, बोल्न नसक्ने र शारीरिक रुपमा अत्यन्तै अशक्त व्यक्तिको चित्र प्रतिबिम्बित हुन्छ । उनले गरेका योगदानका बारेमा थाहा पाएपछि चाहिँ जो कोही छक्क पर्छ ।
२. तलको अनुच्छेदबाट आज्ञार्थक एवम् सम्भावनार्थक वाक्य टिप्नुहोस् र तिनलाई इच्छार्थकमा बदल्नुहोस्ः
आज्ञार्थ वाक्यहरू :
साह्रै बदमासी गर्न गर्न थालेपछि एक दिन दाइले भाइलाई सम्झाउँदै भन्यो, “भाइ, तिमी यसरी अल्छी नगर, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाऊ, मूर्ख साथीहरुको पछि नलाग, तिमी सुखी होऊ र सधैँ प्रसन्न बन भन्ने मेरा चाहना छ ।”
इच्छार्थकमा बदल्दा :
साह्रै बदमासी गर्न गर्न थालेपछि एक दिन दाइले भाइलाई सम्झाउँदै भन्यो, “भाइ तिमी यसरी अल्छी नगरे, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाए, मूर्ख साथीहरूको पछि नलागे, तिमी सुखी भए र सधैँ प्रसन्न बने भन्ने मेरा चाहना छ ।”
सम्भावनार्थक वाक्यहरू :
यसपछि दाइले भविष्यमा गर्ने कामको योजना बनाउँदै मनमनै भन्यो, “तरकारी खेती गरुँला, तरकारी बेचुला, तरकारी बेचेर आएको पैसा जम्मा गरेर एउटा अर्को घर बनाउँला । आफू बसिरहेको घर भाइलाई दिउँला, त्यसपछि बिहे गरुँला अनि श्रीमतीले पनि मलाई साथ देलिन् । छोराछोरी जन्मलान्, आफूले पढ्न नपाए पनि उनीहरुलाई राम्ररी पढाउँला, पढेपछि जागिर खालान्, काममा पनि सघाउलान् । छोरीले आफ्नी आमालाई सघाउली अनि छोराले चाहिँ मलाई सघाउला । परिवारका सबै जना बिदाको दिन पारेर घुम्न जाउँला अनि जीवन कति मज्जाको हुन्छ होला ।”
इच्छार्थकमा बदल्दा :
यसपछि दाइले भविष्यमा गर्ने कामको योजना बनाउँदै मनमनै भन्यो, “तरकारी खेती गरुँ, तरकारी बेचूँ, तरकारी बेचेर आएको पैसा जम्मा गरेर एउटा अर्को घर बनाऊँ । आफू बसिरहेको घर भाइलाई दिऊँ, त्यसपछि बिहे गरुँ, अनि श्रीमतीले पनि मलाई साथ दिउन् । छोराछोरी जन्मुन्, आफूले पढ्न नपाए पनि उनीहरूलाई राम्ररी पढाऊँ, पढेपछि जागिर खाउन्, काममा पनि सघाउन् । छोरीले आफ्नी आमालाई सघाओस् अनि छोराले चाहिँ मलाई सघाओस् । परिवारका सबै जना बिदाको दिन पारेर घुम्न जाऔँ अनि जीवन कति मज्जाको होओस् ।”
३. दिइएको अनुच्छेदबाट इच्छार्थक वाक्य टिप्नुहोस् र तिनलाई सम्भावनार्थकमा बदल्नुहोस् :
इच्छार्थक वाक्य :
संसारका सबै व्यक्तिलाई आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले राम्ररी पढुन् र असल व्यक्ति बनुन् र समाजका लागि केही गरून् भन्ने इच्छा हुन्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई एउटा चिठी लेखेर यस्तै इच्छा व्यक्त गरेका थिए, “मेरो छोराले समाजका सबै मानिस एक किसिमका हुँदैनन् भन्ने कुरा बुझोस् । सित्तैमा कमाएको ५० डलरभन्दा परिश्रम गरी कमाएको एक डलर निकै मूल्यवान् हुन्छ भन्ने सम्भोस् । जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिले नहोओस् । ऊ दुःख र कष्टमा पनि खुसी रहन सिकोस् । ऊ आफ्नो बुद्धि र सामर्थ्यमा विश्वास गरोस् । यदि उसको उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि ऊ जिउज्यानले लागिपरोस् । उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने दृढशक्तिको विकास होस् । उसभित्र साहस, केही गरुँ र सबै एकआपसमा मिलौ भन्ने भावना भइरहोस् ।”
सम्भावनार्थक बदल्दा :
संसारका सबै व्यक्तिलाई आफूले पढ्न नपाए पनि आफ्ना छोराछोरीले राम्ररी पढ्लान् र असल व्यक्ति बन्लान् र समाजका लागि केही गर्लान् भन्ने इच्छा हुन्छ । अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई एउटा चिठी लेखेर यस्तै इच्छा ब्यक्त गरेका थिए, “मेरो छोराले समाजका सबै मानिस एक किसिमका हुँदैनन् भन्ने कुरा बुझ्ला । सित्तैमा कमाएको ५० डलरभन्दा परिश्रम गरी कमाएको एक डलर निकै मूल्यवान् हुन्छ भन्ने सम्झला । जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिले नछोला । ऊ दुःख र कष्टमा पनि खुसी रहन सिक्ला । ऊ आफ्नो बुद्धि र सामर्थ्यमा विश्वास गर्ला । यदि उसको उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि ऊ जिउज्यानले लागिपर्ला । उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने दृढशक्तिको विकास होला । उसभित्र साहस केही गरुला र सबै एकआपसमा मिलौला भन्ने भावना भइरहला ।”
४. दिइएको अनुच्छेदबाट सङ्केतार्थक वाक्य टिप्नुहोस् र तिनलाई आज्ञार्थकमा बदल्नुहोस् :
सङ्केतार्थक वाक्य :
मिहिनेत गरे सफल भइन्छ । काममा लागे असफल पनि हुन सकिन्छ । लडाइँमा लडे विजय प्राप्त हुन्छ । पढाइमा हार नमाने विद्वान् बनिन्छ । लडाइँमा हार नमाने विजेता बनिन्छ ।
आज्ञार्थक वाक्यमा बदल्दा :
मिहिनेत गर सफल होऊ । काममा लाग असफल पनि हुन सक । लडाइँमा लडे विजय प्राप्त हुन्छ । पढाइमा हार नमान, विद्वान् बन । लडाइँमा हार नमान, विजेता बन ।
५. दिइएको अनुच्छेदमा प्रयुक्त करण र अकरण क्रियापद पहिचान गरी टिप्नहोस्
करण क्रियापद :
निस्केका थिए, भने, पुग्छ, सुने, थाले गरिरहे, भए चिनिए,
अकरण क्रियापद :
चाहिँदैन, सकेनन्, भनेन्, मानेनन्, गरेनन्, सक्दैन
६. दिइएका वाक्यलाई सामान्यार्थकमा बदल्नुहोस्:
तिमी परिश्रम गछौँ, आफ्नो क्षमतालाई सिर्जनशील काममा लगाउँछौ, पढ्ने समयमा पढ्छौ, नबुझेको कुरा सोध्छौ, खेल्ने समयमा खेल्छौ । तिमी जहिलेदेखि मैले भनेको यो कुरा मान्छौ र गर्छौ त्यसपछि नै सुखी पनि हुन्छौ ।
७. दिइएका वाक्यलाई सङ्केतार्थकमा बदल्नुहोस् :
आज बादल लागे पानी पर्छ । हामी विद्यालय गयौ भने पानीमा भिज्छौँ । बाटामा हिलो भए हामी चिप्लिएर लड्न सक्छौँ । यसैले हामी सावधान भएर हिँडे हिलामा पछारिनबाट बच्छौँ ।
८. दिइएको अनुच्छेदमा प्रयुक्त वाक्यका क्रियापदलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गर्नुहोस् :
पहिले पहिले म धेरै पढ्दैनथें । आरिफ चाहिँ गीत गाउँदैनथ्यो । आजकल म गीत गाउँदिनँ । ऊ चाहिँ खेल्दैन । मलाई के लाग्दैन भने मानिसको मन सधैँ एकै किसिमको हुन्छ । समाज र समयअनुसार मानिसको मनमा परिवर्तन नभइरहँदैन ।
९. इच्छार्थक क्रियापदको प्रयोग गरी ‘मैले चाहेको नेपाल’ शीर्षकमा एउटा अनुच्छेद लेख्नुहोस् ।
मेरो कल्पनाको नयाँ नेपाल स्वर्ग भन्दा कमी नहोओस् । यहाँका जनताले स्र्वर्गीय आनन्दको आवश्यकता महसुस गरुन । सम्पूर्ण देश बहुमुल्य वस्तुबाट सुशोभित होओस् । मेरो कल्पनाको नेपालमा विकासको गति वसन्त ऋतुको महकोचाका जस्तोर विकासको लागि जनता वसन्त ऋतुकोमाहुरीका जस्तो गतिमा लागोस् । यहाँका शासक राजा दशरथ र रामचन्द्र जस्ता होउन् । आजका विद्यालय भोलिका मन्दिर बनुन् । आजका शिक्षक भोलिका देवता र आजका विद्यार्थी भोलिका भक्तजन बनुन् । आजका तिर र चौबाटाका ढुङ्गा भोलि शालिग्राम शिला बनुन् ।नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको विषयमा प्रचारबाजी नचलोस् । सम्पूर्ण देश बासी एकलव्य पनि देश सुरक्षामा लागुन्, सीताको आर्दशले ओतप्रोत होओस्, सृजनामा रङ्ग भरियोस्, कमल फुल्ने हिलोमा शान्तिको बिउ छरिउन् ।
१०. दिइएको अनुच्छेदमा पदयोग र पदवियोगमा रहेका गल्ती पहिचान गरी शुद्ध बनाउनुहोस् :
म र राजाराम विश्वविद्यालयमा पढ्छौँ । मेरो घर भक्तपुरमा छ । राजारामको घर ललितपुरमा छ । आइतबारदेखि शुक्रबारसम्म हामी पढाइमा व्यस्त हुन्छौं । शनिबार हामी घुम्न जान्छौं । हामी कहिले उपत्यका भित्र र कहिले उपत्यका बाहिर घुम्न जान्छौं । राजारामको बानी अनोठौ छ । केही गरौँ भन्नु मात्र पर्छ, उसने गरिहाल्नुपर्छ, कुनै कुरा खाऊँ भन्नु मात्रै पर्छ उसले जसरी नै खानुपर्छ । आउने शनिबार हामी विराटनगर जाने छौँ । त्यहाँ हामी मुख्यमुख्य सबै ठाउँ पुग्ने छौँ । त्यहाँ मेरा कान्छा बुबाको घर पनि छ । भातसात र वास सासका लागि केही समस्या छैन । यस पटकको यात्रामा मेरो माहिलो भाइ र माथिल्लो घर जेठो पनि सहभागी हुने कुरा छ ।
हामीलाई बोलाउँछन् हिमचुली (कविता)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. शब्दकोशको सहायता लिई दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
तिरिन : घाँस, पराल आदिको थोरै अंश
डोरेटो : एक दुई जना मात्र हिँड्न हुने सानो बाटो
निनी : गाईका ससाना बाछाबाछीलाई प्यारो गरेर भनिने शब्द
पातल : सधैँ हराभरा भइरहने लेकको सेपिलो एवम् घना जङ्गल
बुकी : हिमाली भेगमा पाइने भारविशेष
नागियुँ : चौरी गाई चर्ने ठाउँ
छङ्गाछुर : ज्यादै अग्लो र विकट खालकोभिर वा पहरो खगर : वर्षभरिमा नौ महिना हिउँले ढाकिने ठाउँ
सामलतुमल : अन्न आदि खाने कुरा
२. दिइएका शब्दसँग मिल्ने अनुप्रासयुक्त शब्द पाठबाट खोज्नुहोस् :
राम्रा : हाम्रा
शिखर : रहर
हेर्लान् : घेर्लान्
होला : छोला
हिलाएर : झुलाएर
ढाक्ला: डाक्ला
ध्वनि : पनि
पारी : मारी
हान्छ : जान्छ
छाप : नापजाप
३. दिइएका शब्दको पर्यायवाची शब्द पाठबाट खोज्नुहोस् :
चिसो : शीतल
देउराली : पहाडको उकालो सिद्धिने ठाउँ
तिरिन : तृण
टाकुरा : शिखर
फूल : पुष्प
बाटो : डोरेटा
४. गीतमा प्रयोग भएका केही शब्द कथ्य रूपमा छन् । गीतमा लय मिलाउन यस्ता शब्दको प्रयोग गरिन्छ । ती शब्दको स्तरीय रूप दायाँतर्फ दिइएको छ । यस्तै अन्य शब्द खोजी स्तरीय रूपसमेत लेख्नुहोस् :
कल्ले : कसले
नउरङ्गे : नौरङ्गे
चम्री : चौंरी
गोठालिनी : गोठाल्नी
बोध र अभिव्यक्ति
१. दिइएको गति र यति व्यवस्थाको अनुसरण गरी ‘हामीलाई बोलाउँछन् हिमचुली’ कविता लय मिलाई वाचन गर्नुहोस् :
४ अक्षर | ४ अक्षर | ४ अक्षर | २ अक्षर |
हामीलाई | बोलाउँछन् | हिमचुली | राम्रा |
उकालीमा | उचालिन्छन् | हल्का पाइला | हाम्रा |
२. उदाहरणमा देखाए जस्तै गरी दिइएका शब्दको अक्षर छुट्याएर शुद्ध उच्चारण गर्नुहोस् :
सुसेली : / सु.से.लि /
हिमचुली : / हिम्.चु.लि /
शिखर : / सि. खर् /
उक्लियौला : / उक्.लि.यौं.ला /
मर्नैपर्छ : / मर्नै पर्छ /
६. दिइएको कवितांश पढी मौखिक उत्तर दिनुहोस् :
(क) माथिको कवितांशमा कस्तो परिवेशको चित्रण गरिएको छ ?
माथिको कवितांशमा उकाली, देउराली, वनपाखा जस्ता पहाडी भौगोलिक परिवेशका साथै बिसौनीमा सुसेरी हाल्दै गीत गाउने, गोठालो जाने, गाई चराउने जस्ता नेपाली रमणीय परम्पराको परिवेश चित्रण गरएको छ ।
(ख) ‘देउरालीको बिसौनीमा सुसेलीले गाउँला’ यस कथनको तात्पर्य के हो ?
देउरालीको बिसौनीमा सुसेलीले गाउँला’ कथनको तात्पर्य देउरालीमा थकाइ मार्ने क्रममा चिसो बतासको आनन्द लिदै सुसेली हाल्दै गीत गाउँने र प्रकृतिको रमाइलो अनुभूति लिनु हो ।
(ग) ‘वनभित्र ढुङ्गामाथि गाउलिन् गोठालिनी’ यस कथनलाई सामान्य पदक्रममा रूपान्तर गर्नुहोस् ।
गोठाल्नी वनभित्र ढुङ्गामाथि गाउलिन् ।
(घ) गोठाल्नीले गाईलाई कसरी बोलाउँछिन् ?
गोठाल्नीले गाईलाई लाला ओदी निनी भनेर बोलाउँछिन् ।
७. ‘टाकुरामा……. नउरङ्गे डाँफे’ कवितांश पढी हिमाली भेगमा पाइने जनावर र बोटबिरुवाका बारेमा छोटो अनुच्छेद लेख्नुहोस् ।
नेपालको हिमाली भेग निकै चिसो हुने भएकोले त्यहाँ सिमित जनावर र बोटबिरुवाहरू पाइन्छन् । यस्ता जनावर र बोटबिरुवाहरूले त्यहाँको हावापानीमा पनि आफ्नो अस्तित्व कायम गर्न सक्दछन । यस भेगमा भेडा, चौरी जस्ता बाक्ला रौ भएका जनावर पाइन्छन् । नौरङ्गी डाँफे जस्ता पन्छीहरु पनि यही क्षेत्रमा पाइन्छ । निगाला, बुकी फूल, धुपी लगायतका थुप्रै महत्त्वपूर्ण बोटविरुवाहरू पनि यस क्षेत्रमा पाइन्छन् ।
८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) माथिको कवितांशमा नेपालीको कस्तो मानसिकताको चित्रण गरिएको छ ?
माथिको कवितांशमा नेपालीको साहसी, शूर, वीर मानसिकताको चित्रण गरिएको छ । नेपालीहरु हिमालझैँ अटल, कहिल्यै नझुक्ने स्वाभिमानी, जस्तोसुकै प्रतिकूल अवस्था नै किन नहोस् सतिसालझैँ अविचलित हृदय हुने, शूरता, वीरता, धीरताका शक्तिपुञ्ज एवं अदम्य साहसको अजस्र मुहान हुन् भनिएको छ । नेपालीहरू मृतु देखेर समेत डराउँदैनन् । जन्म र मरण प्रकृतिको ऐन हो र एकदिन मर्नु नै पर्छ भन्ने सबै नेपालीलाई थाहा छ । त्यसैले उनीहरुले आफ्नो मातृभूमिको लागि हासी हासी आफ्नो प्राण दिन सक्दछन् । हिमालझैँ नझुक्ने स्वभाव भएका हिमालवासी नेपालीहरू हिमाल चढ्न सिपालु हुन्छन् । नेपालीहरु नदेखेको कुरा देख्न चाहने, नजानेको कुरा जान्न बुझ्न चाहने जिज्ञासु किसिमका हुन्छन् । अतः माथिको कवितांशमा कहिल्यै नझुक्ने हिमाल भएको देशमा बसोबास गर्ने नेपालीहरुको धैर्य, साहस र आत्मविश्वासी मानसिकताको चित्रण गरिएको छ ।
(ख) नेपालीले हिमचुलीबाट कस्तो प्रेरणा प्राप्त गरेका छन् ?
नेपालीहरू हिमचुलीको काखमा हुर्किएका हुन्छन् । हिमचुलीहरू नेपालका पहिचान हुन् । सदिऔँदेखि कहिल्यै पनि नझुकेका अटल अनि रहस्यको भण्डार हिमचुलीले कहिल्यै नझुकी निर्भयका साथ स्वाभिमानी बन्नमा नेपालीलाई प्रेरित गरेको छ । नदेखेको, नजानेको, नबुझेको कार्य गर्न प्रेरणा प्रदान गर्दछ । विगतमा हाम्रो हिमाल कहिल्यै कसैसँग झुकेन, त्यसैगरी हामी नेपालीहरू पनि कहिल्यै अरूसामु झुक्नु हुदैन । हिमचुलीको उचाइसँगै नेपालीहरूको शान र मान पनि चुलिएको छ । हामीमा धैर्य, साहस र आत्मबल कहिल्यै डग्मगाउँनु हुदैन । तसर्थ नेपालीले हिमचुलीबाट सफलताको शिखर चुमी नयाँ नौलो कीर्ति राखी राष्ट्र र राष्ट्रियतालाई चम्काएर जीवनलाई सार्थक बनाउन पर्छ भन्ने प्रेरणा प्राप्त गरेका छन् ।
९. ‘हामीलाई बोलाउँछन् हिमचुली’ कवितामा कस्तो परिवेशको चित्रण गरिएको छ, दिइएका बुंदालाई समेत आधार बनाई समीक्षात्मक प्रतिक्रिया लेख्नुहोस् :
राष्ट्रकवि माधवप्रसाद घिमिरे (वि.सं. १९७६ : २०७७) द्वारा रचित ‘हामीलाई बोलाउँछन् हिमचुली’ शीर्षकको कविता उत्कृष्ट प्रकृतिचित्रण गरिएको कविता हो । उनि स्वच्छन्दतावादी कविता धाराका परिष्कारवादी शैलीशिल्पलाई अङ्गाल्ने प्रकृतिप्रेमी, मानवतावादी, राष्ट्रवादी, सौन्दर्यप्रेमी, जातीय स्वाभीमानी, जीवनवादी एवं प्राकृतिक एवं सांस्कृतिक बिम्ब र प्रतीकको प्रयोग गर्ने शास्त्रीय कवि हुन् । कवि घिमिरे नेपाली साहित्यमा छन्दोवादी कविका रूपमा परिचित छन् । यस कवितामा कविले नेपालको मनमोहक हिमाली भेगको वातावरण र परिवेश प्रस्तुत गरेका छन् ।
यस कवितामा कवि घिमिरेले नेपाललाई हिमचुलीको काखमा रहेको तेस्रो ध्रुवको देश जसको हिमाली वातारण र परिवेशको मधुमाधुरीमा विश्वलाई मोहनी लगाउने सक्ने जादु लुकेको हुन्छ भन्ने वास्तविकतालाई प्रस्तुत गरेका छन् । बगिरहने लेकको सेपिलो एवम् घना जङ्गलले सुशोभित मनोरम परिवेशको प्रस्तुति कवितामा गरिएको छ । हिमाली भेगमा चिसो र ओसिलो जमिनमा बहुमूल्य जडिबुटीको भण्डार रहेको छ । हिमालको चिसो बताससँगै कस्तुरीको सुगन्ध बहने गर्दछ । हिमाली आकर्षणकै कारण हिमाल आरोहणकै लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्दछ । हराभरा भइरहने लेकको सेपिलो एवं घना जङ्गलमा विभिन्न प्रजातिका चराचुरुङ्गी अनि कस्तुरी मृगको बथानले हिमाली वातावरणमा रौनक भरेको पाइन्छ । धुपी र बुकी जस्ता बोटबिरुवा र घाँसपातले मनोहर देखिएको उक्त क्षेत्र कस्तूरी र नौरङ्गे डाँफेको स्वतन्त्र उपस्थितिका कारण आकर्षक बनेको मनमोहक परिवेश पनि कवितामा प्रस्तुत गरिएको छ । हिमाली क्षेत्रका बासिन्दाहरूको प्रमुख पेशा नै पशुपालन भएकाले भेडाबाख्रा, चौरी पालन गर्ने अनि जडिबुटी ख सङ्कलन गरी बिक्री वितरण गरी अर्थ सङ्कलन गरी जीविकोपार्जन गर्ने सामाजिक परम्परालाई यहाँ प्रस्तुत गरेका छन् । सधैँ नयाँ कुरा गर्न उत्सुक र समस्याबाट कहिले पछि नहट्ने साहसी नेपालीको बसोबास रहेको कुरामार्फत कवि नेपाली वीरताको परिवेश प्रस्तुत गर्दछन् ।
यसरी कविले प्रस्तुत कवितामा लोकछन्द सवाईका माध्यमबाट नेपाललाई हिमचुलीको काखमा रहेको भनी नेपाली प्रकृतिलाई मानवीकरण गरी नेपाल प्राकृतिक आभूषणहरूले सुशोभित प्रकृतिको सुन्दर राजधानीका रूपमा चित्रण गरेका छन् ।
१०. ‘हामीलाई बोलाउँछन् हिमचुली’ कविताले दिएको सन्देश के हो, समीक्षात्मक उत्तर लेख्नुहोस् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे (वि.सं. १९७६ : २०७७) द्वारा रचित ‘हामीलाई बोलाउँछन् हिमचुली’ शीर्षकको कविता उत्कृष्ट प्रकृतिचित्रण गरिएको कविता हो । उनि स्वच्छन्दतावादी कविता धाराका परिष्कारवादी शैलीशिल्पलाई अङ्गाल्ने प्रकृतिप्रेमी, मानवतावादी, राष्ट्रवादी, सौन्दर्यप्रेमी, जातीय स्वाभीमानी, जीवनवादी एवं प्राकृतिक एवं सांस्कृतिक बिम्ब र प्रतीकको प्रयोग गर्ने शास्त्रीय कवि हुन् । कवि घिमिरे नेपाली साहित्यमा छन्दोवादी कविका रूपमा परिचित छन् । यस कवितामा कविले नेपालको मनमोहक हिमाली भेगको वातावरण र परिवेश प्रस्तुत गरेका छन् ।
यस कवितामा कवि घिमिरेले नेपालीहरूको हिमालझैँ अटल, कहिल्यै नझुक्ने स्वाभिमानी, शूरता, वीरता, धीरताका शक्तिपुञ्ज एवं अदम्य साहसको अजस्र मुहान भएका अनि मर्नबाट कहिल्यै नडराउने भयमुक्त साहसी, शूर, वीर मानसिकता हुन्छ भन्ने सन्देश दिएका छन् । नेपालीहरू हिमचुलीको काखमा हुर्किएका हुन्छन् । हिमचुलीहरू नेपालका पहिचान हुन् । सदिऔँदेखि कहिल्यै पनि नझुकेका अटल अनि रहस्यको भण्डार हिमचुलीले कहिल्यै नझुकी निर्भयका साथ स्वाभिमानी बन्नमा नेपालीलाई प्रेरित गरेको छ । नदेखेको, नजानेको, नबुझेको कार्य गर्न प्रेरणा प्रदान गर्दछ । विगतमा हाम्रो हिमाल कहिल्यै कसैसँग झुकेन, त्यसैगरी हामी नेपालीहरू पनि कहिल्यै अरूसामु झुक्नु हुदैन । हिमचुलीको उचाइसँगै नेपालीहरूको शान र मान पनि चुलिएको छ । हामीमा धैर्य, साहस र आत्मबल कहिल्यै डग्मगाउँनु हुदैन । तसर्थ सफलताको शिखर चुमी नयाँ नौलो कीर्ति राखी राष्ट्र र राष्ट्रियतालाई चम्काएर जीवनलाई सार्थक पारेर र हामी सफलताको शिखर चुमेरै छाड्छौँ भन्नु नै यस कविताको मुख्य सन्देश हो ।
११. दिइएको गजल पढ्नुहोस्, यसको संरचनाका बारेमा हेक्का राख्नुहोस् र आफूलाई मन पर्ने विषयमा एउटा गजलको रचना गर्नुहोस्:
गजल
जोडेको त्यो नाता तोडेर गयौ पराई को घुम्टो ओडेर गयौ
थुनेको नै थिएँ दिलमा राखी
लाएको त्यो चाबी फोडेर गयौ
तिमीनै हौ मेरो भनेकी थियौ
अहिले त मुन्टो मोडेर गयौ
उजाड नै भयो झुपडी मेरो
पराई को बारी गोडेर गयौ
छिनेको छ मुटु छुटायौ यता
टुटायौ र उता जोडेर गयौ ।
१२. दिइएको अनुच्छेद पढ़ी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :
(क) कविता भनेको के हो ?
कविता भनेको विचार वा भावनाको लयबद्ध कलात्मक भाषिक अभिव्यक्ति हो ।
(ख) कविता र गजलमा के अन्तर छ ?
कविता छन्दमा लेखिएको हुन्छ भने गजल बहरमा लेखिएको हुन्छ । छन्द र बहरको ढाँचा फरक हुने भएकाले यी दुईमा अन्तर छ ।
(ग) गजलका संरचक के के हुन् ?
गजलका संरचक बहर, मिसरा, सेर, मत्ला, मक्ता, काफिया, रदिफ हुन् ।
(घ) गजलका प्रत्येक सेरको दोस्रो मिसरा कस्तो हुनुपर्छ ?
गजलमा प्रत्येक सेरको दोस्रो मिसरा हमकाफिया अर्थात् अनुप्रासान्त हुनुपर्छ ।
व्याकरण
१. दिइएको अनुच्छेदबाट उपसर्ग व्युत्पन्न शब्द टिप्नुहोस् र तालिकामा देखाए जस्तै गरी उपसर्ग र आधार छुट्याउनुहोस् :
उपसर्ग व्युत्पन्न शब्द | उपसर्ग | आधार पद |
अत्यावश्यक | अति | आवश्यक |
अधिकार | अधि | कार |
अवरोध | अव | रोध |
समृद्धि | सम् | ऋद्धि |
प्रतिकूल | प्रति | कूल |
समृद्ध | सम् | ऋद्ध |
सुस्वास्थ्य | सु | स्वास्थ्य |
समुचित | सम् | उचित |
आहार | आ | हार |
संरक्षण | सम् | रक्षण |
संसार | सम् | सार |
सङ्कट | सम् | कट |
प्रकोप | प्र | कोप |
परिणाम | परि | नाम |
उत्पन्न | उत् | पन्न |
विचार | वि | चार |
सङगठन | सङ् | गठन |
अनुसार | अनु | सार |
उपयुक्त | उप | युक्त |
अत्यावश्यक | अति | आवश्यक |
सचेत | स | चेत |
उपचार | उप | चार |
विकराल | वि | कराल |
सम्पूर्णतः | सम् | पूर्णतः |
विकास | वि | कास |
अवरुद्ध | अव | रुद् |
प्रयोग | प्र | योग |
उपयोग | उप | योग |
प्रतिकूल | प्रति | कूल |
२. भाषातत्वअन्तर्गत १ को अनुच्छेदमा प्रयुक्त ‘सम्’ उपसर्ग लागेर बनेका शब्द ‘सङ्गठन, सञ्चित, सन्तुलित सम्बन्धी संरक्षण को निर्माण प्रक्रिया तलको आरेखमा दिइएको छ । शब्दकोश हेरी ‘सम्’ उपसर्ग लागेर बनेका अन्य दशओटा शब्द टिप्नुहोस् र तिनको निर्माण प्रक्रिया पनि देखाउनुहोस् :
उपसर्ग | आधार पद | उपसर्ग व्युत्पन्न शब्द |
सम् | ऋद्ध | समृद्ध |
सम् | सद | संसद |
सम् | मान | सम्मान |
सम् | हार | संहार |
सम् | वाद | संवाद |
सम् | सार | संसार |
सम् | रक्षण | सम्रक्षण |
सम् | वेदना | संवेदना |
सम् | स्मरण | संस्मरण |
सम् | सान | सम्सान |
३. दिइएको तालिकाको बायाँतर्फ उपसर्ग दिइएका छन् र दायाँतर्फ आधार शब्द दिइएका छन् । प्रत्येक आधार शब्दमा एउटा एउटा उपसर्ग संयोजन गरेर नयाँ शब्द बनाउनुहोस् :
उपसर्ग | आधार पद | उपसर्ग व्युत्पन्न शब्द |
अनु | गमन | अनुगमन |
अव | नति | अवनति |
निस् | छल | निश्छल |
निर् | ईक्षण | निरीक्षण |
परि | ईक्षा | परीक्षा |
अति | अधिक | अत्यधिक |
सु | आगत | स्वागत |
अधि | आगमन | अध्यागमन |
प्रति | एक | प्रत्येक |
दुस् | चिन्ता | दुश्चिन्ता |
दुर् | आशय | दुराशय |
वि | ज्ञान | विज्ञान |
सन् | देश | सन्देश |
उत् | नत | उन्नत |
अनु | छेद | अनुच्छेद |
५. दिइएको अनुच्छेदबाट प्रत्यय न्युत्पन्न शब्द टिप्नुहोस् र तालिकामा देखाए जस्तै गरी आधार र प्रत्यय छुट्याउनुहोस् :
प्रत्यय व्युत्पन्न शब्द | आधार पद | प्रत्यय |
स्मरणीय | स्मृ | अनीय |
भुलक्कड | भुल् | अक्कड |
परिचायक | परिचय | अक |
संस्कृति | संस्कृत | ई |
कारण | कृ | अन |
जातीय | जात | ईय |
सांस्कृतिक | संस्कृति | इक |
प्राचीन | प्राच् | ईन |
वैदिक | वेद | इक |
नेपाली | नेपाल | ई |
स्वार्थी | स्वार्थ | ई |
भावना | भाव | ना |
पूजा | पूज् | आ |
देवता | देव | ता |
निष्क्रियता | निष्क्रिय | ता |
चोरी | चोर | ई |
ठगाहा | ठग् | आहा |
मिचाहा | मिच् | आहा |
हेपाहा | हेप् | आहा |
चुसाहा | चुस् | आहा |
लुटाहा | लुट् | आहा |
हिंस्रक | हिंसा | अक |
शोषक | शोष् | अक |
शोषण | शोष् | अण |
घमण्डी | घमण्ड | ई |
पियक्कड | पिउ | अक्कड |
बुझक्कड | बुझ् | अक्कड |
भुलक्कड | भुल् | अक्कड |
वन्दनीय | वन्दना | इय |
आदरणीय | आदृ | अनीय |
स्मरणीय | स्मृ | अनीय |
आर्थिक | अर्थ | इक |
सुखी | सुख | ई |
विकृति | विकृत | इ |
अन्ततः | अन्त | तः |
फिरन्ते | फिर् | अन्ते |
मगन्ते | माग् | अन्ते |
जीवन | जीव | न |
उन्नति | उन्नत | इ |
कारक | कृ | अक |
६. तलको तालिकाको बायाँतर्फ धातु र शब्द दिइएका छन् र दायाँतर्फ प्रत्यय दिइएका छन् । प्रत्येक धातु र शब्दबाट एउटा एउटा प्रत्यय संयोजन गरेर कृदन्त व्युत्पन्न र तद्वितान्त व्युत्पन्न शब्द बनाउनुहोस्:
कृदन्त व्युत्पन्न शब्द | आधार पद | प्रत्यय |
दर्शक | दृश् | अक |
सृष्टि | सृज् | ति |
गन्तब्य | गम् | तब्य |
स्मरणीय | स्मृ | अनीय |
श्रवण | श्रु | अन |
नीत | नी | त |
वक्ता | वच् | ता |
नृत्य | नृत् | य |
नेता | नी | ता |
दैनिक | दिन | इक |
स्वर्णिम | स्वर्ण | इम |
ग्रामीण | ग्राम | ईन |
दिवसीय | दिवस | ईय |
राष्ट्रिय | राष्ट्र | इय |
विशेषतः | विशेष | तः |
सौन्दर्य | सुन्दर | य |
महत्ता | महत् | ता |
गौर | गुरु | अ |
वाङ्मय | वाक् | मय |
७. दिइएको अनुच्छेदबाट सन्धियुक्त ब्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नुहोस् :
सन्धि ब्युत्पन्न शब्द | निर्माण प्रक्रिया |
प्रत्येक | प्रति + एक |
सदाचार | सत् + आचार |
सदैव | सदा + एव |
सज्जन | सत् + जन |
सन्देश | सम् + देश |
अनुसरण | अनु + सरण |
निष्क्रियता | निष्क्रिय + ता |
निराशा | निर् + आशा |
निष्काम | निस् + काम |
भावना | भाव + ना |
निरन्तर | निर् + अन्तर |
समर्पित | समर्पण + इत |
सन्तुलन | सन् + तुलन |
अत्यधिक | अति + अधिक |
परीक्षित | परीक्षा + इत |
सङ्कल्प | सम् + कल्प |
प्राप्ति | प्राप्त + इ |
उद्देश्य | उद् + देश्य |
तल्लीन | तत् + लीन |
सफलता | सफल + ता |
सफल | स + फल |
विकास | वि + कास |
८. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
म गतहप्ता भृकुटीमण्डपमा विज्ञान प्रदर्शनी हेर्न गएँ । त्यहाँ धेरै किसिमका कम्प्युटर, ल्यापटप र मोबाइलहरू राखिएका थिए । त्यस प्रदर्शनीमा भर्खर कक्षा दश पूरा गरेर एघारमा पढ्दै गरेका विद्यार्थीदेखि एम्. ए. र पि. एच्. डी गरेका प्राध्यापकहरूसमेत आएका थिए । त्यहाँ इज्जतदार, इमानदार, जमिनदार, लेखनदास सबैको जमघट एक ठाउँमा भएको देखेर म दङ्ग परें । मान्छेहरूले खचाखच भरिएको त्यस प्रदर्शनी स्थलबाट एउटा ल्यापटप किनेर सरासर घर फर्के ।
मातृत्व (कथा)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
सर्वस्व : सारा सम्पत्ति
अप्रत्याशित : आकस्मिक
ग्लानी : पछुतो
नैराश्य : निराशा
सङ्कीर्ण : सङ्कुचित
मृगतृष्णा : जलभ्रम
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) धाक र तडकभडकले पूर्ण – रोबिलो
(ख) गतिहीन – शान्त
(ग) जितको आनन्द – विजयोल्लास
(घ) रातो र निलो मिसिएको, भन्टा रङको – बैजनी
(ङ)पग्लेको चट्टान, जमिनभित्रको अग्नि क्रियाशील भई रॉकोसहित धुवाँ, तातो खरानी, पग्लेका धातु आदि ओकल्ने अवस्था – ज्वालामुखी
३. पाठमा प्रयुक्त पाँचओटा अनुकरणात्मक शब्द टिप्नुहोस् र तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
लल्याकलुलुक
रामको धम्कीले श्याम गलेर लल्याकलुलुक भयो ।
झलझली
दाजुले छोडेर विदेश गएपनि मेरो आँखामा उहाँको तस्बिर झलझली आउँछ ।
लुरुलुरु
गाउँ जाँदा मोटर नपाएकोले लुरुलुरु हिँडेर घर गएँ ।
ढ्याङढ्याङ
सानो भाइले ढ्याङढ्याङ गरेर ढोकामा हिर्कायो ।
तप तप
तप तप पसिना चुहाएर घाममा आमाले काम गर्नुभयो ।
४. दिइएका टुक्काको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :
आफ्नै देशमा मेहनतका साथ कम्मर कसी काम गर्नु बुद्धिमानी हुन्छ । मन फुकाएर इमान्दार बनी असल काम गरे देश र परिवारको नाक राखिन्छ । हामीले नराम्रो काम गरी आफ्नो खानदानको नाक काट्ने काम गर्नु हुँदैन । समाजमा नराम्रो वा असहज काम गरे बसिरहेको ठाउँ नै छोडी डाँडो काट्नुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ । कमाउनको लागि अरुको देश पस्नु राम्रो होइन । अरूको कुरा काटी आफ्नो समय खेर फाल्ने बानी राम्रो होइन ।
बोध र अभिव्यक्ति
१. ‘मातृत्व’ कथा पढी यसका आदि, मध्य र अन्त्यका मुख्य मुख्य घटना भन्नुहोस् ।
(क) आदि
– एउटा शनिबार सदा झैँ ममताले झ्यालमा बसेर सुबोधको प्रतीक्षा गर्नु,
– छोराले सुबोध दिनदिनै आएको नरूचाएपछि ममताले सुबोधले सबैलाई माया गर्ने गरेको बताउनु,
– हवाईजहाज दुर्घटनाबाट पति गुमाएकी ममताले आफ्ना दुई छोराछोरीका साथ एकल जीवन बिताउनु ।
(ख) मध्य
– पतिको साथी सुबोधले ममतालाई सान्त्वना दिनु,
– सुबोध र ममताले एकअर्कालाई मन पराउन थाल्नु,
– सुरुका दिनमा ममता र सुबोध दुबै एकअर्काको इच्छाअनुरुप चल्नु,
– ममतालाई आफ्नी बनाएर सुबोधले छोराछोरीलाई गाली गर्ने र हप्काउने गर्नु,
– सुबोधले छोराछोरीप्रति गर्ने व्यवहारका कारण ममता आहत बन्नु ।
(ग) अन्त्य
– ममतालाई मातृत्ववोधले सताउनु,
– सुबोधसँग रहँदा सुन्दर र सुखी परिवार नहुने सोचेर सुबोधलाई परित्याग गर्नु ।
२. कथा पढी दिइएका प्रश्नको उत्तर भन्नुहोस्
(क) ममता झ्यालमा बसेर कसको प्रतीक्षा गर्दै थिइन् ?
ममता झ्यालमा बसेर सुबोधको प्रतीक्षा गर्दै थिइन् ।
(ख) ममता र सुबोध नजिकिनुको कारण के हो ?
ममता र सुबोध नजिकिनुको कारण यी दुई एक अर्कालाई मन पराउँछ्न् ।
(ग) ममताको कुन बानी सुबोधलाई मन परेको थिएन
ममताको सेतो र पहेलो लुगा लगाउने बानी सुबोधलाई मन परेको थिएन ।
(घ) सुबोधको कुन बानी ममतालाई मन परेको थिएन ?
सुबोधको चुरोट खाने बानी ममतालाई मन परेको थिएन ।
३. ‘मातृत्व’ कथा पढ्नुहोस् र दिइएका घटनालाई क्रम मिलाई लेख्नुहोस् :
(क) एउटा शनिबार सदा झैँ ममताले झ्यालमा बसेर सुबोधको प्रतीक्षा गर्नु
(ख) छोराले सुबोध दिनदिनै आएको नरुचाएपछि ममताले सुबोधले सबैलाई माया गर्ने गरेको बताउनु
(ग) हवाईजहाज दुर्घटनाबाट पति गुमाएकी ममताले आफ्ना दुई छोराछोरीका साथ एकल जीवन बिताउनु
(घ) पतिको साथी सुबोधले ममतालाई सान्त्वना दिनु
(ङ) सुबोध र ममताले एकअर्कालाई मन पराउन थाल्नु
(च) सुरुका दिनमा ममता र सुबोध दुबै एकअर्काको इच्छाअनुरूप चल्नु
(छ) ममतालाई आफ्नी बनाएर सुबोधले छोराछोरीलाई गाली गर्ने र हप्काउने गर्नु
(ज) सुबोधले छोराछोरीप्रति गर्ने व्यवहारका कारण ममता आहत बन्नु
(झ) ममतालाई मातृत्वबोधले सताउनु
(ञ) सुबोधसँग रहँदा सुन्दर र सुखी परिवार नहुने सोचेर सुबोधलाई परित्याग गर्नु
४. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ममता किन जीवनसाथीको खोजीमा थिइन् ?
‘मातृत्व’ कथाकी पात्र ममताले आफ्नो श्रीमानको मृत्युपछि आफ्नो जीवनमा श्रीमानको अभाव महसुस गरेकी थिइन् । उनले आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि, सुरूङ जस्तो घरलाई खँदिलो बनाउनका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि जीवनसाथीको खोजीमा थिइन् ।
(ख) ममताले कस्तो प्रेम चाहेकी थिइन् ?
‘मातृत्व’ कथाकी पात्र ममताले आफ्नो श्रीमानको मृत्युपछि आफ्नो जीवनमा श्रीमानको अभाव महसुस गरेकी थिइन् । ममताले आफू र छोराछोरीको अभिभावकत्व ग्रहण गर्न सक्ने, सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने, शून्यता र रिक्तताको अनुभव गर्नु नपर्ने शारीरिकभन्दा मानसिक, निर्मल, आत्मीय एवं आशक्तिविहीन प्रेम चाहेकी थिइन् ।
५. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ममताको मन किन हलुङ्गो भयो ?
यस कथाकी प्रमुख पात्र ममताले एउटा दुःखदायी हवाईजहाज दुर्घटनाबाट पति गुमाएकि थिईन । ममताले सुबोधबाट आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि मानसिक प्रेमको चाहना राखेकी थिइन् तर कामुक सुबोधले केबल आफ्नो शरीरसँग मात्र प्रेम गरेको कारण आजित भएर ऊसँगको सम्बन्ध तोडेकी थिइन । ममताले मातृत्व बोध गरी सुबोधसँगको सम्बन्ध तोडेपछि तनावमुक्त भई आफ्नो ठूलो बोझको अन्त्य भएर मन हलुका भएको महसुस गरेकी छिन् ।
(ख) ममता र सुबोधका बिच मनमुटाउ हुनुको कारण के हो ?
ममताले सुबोधबाट आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि प्रेमको चाहना राखेकी थिइन् तर कामुक सुबोधले केबल आफ्नो शरीरसँग मात्र प्रेम गरेको कारण आजित भएर ऊसँगको सम्बन्ध तोडेकी थिइन । सुबोधले ममताको छोराछोरीलाई वास्ता नगर्ने र रुखो व्यवहार देखाउने भएकाले यी दुईका बिच मनमुटाउ भएको हो ।
६. व्याख्या गर्नुहोस् :
(क) नीरस जिन्दगीलाई रसाउन मायाको सङ्लो नदी चाहिन्छ । छहारीदार ओत चाहिन्छ । जिन्दगी हाँसो रोदन, दु:ख पीडा, कथा व्यथाले भरिएको सामूहिक भेल हो । आपत्, सुख र दुःख सबैलाई पर्छ ।
कथाकार भागिरथी श्रेष्ठ (वि.सं. २००५) द्वारा संरचित ‘मातृत्व’ कथा एक उत्कृष्ट र चर्चित कथा हो । कथाकार श्रेष्ठ नेपाली संस्कृतिको यथार्थ चित्रण, सामाजिक विषयवस्तुको चयन, सरल, सहज र थोरै पात्रहरूको प्रयोग गरेर कथा लेख्ने कथाकारका रूपमा परिचित छिन् । यस कथामा ममतामयी नारीको मातृत्वशक्तिका अगाडि भौतिक प्रेमलाई तुच्छ सावित गर्दै जननी स्वर्गभन्दा पनि महान् हुन्छिन् भन्ने तथ्यलाई प्रमाणित गरिएको छ । प्रस्तुत कथांशमा दुःखपीडा सबैलाई पर्ने र कसैको पनि जिन्दगी सोचेजस्तो नहुने हुँदा सबैलाई सहारा चाहिने कुरा अभिव्यक्त गर्न खोजिएको छ ।
मानिस सामाजिक प्राणी हो । एकअर्काको माया, प्रेम, सहयोग र सद्भावबाट नै जीवन सहज बन्दछ । प्रेमबिनाको जीवन निस्सार र शून्य बन्दछ । यस कथामा प्लेन दुर्घटनामा पतिको मृत्यु भएपछि ममता सहाराविहीन हुन्छिन् । उनलाई सुरक्षाको आवश्यकता महसुस हुन्छ । मरूभूमितुल्य बनेको नीरस जिन्दगीलाई रसाउन मायाको सङ्लो नदीको आवश्यकता ठान्दछिन् । छोराछोरीको सुरक्षाका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि मानसिक प्रेमको चाहना राखेकी हुन्छिन । विधवाले आफ्नै पतिको सत्मा बस्नुपर्ने धार्मिक सामाजिक परम्पराप्रति पनि ममतामा विद्रोही भावना जाग्छ । जीवनलाई मरुभूमि होइन रसिलो बनाउन चाहान्छिन् । जीवन सोचेको जस्तो कसैको हुँदैन । जिन्दगी हाँसो रोदन, दुःख पीडा, कथा ब्यथाले भरिएको सामूहिक भेल हो । जिन्दगी विभिन्न घुम्ती र मोडहरूमा बग्दै जान्छ । कहिले सुख हुन्छ त कहिले दुःख भोग्नुपर्छ । यसबाट अगाडि बढ्न सबैलाई सहारा चाहिन्छ । यसप्रकार माथिको कथांशमा कथाकारले ममता पात्रको निर्णय सम्बन्धमा सबैका लागि मायाको सहारा चाहिने र त्यो जीवनका लागि महत्त्वपूर्ण हुने कुरा स्पष्ट पारेका छन् ।
(ख) मेरा छोराछोरी मेरा लागि चन्द्र र सूर्य हुन् ।
कथाकार भागिरथी श्रेष्ठ (वि.सं. २००५) द्वारा संरचित ‘मातृत्व’ कथा एक उत्कृष्ट र चर्चित कथा हो । कथाकार श्रेष्ठ नेपाली संस्कृतिको यथार्थ चित्रण, सामाजिक विषयवस्तुको चयन, सरल, सहज र थोरै पात्रहरूको प्रयोग गरेर कथा लेख्ने कथाकारका रूपमा परिचित छिन् । यस कथामा ममतामयी नारीको मातृत्वशक्तिका अगाडि भौतिक प्रेमलाई तुच्छ सावित गर्दै जननी स्वर्गभन्दा पनि महान् हुन्छिन् भन्ने तथ्यलाई प्रमाणित गरिएको छ । प्रस्तुत कथांशमा एउटी आमाका लागि छोराछोरी नै सबैथोक भएको कुरा अभिव्यक्त भएको छ ।
ममताले सुबोधबाट आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि मानसिक प्रेमको चाहना राखेकी थिइन् तर कामुक सुबोधले केबल आफ्नो शरीरसँग मात्र प्रेम गरेको कारण आजित हुन्छिन् । आफ्नो छोरी दुर्घटनामा परी अस्पतालमा हुँदा सुबोधले देखाएको व्यवहारबाट उनी सुबोधलाई घृणा गर्न थाल्छिन् । सुबोधसँग रहिरहेमा छोराछोरीको भविष्य राम्रो नदेखेर ममता सुबोधसंग छुटिने निष्कर्षमा पुग्छिन् । अतः सुबोधप्रतिको असन्तोष र वेदनाको घाउ फुट्न पुग्छ । ममतामा मातृत्व प्रवल भई छोराछोरी नै आफ्नो जीवनका सबैथोक, आफ्नो जीवनका आधार, भविष्यका सहारा चन्द्र र सूर्य बोध गरी सुबोधलाई लत्याएकी छिन् । यसप्रकार माथिको कथांशमा एउटी आमाका लागि आफ्ना सन्तान नै सर्वस्व भएको कुरा स्पष्ट पारिएको छ । आफ्ना सन्तानको भविष्यका लागि आमाले जस्तोसुकै त्याग गर्न सक्छन् भन्ने सन्देश पनि प्रस्तुत कथांशमा अभिव्यक्त भएको छ ।
७. ममताले सुबोधलाई परित्याग गरेर छोराछोरीसँग नै सम्पूर्ण जीवन बिताउने भनी गरेको निर्णय तपाईंलाई कस्तो लाग्यो, कथाका आधारमा विश्लेषण गर्नुहोस् ।
नारीवादी कथाकार भागिरथी श्रेष्ठद्वारा संरचित ‘मातृत्व’ कथा सामाजिक यथार्थ धरातलमा नारीको मानसिक द्वन्द्वलाई विश्लेषण गरिएको नारीवादी कथा हो । सामाजिक यथार्थ धरातलमा प्रगतिवादी स्वर उराल्ने नारीवादी कथाकार श्रेष्ठद्वारा संरचित यस कथामा ममतामयी नारीको मातृत्वशक्तिका अगाडि भौतिक प्रेमलाई तुच्छ सावित गर्दै जननी स्वर्गभन्दा पनि महान् हुन्छिन् भन्ने तथ्यलाई प्रमाणित गरिएको छ । यस कथाकी प्रमुख पात्र ममताको मातृत्वको अनुपम अभिव्यक्तिका रूपमा आएको प्रस्तुत व्याख्यांशमा ममतामयी मातृहृदयको अलौकिक ममताको सार अभिव्यञ्जित भएको छ ।
यस कथामा ममता हवाइजहाज दुर्घटनामा पति गुमाएर टुहुराटुहुरी बनेका छोराछोरीकी विधुवा आमा हुन्छिन् । असुरक्षित, शून्यता, रिक्तता, बेसहारा बनी विधवा जीवन बिताएकी ममतालाई सहानुभूति देखाउन सुबोध ममताको घरमा आइरहँदा सुबोध र ममता एकआपसमा नजिकिँदै जान्छन् । ममताले सुबोधबाट आफू र आफ्ना छोराछोरीको सुरक्षाका लागि, अधुरो अनि अपुरो जीवनलाई पूर्णता दिनका लागि मानसिक प्रेमको चाहना राखेकी थिइन् । तर सुबोधले शारीरिक प्रेम गरी यौनिक चाहना पूर्तिका लागि घृणित स्वार्थको नौटङ्की रच्दछ । सुबोधले ममताका छोराछोरीलाई आफ्नो प्रेमको बाधक ठान्दछ अनि सुबोधले ममताका छोराछोरीलाई झर्कोफर्को गर्ने, रिसाउने, आँखा तर्ने देखिनसहने, बेवास्ता गर्ने अनि लापर्वाही कुरा गर्छ । ममताले आफ्ना छोराछोरीमाथि सुबोधले ईर्ष्या र जलनको भाव राखेको पाउँछिन् । उसकी छोरी चन्द्रमा दुर्घटनामा परी अस्पतालमा हुँदा सुबोधले देखाएको व्यवहारबाट बढी पीडित हुन्छे । अन्त्यमा ममतालाई मातृत्व बोधले सताउँछ र सुबोधसंग सम्बन्ध तोड्न पुग्छिन् । अतः आफ्ना सन्तानका लागि ज्यान त दिन सक्ने आमाले क्षणिक सुख र शारीरिक भोगविलासलाई खासै महत्त्व दिँदैनन् भन्ने कुरा पुस्टि हुन्छ । तसर्थ आफ्ना छोराछोरीका लागि सुबोधलाई त्याग्ने उनको गरेको निर्णय मलाई अत्यन्तै उपयुक्त लाग्यो ।
८. समीक्षात्मक उत्तर लेख्नुहोस् :
क) ‘जननी स्वर्गभन्दा पनि महान् हुन्छिन्’ यस भनाइलाई मातृत्व कथाका आधारमा पुष्टि गर्नुहोस् ।
नारीवादी कथाकार भागिरथी श्रेष्ठद्वारा संरचित ‘मातृत्व’ कथा सामाजिक यथार्थ धरातलमा नारीको मानसिक द्वन्द्वलाई विश्लेषण गरिएको नारीवादी कथा हो । यस कथामा ममतामयी नारीको मातृत्वशक्तिका अगाडि भौतिक प्रेमलाई तुच्छ सावित गर्दै जननी स्वर्गभन्दा पनि महान् हुन्छिन् भन्ने तथ्यलाई प्रमाणित गरिएको छ । यस कथामा ममता हवाइजहाज दुर्घटनामा पति गुमाएर टुहुराटुहुरी बनेका छोराछोरीकी विधुवा आमा हुन्छिन् । असुरक्षित, शून्यता, रिक्तता, बेसहारा बनी विधवा जीवन बिताएकी ममतालाई सहानुभूति देखाउन सुबोध ममताको घरमा आइरहँदा सुबोध र ममता एकआपसमा नजिकिँदै जान्छन् । सुबोधले आफ्ना छोराछोरीलाई माया नगरेपछि उनीहरुलाई बेवास्ता गरेपछि आफ्ना छोराछोरीकै लागि उनले सुबोधलाई पछि गएर त्याग पनि गरेकी छिन् । यसबाट आफ्ना सन्तानका लागि ज्यान त दिन सक्ने आमाले क्षणिक सुख र शारीरिक भोगविलासलाई खासै महत्त्व दिँदैनन् भन्ने कुरा पुस्टि हुन्छ । अतः सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ ।
(ख) ममता पात्रमा मानसिक द्वन्द्व आउनुका कारणहरू के के हुन् ?
ममता पात्रमा मानसिक द्वन्द्व आउनुका विभिन्न कारणहरू निम्न अनुसार छन् :
– शारीरिकभन्दा मानसिक प्रेम चाहनु तर सुबोधले मानसिकभन्दा शारीरिक प्रेममा बढी जोड दिनु,
-ममता आफ्ना छोराछोरीलाई सर्वस्व ठान्ने तर सुबोध ममताका छोराछोरीलाई हप्काउने र गाली गर्नु,
– सुबोध ममताको शरीर हरबखत लुछ्न मात्र खोज्नु,
– ममताकी छोरी चन्द्रमा दुर्घटनामा पर्दा समेत सुबोधले पेट दुखेको बाहना गरी जिम्मेवारीबाट पन्छनु आदि ।
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) आयुर्वेदका आठ अङ्ग के के हुन् ?
आयुर्वेदका आठ अङ्ग कायचिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, भूतविद्या, कौमारभृत्य, अगद तन्त्र, रसायन तन्त्र र बाजीकरण तन्त्र हुन् ।
(ख) कायचिकित्सा र शल्य तन्त्रमा कुन कुन रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ ?
कायचिकित्सामा शारीरिक रोग र शल्य तन्त्रमा चिरफार गर्नुपर्ने रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ ।
(ग) शरीरमा रोगको प्रवेश हुनुको कारण के हो ?
शरीरमा रोगको प्रवेश हुनुको कारण वात, पित्त र कफ यी त्रिदोषको असन्तुलन हुनु हो ।
(घ) आयुर्वेदले जीवनमा पूर्णायु जिउन के गर्नुपर्ने सुझाव दिएको छ ?
आयुर्वेदले जीवनमा पूर्णायु जिउन उचित आहार, उपयुक्त जीवनशैली र उपलब्ध स्थानीय जडीबुटीको सेवन गर्नुपर्ने सुझाव दिएको छ ।
व्याकरण
१. दिइएका अनुच्छेदबाट समस्त शब्द टिप्नुहोस् र तिनको विग्रह गर्नुहोस् :
(क)
समस्त शब्द | विग्रह |
जीवनरूख | जीवनरूपि रूख |
छोराछोरी | छोरा र छोरी |
हाँगाबिगाँ | हाँगा र बिगाँ |
(ख)
समस्त शब्द | विग्रह |
दाजुभाइ | दाजु र भाइ |
दिदीबहिनी | दिदी र बहिनी |
भाइटीका | भाइलाई टीका |
यमयमुना | यम र यमुना |
काककुकुर | काक र कुकुर |
गाइगोरू | गाइ र गोरू |
धनधान्य | धन र धान्य |
भाइतिहार | भाइको तिहार |
नुहाइधुवाइ | नुहाइ र धुवाइ |
भाइपूजा | भाइको पूजा |
दहीअक्षता | दहीमा अक्षता |
जौतिल | जौ र तिल |
पञ्चामृत | पाँच अमृतको समूह |
फूलमाला | फूलको माला |
सगरमाथा | सगर हुने माथ छ जसको |
लम्बोदर | लामो उदर छ जसको |
पीताम्बर | पीत अम्बर छ जसको |
वायुपुत्र | वायुको पुत्र |
सप्तरङ्गी | सात रङ छ जसमा |
पानबुट्टे | पानको जस्तो बुट्टा भएको |
हरपरीक्षा | हरेक परीक्षा |
प्रगतिशिखर | प्रगतिको शिखर |
सयपत्री | सय पत्र छन् जसमा |
२. दिइएका अनुच्छेदबाट द्विरुक्त शब्द टिप्नुहोस् र तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
(क)
द्विरुक्त शब्द | निर्माण प्रक्रिया |
ढ्याङढ्याङ | ढ्याङ + ढ्याङ |
नपराई नपराई | नपराई + नपराई |
चटक चटक | चटक + चटक |
(ख)
द्विरुक्त शब्द | निर्माण प्रक्रिया |
लहलह | लहर + लहर |
छनछन | छन + छन |
आआफ्नो | आफ्नो + आफ्नो |
आपसआपस | आपस + आपस |
झैँझगडा | झगडा + झगडा |
वेलावेला | वेला + वेला |
आपत्विपत् | आपत्त् + विपत् |
३. दिइएका द्विरुक्त शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
द्विरुक्त शब्द | निर्माण प्रक्रिया |
आआफ्नो | आफ्नो + आफ्नो |
मरमसला | मसला + मसला |
झैँझगडा | झगडा + झगडा |
खरखजाना | खजाना + खजाना |
गरगहना | गहना + गहना |
किताबसिताब | किताब + किताब |
ऍचोपँचो | पँचो + पैंचो |
तात्तातो | तातो + तातो |
४. दिइएको अनुच्छेद शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
नेपाल प्राकृतिक सौन्दर्यका दृष्टिले अत्यन्त मनोहर छ । यसैले नेपाल संसारमै पर्यटनका लागि आकर्षक | गन्तब्यका रूपमा परिचित छ । नेपाल प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव, सांस्कृतिक र पुरातात्त्विक सम्पदाले सम्पन्न देश भएकाले पर्यटनका लागि उत्कृष्ट गन्तब्यका रूपमा चिनिएको हो । नेपाल अत्युच्च हिमाल, मनोरम ताल र सुन्दर सरोवरको अपूर्व सङ्गमस्थलका रूपमा रहेको छ । विविध ठाउँबाट देखिने सूर्योदयका मनोरम दृश्यले पनि नेपाल सबैको आकर्षक केन्द्र बनेको छ ।
गोर्खे (कथा)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
प्रविधिज्ञ
विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति
भाइरस
कम्प्युटरको कार्यक्षमतालाई कमजोर पार्ने वा अवरुद्ध गर्ने प्रोग्राम, रोग सार्ने जीवाणु
नामोनिसान
नाम र त्यसलाई जनाउने लक्षण वा चिह्न
सङ्क्रमण
एक वस्तुबाट अर्को वस्तुमा फिंजिनु
अत्यधिक
एकदमै धेरै
सान्त्वना
आश्वासन
महाविकराल
अत्यन्त डरलाग्दो
दाह्रा
मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत
भावभङ्गी
मनका भाव ब्यक्त गर्ने शारीरिक चेष्टा वा मुद्रा
परीक्षण
रोग लागेको छ कि छैन भनी जाँच गर्ने काम
विलक्षण
सामान्यभन्दा भिन्न खालको अचम्मको
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) मन बहलाउन वा समय काट्नका निम्ति कुनै पनि मनोरञ्जक काम कुरा वा खेलमा तल्लीन भएको
क्रिडामग्न
(ख) कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अंगालिने खास विधि वा प्रक्रिया
परीक्षण, चेकजाँच
(ग) कम्प्युटरमा कृत्रिम फोल्डर बनाउने र सक्कली फोल्डरलाई लुकाइदिने भाइरस
ब्रोन्टक भाइरस
(घ) कम्प्युटर खुल्नेबित्तिकै याममा गएर बस्ने र विन्डोज खुल्न थालेपछि पछाडि फर्काइदिने भाइरस
बुट सेक्टर भाइरस
(ङ) मेमोरीमा रहेका एक्सटेन्सन फाइललाई बिगार्ने भाइरस
मेमोरी भाइरस
३. दिइएका टुक्काको अर्थ पहिल्याउनुहोस् र वाक्यमा प्रयोग गर्नुहोस् :
इन्तु न चिन्तु हुनु : पीडाले रन्थनिनु
रामको मृत्युले उसको प्रेमिका इन्तु त चिन्तु भइन ।
दाँत गाड्नु : अति लोभ गर्नु
घनश्यामले अर्काको सम्पत्तिमा दाँत गाड्नु बाहेक अरू केही जानेको छैन ।
टाप कस्नु : भाग्नु
प्रहरीलाई देख्न साथ चोरले टाप कस्यो
ढड्रङ्ग लड्नु : ठुलो आवाजसहित पछारिनु
घरमुनिको लप्सीको बुढो रूख आज दोबाटोमा डङ्ग लड्यो ।
टाउको खानु : दिक्क बनाउनु
मेरो भाइले आजभोलि कम्प्युटर किनिदिनुहोस् भनेर मेरो टाउको खानै लाग्यो ।
सुइँकुच्चा ठोक्नु : भाग्नु
कुकुर देख्ने बित्तिकै स्यालले सुइँकुच्चा ठोकेछ ।
बाटो हेर्नु : प्रतीक्षा गर्नु
चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ।
काँध हाल्नु : समर्थन गर्नु
यस्ता स्तरै नभए का मान्छे लाई काँध हाल्नु पर्ने ओली लाई के वाध्यता छ कुन्नी ?
तातो लाग्नु : उत्सुकता जाग्नु
हाम्रो सरकार कोरोनाको बहाड आएपछि मात्र तातो लाग्छ ।
४. दिइएका उखानको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :
ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझै दशा लागि आर्थिक रूपमा टाट पल्टेका मानिसलाई सामान्य अवस्थाका मानिसले पनि हेप्ने गर्दछन् । कोरोनाका कारण यस्ता वेक्तीको जीवनमा झन् दु:ख कस्ट निम्तिएको छ । इन्टरनेट नभएकाहरूलाई अनलाइन कक्षा आकाशको फल, आँखा तरी मर भनेझैँ भैराखेको छ । नेपाली समाजमा आलु खाएर पेडाको धाक लगाउने ठालुहरू प्रशस्तै पाइन्छन् । अकबरी सुनलाई के लगाउनु र कसी भनेझै गरिबका छोराछोरी पनि अकबरी सुन झै हुन्छन् । बाल्यकाल देखि नै दु:ख कस्ट सहेर हुर्कने उनीहरुले पछि गएर सफल जीवन जिउन सक्छन् ।
बोध र अभिव्यक्ति
१. ‘गोर्खे’ कथा पढी यसको पहिलो र अन्तिम अनुच्छेदका घटना भन्नुहोस् ।
पहिलो अनुच्छेदका घटनाहरू :
पेशललाई विज्ञान र प्रविधिको क्षेत्रमा केही गरेर देखाऊँ भन्ने लागेको र उसले गोर्खे नामक कम्प्युटर एन्टिभाइरस बनाएको ।
अन्तिम अनुच्छेदका घटनाहरू :
पेशलले कम्प्युटर रिस्टार्ट गरी चेकजाँच गरेपछि कम्प्युटरले राम्ररी काम गर्न थालेको र उसले पेश कम्युटरलाई सतपालको जिम्मा लगाएको ।
२. ‘गोर्खे’ कथा पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) पेशल कसरी जीवन निर्वाह गर्छ ?
पेशल एक कम्प्युटर प्रविधिज्ञ भएकाले उसले कम्प्युटर सफ्ट्वेयर प्रोग्राम निर्माण गर्नुका साथै अरूका बिग्रेका कम्प्युटरहरू मर्मत गरी प्राप्त आम्दानीबाट जीवन निर्वाह गर्छ ।
(ख) सतपालले पेशललाई किन आफ्नो घरमा आउन अनुरोध गरेको हो ?
सतपालले आफ्नो कम्प्युटर बिग्रेकाले पेशललाई आफ्नो घरमा आउन अनुरोध गरेको हो ।
(ग) पेशलले सतपालको कम्प्युटरलाई कसरी मर्मत गयो ?
पेशलले सतपालको कम्प्युटर भाइरसले सङ्क्रमित बनाएको पत्ता लगाई आफूले निर्माण गरेको गोर्खे नामक एन्टीभाइरस सफ्वेयर प्रोग्रामको सहायताले भाइरस स्क्यानिङ गरी मर्मत गर्यो ।
(घ) कम्प्युटरको डाइलग बक्समा देखा परेको गोर्खे एन्टिभाइरस कस्तो पहिरनमा थियो ?
कम्प्युटरको डाइलग बक्समा देखा परेको गोर्खे एन्टिभाइरस टाउकामा सिङ भएको, दाहा कटकटाइरहेको, महाविकराल अनुहारका साथै रूखका बोक्राको पहिरनमा थियो ।
(ङ) ब्रोन्टक भाइरसले कम्प्युटरलाई कसरी बिगार्छ ?
ब्रोन्टक भाइरसले कम्प्युटरमा रहेको सक्कली फोल्डरलाई लुकाएर अत्यधिक मात्रामा डुब्लिकेट फाइल बनाएर ओभरलोड गरी कम्प्युटरलाई कामै गर्न नसक्ने गरी बिगार्छ ।
३. कम्प्युटरलाई सुरक्षित राख्न वा भाइरसमुक्त बनाउन त्यसमा एन्टिभाइरस इन्स्टल गर्नुपरे झैँ मानिसलाई भाइरसको सङ्क्रमण हुन नदिन र सङ्क्रमित भइसकेको अवस्थामा त्यसबाट मुक्त बनाउन के गर्नुपर्ला, छलफल गरी उत्तर दिनुहोस् ।
कम्प्युटरलाई सुरक्षित राख्न वा भाइरसमुक्त बनाउन त्यसमा एन्टिभाइरस इन्स्टल गर्नुपरे झैँ मानिसलाई भाइरसको सङ्क्रमण हुन नदिन उपयुक्त आहार विहार, स्वस्थ जीवनशैली एवं सकारात्मक चिन्तन र सत्सङ्ग गर्नुपर्छ । खानाले कीटाणुहरू बोक्न सक्छ । कुनै पनि खाना, विशेष गरी काँचो तरकारी तयार गर्दा हात, भाँडा र सतहहरू प्राय: धुनु पर्दछ । फलफूल धोएर मात्र खानु पर्दछ । खाना अघि र पछि साबुन पानीले हात धुनु पर्दछ । कीटाणुहरू सतहहरूमा बस्न सक्छन् । साबुन र पानी सग सफाई सामान्यतया पर्याप्त छ । आफ्नो बाथरूम र भान्छालाई नियमित रूपमा कीटाणुरहित गर्नुपर्छ । कीटाणुरहित हुन नसक्ने व्यक्तिगत वस्तुहरु जस्तै टूथब्रस, रेजर र तौलियाहरू एक आपसमा प्रयोग गर्नु हुदैन । यद्यपि भाइरसरूपि कुपात्रका कारण कुलत र दुर्व्यसनीमा फसी भाइरस सङ्क्रमित भएमा एन्टिभाइरसरूपि मनोचिकित्सकको परामर्श लिनुका साथै आवश्यक औषधीहरू सेवन गर्नुपर्छ । यसरी भाइरस सङ्क्रमित भइसकेको अवस्थामा पनि त्यसबाट मुक्त बन्न सकिन्छ ।
४. ‘गोर्खे’ कथा पढी दिइएका घटनालाई क्रम मिलाई लेख्नुहोस् :
(क) कम्प्युटर प्रविधिज्ञ पेशललाई केही नयाँ काम गरुँ भन्ने विचार मनमा आउनु
(ख) पेशलले गोर्खे नामक एन्टिभाइरस बनाउनु
(ग) सतपालले पेशललाई कम्प्युटर बनाइदिन अनुरोध गर्नु
(घ) पेशल कम्प्युटर मर्मत गर्न सतपालको घर जानु
(ङ) सामान्य चेकजाँचपछि पेशलले कम्प्युटर भाइरसले ग्रस्त भएको बताउनु
(च) पेशलले आफैले बनाएको एन्टिभाइरस गोर्खेको सिडी निकालेर कम्प्युटरमा इन्स्टल गर्नु
(छ) पाँच मिनेटमा इन्स्टल भएको एन्टिभाइरस गोर्खेले आफ्नो काम गर्न थाल्नु
(ज) एन्टिभाइरस गोर्खेले कम्प्युटर स्क्यान गर्दा पाँच थरीका भाइरस भेट्नु र भाइरस सङ्क्रमित केही फाइललाई मर्मत गर्नु
(झ) भाइरस सङ्क्रमणबाट मर्मत हुन नसकेका फाइल र फोल्डरलाई एन्टिभाइरस गोर्खेले प्रविधिज्ञलाई डिलिट गर्न सुझाव
(ञ) बुट सेक्टर नामको भाइरसबाट पराजित हुन खोज्दा एन्टिभाइरसले प्रविधिज्ञलाई अपडेट गर्न अनुरोध गर्नु
(ट) अपडेट पूरा भएपछि प्रविधिज्ञलाई कम्प्युटर स्क्यान गर्न अनुरोध गर्नु
(ठ) स्क्यान गरेर सबै भाइरसलाई हटाइसकेपछि गुड लक’ भन्ने सङ्केतमा बुढीऔँला देखाउँदै एन्टिभाइरस बिदा हुनु
(ड) मर्मतपछि कम्प्युटरले सही किसिमले काम गर्न थाल्नु
५. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) ‘भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचायो’ भन्नुको तात्पर्य के हो ?
यस कथाका रचयिता बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुमा भावनाका बुट्टा भरेर रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । कम्प्युटर प्रविधिज्ञ पेशलद्वारा निर्मित एन्टिभाइरसले भाइरसलाई आफ्नो नियन्त्रणमा राख्न तान्त्रिक मन्त्रसहित खरानीलाई फुकेर भाइरस भाग्न नसकोस् भनी खरानीको नियन्त्रण रेखा कोरेर भाइरसलाई खरानीको घेराभित्र थेचारेर आफ्नो नियन्त्रणमा लिएको छ । कुनै पनि वस्तु बलिसकेपछि बाँकी रहने धुलो वा खरानीमा धार्मिक, आयुर्वेदिक, जैविक एवं तान्त्रिक दृष्टिकोणले खराब तत्व हुन्छ । त्यसैले यहाँ ‘भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचायो’ भन्नुको तात्पर्य भाइरसलाई धार्मिक एवं तान्त्रिक शक्तिसहितको भस्मीभूतमा वशीभूत बनाउन खोज्नु भन्ने हो ।
(ख) गोर्खेले कम्प्युटरलाई भाइरस मुक्त बनाउनका लागि गरेका क्रियाकलाप के के हुन् ?
यस ‘गोर्खे’ कथाका कथाकार बखतबहादुर थापाले यस कथामा कम्प्युटरको कार्यक्षमतालाई कमजोर पार्ने वा अवरुद्ध गर्ने प्रोग्राम कम्प्युटर भाइरस र भाइरस स्क्यानिङ गर्ने गोर्खे नामक एन्टिभाइरसको कम्प्युटर स्क्यानसम्बन्धी ज्ञानवर्द्धक विषयवस्तुलाई रोचक प्रस्तुति गरेका छन् । गोर्खेले कम्प्युटरलाई भाइरसमुक्त बनाउन विभिन्न क्रियाकलाप गरेको छ । गोर्खेले हार्डडिस्कका सबै फाइलहरू झिकेर पत्रिकामा खन्याएपछि फाइलहरू हेर्दै हार्डडिस्कमा राख्ने क्रममा भाइरस भेटिएपछि खरानी फुकेर घेरा हाली भाइरसलाई त्यहीं थेचार्छ । यसरी गोर्खेले कम्प्युटरलाई भाइरस मुक्त बनाउछ ।
६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्का माथि विजय प्राप्त गर्न के के गरेका छन् ?
यस ‘गोर्खे’ कथाका कथाकार बखतबहादुर थापाले यस कथामा कम्प्युटरको कार्यक्षमतालाई कमजोर पार्ने वा अवरुद्ध गर्ने प्रोग्राम कम्प्युटर भाइरस र भाइरस स्क्यानिङ गर्ने गोर्खे नामक एन्टिभाइरसको कम्प्युटर स्क्यानसम्बन्धी ज्ञानवर्द्धक विषयवस्तुलाई रोचक प्रस्तुति गरेका छन् । सतपालको भाइरसग्रसित कम्प्युटर मर्मत गर्न गएको पेशलले एन्टिभाइरस गोर्खेको सिडी सतपालको कम्प्युटरमा इन्स्टल गरी कम्प्युटर स्क्यान गर्छ । यस क्रममा एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त गर्न घनिभूत सङ्घर्ष गरेका छन् । एन्टिभाइरस गोर्खे जुरुक्क उठेर भाइरसको मुखमा खुट्टोले थिच्न खोज्दा भाइरसले खुट्टै टोकिदियो । दुखेर इन्तु न चिन्तु भएपछि गोर्खेले दाहा किटेर कुहिनाले भाइरसको टाउकामा हान्यो । टाउकोमा हिर्काएपछि भने भाइरस मन्यो । यो देखेर अर्को भाइरस त्यसै डराएर बोल्न थाल्यो । यसरी एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त गर्न आफ्ना भएभरका बल प्रयोग गरेका छन्, जुन सङ्घर्षमा एन्टिभाइरस गोर्खेले नै विजय प्राप्त गरेको छ ।
(ख) अन्य भाइरस नामको तेस्रो भाइरसले गर्ने गतिविधि र कम्प्युटरलाई पुयाउनें असर के के हुन् ?
यस कथाका रचयिता बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुमा भावनाका बुट्टा भरेर रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । यस कथामा विभिन्न प्रकारका भाइरसहरूको चर्चा गरिएको छ । अन्य भाइरस कम्प्युटरको टेम्पोररी फोल्डरमा गएर बस्ने गर्दछ । टेम्पोररी फोल्डरमा भएका फाइलहरुले खुलिरहेको प्रोग्राम चल्नमा मद्दत गरेका हुन्छन् । यस भाइरसले टेम्पोररी फोल्डरमा बसेर फाइललाई न्याम, सी.पी.यु., हार्डडिस्कमा दौडाएर चलिरहेको फाइल अचानक बन्द गराइदिने, पेज तलमाथि बनाइदिने र कम्प्युटर अनावश्यक रुपमा ब्यस्त भइराख्ने जस्ता असरहरू देखा पर्दछन् ।
७. कथाकारले कम्प्युटर स्क्यानसम्बन्धी विषयवस्तुको प्रस्तुतिका लागि अवलम्बन गरेको कथाशैली तपाईंलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस् ।
यस कथाका रचयिता सामाजिक यथार्थवादी प्रगतिवादी एवं समसामयिक कथाकार बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुलाई समेटी रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । थापाले आफ्ना कथामा ग्रामीण तथा सहरी सामाजिक एवं पारिवारिक वातावरण र परिवेशमा समकालीन युगचेतना र युगीन यथार्थको अभिव्यक्ति दिनुका साथै न्याय र समतामूलक समाज निर्माणको चाहना राखेको पाइन्छ । यस कथामा कथाकारले सिर्जनशील सोचाइ भएको कथाको प्रमुख पात्र पेशलले आफूले निर्माण गरेको गोर्खे नामक कम्प्युटर एन्टिभाइरसद्वारा सतपालको भाइरस सङ्क्रमित कम्प्युटरलाई भाइरसमुक्त बनाउन गरेको प्रयासलाई रोचक शैलीमा चित्रण गरेका छन् ।
कथाकारले कम्प्युटर स्क्यानसम्बन्धी विषयवस्तुको प्रस्तुतिका लागि अवलम्बन गरेको कथाशैली रैखिक शैलीमा सरल, सरस अनि सहज भाषाशैलीमा तृतीय पुरूष दृष्टिबिन्दुलाई अवलम्बन गरिएको रोचक कथाशैली मलाई अत्यन्तै राम्रो साथै ज्ञानबर्द्धक लाग्यो । कथामा कथाकारले थोरै पात्रको संयोजन गरेका छन् । त्यस्तै कयालाई अनावश्यक लामो पनि बनाइएको छैन । भाइरस स्क्यान गरेर हटाउन प्रयोग गरिने एन्टिभाइरसका गतिविधिलाई मानवीय गतिविधि जस्तै देखाएर कथाकारले कथालाई रोचक बनाएका छन् । भाइरसहरूलाई मानवले जस्तै बोल्न लगाएर गरिएको मानवीकरण उत्कृष्ट छ । कम्प्युटर इन्जिनियर पेशलले बनाएको गोर्खे नामक एन्टिभाइरसको प्रयोग गरी सतपालको भाइरसग्रस्त कम्प्युटर स्क्यान गर्ने क्रममा एन्टिभाइरस इन्स्टल गरेपछि टाउकोमा सिङ भएको, आङमा रुखका बोक्रा लगाएको दाहा कटकटाएको महाविकराल अनुहार भएको मान्छेको स्वरूपको भनी एन्टिभाइरसको अनौठो देह र विचित्र कथाकार थापाले मानवीकरण गरेका छन् । समग्रमा कथारोचक त छदै छ यसका साथै प्राविधिक विषयवस्तुका कारण कथा शिक्षाप्रद पनि उत्तिकै छ । कथाले प्रभावकारी शैलीमा कम्प्युटरमा देखिने भाइरस, त्यसको प्रकार, असर र त्यसबाट कम्प्युटरलाई बचाउने उपायको प्रस्तुति दिन सफल भएको छ । अतः थापाको रोचक कथाशैली मलाई अत्यन्तै राम्रो लाग्यो ।
८. कथामा पेशल र सतपालमध्ये कसको मुख्य भूमिका रहेको छ, तर्कसहित आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् ।
यस कथाका रचयिता सामाजिक यथार्थवादी प्रगतिवादी एवं समसामयिक कथाकार बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुलाई समेटी रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । यस कथामा कथाकारले सिर्जनशील सोचाइ भएको कथाको प्रमुख पात्र पेशलले आफूले निर्माण गरेको गोर्खे नामक कम्प्युटर एन्टिभाइरसद्वारा सतपालको भाइरस सङ्क्रमित कम्प्युटरलाई भाइरसमुक्त बनाउन गरेको प्रयासलाई रोचक शैलीमा चित्रण गरेका छन् ।
यस कथाको प्रमुख पात्र पेशल कम्प्युटर प्रविधिज्ञ तथा कम्प्युटर इन्जिनियर हो । केही गरेर देखाऊ भन्ने सिर्जनशील स्वभाव भएकाले नै उसले गोर्खे नामक एन्टिभाइरस बनाएको छ । सतपालको भाइरसले ग्रसित कम्प्युटर मर्मत गर्न गएको पेशलले आफैले बनाएको एन्टिभाइरस गोर्खेको सिडी निकालेर इन्स्टल गरी कम्प्युटर स्क्यान गर्छ । हार्डडिस्कका सबै फाइलहरू स्क्यान गरी केलाउने क्रममा पाँच थरीका भाइरस भेटी भाइरस सङ्क्रमित केही फाइलहरू मर्मत गर्दछ अनि मर्मत हुन नसकेका फाइल र फोल्डरलाई एन्टिभाइरस गोर्खेले प्रविधिज्ञलाई डिलिट गर्न सुझाव दिन्छ । कथाकारले कम्प्युटर प्रविधिज्ञ पेशलका माध्यमबाट भाइरस भनेको के हो ? यो कति प्रकारको हुन्छ ? विभिन्न भाइरसहरूले कम्प्युटरमा के कस्तो असर पार्दछन् ? कम्प्युटरलाई भाइरसमुक्त बनाउन एन्टिभाइरसको कस्तो भूमिका रहन्छ ? भन्ने जस्ता प्राविधिक कुराहरुको ज्ञान कथामार्फत रोचक शैलीमा दिन खोजिएको छ ।
९. समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) ‘मानिस सिर्जनशील प्राणी हो । यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस् :
प्राविधिक विषयलाई साहित्यमा कलात्मक स्वरूप दिई भावनाले रङ्ग्याएर उत्कृष्ट कथा रचना गर्ने कथाकार यस कथाका रचयिता सामाजिक यथार्थवादी प्रगतिवादी एवं समसामयिक कथाकार बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुलाई समेटी रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । यस कथामा कम्प्युटर स्क्यानसम्बन्धी विषयवस्तुलाई प्रस्तुतिको क्रममा भावात्मक एवं काल्पनिक बुट्टा भरी आख्यानीकरण गर्दै रोचक शैलीलाई अङ्गालिएको पाइन्छ । कथाकारले पेशलको सिर्जनशील कार्यका आधारमा मानिस सिर्जनशील प्राणी हो भन्ने भनाइलाई कथामा पुष्टि गरेका छन् ।
मानिस एक सिर्जनशील प्राणी हो । उसले आफ्नो प्रतिभालाई प्रस्फुटन गरी रचनात्मक कार्य गरी ख्याति कमाउन चाहन्छ । साथै आफ्नो ज्ञान, बुद्धि र विवेकको प्रयोग गरेर पनि केही नवीनतम सिर्जनात्मक कार्य गरी आफ्नो जीवनलाई सार्थक पार्न चाहन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गरी मानवीय जीवनलाई सुख सुविधायुक्त बनाउन चाहन्छ । मानव समाजलाई ठोस योगदान दिएर आफ्नो नाम राख्न चाहन्छ । यस कथामा पनि सिर्जनशील स्वभाव भएको पेशल नामक पत्र छन् । उ एक प्रविधिज्ञ तथा कम्प्युटर इन्जिनियर हो । उसले केही गरेर देखाऊँ भन्ने उद्देश्यले गोर्खे नामक एन्टिभाइरस बनाएको छ । सतपालको भाइरसग्रसित कम्प्युटर मर्मतको सन्दर्भमा पेशलले आफूले बनाएको गोर्खे नामक एन्टिभाइरसद्वारा कम्प्युटर स्क्यानिङ गर्छ । हार्डडिस्कका सबै फाइलहरू स्क्यान गरी केलाउने क्रममा पाँच थरीका भाइरस भेटी भाइरस सङ्क्रमित केही फाइलहरू मर्मत गर्दछ अनि मर्मत हुन नसकेका फाइल र फोल्डरलाई एन्टिभाइरस गोर्खेले प्रविधिज्ञलाई डिलिट गर्न सुझाव दिन्छ । यस क्रममा पेशलले बनाएको एन्टिभाइरसले कम्प्युटरलाई भाइरसमुक्त बनाउन निकै सङ्घर्ष गरेको छ । यसरी कथाकार बखतबहादुर थापाले पेशल पात्रका माध्यमबाट प्रविधिसम्बन्धी विषयवस्तुका माध्यमबाट मानिसलाई सिर्जनशील प्राणी रूपमा पुष्टि गरेका छन् ।
(ख) कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि प्रविधिज्ञ पेशल र एन्टिभाइरस गोर्खेले गरेका काम के के हुन् ?
यस कथाका रचयिता सामाजिक यथार्थवादी प्रगतिवादी एवं समसामयिक कथाकार बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुलाई समेटी रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । यस कथामा कथाकारले सिर्जनशील सोचाइ भएको कथाको प्रमुख पात्र पेशलले आफूले निर्माण गरेको गोर्खे नामक कम्प्युटर एन्टिभाइरसद्वारा सतपालको भाइरस सङ्क्रमित कम्प्युटरलाई भाइरसमुक्त बनाउन गरेको प्रयासलाई रोचक शैलीमा चित्रण गरेका छन् ।
यस कथाको प्रमुख पात्र पेशल कम्प्युटर प्रविधिज्ञ तथा कम्प्युटर इन्जिनियर हो । केही गरेर देखाऊ भन्ने सिर्जनशील स्वभाव भएकाले नै उसले गोर्खे नामक एन्टिभाइरस बनाएको छ । सतपालको भाइरसले ग्रसित कम्प्युटर मर्मत गर्न गएको पेशलले आफैले बनाएको एन्टिभाइरस गोर्खेको सिडी निकालेर इन्स्टल गरी कम्प्युटर स्क्यान गर्छ । हार्डडिस्कका सबै फाइलहरू स्क्यान गरी केलाउने क्रममा पाँच थरीका भाइरस भेटी भाइरस सङ्क्रमित केही फाइलहरू मर्मत गर्दछ अनि मर्मत हुन नसकेका फाइल र फोल्डरलाई एन्टिभाइरस गोर्खेले प्रविधिज्ञलाई डिलिट गर्न सुझाव दिन्छ । यस क्रममा एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त गर्न घनिभूत सङ्घर्ष गरेका छन् । एन्टिभाइरस गोर्खे जुरुक्क उठेर भाइरसको मुखमा खुट्टोले थिच्न खोज्दा भाइरसले खुट्टै टोकिदियो । दुखेर इन्तु न चिन्तु भएपछि गोर्खेले दाहा किटेर कुहिनाले भाइरसको टाउकामा हान्यो । टाउकोमा हिर्काएपछि भने भाइरस मन्यो । यो देखेर अर्को भाइरस त्यसै डराएर बोल्न थाल्यो । यसरी एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त गर्न आफ्ना भएभरका बल प्रयोग गरेका छन् । अतः कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि प्रविधिज्ञ पेशल र एन्टिभाइरस गोर्खेले सशक्त रूपमा धेरै कामहरू गरेका छन् ।
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) कथा भनेको के हो ?
कथा भनेको जीवनको एउटा महत्त्वपूर्ण अंशलाई समेट्ने विशिष्ट घटनाको सिलसिलेवार प्रस्तुति हो ।
(ख) कथामा कति किसिमका पात्र हुन्छन् ।
कथामा मानवीय र मानवेत्तर गरी दुई किसिमका पात्रहरू हुन्छन् ।
(ग) प्रथम पुरुष दृष्टिबिन्दु भएका कथामा कस्ता पदको प्रयोग गरिएको हुन्छ ?
प्रथम पुरुष दृष्टिबिन्दु भएका कथामा ‘म’ र ‘हामी’ जस्ता पदको प्रयोग गरिएको हुन्छ ।
(घ) कथाका तत्त्व के के हुन् ?
कथाका तत्त्व कथानक पात्र, परिवेश, दृष्टिबिन्दु भाषाशैली र सारवस्तु हुन् ।
११. दिइएको अनुच्छेद पढी चारओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस् :
बुँदाहरु:
– जीवनमा सफल हुन असफलतालाई पनि स्वीकार गर्नुपर्ने,
– निरन्तरको साधना र सुझबुझको विकास असफलताबाटै हुनु,
– सेठ गोडिन सयौं पुस्तकहरूको असफलता पछि अठार पटक विश्वकै सर्वोत्कृष्ट लेखक बननेका,
– थोमस एल्भा एडिसनले हजारौँ पटक असफल हुँदा पनि हार नमानि विद्युतीय चिमको आविष्कार गरेका ।
सारांश:
असफलता नै सफलताको प्रेरक
जीवनमा सफल हुनका लागि असफलतालाई पनि स्वीकार गर्न सक्नुपर्छ । सफल जीवनका लागि चाहिने निरन्तरको साधना र सुझबुझको विकास असफलताबाट नै हुन्छ । सेठ गोडिन, सयौं पुस्तकहरू प्रकाशन गर्दा पनि असफल भएपनि उनको निरन्तर साधना र सुझबुझसहित क्रियाशील कारण अठार पटकसम्म विश्वकै सर्वोत्कृष्ट लेखक बन्न सफल भएका थिए । हजारौँ पटक असफल हुँदा पनि हार नमानेका महान् वैज्ञानिक थोमस एल्भा एडिसन विद्युतीय चिमको आविष्कार गर्न सफल भएका थिए । तसर्थ असफलता नै सफलताको प्रेरक भएकाले कहिल्यै हिम्मत हार्नु हुँदैन ।
अनुच्छेदमा भएको शब्दसङ्ख्या : २२८
एक तृतीयांशमा हुनु पर्ने शब्दसङ्ख्या : ७६
एक तृतीयांशमा भएको शब्दसङ्ख्या : ७५
व्याकरण
१. दिइएको अनुच्छेदमा प्रयुक्त प्रत्येक कारकका एक एकओटा उदाहरण टिप्नुहोस् र ती कारकलाई सङ्केत गर्ने विभक्ति पनि टिप्नुहोस् :
उदाहरण | कारक | विभक्ति |
सबैले | सबै – कर्ता | ले – प्रथमा |
सदस्यलाई | सदस्य – कर्म | लाई – द्वितीया |
हातले | हात – करण | ले – तृतीया |
अरुलाई | अरू – सम्प्रदान | लाई – चतुर्थी |
रूखबाट | रूख – अपादान | बाट – पञ्चमी |
कापीमा | कापी – अधिकरण | मा – सप्तमी |
२. तल तालिकामा दिइएका वाक्यमा कारकका सरल र तिर्यक् रूप उदाहरणका रुपमा गाढा अक्षरमा दिइँएका छन् । मूल पाठबाट कारकका सरल र तिर्यक् रुपका अन्य पाँच पाँचओटा उदाहरण टिप्नुहोस् :
कारकका सरल रूप | कारकका तिर्यक रूप |
पेशल कम्प्युटर प्रविधिज्ञ हो । | उसलाई केही गरेर देखाऊँ भन्ने लाग्यो । |
भाइरस भनेको सानो प्रोग्राम हो । | यसले कम्प्युटर प्रयोगकर्तालाई सबैभन्दा बढी दुःख दिन्छ । |
एक दिन सतपाल आएर भन्यो, “पेशल भाइ ! मेरो कम्प्युटरबनाइदिनुपयो ।” | सतपालले पेशललाई आउनुहोस् भन्ने सङ्केत गरे । |
ती कम्प्युटर भएको कोठामा पुगे । | ती कम्प्युटर भएको कोठामा पुगे । |
पेशलले कम्प्युटर एन्टिभाइरस सिडी झिके । | उसले काँधको झोला निकालेर भुइँमा राख्यो । |
एउटा डाइलग बक्स खुल्यो । | अर्कोतिरबाट कम्प्युटर तान्यो र त्यसबाटहार्डडिस्क निकाल्यो । |
४. पाठको पहिलो अनुच्छेद पढी कर्ता, कर्म र सम्प्रदान कारक जनाउने पद टिप्नुहोस् ।
कर्ता कारक : पेशल, उस, यस
कर्म कारक : एन्टिभाइरस, प्रयोगकर्ता
सम्प्रदान कारक : त्यसका निम्ति
५. उपयुक्त विभक्तिको प्रयोग गरी खाली ठाउँ भर्नुहोस् :
हर्कमान बिहान पाँच बजे उठ्यो । उसले बहिनीलाई पनि उठायो । उसले आफ्नै हातले चिया पकाएर बहिनीलाई दियो । बहिनीले पनि दाइले पकाएको चिया मिठो मानेर खाई । हर्कमानले झोलाबाट किताब झिक्यो । ऊ आफूले गृहकार्य गर्न थाल्यो । उसले बहिनीलाई पनि गृहकार्य गर्न भन्यो । उसले बहिनीलाईनआएको कुरा सिकाइदियो । बहिनीले पनि दाइले सिकाइदिएपछि आफ्नो सबै गृहकार्य पूरा गरी । यसपछि भाइबहिनी दुवै जना भान्सामा गए । उनीहरूले आमालाई काममा सघाए । उनीहरूले सघाएपछि आमा पनि धेरै खुसी हुनुभयो । आमाले दुवै जनालाई थालमा खाना पस्किदिनुभयो । सुकुलमाथि बसी दुवै जनाले मिठो मानेर खाना खाए । दुवै जनाले झोलामा किताब र कापी राखे । आमाको अनुमति लिएर उनीहरू घरबाट विद्यालय प्रस्थान गरे ।
७. दिइएको अनुच्छेद शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
समाज विकासका क्रममा मानिसले प्रगति त गर्यो तर ऊ शान्त भएर बस्न सकेको चाहिँ छैन । समाजमा सामूहिक भावनाको साटो व्यक्तिवादी सोच हाबी भैरहेको छ । कवि लेखनाथले भने जस्तै ‘म खाऊँ, मै लाऊँ, सुखसयल वा मोज म गरुँ, म बाचूँ, मै नाचूँ, अरू सब मरुन् दुर्बलहरू’ भन्ने विचारले समाज ग्रस्त छ । यो मानवले लिने इच्छा होइन । यस्तो नकारात्मक सोचलाई परित्याग गरेर सकारात्मक सोचका साथ आफ्नो कर्तव्य पालन गर्ने हो भने मानिसको प्रगति हुनुको साथै उसले जीवनमा सुखशान्ति पनि प्राप्त गर्छ ।
नेपाली पहिचान (संवाद)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
निष्कर्षोन्मुख : निष्कर्षमा पुग्न खोजेको
अर्गानिक : जैविक
सौन्दर्य : सुन्दर हुनुको भाव
लैंगिक : लिङ्गसम्बन्धी
विभेद : भेदभाव
कुपरम्परा : नराम्रो परम्परा
संश्लेषण : जोड्ने काम
निर्मूल : पूरै सखाप पारिएको
सान्दर्भिक : प्रसङ्गअनुसार मिल्ने
आडम्बर : देखावटी, ठाटबाट
फलदायी : फल दिने, फाइदादाजनक
२. शब्दकोशको सहायताबाट दिइएका शब्दको कोशीय क्रम मिलाई अर्थ लेख्नुहोस् :
अवलोकन : सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम
आरोहण : चढ्ने वा उक्लने काम वा प्रक्रिया
आविष्कार : नयाँ सिद्धान्तको प्रतिपादन, उत्पादन
गन्तव्य : जाने वा पुग्ने स्थान
छरपस्ट : चारैतिर छरिएको, लथालिङ्ग
परिकार : विभिन्न प्रकार वा किसिमका
पहिचान : परिचय, प्रत्यभिज्ञान
मौका : सुहाउँदो समय
विशिष्टता : विशिष्ट हुनाको भाव वा स्थिति
सदुपयोग : कुनै विषयवस्तुलाई राम्रो किसिमले व्यवहारमा ल्याउने काम, उचित उपयोग
सम्मान : विशेष मान, ठुलो आदर वा सत्कार
सरोकार : प्रयोजन, वास्ता, चासो
३. दिइएका टुक्काको अर्थ पहिल्याई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
लख काट्नु : अनुमान गर्नु
पहाडतर्फ कतै कतै बलेको पिलपिल बत्तीले दुई पहाडको दूरी लख काट्न सकिन्छ ।
आलु खानु : असफल हुनु
बहिनी श्रेयाले कक्षा १२ को ५ ओटै विषयमा आलु खाईछन् ।
पसिना काढ्नु : मिहिनेत गर्नु
राम बहादुरले सालभर पसिना काढेर दुई धार्नी घिउ र चार माना मह जम्मा पार्छ ।
कुरा खानु : भनेको मान्नु
शिक्षकले भनेको कुरा खानु विद्यार्थीको हितमा हुन्छ ।
कान खानु : दिक्क लगाउनु
सानो भाईले बिहानदेखि मिठाई मिठाई भन्दै कान खाएको छ ।
हावा खानु : खुस्कनु
मनपरी सोच्नेको हावा खान समय लाग्दैन ।
आँखा चिम्लिनु : देखेको नदेखी गर्नु
संविधानको संरक्षक राष्ट्रपतिले आँखा चिम्लिनु विडम्बना कुरा छ ।
मन चोर्नु : माया जालमा पार्नु
तिम्रो मन चोर्नु पर्यो भनेर गको त बाटोमा पुलिस घुमीरा रहेछ भनि रमेशले ठट्टा गर्यो ।
मुख छाड्नु : गाली गर्नु
रितेसले भाइको अगाडी मुख छाड्यो ।
४. दिइएका उखानको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :
अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भनेजस्तै कक्षा १२ मा अध्यन्रत विजय एक पटक दुर्घटनामा परेपछि बाइक देख्ना साथ डराउछ । अड्को पड्को तेलको धूप भनेझै एकपटक उसले परीक्षामा कलमको मसी सकिएपछि सिसाकलमले लेखेछ । अनुभवी शिक्षकका अगाडि पाठेक्रमको गफ छाँट्नु इन्द्रका अगाडि स्वर्गको बयान गरे जस्तै हुन्छ । एक हातले ताली नबज्ने भएकाले एकआपसमा सहयोगको आदानप्रदान गर्नुपर्छ । हामी अरुले के भन्ला भनेर डराउनु हुँदैन किनकि काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।
५. दिइएका मानविकी तथा साहित्यिक क्षेत्रका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :
अधिमूल्यन : कुनै वस्तु वा मुद्राको सामान्यभन्दा बढ्न गएको मूल्य
अलङ्कार : अर्थगत वा शाब्दिक चमत्कारद्वारा साहित्यलाई सिँगार्ने तत्त्व भएको
अवमूल्यन : कुनै वस्तुको मूल्य घट्ने वा महत्त्व कम हुने क्रिया
आवासीय : नियत स्थानमै बसेर काम गर्ने
आशुकवि : कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा वर्णन गर्न सक्ने कवि
उपन्यास : धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा
कथा : प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना
कविता : कविद्वारा आफ्ना संवेद्य अनुभूति वा स्फूर्त भावनालाई छन्द वा लयमा उनेर प्रस्तुत गरिएको पद्यात्मक वा गद्यात्मक साहित्यिक कृति वा रचना
छन्द : यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित मान वा रूप
निबन्ध : कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना
रस : साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण, हास्य, अद्भुत, भयानक, रौद्र, वीभत्स र शान्तसमेतका अनुभूतिगत नवरस
बोध र अभिव्यक्ति
१. संवाद पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) नेपाली समाजको अवस्थाप्रति घनश्यामको बुझाइ कस्तो छ भन्नुहोस् ।
नेपाली समाजको विविधतामय अवस्था देख्दा घनश्यामलाई अचम्म लाग्छ । एउटा सानो समाजमा अनेक जाति, अनेक भाषा, अनेक संस्कृति भएकाले अनेक मतमतान्तर हुने रहेछ – जसले हाम्रो समाजको विकासमा असर गर्छ कि भन्ने प्रश्नले घनश्यामको चासो र चिन्तनसँगै कमजोर बुझाइ रहेको छ ।
(ख) नेपाली समाजको पहिचान के हो, बेखामानको भनाइका आधारमा लेख्नुहोस् ।
बेखामानको भनाइका आधारमा नेपाली समाज विविधतामय छ । नेपाली समाजमा रहेका विविधता नै नेपाली समाजको पहिचान हो । पहिचान भनेको चिनारी हो । नेपाली समाज बहुजातीय छ । त्यसैले हाम्रो समाजको पहिचान बहुजातीय हो ।
(ग) विविधता नै सम्पत्ति हो कसरी, सिम्माको भनाइका आधारमा लेख्नुहोस् ।
सिम्माको भनाइका आधारमा नेपाल एक बहुजातीय मुलुक हो । अर्थात् यहा थुप्रै जाति छन् । हरेक जातिका आफ्नै प्रकारका परम्परा, संस्कृति, ज्ञान, अनुभव छन् । जातिमा जस्तै हरेक भाषामा पनि मानिसका ज्ञान, अनुभव, संस्कृति सुरक्षित हुन्छन् । सभ्यता भनेको जाति, भाषा र संस्कृतिको समष्टि हो । जाति, भाषा, संस्कृतिमा विविधता हुनु भनेको सभ्यतामा पनि विविधता हुनु हो । त्यसैले जाति, भाषा, संस्कृतिमा विविधता भएको हाम्रो समाज विविध सभ्यताको सङ्गम भएकाले विविधता नै सम्पत्ति हो ।
(घ) सलिमको भनाइका आधारमा नेपाली समाजको सुन्दर पक्षका बारेमा स्पष्ट पार्नुहोस् ।
सलिमको भनाइका आधारमा नेपाली समाजको सुन्दर पक्ष भनेको विविधता र अनेकतामा रहेको आपसी सहिष्णुता र एकता हो । नेपालीहरुको आपसमा मिलेर बस्ने, एकले अर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्ने साह्रै राम्रो बानी छ । यो नेपाली समाजको विशिष्ट पहिचान हो । यो नै हाम्रो समाजको सौन्दर्य हो ।
(ङ) कसरी नेपाली विविधतालाई पर्यटनसँग जोड्न सकिन्छ, आफ्नो विचार लेख्नुहोस् ।
नेपाल क्षेत्रफलको हिसाबमा सानो भएपनि सांस्कृतिक हिसाबले विशाल छ । नेपाल आरोहण गर्न आउने पर्यटनहरु मध्ये केहि घुम्न मात्र नभएर जैविक विविधताको अध्ययन र अवलोकन गर्न आउने गर्दछन् । पर्यटकहरुलाई पहाड, तराई, उपत्यका, दुन, जङ्गल, जैविक विविधताको अध्ययन र अवलोकन गर्न मन लाग्छ । कसैलाई इतिहास, संस्कृति आदिको अध्ययन अवलोकन गर्ने रूचि र चाहना हुन्छ । तसर्थ नेपाली विविधतालाई सांस्कृतिक पर्यटनसँग जोड्न सकिन्छ ।
(च) नेपाली समाजमा के कस्ता विकृति, विसङ्गति छन्, पाठका आधारमा लेख्नुहोस् ।
नेपाली समाज विकृति, विसङ्गति तथा अन्धविश्वासले ग्रसित छ । यहाँ संस्कृतिका नाममा धेरै विकृति तथा अन्धविश्वास छन् । जातीय तथा लैङ्गिक विभेद छन् । चाडपर्व, संस्कार आदिमा अनावश्यक आडम्बर देखाउने जस्ता विकृति पनि छन् । त्यस्तै मानिसलाई जात, वर्ग, वर्ण, लिङ्ग, क्षेत्रीयता आदिका आधारमा गरिने विभेद पनि छ । कहीं कतै अझै पनि समाजमा छुवाछुत भूत प्रेत बोक्सी हुन्छ भन्ने अन्धविश्वासी मान्यता रहेको छ । दाइजो र तिलकजस्ता कुपरम्पराहरू पनि नेपाली समाजमा रहेका विकृति, विसङ्गति हुन् ।
२. जब शिक्षाको राम्रो विकास हुन्छ तब अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुँदै जान्छन् । यस कथनलाई स्पष्ट पार्नुहोस् ।
“जब शिक्षाको राम्रो विकास हुन्छ तब अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुँदै जान्छन् ।” यो कथन ‘नेपाली पहिचान’ शीर्षकको संवादमा सिम्माले बेखामानको अभिमतमा सहमति जनाउने प्रसङ्गमा आएको हो । कुनै पनि विकृतिलाई हटाई संस्कृतिलाई जोगाउन शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ भन्नु नै यस कथनको मुख्य तात्पर्य हो ।
मानिस चेत्नशिल तथा बुद्धिमान प्राणी हो । मानव जातिका लागि शिक्षा तेस्रो आँखा हो जसले ज्ञानको आलोक दिन्छ । शिक्षाले मानिसको चेतनास्तरलाई बडाईदिन्छ । शिक्षा नै परिवर्तनको आधारशीला हो । जवसम्म शिक्षाको राम्रो विकास हुन सक्दैन तवसम्म अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुनै सक्दैनन् । शिक्षा नै अन्धविश्वास, कुसंस्कार, कुरीति नियन्त्रण गर्ने गतिलो अस्त्र बन्न सक्छ । सानै कक्षादेखि अन्धविश्वास र कुरीतिलाई सामाजिक अपराधको रूपमा व्याख्या गर्दै जानु पर्ने खाँचो छ । विश्वले विज्ञानको सहायताले प्रविधिमा निकै लामो फड्को मारिसकेको यस अवस्थामा हामी भने दुई सय वर्ष अगाडिको सोच लिएर हिँडेका छौं । शिक्षित व्यक्तिले अन्धविश्वासका कार्यलाई रोक्न सक्छ र अन्धविश्वास मान्ने व्यक्तिलाई निरूत्साहित गर्न सक्छ । अन्धविश्वासको रूख तब ढल्छ जब सबै जना शिक्षित हुन्छन् । शिक्षा र ज्ञानको ज्योतिले क्रमिक रूपमै अन्धविश्वासको अस्तित्वलाई समाप्त पार्दै जानु पर्छ । यस कुरामा हामी विद्यार्थीको पनि महत्त्वपूर्ण भूमिका रहन्छ ।
३. दिइएको संवादांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) नेपालको प्राकृतिक सौन्दर्यभित्र के के कुरा पर्छन् ?
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । यहाँको प्राकृतिक सौन्दर्यभित्र सगरमाथा, कञ्चनजङ्घा, मकालु, मनास्लु, चोयु आदि जस्ता विभिन्न हिमालहरु पर्दछन् । यहाँका खोलानाला, हिमाल, ताल, झर्ना, पोखरी, गुफा, डाँडापाखा, सबै सौन्दर्य बढाउने साधन हुन् । अतः नेपालको प्राकृतिक सौन्दर्यभित्र वनजङ्गल, चराचुरुङ्गीलगायत विभिन्न जीवजन्तु, पशुपक्षी एवं प्राणीहरू नदीनाला, तालतलैया, यहाँको जैविक विविधता आदि पर्छन् ।
(ख) नेपालमा सांस्कृतिक पर्यटनको कस्तो सम्भावना छ ?
नेपालमा पर्यटन सम्भावनाका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये एक सांस्कृतिक विविधता हो । विश्वभरका पर्यटकहरू केवल नेपालको प्राकृतिक सौन्दर्य हेर्नका लागि आई रहेका छन् । नेपालको प्राकृतिक विविधताका जानकार विदेशी पर्यटकहरू नेपालको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ छन् । प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई घुम्न आउने पाहुनाहरूले चासोको साथ लिनु र त्यसबाट मनोरञ्जन, आनन्द लिनु तथा खोजी गर्नुलाई सांस्कृतिक पर्यटन भनिन्छ । सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई स्थानीय अनुष्ठान र दिनचर्यामा डुबाइदिन्छ, केवल प्राकृतिक सौन्दर्यता मात्र हैन, अनौठा अनुभवहरूको सम्झनाहरू पनि साझेदारी गर्दछ । विविधतामय नेपाली समाजमा सांस्कृतिक विविधता पाइने भएकाले सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना छ । तसर्थ, हरेक भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक छ ।
४. दिइएको समाचारको नमुना पढ्नुहोस् र यसका विषयवस्तु संरचना र शैलीका बारेमा छलफल गर्नुहोस् :
सगरमाथामा आरोहणमा कीर्तिमान
दिइएको समाचार लामा छोटा गरि छ ओटा अनुच्छेदमा संरचित छ । प्रस्तुत समाचारको नमुना नेपालको हिमाल आरोहण, आरोहण गरी राखिएका विश्व कीतिमान, पर्यटनसँग सम्बन्धित छ । यस समाचारको लेखनशैलीमा वर्णनात्मक भन्दा ज्यादा तथ्यपरकता एवं विवरणात्मकतालाई नै जोड दिइएको पाइन्छ । समाचार सरल, सहज, स्पष्ट र विशिष्ट भाषा शैलीमा संरचित भएको पाइन्छ । सगरमाथाको सफल आरोहण गरी को को ले के कस्ता कीर्तिमान राखेका थिए भन्ने विषयमा नै प्रस्तुत समाचार लेखिएको पाइन्छ । समग्रमा ज्ञानवर्धक सूचना सम्प्रेषण गरी नेपालको पर्यटकीय गतिविधिमा केन्द्रित रही सरल, तथ्यपरक र विवरणात्मक शैलीका माध्यमबाट समाचार प्रस्तुत भएको पाइन्छ ।
५. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) कस्तो विषयवस्तु समाचार बन्न सक्छ ?
पाठक वा श्रोताको ध्यान आकर्षित गर्ने र नयाँ सूचना सम्प्रेषण गर्ने राजनीति, शिक्षा, खेलकुद, व्यापार, वाणिज्य, संस्कृति आदि जुनसुकै विषयवस्तु समाचार बन्न सक्छ ।
(ख) समाचारको भाषा कस्तो हुनुपर्छ ?
समाचारको भाषा सरल, छोटो छोटो वाक्य प्रयोग गरिएको र अनावश्यक विशेषण, क्रियाविशेषण नजोडिएको हुनुपर्छ ।
(ग) फिचर, घटनापरक र प्रक्रियापरक समाचारमा के भिन्नता छ ?
फिचरमा कुनै खास घटना वा तथ्यलाई कलात्मक बनाएर प्रस्तुत गरिन्छ । त्यसै गरी घटनापरक समाचार प्रायः दृश्य विवरणमा केन्द्रित रही को ? के ? कहाँ ? किन ? कसरी ? कहिले ? जस्ता प्रश्नको उत्तर खोज्ने प्रयास गरिन्छ । प्रक्रियापरक समाचारमा भने घटनाको सरसरती वर्णन मात्र नगरी तथ्यको विस्तृत व्याख्या, त्यसको पृष्ठभूमि र परिणामका बारेमा पनि उल्लेख गरिएको हुन्छ ।
(घ) समाचारका विशेषता के के हुन् ?
समाचारका विशेषता सत्यता, विश्वसनीयता, नवीनता, रोचकता, सन्तुलन, भाषिक सरलता स्पष्टता र मिठास हुन् ।
६. आफ्नो टोलमा वातावरण सुधारका लागि गरिएका प्रयत्नका बारेमा छोटो समाचार लेखी कक्षामा सुनाउनुहोस् ।
सरसफाई कार्यक्रम सम्पन्न
पोखरा, १३ माघ ।
आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर पोखरा बनाऔं भन्ने नाराका साथ वडा नं.१० भित्र रहेको पृथ्वीराजमार्गको सेतीनदी चाइनापुलदेखि पोखरा औद्योगिक क्षेत्रको नहरसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पोखरालाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गर्ने कार्य अनुसार चैत १६ गते वडा नं.१० लाई निषेधित वडा घोषणा भएपश्चात पृथ्वीराजमार्गको सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी नगरपालिकाको २ वटा टिपरले उठाएको सघाएको थियो ।
सरसफाई अभियानमा टोल विकास संस्था वडा समन्वय समिति वडा महिला समिति, नागरिक मञ्च, राजनीतिक संयन्त्र टोल विकास संस्थाहरु, आमा समूहहरु लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
उक्त अभियान सँगसँगै फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई पोउमनपाको नियमानसार कारवाही गर्ने पहल गरिने टोल विकास संस्था वडा समन्वय समिति १० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत रंगशालागेट, बुद्धचोक, उत्तमचोक, नागिनटोल, १३२ केभी, शिवचोक, पोखरा औद्योगिक क्षेत्रदेखि नहरसम्म बृहत सरसफाई गरिएको थियो । उक्त अवसरमा उपस्थित सम्पूर्णलाई वडा कार्यालय १० का सचिव नवराज थापाले हार्दिक धन्यवाद व्यक्त गर्दै नमूना वडा बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
वडा महिला समन्वय समिति वडा नं.१० का अध्यक्ष पवित्रा गुरुङ्गको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
भाषातत्व
१. उदाहरणमा दिए जस्तै गरी वाक्य संश्लेषण गर्नुहोस् :
(क) अस्मिता घर गइन् । अस्मिताले आफ्ना साथीसङ्गी भेटिन् । अस्मिता साथीसँग जङ्गल घुम्न गइन् । अस्मिताले खोलामा गएर पौडी खेलिन् । अस्मिताले एक हप्ता रमाइलोसँग बिताइन् । अस्मिता सहर फर्किइन् ।
घर गएर आफ्ना साथीसङ्गी भेटी उनीहरूसँग जङ्गल घुम्न गएकी अस्मिता खोलामा गएर पौडी खेल्दै एक हप्ता रमाइलोसँग बिताएर सहर फर्किइन् ।
(ख) मुस्ताङ हिमाली जिल्ला हो । मुस्ताङ पर्यटकीय जिल्ला हो । मुस्ताङमा धेरै हावा चल्छ । मुस्ताङ स्याउका लागि प्रसिद्ध छ । मलाई मुस्ताङ घुम्न मन लागेको छ ।
पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा धेरै हावा चले पनि स्याउका लागि प्रसिद्ध भएकाले मलाई मुस्ताङ घुम्न मन लागेको छ ।
(ग) विनोद कर्ण सप्तरीका बासिन्दा हुन् । उनी नेपाली साहित्यका प्राध्यापक हुन् । उनी सहयोगी र इमानदार छन् । उनी कविता लेख्न र चित्र कोर्न मन पराउँछन् ।
सहयोगी र इमानदार सप्तरीका बासिन्दा विनोद कर्ण नेपाली साहित्यका प्राध्यापक भएकाले उनी कविता लेख्न र चित्र कोर्न मन पराउँछन् ।
२. वाक्य विश्लेषण गर्नुहोस् :
(क) जगल सखाप हुन थालेपछि मृग, घोरल जस्ता जनावर र कतिपय चरा लोप हुने अनि पानीको मुहान पनि सुक्ने खतरा भएको छ । (३ वाक्यमा)
जङ्गल सखाप हुन थाल्छ । मृग, घोरल जस्ता जनावर र कतिपय चरा लोप हुन्छन् । पानीको मुहान पनि सुक्ने खतरा भएको छ ।
(ख) प्रदूषण बढेसँगै हिमालमा हिउँ घट्यो समयमा पानी पर्न छाड्यो अनि सफा आकाश देख्न छाडियो । (४ वाक्यमा)
प्रदूषण बढ्यो । हिमालमा हिउँ घट्यो । समयमा पानी पर्न छाड्यो । सफा आकाश देख्न छाडियो ।
(ग) सुदूरपश्चिम र कर्नाली क्षेत्रमा प्रचलित देउडा काठमाडौँ र विदेशमा समेत लोकप्रिय छ । (३ वाक्यमा)
देउडा सुदूरपश्चिम क्षेत्रमा प्रचलित छ । देउडा कर्नाली क्षेत्रमा प्रचलित छ । देउडा काठमाडौँ र विदेशमा समेत लोकप्रिय छ ।
(घ) मलाई घमाइलो दिन, जुनेली रात, हरियो वन, लहलह बाली झुलेको खेतबारी, नेपाली खाना र सहयोगी साथी मनपर्छ । (५वाक्यमा)
मलाई घमाइलो दिन र जुनेली रात मनपर्छ । मलाई हरियो वन मनपर्छ । मलाई लहलह बाली झुलेको खेतबारी मनपर्छ । मलाई नेपाली खाना मनपर्छ । मलाई सहयोगी साथी मनपर्छ ।
(ङ) जब असार लाग्छ तब मेरो मनले गाउँघर सम्झिन्छ । (२ वाक्यमा)
असार लाग्छ । मेरो मनले गाउँघर सम्झिन्छ ।
३. दिइएको अनुच्छेदबाट कर्तृ, कर्म र भाव वाच्यका वाक्य पहिचान गरी तालिकामा देखाउनुहोस्ः
कर्तृवाच्यका वाक्यहरू :
म सबेरै उठें ।
मैले उमेशलाई बोलाएँ ।
उमेश आँखा मिच्दै आयो ।
हामी बाटो लाग्यौँ ।
कर्मवाच्यका वाक्यहरू :
दाउन्नेमा पुगेर खाना खाइयो ।
भालुवाङमा चिया पिइयो ।
गाडीमा गीत गाइयो ।
ठट्टा गरियो ।
भोलिपल्ट स्थानीय साथी भेटिए ।
कुराकानी गरियो ।
रमाइलो गरियो ।
भाववाच्यका वाक्यहरू :
बेलुका घोराहीमा वास बसियो ।
राती मस्त निदाइयो ।
मस्तसँग हाँसियो ।
४. कर्तृवाच्यको प्रयोग गरी आफ्नो दिनचर्याका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।
म बिहान सबेरै ६ बजे उठ्छु । करिब १५ मिनट जति हातमुख धोई ताजा दिनको सुरुवात गर्दछु । म दिनहुँ आधा घण्टा जति शारीरिक व्यायाम गर्दछु । सधैँ सात बजे चिया नास्ता खाएर गृहकार्य गर्दछु । नौ बजे खाना खाएर विद्यालय जान्छु । विद्यालयमा अनुशासित भएर पढ्छु । आफूले नजानेका विषयवस्तुहरू गुरूहरूलाई सोधेर लेख्छु । चार बजे विद्यालय छुट्टी भएपछि घर आउँछु । घर आएर विद्यालयको पोशाक काढदछु । हातमुख धोई आमाले दिएको खाजा खाएर केही समय खेल्न जान्छु । बेलुका गृहकार्य गर्छु । प्राय : साढे सात बजेतिर खाना खान्छु । केही समय पढेपछि दश बजेतिर सुत्छु ।
५. कर्म तथा भाव वाच्यको प्रयोग गरी वनभोज गएको विषयमा एउटा अनुच्छेद लेख्नुहोस् ।
वनभोज गाउँका साथीहरू मिलि हामी वैशाख १ गते बिहानै वनभोज गइयो । घरदेखि एक किलोमिटर पश्चिम ‘केप्छाकी टाहार’ सम्म पुगियो । साथीहरूद्वारा गाडीबाट सामानहरू झारिए । मद्वारा चिया पकाइयो । चिया खाइसकेपछि हामी सबै मिलेर खानपिनको काममा व्यस्त भइयो । कसैद्वारा दाउरा–झिक्रा खोजियो, कसैद्वारा आगो बालियो, कसैद्वारा पानी ल्याइयो त कसैद्वारा सब्जी केलाइयो । हामीद्वारा रमाइला गीतहरू गाइएका थिए । मद्वारा साथीहरू नचाइएका थिए । अर्जुनद्वारा मादल बजाइएको थियो । वनभोजमा आफू पनि खुब नाचियो अनि साथीहरूद्वारा पनि नाचियो । घर फर्किने बेला राजेश हमाल, विराज भट्ट, रेखा थापा, निखिल उप्रेती, रमित ढुङ्गानाको पोस्टर किनेर फर्कियो ।
६. दिइएको अनुच्छेदलाई कर्तृवाच्यमा परिवर्तन गर्नुहोस् ः
मैले जीवनमा धेरै दुःखसुख भोगेँ । मैले धेरै अनुभव गरेँ । म कहिले खुसीले हाँसें । म कहिले साथीभाइसँग नाचॆं । म देशविदेश घुमेँ । मैले दुःख र अभावलाई केल्दै विद्यालयमा पढ़ें । मैले आफैँ खर्च जुटाएर उच्च शिक्षा हासिल गरेँ । मैले सबैको भलो सोचें । मैले कहिल्यै कसैको चित्त दुखाइनँ । मैले कहिल्यै कसैको अहित चिताइनँ । मैले सकेसम्म अरूको भलाइ हुने काम गरेँ । मैले जीवन सङ्घर्ष हो भन्ने कुरा सिकेँ । अब पनि इमानदार भएरै बाँच्ने छु । म कर्तव्य कहिल्यै भुल्दिनँ । म अन्याय सहन्नँ । म अरूमाथि अन्याय गर्दिनँ ।
७. दिइएको अनुच्छेदलाई कर्म वा भाव वाच्यमा परिवर्तन गर्नुहोस् :
बिसन र अनुपमाद्वारा पुस्तकालय गइयो । बिसनद्वारा कथाका किताब छानिए । अनुपमाद्वारा मौसम विज्ञानसम्बन्धी किताब छानियो । त्यसपछि (उनीहरूद्वारा) पुस्तकालयबाट बाहिर निस्कियो । (उनीहरूद्वारा) कलेजको भोजनालयमा पसियो । बिसनद्वारा दही चिउरा खाइयो । अनुपमाद्वारा चिउरा तरकारी खाइयो । त्यसपछि (उनीहरूद्वारा) कक्षाकोठामा आइयो । गुरूआमाद्वारा वाच्य पढाइयो ।
८. शुद्ध गरी लेख्नुहोस् :
(क) रेडीयो टीभी जस्ता सव्यद्रिस्य माध्एमबाट प्रसारित वा पत्रीका आदि छापामाध्यम बाट पर्काशित घटनाका ताजा विवरण समाचार हुन् ।
रेडियो र टिभी जस्ता श्रव्यदृश्य माध्यमबाट प्रसारित वा पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन् ।
(ख) जातीए बिभेद लैङ्गिक विभेद वर्ण वर्ग र क्षेत्रका नाममा रहेका विभेदमा पनी कमि आउँदै छ । तिन लाई पनि हटाउनुपर्छ । सङ्गीता जीले भनेजस्तै यशका लागि शिक्षाको खांचो छ ।
जातीय विभेद, लैङ्गिक विभेद, वर्ण, वर्ग र क्षेत्रका नाममा रहेका विभेदमा पनि कमी आउँदै छ । तिनलाई पनि हटाउनुपर्छ । सङ्गीताजीले भने जस्तै यसका लागि शिक्षाको खाँचो छ ।
सहकारी(निबन्ध)को सम्पुर्ण अभ्यास
शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
सोद्देश्य : निश्चित उद्देश्यका साथ
समन्वय : एकभन्दा बढी कुराको मेल
उदात्त : महान्
उपादेयता : उपयोगिता
स्वावलम्बी : आत्मनिर्भर
स्वायत्तता : स्वाधीनता
बोनस : लाभांश
आधिपत्य : स्वामित्व
उर्वरा : धेरै उब्जनी हुने, उब्जाउ
अनुपम : अतुलनीय
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) कुनै जाति वा समुदायको प्रगतिको सम्पूर्ण प्रतिबिम्ब
सभ्यता
(ख) उद्योग, व्यापार आदि कुनै व्यवसायमा लगानी गरिएको निरन्तर मुनाफा दिइरहने मूल धन
सावाँ
(ग) साझा ब्यापारमा लगाइएका सम्पत्तिको हिस्सा
सेयर
(घ) भइपरी आउने कामकाजका लागि राखिएको सञ्चित धनमाल
जगेडा
(ङ) कुनै विषयलाई ब्यवस्थित रुपमा गर्न, गराउन बनेको सरकारी नियम
ऐन
(च) ऐन, विधान आदिको एक अंश
दफा
३. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :
उदय : अस्त
उन्नति : अवनति
सुखी : दुःखी
खुला : बन्द
संयोग : वियोग
स्वायत्तता : पराधीनता
लाभ : हानी
विगत : आगत
विकास : विनाश
नाफा : नोक्सान
४. दिइएका टुक्काको अर्थ पहिल्याई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
१. हात छाड्नु (पिट्नु)
विद्यार्थीले गृहकार्य नगरेपछि गुरुले हात छाड्नु भयो ।
२. सातो जानु (होसहवास हराउनु)
आज विद्यालय जाँदा बाटोमा डरलाग्दो सर्प देखेपछि मेरो त सातो गयो ।
३. घुँडा टेक्नु (हार खानु)
एमसिसीमा विदेशीसामू घुँडा टेक्नु हाम्रो देशलाई उचित छैन ।
४. टाउकामा टेक्नु (मात्तिएर हेप्नु)
मेरी बुढीलाई मैले धेरै माया गरेर उनले मेरो टाउकामा टेकेकी हुन् ।
५. कुलेलम ठोक्नु (भाग्नु)
बाघ देख्नेबित्तिकै स्यालको बच्चोले कुलेलम ठोक्यो।
६. खुट्टा तान्नु (अगाडि बढ्न नदिनु)
अरूको प्रगति देख्न नसक्नेहरूले खुट्टा तान्ने गर्दछन् ।
७. हात थाप्नु (माग्नु)
देशमा रहेको स्रोत र साधनहरूको उचित प्रयोग गरेमा नेपालीले बाँच्नका लागि हात थाप्नु पर्दैन ।
८. ज्यान दिनु (सकेसम्म सहायता गर्नु)
हामी नेपालीहरूले मातृभूमिको रक्षाको लागि आफ्नो ज्यान दिन समेत तयार हुनुपर्छ ।
९. तालुमा आलु फल्नु (भाग्य सप्रनु)
अमेरिका जाने डिभी चिट्ठा परेर हर्केको त तालुमा आलु फलेछ ।
५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :
१. अग्रिम : अगिल्लो
२. अधिकृत : कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति
३. अन्तःशुल्क :उत्पादन शुल्क
४. अब्बल : उत्तम श्रेष्ठ, प्रथम दर्जाको
५. आपूर्ति : दैनिक तथा सामाजिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम
६. आयब्यय : आम्दानी र खर्च, नाफा नोक्सान
७. आरक्ष : वन्यजन्तुको सुरक्षा र रूख बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम आरक्षण
८. ऐलानी : सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा
९. कार्यवाहक : कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थाई रूपमा काम गर्ने कर्मचारी वा पधाधिकारी
१०. कित्ता : श्रेणी, तह कक्षा दर्जा, ओहोदा
११. कुत : कबुलअनुसार खेत वा बारी कमाउँदा मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने निश्चित अन्न, मोहीबाट तल्सिङले पाउने अन्नबाली
१२. गण : कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय
१३. चाहार : बर्सादका भरले रोपिने सुक्खा माटो भएको
१४. दोयम : मझौला खालको, अव्बलभन्दा मुनिको र सिमभन्दा माथिको जग्गा
१५. पर्ती : आबाद वा खनजोत नभएको, बाँझो जमिन
१६. मोठ : सम्पत्तिको मूल हिसाब लेखिएको कागज, खुकुरी, तरबार, खुंडा आदिको मुठीले समाउने ठाउँ मुठ, बिँड
१७. सिम : पानी कहिल्यै नसुक्ने जमिन
१८. सुकुम्बासी : सुकुमबास भएको, घरजग्गा नभएको रैती
बोध र अभिव्यक्ति
२. सहकारी प्रबन्ध पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) सहकारी भनेको के हो ?
सहकारी भनको सहकार्य गर्ने साथीहरुले आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग गर्ने उद्देश्यले मिलीजुली स्थापना गरेको साझा संस्था हो ।
(ख) आधुनिक सहकारीको अवधारणा कुन देशबाट आएको मानिन्छ ?
आधुनिक सहकारीको अवधारणा बेलायतबाट आएको मानिन्छ ।
(ग) नेपाली संस्कृतिको मुख्य आधार के हो ?
नेपाली संस्कृतिको मुख्य आधार हाम्रा पुर्खाहरूले गर्ने गुठी, भारोप्रम, ऐचोपैचो, सरसापट, मेलपात, पारस्परिक सहयोग र सहकार्यबाट अभिप्रेरित सामूहिक जीवनशैली हो ।
(घ) सहकारीका निर्देशक सिद्धान्त के के हुन् ?
सहकारीका निर्देशक सिद्धान्त स्वैच्छिक तथा खुला सदस्यता सदस्यको लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायत्तता, स्वतन्त्रता, सहकारीबिच पारस्परिक सहयोग, समुदायप्रतिको सरोकार शिक्षा, तालिम र सूचना हुन् ।
(ङ) सहकारीको मुख्य नाराको आशय के हो ?
सहकारीको मुख्य नाराको आशय स्वतन्त्रताका लागि स्वावलम्बन, समुन्नतिका लागि पारस्पारिकता र दुवैका लागि सहकारिता हो ।
(च) ‘सहकारी’ प्रबन्धको पहिलो र दोस्रो अनुच्छेदको सार भन्नुहोस् ।
‘सहकारी’ प्रबन्धको पहिलो अनुच्छेदको सार सहकार्य गर्ने साथीहरुले आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्ने उद्देश्यले मिलीजुली स्थापना गरेको साझा संस्था सहकारी हो भन्नु हो भने दोस्रो अनुच्छेदको सार भनेको व्यक्तिगतभन्दा सामूहिक आर्थिक क्रियाकलापमा जोड दिने सहकारीको अवधारणा बेलायतबाट आए पनि मानिसको सुखसमृद्धिका लागि समूहको बसाइ सहयात्रा र सहकार्य आवश्यक छ भन्ने पूर्वीय वाङ्मय चिन्तनको सार नै सहकारीको पूर्वरूप हो भन्नु हो ।
(छ) सहकारी किन आवश्यक छ ?
सहकारी मानिसको सुखसमृद्धिका लागि, सामूहिक आर्थिक क्रियाकलापका लागि, आर्थिक समृद्धि र विकासका लागि, लाखौँ युवा विदेशिनुपर्ने स्थितिको अन्त्य गरी स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि, परनिर्भरता घटाई आत्मनिर्भर संस्कृतिको विकासका लागि, राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउनका लागि, उद्यमशील र सिर्जनशील प्रकृतिका कार्य गर्नका लागि र नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउनका लागि आवश्यक छ ।
३. नेपालमा सहकारी स्थापनाका मुख्य उद्देश्य बताउनुहोस् ।
नेपालमा सहकारी स्थापनाका मुख्य उद्देश्य सहकार्यबाट व्यक्तिलाई आत्मनिर्भर बनाउने र समुदायको दिगो विकास गर्नु हो । नेपालमा सहकारीमार्फत आर्थिक समृद्धिको उद्देश्यका लागि सहकारी स्थापना भएको छ । साथै नेपालमा सहकारी स्थापनाका मुख्य उद्देश्यहरू मानिसको जीवन सुखीसमृद्धिका बनाउनु सामूहिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नु, नेपाल र नेपालीको आर्थिक समृद्धि एवं विकास गर्नु, लाखौँ युवा विदेशिनुपर्ने स्थितिको अन्त्य गरी स्वदेशमै रोजगारी सिर्जना गर्नु परनिर्भरता घटाई आत्मनिर्भर संस्कृतिको विकासका गर्नु, राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउनु आम जनसमुदायमाझ छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिको एकीकृत उपयोग गरी आर्थिक उन्नति गर्नु, व्यक्तिलाई आत्मनिर्भर बनाई समाजको उन्नति गर्नु उद्यमशील र सिर्जनशील प्रकृतिका कार्य गरी नेपाल जस्तो विकासोन्मुख देशलाई संसारकै समुन्नत र सुखी मुलुक बनाउनु, आदि हुन् ।
४. संयुक्त राष्ट्रसङ्घले संसारका सबै देशलाई सहकारीको स्थापना र सञ्चालन गर्न दिएको सुझावबारे आफ्ना धारणा व्यक्त गर्नुहोस् ।
संयुक्त राष्ट्र सङ्घले सहकारीलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारस्तम्भ स्वीकार गर्दै सबै देशलाई यसका माध्यमबाट आफ्नो देशको विकास गर्न सकिने भएकाले यसको अनुसरण गर्न सुझाव दिएको छ । संयुक्त राष्ट्रसङ्घको यो सुझावसँग म एकदमै सहमत छु ।
आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्ने उद्देश्यले स्थापित संस्थालाई सहकारी भनिन्छ । आधुनिक सहकारीको अवधारणा उन्नाइसौं शताब्दीको पूर्वार्द्ध (सन् १८४४) मा बेलायतबाट आएको मानिन्छ । सहकारीका माध्यमबाट बेलायतले छोटो समयमा नै लोभ लाग्दो आर्थिक समृद्धि र विकास गरेपछि विश्वका अन्य देशले पनि यसको अनुसरण गरेको देखिन्छ । सहकारीको उपादेयता समाजका हरेक क्षेत्रमा उत्तिकै भए पनि आर्थिक समृद्धि र विकासमा यसको महत्त्व निकै विशिष्ट रहेको छ । विकासको मुख्य आधार आर्थिक समृद्धि हो । सन् १८८५ मा अन्तर्राष्ट्रिय सहकारी महासङ्घको स्थापना भई यसले सहकारीका आधारभूत र नैतिक मूल्यलाई समेटेर सहकारी स्थापनाका स्वैच्छिक तथा खुला सदस्यता सदस्यको लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता स्वायत्तता स्वतन्त्रता, सहकारीबिच पारस्परिक सहयोग, समुदायप्रतिको सरोकार शिक्षा तालिम र सूचना जस्ता निर्देशक सिद्धान्त तयार पारेको छ । यिनै निर्देशक सिद्धान्तलाई अनुसरण गरी विश्वका अधिकांश देशमा सहकारीलाई अघि बढाइएको छ । न्यून पुँजी भएका व्यक्तिलाई ‘एक थुकी सुकी सय थुकी नदी’ भने झैँ यसमा आबद्ध भएर एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ । सबै किसिमका व्यक्तिलाई समेट्न सक्ने हुँदा अविकसित, विकासोन्मुख र विकसित सबै देशमा सहकारी खुलेका छन् । त्यसैले संयुक्त राष्ट्रसङ्घको यो सुझाव मलाई अत्यन्तै सान्दर्भिक एवं उपयुक्त लाग्यो ।
५. दिइएको प्रबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?
नेपाल जस्तो गरिब मुलुकको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउन सकिन्छ । नेपालमा २९,८८६ सहकारी सञ्चालन भए पनि अहिलेसम्म सबै क्षेत्रमा सहकारीको सञ्चालन हुन सकेको छैन । सबैजसो क्षेत्रमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको खण्डमा नेपाल धेरै कुरामा आत्मनिर्भर हुने देखिन्छ ।
(ख) नेपालका घरेलु उत्पादनलाई ब्यवस्थापन गरी बजारीकरण गर्न कस्ता उपाय अवलम्बन गर्नुपर्ला ?
घरेलु उद्योग भनेको सानो स्तरको विकेन्द्रिकृत उत्पादन व्यवसाय हो । नेपाल जस्तो विकासोन्मुख मुलुकमा घरेलु उत्पादनले महत्पूर्ण भूमिका खेलेको हुन्छ । तर अहिले विश्वव्यापीकरणको बढ्दो प्रभावसँगै विदेशी वस्तुको बढ्दो प्रयोगले हाम्रा घरेलु उत्पादनको ब्यवस्थापन र बजारीकरण गर्ने कार्य त्यति सहज छैन । नेपालका घरेलु उत्पादनलाई व्यवस्थापन गरी बजारीकरण गर्नका लागि सहकारी नै प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ । यसका लागि सहकारीको प्रकृति तथा लाभबारे समुदायभित्रका सर्वसाधारणलाई सुसूचित गराउनुपर्छ । स्वदेशी वस्तुलाई प्राथमिकता दिने सहकारीका सम्पूर्ण सदस्यलाई शिक्षा एवं तालिम दिनुपर्छ । मार्केटिङका सबैभन्दा सान्दर्भिक प्रवृत्तिहरू एकीकृत गरि डिजिटल मार्केट र हबस्पटको व्यवस्था गराउनुपर्छ । यिनै उपायहरू अवलम्बन गर्नसके नेपालका घरेलु उत्पादनलाई ब्यवस्थापन गरी बजारीकरण गर्न सकिन्छ ।
६. दिइएको प्रबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) स्वदेशमै रोजगारी सिर्जना गर्न के गर्नु उपयुक्त हुन्छ ?
प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालले आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारस्तम्भ सहकारीलाई समुदायका सबैजसो क्षेत्रमा स्थापना गरी आम जनसमुदायमाझ छरिएर रहेको प्रतिभा र प्रविधिको एकीकृत उपयोग गर्न सकिन्छ । सहकारी उद्यमशील संस्था भएकाले यसअन्तर्गत धेरै उद्यमशील र सिर्जनशील प्रकृतिका कार्य समाविष्ट छन् । अपार जलस्रोत एवम् उर्वरा भूमि, कृषि, पशुपालन, वन, वातावरण, विद्यालय, स्वास्थ्य, पर्यटन, सञ्चार तथा प्रविधि वित्तीय सेवा यातायात, जग्गा तथा आवास, ऊर्जा, बिमा, जडीबुटी आदि इत्यादि क्षेत्रको अध्ययन गरी सहकारीका माध्यमबाट यिनको व्यवस्थापन गर्ने हो भने स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।
(ख) नेपाललाई कसरी संसारकै समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ?
प्रकृति र संस्कृतिले भरिपूर्ण नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउन विकासको आधारस्तम्भ सहकारीलाई समुदायका सबैजसो क्षेत्रमा स्थापना गरी आम जनसमुदायमाझ छरिएर रहेको प्रतिभा र प्रविधिको एकीकृत उपयोग गर्न सकिन्छ । जलस्रोत, कृषि र पर्यटनमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरेर उद्योगको व्यवस्थापन गरी स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ । यसरी सिर्जनशील युवाको सक्रिय सहभागितामा स्वदेशको विकास तीव्र रूपमा अघि बढ्छ । यसबाट परनिर्भरता घट्न गई आत्मनिर्भर संस्कृतिको विकास हुन्छ र राष्ट्रिय अर्थतन्त्र पनि सुदृढ हुन्छ । यसरी सहकारीका माध्यमबाट सबै उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै नयाँ क्षेत्रलाई समेत समेटेर अघि बढ्न सके नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ।
७. समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) सहकारीले नेपालको विकासमा कसरी सहयोग पुऱ्याएको छ ?
प्रस्तुत प्रबन्ध कक्षा १२ को नेपाली पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन् । यस निबन्धमा सहकारीलाई आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा प्रस्तुत गरिएको छ । समाजका सदस्यहरु एकआपसमा मिलीजुली आर्थिक समृद्धि र विकासका लागि स्थापना गरेको साझा संस्था सहकारी हो । सहकार्य गर्ने साथी, बन्धुबान्धव वा अन्य जोकोही व्यक्तिको सामाजिक, सांस्कृतिक, आर्थिक आदि क्षेत्रमा गरिने सोद्देश्य सामूहिक क्रियाकलाप हो ।
नेपालमा सहकारीमार्फत आर्थिक समृद्धिको उद्देश्यका लागि सङ्गठित हुने कार्यको थालनी वि.स. २०१३ मा चितवनमा स्थापना गरिएको बखान ऋण सहकारी संस्थाबाट भएको हो । अहिले सहकारी विभागको वि.सं २०७७ को तथ्याङ्कअनुसार नेपालमा २९,८८६ सहकारी सञ्चालन भएका छन् । सहकारीले नेपालको विकासमा पनि धेरै सहयोग पुयाएको छ । नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउन सकिन्छ । नेपालमा सहकारीमार्फत सहकार्य गर्दा आमा जनसमूहमाझ छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिको एकीकृत उपयोग भई व्यक्ति आत्मनिर्भर हुनुका साथै समाज र राष्ट्रकै विकास हुँदै गैरहेको छ । नेपाली समाजमा सहकारीमार्फत सहकार्य गर्दा न्यून पुँजी भएका व्यक्तिहरू पनि आबद्ध भई एक एक थोपा जम्मा गरी गाग्री भर्ने सुविधा मिलेको छ । समाजका सबै क्षेत्रमा सहकारीको आवश्यकता सबैतिरबाट महसुस गरिएको छ । सहकारीले पारस्परिक सहयोग र सहकार्यका माध्यमबाट मानवहितका कार्य गरेर सामाजिक विकासमा पनि उल्लेख्य योगदान पुर्याएको छ । विकासको मुख्य आधार आर्थिक समृद्धि हो । सहकारी क्षेत्रले सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय भएका समूह एवं सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई एकीकृत गरेको छ । सहकारीमा पुँजीमाथि सबै सदस्यहरूको समान स्वामित्व हुने भएकाले सहकारीमा नाफा हुँदा सेयर पुँजीका आधारमा सिमित बचत फिर्ता पाउँछन् । सहकारीमा संस्थागत विकास एवं सदस्यहरूको सेवा तथा सुविधा सुनिश्चित हुन्छ । सहकारीले श्रम र सिपलाई बढी महत्व दिएको हुन्छ । जलस्रोत, कृषि र पर्यटनमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरी उद्योगको व्यवस्थापन गरी स्वदेशमै रोजगारी सिर्जना भएको छ । यसरी सिर्जनशील युवाको सक्रिय सहभागितामा स्वदेशको विकास तीव्र रूपमा अघि बढ्छ । यसबाट परनिर्भरता घट्न गई आत्मनिर्भर संस्कृतिको विकास हुन्छ र राष्ट्रिय अर्थतन्त्र पनि सुदृढ हुन्छ । यसरी सहकारीका माध्यमबाट सबै उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै नयाँ क्षेत्रलाई समेत समेटेर अघि बढ्न सके नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ।
(ख) ‘सहकारीमा एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ’ विवेचना गर्नुहोस् ।
प्रस्तुत प्रबन्ध कक्षा १२ को नेपाली पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन् । यस निबन्धमा सहकारीलाई आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा प्रस्तुत गरिएको छ । समाजका सदस्यहरु एकआपसमा मिलीजुली आर्थिक समृद्धि र विकासका लागि स्थापना गरेको साझा संस्था सहकारी हो । सहकारीमा सामूहिक आर्थिक क्रियाकलापमा जोड दिइन्छ । यही सामूहिक आर्थिक क्रियाकलाप नै कुनै देशको सुख, समृद्धि र विकासको कारक बन्न सक्छ ।
सहकारीमा न्यून पुँजी भएका व्यक्तिहरूले सानो सानो रकम जम्मा गरी ठुलो रकम बनाउने सुविधा हुन्छ । सहकारी सहकार्य गर्ने साथीहरूले आर्थिक समृद्धि र विकासका लागि मिलीजुली स्थापना गरेका हुन्छन् । सहकार्य गर्दा जनसमुदायमाझ छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिको एकीकृत उपयोग भई यसबाट आर्थिक उन्नति हुने भएकाले व्यक्ति आत्मनिर्भर बनी समाजको उन्नति हुन्छ । एकआपसमा सहयोग र सहकार्यको आवश्यकता महसुस भएपछि नै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनाका साथ सहकार्यका लागि स्थानीय स्तरमा सहकारीको स्थापना गरिएको देखिन्छ । सहकारीमा सहकार्यलाई महत्त्व दिइने भएकाले यसमा न्यून पुँजी भएका व्यक्ति पनि आवद्ध हुन सक्छन् । न्यून पुँजी भएका व्यक्तिलाई ‘एक थुकी सुकी सय थुकी नदी’ भने यसमा आबद्ध भएर एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ । मानिसले एक्लै गर्न नसक्ने काम समूहमा रहेर गर्न सक्दछ । त्यसका लागि सहकारी संस्थाको स्थापना भएको हो । नेपालमा कम आय भएका व्यक्ति निकै छन् । उनीहरुले उद्योग र व्यवसाय गर्न चाहन्छन् तर आर्थिक अवस्था कमजोर भएका कारण आफूले चाहेका कार्य पूरा गर्न सक्दैनन् । सहकारीले भने सबैबाट केही रकम उठाएर सबैलाई सहयोग पुऱ्याउँछ । त्यसैले सहकारीमा एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ भनिएको हो ।
८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) समालोचनाको मुख्य कार्य के हो ?
समालोचनाको मुख्य कार्य कुनै पनि साहित्यिक कृतिको गुण र दोषको निरुपण गरी उक्त कृतिको व्याख्या र मूल्याङ्कन गर्नु हो ।
(ख) ‘सृष्टि’ र ‘दृष्टि’ शब्दले के के बुझाएका छन् ?
‘सृष्टि’ शब्दले सिर्जनालाई र ‘दृष्टि’ शब्दले सिर्जनालाई हेर्ने कामलाई बुझाएका छन् ।
(ग) पाश्चात्य साहित्यका प्रथम सिर्जनात्मक र समालोचनात्मक कृति कुन कुन हुन् ?
पाश्चात्य साहित्यका प्रथम सिर्जनात्मक कृति ‘इलियड’ र ‘ओडिसी’ अनि समालोचनात्मक कृति ‘काव्यशास्त्र’ हुन् ।
(घ) ‘कवि भानुभक्ताचार्यको जीवन चरित्र’ जीवनीपरक कृतिलाई किन नेपाली साहित्यको प्रथम कृति मानिन्छ ?
‘कवि भानुभक्ताचार्यको जीवन चरित्र’ जीवनीपरक कृतिलाई जीवनीपरक भए पनि प्रस्तुत कृतिमा कवि भानुभक्त र उनको काव्य ‘रामायण’ का बारेमा केही विवेचनात्मक दृष्टि प्रस्तुत भएकाले नेपाली साहित्यको प्रथम कृति मानिन्छ ।
९. दिइएको अनुच्छेद पढी चारओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस् :
बुँदाहरू :
(क) जिज्ञासा वृत्तिको विकास गर्नु र त्यसमा उत्तम संस्कारको स्थापना गर्नु नै शिक्षाको उपयोगिता भएको,
(ख) सकारात्मक परिवर्तनका लागि शिक्षा हाम्रो धर्म र संस्कृतिको अनुकूल हुनुपर्ने,
(ग) कर्तव्यप्रधान जीवनदृष्टिको स्थापनाबाट नै समाज प्रदूषणमुक्त बन्ने,
(घ) संस्कृतिमूलक शिक्षाबाट नै कर्तव्यप्रधान जीवनदृष्टि स्थापना भई मानव असल र सफल हुने ।
सारांश :
शिक्षाको उपयोगिता
जिज्ञासा वृत्तिको विकास र उत्तम संस्कारको स्थापना गर्नु नै शिक्षाको उपयोगिता रहेको हुन्छ । सकारात्मक परिवर्तनका लागि शिक्षा हाम्रो धर्म, संस्कृतिको अनुकूल हुनुपर्छ । विद्यार्थीले अतिरिक्त समाजबाट सिक्ने भएकाले प्रदूषणमुक्त समाज निर्माण गर्नुपर्छ । कर्तव्यप्रधान जीवनदृष्टिको स्थापनाबाट नै समाज प्रदूषणमुक्त बन्दछ । संस्कृतिमूलक शिक्षाबाट नै कर्तव्यप्रधान जीवनदृष्टि स्थापना हुनुका साथै असल र सफल मानव हुन सकिन्छ ।
अनुच्छेदमा भएको शब्दसङ्ख्या : १५१
एक तृतीयांशमा हुने शब्दसङ्ख्या : ५०
सारांशमा भएको शब्दसङ्ख्या : ५२
व्याकरण
२. उदाहरणमा दिइए झैँ तलका सामान्य पदक्रमका वाक्यलाई विशिष्ट पदक्रममा परिवर्तन गर्नुहोस् :
उठ्छ बिहान सबेरै कविर । गर्छ नित्यकर्म ऊ । उठाउँछ ऊ आफ्ना भाइबहिनीलाई । उनीहरू सबैलाई उसकी आमाले चियाखाजा दिनुहुन्छ । किताबकापी बोकेर जान्छ ऊ विद्यालय । पढ्छ विद्यालयमा मिलेर साथीहरूसित । गृहकार्य गर्छ ऊ । पढाउँछ ऊ भाइबहिनीलाई । जान्छ ऊ फुर्सदको समयमा पुस्तकालय ।
४. तलको अनुच्छेदमा प्रयुक्त लेख्य चिह्न टिप्नुहोस् र तिनको नाम पनि भन्नुहोस् :
१. अल्पविराम ( , )
२. पूर्णविराम ( । )
३. प्रश्नवाचक चिह्न ( ? )
४. दोहोरो उद्धरण चिह्न ( ” ” )
५. एकोहोरो उद्धरण चिह्न ( ‘ ‘ )
६. विस्मयादिबोधक चिह्न ( ! )
५. उपयुक्त लेख्य चिह्न प्रयोग गरी तलको अनुच्छेदको पुनर्लेखन गर्नुहोस् :
छिरिङ हरेक दिन नियमित रूपमा कुनै न कुनै नयाँ पुस्तक पढ्ने गर्थे । उनले कथा, कविता, उपन्यास र यात्रा सस्मरण विधाका धेरै किताब पढिसकेका थिए । ‘मुनामदन’ पढ्दा उनी निकै भावुक बनेका थिए । पढ्दाखेरि केही कुरा नबुझ्दा उनी हजुरआमासँग जान्थे र किताब देखाउँदै भन्थे, “हजुरआमा यसको अर्थ के हो ?” किताब देख्नेबित्तिकै हजुरआमा भन्नुहुन्थ्यो, “ओहो ! तिमीले यो के ल्यायौ ?” हजुरआमालाई भने काला अक्षर भैंसी बराबर थिए । यसैले हजुरआमाले सम्झाएको भावमा उनलाई भन्नुहुन्थ्यो, “मैले तिमीहरूको जस्तो बेलामा विद्यालय जान पाइनँ । यसैले मलाई केही आउँदैन । तिमीहरू त धेरै भाग्यमानी छौ । सानैदेखि विद्यालय जान पाएका छौ आमाबुबासित सोध्न पाएका छौ त्यसैले भरे आमा आएपछि सोध न ।” यसो भने पनि उनी हजुरआमाका कुरा बारम्बार सुनिरहन्थे । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भने झैँ छिरिङ हजुरआमाको अनुभवपूर्ण कुराबाट प्रत्येक दिन केही न केही नयाँ कुरा सिकिरहेका हुन्थे ।
७. शुद्ध बनाई लेख्नुहोस् :
सहकारी लोकतान्त्रिक संस्था हुन् । सहकारीका सदस्य आफ्नो संस्थाको नीति तय गर्न र निर्णय गर्नमा सक्रिय रूपमा सहभागी हुन्छन् ।
Page No: Visit website : gaurab123.com.np for SEE & NEB Resources
जीवन मार्ग (रिपोर्ताजमूलक रचना)को सम्पुर्ण अभ्यास
Notes for Jiban Marga chapter.
If you have any doubts, Please let me know