एकाइ आठ : आर्थिक क्रियाकलाप
पाठ १. उर्जा र विकास
१. ऊर्जाको परिचय दिई यसका स्रोत उल्लेख गर्नुहोस् ।
उत्तर : प्रकृतिमा पाइने कोइला, दाउरा, ग्याँस, पेट्रोलियम पदार्थ, जल विद्युत्, आणविक र भट्टीबाट प्राप्त हुने शक्तिलाई ऊर्जा भनिन्छ। हाम्रा दैनिक क्रियाकलापमा ऊर्जाको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा यो मानव जीवनको अभिन्न अङ्गका रूपमा रहेको छ। ऊर्जाका नवीकरणीय स्रोतअन्तर्गत सूर्य, हावा, पानी आदिबाट प्राप्त उत्पादन भएका ऊर्जा पर्दछन् भने अनवीकरणीय स्रोतअन्तर्गत पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस आदिबाट उत्पादित ऊर्जा पर्दछन् ।
त्यस्तै नेपालको सन्दर्भमा हेर्दा ऊर्जाका स्रोतलाई परम्परागत र व्यावसायिक गरी दुई भागमा विभाजन गर्न सकिन्छ :
(क) परम्परागत स्रोतः दाउरा, कृषिजन्य अवशेष आदि ।
(ख) व्यावसायिक स्रोतः पेट्रोलियम पदार्थ, कोइला, विद्युत् आदि ।
२. ऊर्जाको महत्व उल्लेख गर्नुहोस् ।
उत्तर : ऊर्जाको महत्व यसप्रकार उल्लेख गरिएका छन् :-
(क) खाना पकाउन, कलकारखाना सञ्चालन गर्न, यातायातको साधन चलाउन ऊर्जा चाहिन्छ।
(ख) ऊर्जा शक्तिको स्रोत हो र मानव जीवनको अभिन्न अङ्ग बनेको छ ।
(ग) ऊर्जाको अभावमा विकास निर्माणका कार्य अघि बढाउन सकिँदैन ।
(घ) ऊर्जाबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।
(ङ) हरेक क्षेत्रमा ऊर्जाको आवश्यकता पर्छ। जस्तैः घरायसी काम, कार्यालय सञ्चालन, सञ्चार, यातायात, कृषि, उद्योग आदि ।
३. ऊर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपाय लेख्नुहोस् ।
उत्तर : ऊर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपाय निम्न छन् :-
(क) ऊर्जासम्बन्धी स्पष्ट, प्रभावकारी र देशअनुकूलको नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने (ख) ऊर्जाका स्रोतको पहिचान, संरक्षण तथा दिगो उपयोग गर्नेतर्फ ध्यान दिने
(ग) ग्रामीण क्षेत्रमा ग्याँसको सट्टा गोबरग्याँस र सहरी क्षेत्रमा कुहिने फोहोरको प्रयोग गरी बायोग्याँस र मल उत्पादन गर्ने
(घ) नेपालमा जलविद्युत् सबैभन्दा भरपर्दो ऊर्जाको स्रोत भएकाले आन्तरिक तथा बाह्य स्रोतका लगानी आकर्षित गरी जलविद्युत् उत्पादन क्षमता बढाउने र सौर्य ऊर्जालाई पनि विशेष ध्यान दिने ।
४. नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको छ। यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर : नेपालमा रहेका प्राकृतिक सम्पदामध्ये जलस्रोत महत्वपूर्ण सम्पदा हो। यहाँ भूमिगत र सतही दुवै प्रकारका अपार जलस्रोत उपलब्ध छ। यहाँका अधिकांश नदीहरू हिमालय पर्वतबाट उत्पत्ति भएकाले वर्षभरि पानी हुन्छ। ठाडो ढालयुक्त जमिन भएको प्राकृतिक स्वरूप र स्थायी जल प्रवाह हुने नदीहरू प्रशस्त भएको हुनाले यहाँ जावेद्युत् विकासको सम्भावना धेरै छ। तसर्थ नेपालमा सबैभन्दा भरपर्दो ऊर्जाको स्रोतका रूपमा जलविद्युत्लाई लिइन्छ । नेपालमा सानाठुला गरेर करिब ६००० नदीनाला रहेका र ती नदीनालाबाट करिव ८३००० मेगावाट जलविद्युत् उत्पादन गर्ने सैद्धान्तिक क्षमता रहेको छ। कुल उत्पादन क्षमताको ५० प्रतिशत मात्र जलविद्युत् उत्पादन गर्न सकिए पनि नेपालको ऊर्जाको आवश्यकता परिपूर्ति गर्न सकिन्छ। तसर्थ नीतिगत सुधार गरी कार्यान्वयन पक्ष बलियो बनाउने हो भने नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको छ ।
५. नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको योगदान छोटकरीमा व्याख्या गर्नुहोस् ।
उत्तर : नेपालमा सानाठुला गरेर करिब ६,००० नदीनाला रहेका र ती नदीनालाबाट करिव ८३,००० मेगावाट जलविद्युत् उत्पादन गर्ने सैद्धान्तिक क्षमता रहेको छ। यसमध्ये करिब ४२,००० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने व्यावहारिक सम्भावना रहेको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको योगदान निकै महत्वपूर्ण रहेको छ। नेपालको आर्थिक विकास गरी उज्ज्वल भविष्य जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र विस्तारमा देखिएको छ। यसका लागि नीतिगत सुधार आवश्यक हुन्छ । त्यस्तै जलविद्युत् विकासमा देखिएका अवरोध न्यूनीकरण गरी प्रशस्त विद्युत उत्पादन गर्न सके देशभित्र नै उद्योगधन्दा कलकारखाना सञ्चालनका लागि ऊर्जा जुटाउन सकिन्छ। घरायसी प्रयोगमा ल्याउन सकिन्छ । विद्युतीय सवारी साधन प्रयोगमा ल्याउन सकिन्छ। त्यस्तै कृषि क्षेत्रमा पनि यसको प्रयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ। सञ्चार तथा प्रविधिको विकास गर्न सकिन्छ । यसले गर्दा वनजङ्गलको संरक्षण हुनुका साथै पेट्रोलियम पदार्थमा बाहिरिने विदेशी मुद्रा नियन्त्रण गर्न सकिन्छ। यसले गर्दा देशमै रोजगारीको अवसर सिर्जना हुन्छ। यसरी नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको महत्वपूर्ण योगदान पुग्छ ।
पाठ २. पर्यटन प्रवर्धन
१. पर्यटन उद्योग भनेको के हो? यसको महत्व चर्चा गर्नुहोस् ।
उत्तर : तीर्थाटन, दृश्यावलोकन, पर्वतारोहण, मनोरञ्जन, अध्यययन अनुसन्धान आदि विभिन्न उद्देश्य राखेर एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने कार्य पयटन हो भने पर्यटकलाई विभिन्न किसिमका सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालित सबै व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ। पर्यटक पथप्रदर्शक, आवास र खानपिनको लागि होटल तथा होमस्टेको व्यवस्था, यातायातको प्रबन्ध, दृश्यावलोकन गराउने, पदयात्रा आदि क्रियाकलाप पर्यटन उद्योगअन्तर्गत पर्दछन् । नेपालमा पर्यटन उद्योगको महत्व दिनदिनै बढिरहेको छ। यो राष्ट्र विकासको महत्वपूर्ण आधार पनि हो। कुल ग्राहस्थ उत्पादनमा करिब दश प्रतिशत योगदान पर्यटन उद्योगको रहेको छ। पर्यटन उद्योगबाट देशलाई आर्थिक समृद्धिको बाटोमा डोऱ्याउन सकिन्छ। पर्यटन उद्योगको महत्वलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
(क) रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन
(ख) देशको आम्दानीमा वृद्धि
(ग) घरेलु तथा साना उद्योगको विकास
(घ) व्यापार तथा कला संस्कृतिको प्रवर्धन
(ङ) ग्रामीण क्षेत्रमा रहेका परम्परागत उत्पादनको प्रचारप्रसार र विकास
(च) कृषिजन्य उत्पादनको व्यावसायिकरण
(छ) विश्वमा राष्ट्रको प्रचारप्रसार ।
२. नेपालमा साहसिक पर्यटनको कस्तो सम्भावना रहेको छ ? उल्लेख गर्नुहोस् ।
उत्तर : याफ्टिङ, प्याराग्लाइडिङ, हिमाल आरोहण, बन्जिजम्प, जिपलाइन, माउन्टेन फ्लाइट, पदयात्रा आदि जस्ता साहसिक कार्यका लागि हुने पर्यटनलाई साहसिक पर्यटन भनिन्छ। नेपाल साहसिक पर्यटनका लागि विश्वकै उत्कृष्ट
गन्तव्यका रूपमा रहेको छ। यहाँ पर्वतारोहण र पदयात्राका लागि विश्वकै सर्वोच्च शिखरहरू र अन्नपूर्ण लगायतका पदमार्ग रहेका छन्। पदमार्गका लागि त नेपाल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ । त्यस्तै सुनकोसी, त्रिशुली, कर्णाली
लगायतका नदीहरू याफ्टिङका लागि प्रख्यात मानिन्छन् । नेपाल प्याराग्लाइडिङ, बन्जिजम्प, जिपलाइन, माउन्टेन फ्लाइट जस्ता थुप्रै साहसिक पर्यटनको सम्भावना रहेको मुलुक हो। तसर्थ नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना
रहेको छ ।
३. नेपालमा पर्यटन प्रवर्धनका उपाय उल्लेख गर्नुहोस् ।
उत्तर : नेपालमा पर्यटन प्रवर्धनका लागि निम्नलिखित उपाय अवलम्बन गर्नु उपयुक्त हुन्छ :-
क) पर्यटकीय स्थलको खोजी, प्रवर्धन र आवश्यक पूर्वाधारको विकास गर्नुपर्छ । ( (ख) पर्यटकको आकर्षण र सुरक्षाका लागि राजनीतिक स्थिरता र शान्तिको वातावरण कायम हुनुपर्छ ।
(ग) पर्यटकीय स्थलको प्रचारप्रसार गर्नुपर्छ ।
(घ) प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र संवर्धनमा विशेष ध्यान दिनुपर्छ । (ङ) पर्यटन उद्योगको विकासका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ।
(च) पर्यटकको आगमन प्रक्रियालाई सरल र सुलभ बनाउनुपर्छ ।
४. तपाईंको विचारमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न कस्ता कदमहरु चालिनुपर्छ ? बुँदागत रुपमा टिपोट गर्नुहोस् ।
उत्तर : नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न निम्न कदम चालिनुपर्छ :-
(क) पर्यटकीय स्थलको व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्छ ।
(ख) मौलिक कला संस्कृतिको संरक्षण, संवर्धन गर्नुपर्छ ।
(ग) पर्यटकलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा र सुरक्षाको सुनिश्चिता गर्नुपर्छ ।
(घ) साहसिक पर्यटन, प्राकृतिक स्थलहरू, धार्मिक स्थलहरू र ऐतिहासिक स्थलहरूमा आवश्यक पर्ने पूर्वाधारको विकास गरी प्रचारप्रसा गर्नुपर्दछ ।
(ङ) बाह्य पर्यटक आगमनका लागि भिसा प्रक्रिया सरल बनाउनुपर्छ र आन्तरिक पर्यटन अभिवृद्धिका लागि कर्मचारीलाई पर्यटन भत्ताको व्यवस्था गर्नुपर्छ ।
५. पर्यटकको आगमनले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।
पर्यटकको आगमनले पार्न सक्ने सकारात्मक प्रभाव :-
पर्यटकका राम्रा कुराको सिको गर्न सकिने, सामाजिक विकृति र विसङ्गति क्रमशः न्यूनीकरण हुने, रोजगारीका सम्भावना बढ्ने, आर्थिक क्षेत्र चलायमान हुने र राष्ट्रिय आयमा वृद्धि हुने, मौलिक कला, संस्कृतिको संरक्षण हुने
पर्यटकको आगमनले पार्न सक्ने नकारात्मक प्रभाव :-
पर्यटकका गतिविधि नियन्त्रण गर्न नसकिए विभिन्न विकृति भित्रन सक्ने, फोहोरहरूको व्यवस्थापन कठिन हुन सक्ने, लागु औषध र दुर्व्यसन मौलाउन सक्ने ।
पाठ ३. रोजगारी
१. रोजगारी भनेको के हो ?
उत्तर : सामान्य अर्थमा भन्नुपर्दा रोजगारी भनेको जीविका वा इलम उद्योगका निम्ति गरिने कुनै काम, पेसा वा व्यवसाय हो। जीविकोपार्जनका लागि आयआर्जन गर्नु आवश्यक हुन्छ। आयआर्जनका लागि व्यक्तिले गर्ने शारीरिक वा मानसिक इलम, पेसा वा व्यवसायलाई नै रोजगारी भनिन्छ ।
२. वैदेशिक रोजगारीको परिचय दिनुहोस् । नेपालमा यसले पारेको प्रभाव उल्लेख गर्नुहोस् ।
उत्तर : आयआर्जनका लागि आफ्नो देशभन्दा बाहिर अन्य विभिन्न मुलुकमा गएर शारीरिक वा मानसिक रूपमा गरिने श्रम, पेसा वा व्यवसायलाई वैदेशिक रोजगारी भनिन्छ। नेपालमा वैदेशिक रोजगारीको इतिहास त्यति लामो नभए
पनि यो अहिले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको छ। नेपालीहरूको जीवनस्तर उकास्ने माध्यम बनेको छ। अहिले अधिकांश युवाहरूमा वैदेशिक राजगारीको मोह देखिएको छ। वैदेशिक रोजगारीले नेपालमा सकारात्मक र
नकारात्मक दुवै किसिमका प्रभाव पारेको छ। यहाँ दुवै प्रभावलाई बुँदागत रुपमा उल्लेख गरिएका छन् : सकारात्मक प्रभावहरू :- गरिबी निवारणमा सघाउने, विदेशी मुद्रा आर्जन हुने, देशको आम्दानी र प्राविधिक ज्ञानमा वृद्धि हुने, जनताको जीवनस्तरमा सुधार हुने, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार हुने, संस्कृति तथा परम्पराको आदानप्रदान हुने,
विदेशी ज्ञान र सिप नेपाल भित्रिने ।
नकारात्मक प्रभावहरू :- देशमा जनशक्तिको अभाव हुन सक्ने, विकास निर्माणका कार्यमा कामदार अभाव भई ढिलासुस्ती हुने, सङक्रामक रोगहरू भित्रन सक्ने, परम्परागत मूल्यमान्यतामा हास आउने र सामाजिक विकृति बढ्न सक्ने, विदेशमा सम्मानजनक काम नपाइने, दलालबाट ठगिने जोखिमपूर्ण काम गर्दा अङ्गभङ्ग हुने तथा ज्यानै जान सक्ने ।
३. वैदेशिक रोजगारीमा जानुभन्दा अघि अपनाउनु पर्ने पूर्वसर्तको सूची बनाउनुहोस् ।
उत्तर : वैदेशिक रोजगारीमा जानुभन्दा अघि अपनाउनु पर्ने पूर्वसर्तको सूची निम्नानुसार छन् :-
(क) सम्बन्धित देशको भाषा सिक्ने
(ख) श्रम तथा रोजगार मन्त्रालयमा गएर आवश्यक कुरा बुझ्ने
(ग) जिल्ला प्रशासन कार्यालय गएर राहदानी (पासपोर्ट) बनाउने
(घ) वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिने
(ङ) रोजगारीमा जानुभन्दा अगाडि आवश्यक तालिम लिने
(च) नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउने
(छ) अभिमुखीकरण तालिम लिने तथा बिमा गराउने ।
४. नेपालमा रोजगारी प्रवर्धनका प्रभावकारी उपाय के के हुन सक्छन् ? उल्लेख गर्नुहोस् ।
उत्तर : नेपालमा रोजगारी प्रवर्धनका प्रभावकारी उपाय निम्न हुन सक्छन् :-
(क) शिक्षा र स्वास्थ्यसम्बन्धी सम्पूर्ण व्यवस्था सरकारले मिलाउनुपर्छ ।
ख) महङ्गी, कालो बजारी र भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । (
(ग) श्रम र सिपलाई विद्यालय तहदेखि नै एकीकृत गरी सञ्चालन गर्नुपर्छ ।
(घ) कृषिमा विविधता कायम गरी आधुनिक तथा व्यावसायिक बनाउनुपर्छ ।
(ङ) ऊर्जा विकास, पर्यटन प्रवर्धन र उद्योगधन्दाको स्थापनामा जोड दिनुपर्छ ।
(च) व्यक्तिको क्षमताअनुसारको रोजगार तथा स्वरोजगार विकास गर्ने व्यावसायिक तथा प्राविधिक ज्ञान र सिपसम्बन्धी तालिम प्रदान गर्नुपर्छ ।
५. वैदेशिक रोजगारीमा जान चाहने आफ्नी काकीलाई तपाईं के के सुझाव दिनुहुन्छ ? उल्लेख गर्नुहोस् ।
उत्तर : वैदेशिक रोजगारीमा जान चाहने आफ्नी काकीलाई म निम्न सुझाव दिन चाहन्छु :-
क) नेपालमै अवसरको खोजी गर्नुहोस्। नेपालमै अवसर पाइन्छ । सकेसम्म विदेश जाने कुरा नसोच्नुहोस्। ख) विदेश जाने बित्तिकै सबै राम्रो हुन्छ भन्ने हुँदैन ।
ग) विदेश जानै परे विदेश जानुपर्दाका पूर्वसर्तहरू पालना गरेर मात्र जानुहोस् ।
५. वैदेशिक रोजगारीमा जान चाहने आफ्नी काकीलाई तपाईं के के सुझाव दिनुहुन्छ ? उल्लेख गर्नुहोस् ।
उत्तर : वैदेशिक रोजगारीमा जान चाहने आफ्नी काकीलाई म निम्न सुझाव दिन चाहन्छु :-
क) नेपालमै अवसरको खोजी गर्नुहोस्। नेपालमै अवसर पाइन्छ । सकेसम्म विदेश जाने कुरा नसोच्नुहोस्।
ख) विदेश जाने बित्तिकै सबै राम्रो हुन्छ भन्ने हुँदैन ।
ग) विदेश जानै परे विदेश जानुपर्दाका पूर्वसर्तहरू पालना गरेर मात्र जानुहोस् ।
पाठ ४. वित्तीय शिक्षा
१. वित्तीय शिक्षा भनेको के हो ?
उत्तर : प्रत्येक व्यक्तिले आफूसँग भएको आर्थिक तथा वित्तीय साधनको महत्व बुझी सोहीअनुसारको उचित व्यवस्थापन गर्न सक्ने ज्ञान तथा सिपलाई वित्तीय शिक्षा भनिन्छ। यसलाई वित्तीय साक्षरता पनि भनिन्छ। यसअन्तर्गत विशेष गरेर आम्दानी, खर्च, बजेट व्यवस्थापन, बचत, ऋण आदि कुराको व्यवस्थित रूपमा परिचालन गर्नका लागि आवश्यक पर्ने ज्ञान, सिप तथा क्षमता नै वित्तिय शिक्षा हो ।
२. वित्तीय शिक्षाको महत्व उल्लेख गर्नुहोस् ।
उत्तर : वित्तीय शिक्षाको महत्व :-
(क) व्यक्तिलाई कमाउने, बचाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने जस्ता वित्तीय कारोबारका लागि सक्षम बनाउँछ ।
(ख) सुखी र सुरक्षित भविष्यका लागि सघाउँछ ।
(ग) आर्थिक स्रोतसाधनको प्रभावकारी एवम् मितव्ययी उपयोग गर्न सक्ने बनाउँछ ।
(घ) बैकिङ सेवाको बारेमा जानकारी दिई धनको सुरक्षा तथा आर्थिक उन्नति कसरी गर्ने भन्ने उचित ज्ञान दिन्छ ।
(ङ) वित्तीय संस्थाको काम, कर्तव्य र अधिकार, निक्षेप सङ्कलन प्रक्रिया, ऋण लिने दिने प्रक्रिया आदिका बारेमा सचेत गराउँछ ।
३. वित्तीय प्रणाली भनेको के हो ? नेपालको वित्तीय प्रणाली सम्बन्धमा चर्चा गर्नुहोस् ।
उत्तर : वित्तीय प्रणाली भनेको बैङ्क, बिमा कम्पनी र स्टक एक्सचेन्ज जस्ता संस्थाहरूको समूह हो जसले आर्थिक वा मुद्राको कारोबार गर्न अनुमति दिन्छ। वित्तीय प्रणालीहरू फर्म, क्षेत्रीय र विश्वव्यापी रूपमा अवस्थित हुन्छन् ।
यसलाई आर्थिक व्यवस्था पनि भन्न सकिन्छ। नेपालमा वित्तीय प्रणालीअन्तर्गत केन्द्रीय बैङ्क, वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू सञ्चालित छन् । साथै यसअन्तर्गत बैङ्किङ कारोबार गर्ने बचत
तथा ऋण सहकारी संस्था र लघुवित्तको कारोबार गर्ने गैरसरकारी संस्थाहरू पनि कार्यरत छन्। यी आर्थिक वा मुद्राको कारोबार गर्ने सङ्घसंस्थालाई वित्तीय संस्था भनिन्छ। नेपालमा केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्क रहेको छ
। यो बैङ्कहरूको बैक हो र यसले वित्तीय संस्था स्थापना गर्ने अनुमति दिने र मुद्रा निष्काशन गर्ने काम गर्छ। नेपालमा रहेका अन्य वित्तीय संस्थाहरूले निक्षेपका रूपमा बचत सङ्कलन गर्ने, कर्जा प्रदान गर्ने, विदेशी मुद्रा सटही गर्ने जस्ता कारोबार गर्दछन् ।
४. बैङ्कबाट ऋण लिएर कुनै व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची तयार गर्नुहोस् ।
उत्तर : बैङ्कबाट ऋण लिएर कुनै व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुराहरू :-
(क) जुन व्यवसाय सञ्चालन गर्ने हो त्यही कामका लागि मात्र ऋण लिने र प्रयोग गर्ने गर्नुपर्छ ।
(ख) ऋण लिँदा ब्याज तथा जरिवानाका सम्बन्धमा स्पष्ट भएर मात्र लिनुपर्छ ।
(ग) समयमै र पूर्ण रूपमा तपाईंको ऋण भुक्तानी गर्नुहोस् ।
(घ) ऋणको पैसा बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस् ।
पाठ ५. वित्तीय उपकरण
१. नोट सफा राख्ने उपाय लेख्नुहोस् ।
उत्तर : नोट सफा राख्ने उपाय :-
(क) जतनसाथ प्रयोग गर्नुपर्छ ।
(ख) नोटमा केरमेट गर्नुहुँदैन ।
(ग) नोटमा रङ वा मैलो लगाउनु हुँदैन ।
(घ) टाँचा वा स्टिच लगाउनु हुँदैन ।
(ङ) नोट पट्याउने वा दोबार्ने गर्नुहुँदैन ।
२. सेयरको महत्व उल्लेख गर्नुहोस् ।
उत्तर : सेयरको महत्व :-
(क) सेयरबाट पूँजी सङ्कलन हुन्छ ।
(ख) संस्थाले आफ्नो व्यवसाय विस्तार गर्न र वस्तु उत्पादन गर्न सक्छ ।
(ग) लगानीकर्तालाई लगानीको अवसर प्राप्त हुन्छ ।
(घ) कम्पनीको लाभहानिमा सेयर सदस्यको हिस्सा रहेको हुन्छ ।
(ङ) देशको आर्थिक विकासमा सर्वसाधारणको योगदान पुग्छ ।
३. नेपालमा प्रचलित वित्तीय उपकरणको सूची बनाई प्रत्येकको छोटकरीमा व्याख्या गर्नुहोस् ।
उत्तर : नेपालमा प्रचलित वित्तीय उपकरण :-
(क) बैङ्क खाता
(ख) विद्युतीय बैङ्किङ
(ग) एटिएम कार्ड
(घ) क्रेडिट कार्ड
(ङ) बैङ्किङ एप्स
(च) नोट
(छ) सेयर
बैंक खाता : बैङ्क वा वित्तीय संस्थाहरूमा सर्वसाधारणलाई वित्तीय कारोबार गर्नका लागि व्यक्ति वा संस्थाको नाममा रहेको विवरणलाई बैङ्क खाता भनिन्छ। यो चल्ली, बचत र मुद्दती गरी प्रकारका हुन्छन् । विद्युतीय बैङ्ङ्किङ : विद्युतीय मेसिनका सहायताले वित्तीय कारोबार गर्ने सेवा विद्युतीय बैङ्किङ हो। यसमा एसएमएस बैङ्किङ, इन्टरनेट बैङ्किङ, मोबाइल बैकिङ जस्ता सेवा पर्दछन् ।
एटिएम कार्ड : यस कार्डको सहायताबाट बैङ्किङ कारोबार नभएको समयमा समेत मेसिनको सहायताले पैसा झिक्न सकिन्छ । क्रेडिट कार्ड : आफ्ना विश्वासिला ग्राहकलाई खातामा आवश्यक रकम नभएको वेलामा पनि सेवा तथा वस्तु खरिद गर्न सकुन् भनेर यो कार्ड उपलब्ध गराएको हुन्छ ।
४. सेयर लिनका लागि अपनाउनुपर्ने प्रक्रिया उल्लेख गर्नुहोस् ।
उत्तर : अहिले सेयरको कारोबारका लागि डिम्याट खाता अनिवार्य रूपमा खोल्नुपर्ने नियम रहेको छ। नजिकैको बैङ्कमा गएर यस्तो खाता खोल्न सकिन्छ । विभिन्न कम्पनी तथा संस्थाहरूले समय समयमा सेयर निष्कासनको सूचना
निकाल्ने गर्दछन् । त्यस्ता सूचनामा उल्लेख भएबमोजिमको प्रक्रिया पूरा गरेर सेयर लिन सकिन्छ ।
५. डिम्याट खाता भनेको के हो ? यसका उपयोगिता उल्लेख गर्नुहोस् ।
उत्तर : डिम्याट खाता त्यस्तो विद्युतीय खाता हो जसमा लगानीकर्ताले आफ्नो सेयरलाई विद्युतीय रूपमा राख्न सक्छन्। अहिले सेयर कारोबार गर्नका लागि डिम्याट खाता अनिवार्य गरिएको छ। तसर्थ सेयर कारोबार गर्न चाहनेहरूका
लाग यो खाता नभई नहुने भएकाले यसको उपयोगिता रहेको छ। यसबाट सुरक्षित र भरपर्दो रूपमा सेयर कारोबार गर्न सकिन्छ।
पाठ ६. सहकारी
१. सहकारी भनेको के हो ?
उत्तर : सामान्य अर्थमा सहकारीले सहकार्य गर्नु वा मिलेर काम गर्ने भन्ने बुझाउँछ । आर्थिक एवम् सामाजिक रूपमा समान विचार बोकेका र समान आवश्यकता भएका मानिसहरू मिलेर स्वेच्छाले गठन हुने संस्था सहकारी हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सहकारीलाई यसरी परिभाषित गरेको छ सहकारी त्यस्ता व्यक्तिहरूको स्वायत्त सङ्गठन हो जो स्वेच्छिक रूपमा एकजुट हुन्छन्। साथै आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता र आकाङ्क्षाहरूको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रूपमा नियन्त्रित व्यवसायमार्फत गर्न चाहन्छन् ।
२. सहकारीको महत्व उल्लेख गर्नुहोस् ।
उत्तर : सहकारीको महत्वलाई निम्नानुसार उल्लेख गर्न
(क) सहकारी आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बा हो ।
(ख) यसले आर्थिक, सामाजिक रूपान्तरण गरी गरिबी निवारण गर्न मदत पुऱ्याउँछ ।
(ग) बहुउद्देश्यीय सहकारी संस्थाको स्थापनाले कृषिक्षेत्रमा संलग्न कृषकलाई ऋण सुविधा, बजार सुविधा आदि उपलब्ध गराउँछ ।
(घ) साना तथा घरेलु उद्योगको स्थापनाका लागि पूँजीको जोहो सहकारीबाट सम्भव हुन्छ ।
(ङ) स्थानीय स्तरमा सहकार्य, समन्वय र लगानीको वातावरण सिर्जना हुन्छ ।
(च) दिगो आर्थिक विकासमा सहयोग गर्छ ।
(छ) महिला तथा विपन्न वर्गको नेतृत्व क्षमता विकास गर्न र वित्तीय साक्षरता अभिवृद्धि गर्न योगदान पुऱ्याएको छ ।
३. सहकारीको मूल्य मान्यता र सिद्धान्तबमोजिम सहकारी सञ्चालन हुनका लागि आवश्यक आधारभूत सर्तको सूची बनाउनुहोस् ।
उत्तर : सहकारीको मूल्य मान्यता र सिद्धान्तबमोजिम सहकारी सञ्चालन हुनका लागि आवश्यक आधारभूत यसप्रकार छन् :-
(क) सहकारी स्वेच्छिक र स्वायत्त संस्था हो ।
(ख) सहकारीमा आवद्ध सदस्यका बिचमा सेयर लगानीमा समान सहभागिता हुनुपर्दछ ।
(ग) सहकारीका सेयर सदस्यहरू नै सहकारीका मालिक र ग्राहक दुवै हुन्छन् ।
(घ) सहकारीमा नियमअनुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र बचत सङ्कलन र ऋण लगानी गर्नुपर्ने हुन्छ ।
(ङ) सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको समेत दायित्व निर्वाह गरेको हुन्छ ।
(च) सदस्यद्वारा संस्था सञ्चालन कार्यविधि र अन्य नियम बनाउनुपर्ने हुन्छ ।
(छ) संस्थाको दीर्घकालीन सोच, सदस्यको आर्थिक, सामाजिक, सांस्कृतिक र व्यावसायिक उन्नतिमा सहयोग पुऱ्याउने हुनुपर्छ ।
४. सहकारीले समाजको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने भनाइलाई विभिन्न उदाहरणद्वारा प्रस्ट पार्नुहोस् ।
उत्तर : सहकारीका माध्यमबाट नियमित बचत गर्ने बानीको विकास हुन्छ। यसका साथै विभिन्न किसिमका पेसा व्यवसाय सञ्चालन गर्न वा व्यावसायिक कृषि गर्नका लागि सहूलियत दरमा ऋण पनि पाइन्छ। ग्रामीण जीवनस्तरमा सुधार ल्याउन घरेलु तथा साना उद्योगको विकास महत्वपूर्ण मानिन्छ। यसको स्थापनाका लागि पूँजी सहकारीका माध्यमबाट सङ्कलन गर्न सकिन्छ। सहकारीले मितव्ययी हुन सिकाउँछ। उत्पादनमुखी भावनाको विकास गराउँछ । महिला तथा विपन्न वर्गको आर्थिक विकासका साथसाथै नेतृत्व क्षमता पनि विकास गर्छ। सांस्कृतिक र सामाजिक समावेशिता कायम गर्न पनि सहकारीको भूमिका महत्वपूर्ण मानिन्छ। समुदायप्रति चासो, प्रजातान्त्रिक सहभागिता, शिक्षा, तालिम र सूचना जस्ता कुरा त सहकारीका सिद्धान्त नै हुन्। यसरी सहकारीले समाजको आर्थिक तथा सामाजिक विकासमी महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
५. सहकारी संस्था स्थापनाका लागि के के प्रक्रिया पूरा गर्नुपर्छ ? लेख्नुहोस् ।
उत्तर : सहकारी संस्था स्थापनाका लागि निम्न प्रक्रिया पूरा गर्नुपर्छ :-
(क) न्यूनतम २५ घरपरिवारको उपस्थितिमा सहकारी स्थापनाका लागि भेला गर्ने र विधान मस्यौदाका लागि संयोजक तोक्ने (ख) संयोजकले वडा प्रतिनिधि, सहकारीसम्बन्धी विज्ञसमेतको सहयोग लिएर सहकारीको विधान मस्यौदा तयार गर्ने
(ग) पुनः सदस्यहरूको भेला गराई विधानसम्बन्धमा आवश्यक छलफल गराउने
(घ) सहकारी दर्ताका लागि तोकिएका आवश्यक कागजाग, विधानसहित पालिकामा निवेदन दिने ति पाएपछि विधिवत रूपमा सहकारी स्थापना हुन्छ (ङ) पालिकाबाट स्वीकृति पाएपछि विधिवत् रुपमा सहकारी स्थापना हुन्छ ।
पाठ ७. बचत र बिमा
१. बिमा भनेको के हो ? यसका प्रकार छोटकरीमा व्याख्या गर्नुहोस् ।
उत्तर : बिमा भनेको जोखिम हस्तान्तरण गर्ने र व्यवस्थापन गर्ने एउटा उपाय हो। विपत्, दुर्घटना, अकाल मृत्यु जस्ता सङ्कटबाट मानिस तथा पशु पीडित भएका हुन्छन् । त्यस्तै कहिलेकाहीं खेतमा लगाएको बाली पनि विभिन्न कारणले नोक्सान हुन्छ । यसरी विभिन्न किसिमले हुँने हानि नोक्सानी वा जोखिमको वहनलाई प्रत्याभूत गर्ने माध्यम बिमा हो ।
२. बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची बनाउनुहोस्।
उत्तर : बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरू निम्न छन् :-
(क) बिमा गर्नुको उद्देश्यबारे स्पष्ट हुनुपर्छ ।
(ख) आवश्यक विवरण, जानकारी वा सूचना स्पष्टसँग दिनुपर्छ र इच्छाएको व्यक्तिबारे पनि स्पष्ट उल्लेख गर्नुपर्छ ।
(ग) बिमाबाट प्राप्त हुने सुविधाको बारेमा बिमा प्रस्तावबाट जानकारी लिनुपर्छ ।
(घ) बिमा अभिकर्ता बिमा समितिबाट इजाजत प्राप्त हो वा होइन थाहा पाउनुपर्छ ।
(ङ) बिमा गरेको कुरा घरपरिवारलाई जानकारी गराउनुपर्छ ।
(च) बिमासम्बन्धी सम्पूर्ण कागजात सुरक्षित राख्नुपर्छ ।
(छ) बिमालेख नवीकरण मिति ख्याल गरेर समयमा बिमा शुल्क भुक्तानी गरी रसिद सुरक्षित राख्नुपर्छ ।
३. स्वास्थ्य बिमा भनेको कस्तो बिमा हो ? यसको महत्व उल्लेख गर्नुहोस् ।
उत्तर : मानिस बिरामी भएका बेलामा उसलाई तुरुन्त उपचारको खाँचो हुन्छ। मानिसलाई रोगले कुन समयमा आक्रान्त पार्छ भन्ने यकिन गर्न सकिँदैन। यसरी बिरामी भएका बेला उपचारका लागि आवश्यक हुन उपचार गर्न धेरै खर्च लाग्न सक्छ । यस्तो अवस्थामा उपचारसँग सम्बन्धित विभिन्न स्वास्थ्य सँवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले गरिने बिमा स्वास्थ्य बिमा हो। यसको महत्व :-
(क) भरपर्दो स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सकिन्छ ।
(ख) आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुनुपर्दैन ।
(ग) उपचारमा लाग्ने महँगो रकम बचत गर्न सकिन्छ ।
(घ) ठुला रोगको सङ्क्रमणमा अझै फाइदाजनक हुन्छ ।
(ङ) परिवारको स्वास्थ्यप्रति निश्चिन्त हुन सकिन्छ ।
४. बिमा गर्नाले जीवनमा आइपर्ने आकस्मिक क्षतिलाई न्यूनीकरण वा कम गराउन सकिन्छ, कसरी ? छोटकरीमा उल्लेख गर्नुहोस् ।
उत्तर : मानिसका जीवनमा कहिलेकाहीं सोच्दै नसोचेका घटना अकस्मात् आइपर्छन् । विपत् दुर्घटना, अकाल मृत्यु जस्ता सङ्कटले मानिस तथा पशु पीडित हुन्छन् । कहिलेकाही विभिन्न कारणले खेतबाली नष्ट हुन्छ । बिमाका माध्यमबाट हामीले यस्ता विभिन्न जोखिमॅलाई हस्तान्तरण र व्यवस्थापन गर्न सक्छौं अर्थात् बिमाले नोक्सानी वा जोखिमको वहनलाई प्रत्याभूत गर्दछ। बिमा गर्नाले बिमा कम्पनीले निश्चित रकम लिएर तोकिएको अवधिसम्मका लागि क्षतिको भुक्तानी गर्छ । यसबाट क्षतिको न्यूनीकरण भई नोक्सानीबाट बच्न सकिन्छ ।
पाठ ८. राजस्व
१. राजस्व भन्नाले के बुझिन्छ ? कर राजस्व र गैरकर राजस्वबिच फरक छुट्याउनुहोस् ।
उत्तर : राज्यले विभिन्न स्रोतबाट आम्दानी गर्छ। यसरी प्राप्त हुने आम्दानीलाई राजस्व भनिन्छ । यसलाई सार्वजनिक आय पनि भनिन्छ। कर राजस्व र गैरकर राजस्वबिच निम्न लिखित फरक छ :-
कर राजस्व
(क) यो कानूनबमोजिम नागरिकले राज्यलाई भुक्तानी गर्नुपर्ने अनिवार्य रकम हो ।
(ख) आयकर, सवारी कर, भूमि कर, मूल्य अभिवृद्धि कर आदि यसका उदाहरण हुन् ।
गैरकर राजस्व
(क) यो कानुनले तोकेका बाहेकका अन्य स्रोतबाट प्राप्त हुने सरकारको आम्दानी गैरकर राजस्व हो । (ख) उपहार, अनुदान, शुल्क, दण्ड तथा जरिवाना, सार्वजनिक सम्पत्ती आदि यसका उदाहरण हुन् ।
२. प्रत्यक्ष कर र अप्रत्यक्ष करका फाइदाहरूको सूची बनाउनुहोस् ।
उत्तर : प्रत्यक्ष कर र अप्रत्यक्ष करका फाइदाहरू निम्न छन् :-
(क) राज्यको नियमित आम्दानीको स्रोतका रूपमा रहेका हुन्छन् ।
(ख) राज्यले करबाट प्राप्त रकम सार्वजनिक हित र लोककल्याणकारी कार्यका लागि खर्च गर्छ। (ग) प्रत्यक्ष कर प्रगतिशील हुन्छ भने अप्रत्यक्ष करको दायरा फराकिलो हुने भएकाले कर छली गर्न सकिँदैन ।
(घ) मुलुकलाई आत्मनिर्भर बनाउन मदत गर्छ ।
(ङ) धनीलाई कर र गरिबलाई राहतको नीतिबाट सामाजिक न्याय कायम गर्न सकिन्छ ।
(च) अति आवश्यक वस्तु तथा सेवाको उत्पादनलाई प्रोत्साहन गर्न मदत पुग्छ ।
३. 'कर तिर्नु नागरिकको मुख्य दायित्व हो।" यस भनाइलाई उदाहरणसहित व्याख्या गर्नुहोस्।
उत्तर : मुलुकको आर्थिक विकासमा लागि करको महत्व र आवश्यकता रहेको छ। अधिकतम कर परिचालनबाट मात्र मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ। राज्यले नागरिकबाट कर लिएन भने नागरिकलाई सेवा सुविधा प्रदान गर्न
सक्दैन । त्यस्तै विकासका पूर्वाधारको पनि निर्माण गर्न सक्दैन। कर प्रणाली प्रभावकारी भएको देश सक्षम अर्थतन्त्र भएको देश मानिन्छ। राज्यलाई सक्षम र आत्मनिर्भर बनाउने काम प्रत्येक नागरिकको हो। राज्य जनताका लागि र
जनता राज्यका लागि भन्ने कुरा सबैले बोध गर्नु आवश्यक छ। त्यस्तै हामीले तिरेको कर हाम्रै समृद्धिका लागि हो भन्ने सबैले सोच्नु आवश्यक छ। तसर्थ कर तिर्नु नागरिकको मुख्य दायित्व हो ।
४. मूल्य अभिवृद्धि करको परिचय दिनुहोस् ।
उत्तर : वस्तु तथा सेवाको उत्पादन तथा वितरणको विभिन्न तहमा हुने मूल्य अभिवृद्धिमा लगाइने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ। यो कर वस्तु तथा सेवाको मूल्यमा वृद्धि हुँदा बढेको मूल्यमा लाग्ने अप्रत्यक्ष कर हो। नेपालमा वि.सं. २०५४ बाट सुरु भएको मूल्य अभिवृद्धि कर हाल १३ प्रतिशत कायम गरिएको छ ।
५. भन्सार महसुल भनेको के हो ? नेपालको सन्दर्भमा यसको महत्व उल्लेख गर्नुहोस् ।
उत्तर : विदेशबाट आयात गरिने मालवस्तु र विदेशमा निर्यात गरिने वस्तुहरू वा आयात निर्यात गर्दा भन्सार बिन्दमा कानुनबमोजिम लिइने करलाई भन्सार महसूल भनिन्छ। भन्सार महसूललाई राजस्वको महत्वपूर्ण स्रोत मानिन्छ ।
त्यसैले प्रत्येक देशहरूले आफ्ना सीमावर्ती क्षेत्रमा भन्सारका प्रशासनिक एकाइहरू स्थापना गरेका हुन्छन् । नेपालले पनि मुख्य नाकाहरूमा मुख्य भन्सार र अन्य स्थानमा छोटी भन्सार स्थापना गरेको छ। उक्त भन्सा कार्यालयबाट आयात तथा निर्यात गरिने वस्तुहरूमा कानुनबमोजिम कर लगाई सङ्कलन गरिन्छ। भन्सा विभागका अनुसार नेपालको राजस्व स्रोतमध्ये आधा भन्सारले समेट्छ । भन्सार महसुल, मूल्य अभिवृद्धि कर, शूल्क, भन्सार दस्तुर र भन्सारको अन्य आय यसमा समेटिएको हुन्छ। आर्थिक वर्ष ०७७, ७८ मा कुल राजस्वमा ४५ प्रतिशत र कर राजस्वमा ४८ प्रतिशत भन्सारको हिस्सा छ । तसर्थ अन्तःशूल्क, कृषि सुधार नेपालको सन्दर्भमा भन्सार महसुलको महत्व रहेको छ ।
पाठ ९. आवधिक योजना
१. आर्थिक योजनाको परिचय दिनुहोस् ।
उत्तर : आर्थिक योजना मूलतः आर्थिक गविविधिसँग सम्बन्धित हुन्छ । यसलाई सरकारद्वारा आर्थिक तथा सामाजिक प्रतिफल प्राप्त गर्न तयार पारिएको योजनाबद्ध आर्थिक क्रियाकलापका रूपमा लिइन्छ । यसप्रकार देशमा उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखेर प्राथमिकता क्रमका आधारमा खर्च छुट्याएर देशको आर्थिक विकासका लागि बनाइने योजनालाई आर्थिक योजना भनिन्छ। यस्तो योजना निश्चित समयावधिका लागि बनाइने भएकाले आवधिक योजना पनि भन्ने गरिन्छ ।
२. चालु योजनाका लक्ष्य तथा उद्देश्य लेख्नुहोस् ।
चालु योजनाको लक्ष्य :- समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने आधार योजनाका रूपमा रहने छ। सोबर्मोजिम समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको समाजवाद उन्मुख लोककल्याणकारी राज्यका रूपमा रूपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार निर्माण गर्ने ।
चालु योजनाका उद्देश्य :-
(क) सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण गर्दै समृद्धिको आधार निर्माण गर्ने
(ख) गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्दै नागरिकलाई परिष्कृत र मर्यादित जीवनयापनको अनुभूति
गराउनु (ग) सामाजिक, आर्थिक रूपान्तरण तथा स्वाधिन राष्ट्रिय अथतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्नु।
३. चालु योजनाका मुख्य मुख्य कार्यक्रमको सूची बनाउनुहोस् ।
उत्तर : चालु योजनाका मुख्य मुख्य कार्यक्रम निम्नानुसार छन् :-
(क) आर्थिक क्षेत्र
(ख) सामाजिक क्षेत्र
(ग) पूर्वाधार क्षेत्र
(घ) लोकतन्त्र र सुशासन
(ङ) अन्तरसम्बन्धित विषय क्षेत्र
If you have any doubts, Please let me know