एकाइ नौ : हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग
पाठ १. नेपालको परराष्ट्र नीति
१. परराष्ट्र नीति भनेको के हो ?
उत्तर : परराष्ट्र नीति भनेको कुनै पनि मुलुकले आफ्नो राष्ट्रिय हितका खातिर बाह्य जगत्मा उसको प्रभाव विस्तार एवम् प्रवर्धन गर्न तय गरिएको राष्ट्रिय नीति हो। यसलाई राज्यको अरु राज्यसँगको अन्तरसम्बन्धलाई नियमित गर्ने व्यवहारको पुञ्जका रूपमा लिन सकिन्छ ।
२. परराष्ट्र नीतिको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर : परराष्ट्र नीतिको महत्त्वलाई निम्न बुँदाका माध्यमबाट स्पष्ट पार्न सकिन्छ :-
(क) राष्ट्र र राष्ट्रियताको संरक्षण र संवर्धन गर्न मदत गर्दछ ।
(ख) देशको अस्तित्वको सुरक्षा गर्दछ ।
(ग) पारस्परिक लाभमा वृद्धि गर्दछ ।
(घ) भूराजनीतिक सन्तुलन कायम गर्न मदत गर्छ ।
(ङ) अन्तर्राष्ट्रिय मञ्चमा पहुँच र प्रतिनिधित्व स्थापित गर्दछ।
(च) शक्ति सम्पन्न राष्ट्रको स्वार्थबाट देशलाई बचाउँछ ।
३. पञ्चशीलको सिद्धान्तअन्तर्गत कुन कुन सिद्धान्त पर्दछन् ?
उत्तर : पञ्चशीलको सिद्धान्तअन्तर्गत निम्न पाँचओटा सिद्धान्त पर्दछन् :-
(क) क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान
(ख) अरू देशको आन्तरिक मामलामा अहस्तक्षेप
(ग) अनाक्रमण
(घ) परस्पर सहयोग र लाभको वृद्धि
(ङ) शान्तिपूर्ण सहअस्तित्व
४. पञ्चशीलको सिद्धान्तको महत्व समेटी एक लेख तयार पार्नुहोस् ।
पञ्चशीलको सिद्धान्त र यसको महत्त्व (लेख)
पञ्चशीलको सिद्धान्त पाँचओटा नियम वा आचरणको संयुक्त रूप हो। नेपाल लगायतका विभिन्न राष्ट्रहरूले पञ्चशीलको सिद्धान्तलाई परराष्ट्र नीतिको प्रमुख सिद्धान्तका रूपमा ग्रहण गरेका छन् । सन् १९५५ अप्रिलमा इन्डोनेसियाको बाड्ड्डुङ सहरमा भएको सम्मेलनमा एसिया र अफ्रिकाका विभिन्न राष्ट्रको सहभागितामा यससम्बन्धी प्रस्ताव पारित भएको थियो। क्षेत्रीय अक्षुण्णता र सार्वभौमिकताको पारस्परिक सम्मान, अनाक्रमण, एक अर्काका देशीय समस्याहरूमा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्व जस्ता महत्वपूर्ण पाँच सिद्धान्त पञ्चशीलको सिद्धान्तअन्तर्गत पर्दछन्। अन्तर्राष्ट्रिय शान्ति र समझदारी कायम राख्न पञ्चशीलको सिद्धान्त निकै महत्वपूर्ण रहेको छ । आफ्नो राष्ट्रको परराष्ट्र नीतिमा पञ्चशीलको सिद्धान्तलाई प्राथमिकता दिने हो भने विश्वमा आपसी भाइचारा र सहअस्तित्वको वातावरण सिर्जना हुन्छ। द्वन्द्वको मूल कारण कुनै पनि देशको आन्तरिक गतिविधिमा बाह्य हस्तक्षेप हो। यस सिद्धान्तले बाह्य हस्तक्षेपलाई निषेध गर्दछ। देशहरूका बिचमा आपसी सहयोग र सहकार्यको वातावरण सिर्जना हुन्छ। हरेक देशको राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान हुन्छ । यी विभिन्न कारणले गर्दा पञ्चशीलको सिद्धान्तको विश्वव्यापी महत्त्व रहेको छ। यसर्थ विश्वमा भएका विभिन्न साना तथा ठुला राष्ट्रहरूको समान अस्तित्व कायम गरी युद्धको सट्टा शान्तिको माध्यम, संवादको माध्यमबाट समस्या समाधान गर्न पञ्चशीलको सिद्धान्त निकै महत्त्वपूर्ण सावित वित भएको। विश्वबन्धुत्वको भावना विकास गरी हामी एक हौं भन्ने कुरालाई यस सिद्धान्तले जोड दिएको हुँदा यसको महत्त्व रहेको छ ।
५. पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ। यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
उत्तर : पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ। धेरै राष्ट्रहरूले आफ्नो परराष्ट्र नीतिको प्रमुख सिद्धान्तको रूपमा पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेका छन्। यसको कारण विगतका तुलनामा वर्तमानमा युद्ध र हिंसाको वातावरण निकै कमी भएको छ। ठुला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्व नस्वीकार्ने प्रचलन हराउँदै गएको छ। अनाक्रमणमा विश्वास राख्दै हस्तक्षेप नगर्ने नीति अवलम्बन भएको छ । शान्तिपूर्ण सहअस्तित्वमा सबैको ध्यान केन्द्रित भएको छ । युद्धका माध्यमबाट होइन वार्ता र संवादका माध्यमबाट समस्याको हल खोज्न थालिएको छ। तसर्थ पञ्चशीलको सिद्धान्तको अवलम्बनले विश्वमा शान्ति र मेलमिलापको भावना सिर्जना गर्छ ।
पाठ २. संयुक्त राष्ट्र सङ्घ
१. संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो ?
उत्तर : संयुक्त राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोवर २४ मा भएको हो ।
२. संयुक्त राष्ट्रसङ्घका हालका महासचिव को र कहाँका हुन् ?
उत्तर : संयुक्त राष्ट्रसङ्घका हालका महासचिव एन्टिरियो गुटेर्रेस हुन् र उनी पोर्चुगलका हुन् ।
३. महासभालाई संयुक्त राष्ट्रसङ्घको संसद् भनिन्छ। यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर : संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९ देखि २२ मा महासभासम्बन्धी व्यवस्था गरिएको छ। यसलाई राष्ट्रसङ्घको व्यवस्थापिका पनि मानिन्छ । महासभाको वैठकमा प्रत्येक राष्ट्रले ५ जना प्रतिनिधि पठाउने व्यवस्था छ । मताधिकार भने एक मात्र रहने व्यवस्था छ। महत्वपूर्ण निर्णयहरू दुई तिहाइ र अन्य निर्णय सामान्य बहुमतबाट पारित हुने व्यवस्था रहेको छ। प्रत्येक अधिवेशनका लागि एक जना अध्यक्ष र १७ जना उपाध्यक्ष निर्वाचित गर्ने व्यवस्थाँ रहेको छ । महासभाको काम व्यवस्थित गर्न विभिन्न ६ ओटा समिति हुन्छन् । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारदेखि महासभाको अधिवेशन सुरु भई मध्य डिसेम्बरसम्मै चालु रहन्छ। सदस्यता जारी गर्ने, वार्षिक बजेट पारित गर्ने, महासचिव र न्यायाधीशको नियुक्ति गर्ने लगायतका कार्य यसले गर्दछ । व्यवस्थापिकाले गर्ने कामहरू गर्ने भएकाले यसलाई संयुक्त राष्ट्रसङ्घको संसद् भनिन्छ ।
४. जिम्मा जमानी परिषद हाल सक्रिय छैन। किन ?
उत्तर : जिम्मा जमानी परिषद्ले कुनै राष्ट्रले आफ्नो अधिनमा राखेको प्रदेशका सम्बन्धमा आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गरे नगरेको निरीक्षण गर्ने कार्य गर्दछ। त्यस्तै यसले अन्य राष्ट्रको उपनिवेशबाट स्वतन्त्र वा स्वतन्त्र राष्ट्रहरू आफैं शासन चलाउन सक्षम नभएसम्म सहयोग गर्ने कार्यसमेत गर्दछ। हाल यी कार्यहरूको सम्पादन भइसकेको हुँदा यसले कार्य सम्पादन गर्नुपर्दैन। तसर्थ यस संस्था हाल सक्रिय छैन ।
५. सुरक्षा परिषद्को भूमिका उल्लेख गर्नुहोस् ।
उत्तर : संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा २३ देखि ५० सम्म सुरक्षा परिषद्को व्यवस्था गरिएको छ। यसमा ५ स्थायी र १० अस्थायी सदस्य राष्ट्रहरू रहने व्यवस्था गरिएको छ। यसले हातहतियारको प्रयोगमा नियन्त्रण गर्ने र विवाद समाधानको उपयुक्त प्रयास गर्दछ। त्यस्तै सुरक्षा परिषद्ले समस्याको शान्तिपूर्ण समाधानमा जोड दिँदै शान्ति भङ्ग गर्ने मुलुक विरुद्ध सैनिक तथा गैरसैनिक कदम चाल्ने कार्यसमेत गर्दछ। नयाँ सदस्य राष्ट्रको नियुक्तिका लागि महासभामा सिफारिस गर्ने, महासचिव, अन्तर्राष्ट्रिय न्यायालयको न्यायधीशको नियुक्तिको सिफारिस गर्ने कार्य पनि सुरक्षा परिषद्को महत्वपूर्ण कार्य हो। तसर्थ विश्वमा शान्ति कायम गर्नका लागि सुरक्षा परिषद्को निष्पक्ष र न्यायोचित भूमिका आवश्यक रहेको छ ।
६. निषेधाधिकार भनेको के हो ? यसको प्रयोग कसले गर्छ ?
उत्तर : संयुक्त राष्ट्रसङ्घका केही शक्तिशाली राष्ट्रले प्राप्त गरेको प्रस्तावित कार्यमा रोक लगाउने अधिकार वा विशेषाधिकारलाई निषेधाधिकार भनिन्छ । यसलाई भिटो पनि भनिन्छ। यसको प्रयोग संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्द्मा रहने ५ स्थायी सदस्य राष्ट्रले गर्छन्। यसअन्तर्गत अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत पर्दछन् ।
पाठ ३. संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू
१. संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूको सूची तयार पार्नुहोस् ।
उत्तर : संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू निम्न छन् :
(क) अन्तर्राष्ट्रिय श्रम सङ्गठन
(ख) खाद्य तथा कृषि सङ्गठन
(ग) विश्व स्वास्थ्य सङ्गठन
(घ) अन्तर्राष्ट्रिय मुद्रा कोष
(ङ) संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक र सांस्कृतिक सङ्गठन
(च) विश्व बैड्क
(छ) अन्तर्राष्ट्रिय दुर सञ्चार सङ्घ
(ज) विश्व हुलाक सङ्घ
(झ) अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ
(ञ) विश्व जलवायु सङ्गठन
(ट) विश्व बौद्धिक सम्पत्ति सङ्गठन
(ठ) अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन
(ड) संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन
(ढ) अन्तर्राष्ट्रिय कृषि विकास कोष
(ण) विश्व पर्यटन सङ्गठन ।
२. युनेस्कोले नेपालको शैक्षिक तथा सांस्कृतिक विकासमा पुयाएको योगदानको चर्चा गर्नुहोस् ।
उत्तर : काठमाडौंमा युनेस्कोको कार्यालय सन् १९९८ मा स्थापना भएको थियो। त्यसबेलादेखि यो कार्यालयले शान्ति निर्माणमा योगदान पुयाउने उद्देश्यले शिक्षा, विज्ञान, संस्कृति, सञ्चार र सूचना जस्ता क्षेत्रमा कार्य गर्दै आएको छ । युनेस्कोले नेपालमा गरिबी निवारण, दिगो विकास र अन्तरसांस्कृतिक संवादलाई बढावा दिन शैक्षिक तथा सांस्कृतिक विकासमा योगदान दिएको छ। युनेस्कोले नेपालमा सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न, महिला सशक्तीकरण र साक्षरतामा ध्यान केन्द्रित गर्न, भूकम्पपछिको सांस्कृतिक सम्पदाको पुनस्थापना गर्न, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवादलाई प्रवर्धन गर्न, वैज्ञानिक ज्ञान परिचालन गर्ने, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास र वकालत गर्न काम गरिरहेको छ। यसले देशका अन्य विकास साझेदारहरूसँग नजिकबाट सहकार्य गरेर काम गर्ने गर्छ। यसरी सबैका लागि शिक्षाको अवसर प्रदान गर्न युनेस्कोले सहयोग गरेको छ। त्यस्तै सांस्कृतिक सम्पदाको संरक्षणमा पनि यसले सहयोग गरेको छ। तसर्थ नेपालको शैक्षिक तथा सांस्कृतिक विकासमा युनेस्कोको योगदान निकै महत्त्वपूर्ण रहेको पाइन्छ ।
३. विश्व हुलाक सङ्घको उपयोगिता अहिलेको समयमा कति सान्दर्भिक छ जस्तो लाग्छ ? तर्क प्रस्तुत गर्नुहोस् ।
उत्तर : विश्व हुलाक सङ्घ ९ अक्टोबर १८७४ मा स्थापित र १ जुलाइ १९४८ मा संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्था बनेको हो। यसले मुख्य रूपमा सुरक्षित, कुशल र व्यवस्थित रूपमा विश्वभर हुलाक वस्तु वितरण गर्ने कार्य गर्दछ । यसै गरी निश्चित नियमअनुसार एक राज्यले अर्को राज्यमा पठाउने हुलाक वस्तुहरूको दर निर्धारण गर्ने कार्य समेत गर्दछ। हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउनु यसको प्रमुख कार्य हो। यसका हाल १९२ राष्ट्र सदस्य रहेका छन् । यस संस्थाले भौतिक तथा डिजिटल दुवै रूपमा आफ्ना सेवा उपलब्ध गराउँछ। यसले आधुनिक प्रविधिको प्रयोग गरी विश्व हुलाक सेवालाई सुरक्षित, भरपर्दो, व्यवस्थित र प्रभावकारी बनाउँदै आएको छ। यस संस्थाले सल्लाहकार, मध्यस्थता रै सम्पर्क भूमिका पूरा गर्छ र आवश्यक भएमा प्राविधिक सहयोग प्रदान गर्दछ। यसले अन्तर्राष्ट्रिय मेल एक्सचेन्जको लागि नियमहरू सेट गर्दछ र मेल, पार्सल र वित्तीय सेवाहरूको मात्रामा वृद्धि गर्न र ग्राहकहरूको लागि सेवाको गुणस्तर सुधार गर्न सिफारिस गर्दछ। तसर्थ अहिले पनि यसको उपयोगितामा कमी आएको छैन। यसको सान्दर्भिकता आज पनि उत्तिकै छ हिजो जति थियो ।
४. नेपालको कृषि क्षेत्रको विकासका लागि योगदान पुयाउने विशिष्टीकृत संस्थाहरू पहिचान गरी तिनीहरूका कार्य उल्लेख गर्नुहोस् ।
उत्तर : नेपालको कृषि क्षेत्रको विकासका लागि योगदान पुऱ्याउने विशिष्टीकृत संस्थाहरू :-
(क) खाद्य तथा कृषि सङ्गठन
(ख) अन्तर्राष्ट्रिय कृषि विकास कोष
यी संस्थाहरूका कार्य :-
(क) खाद्य तथा कृषि सङ्गठन: कृषि उत्पादनमा वृद्धि गरी विश्वका जनताको स्तरमा वृद्धि गर्नु, खाद्य वितरणको अवस्था सुधार्नु, खाद्य सुरक्षामा जोड दिनु, सरकारलाई खाद्य नीति तथा योजनासम्बन्धी सल्लाह दिनु, कृषि अनुसन्धाजनमा जोड दिनु ।
(ख) अन्तर्राष्ट्रिय कृषि विकास कोष: खाद्य उत्पादन र पोषणको उत्पादन बढाउन विकासोन्मुख मुलुकलाई सहयोग गर्नु ।
पाठ ४. विश्वव्यापीकरण र स्थानीयकरण
१. विश्वव्यापीकरण भनेको के हो ?
उत्तर : मानिस, वस्तु, पूँजी, विचार, प्रविधि, संस्कृति आदि कुनै निश्चित ठाउँ र देशको सीमा नाघेर विश्वभर फैलिने अवस्थालाई विश्वव्यापीकरण भनिन्छ। अहिले वस्तु, श्रम, पूँजी, प्रविधि, विचार आदि विश्वभर आदानप्रदान हुन्छ । यसलाई नै विश्वव्यापीकरण भनिन्छ। सीमित दृष्टिकोणमा अर्थतन्त्रलाई जोड्ने प्रक्रिया विश्वव्यापीकरण भए पनि वृहत अर्थमा विश्वव्यापीकरण भनेको आधुनिक विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र प्राविधिकलगायतका सबै विषयमा साझा मूल्य मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान हो ।
२. विश्वव्यापीकरणको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर : विश्वव्यापीकरणको महत्त्व :-
(क) खुला अर्थतन्त्र र बजारीकरणमा जोड दिन्छ ।
(ख) आयात निर्यात प्रक्रियालाई खुकुलो बनाउँछ ।
(ग) राष्ट्रिय आय, बचत, उत्पादन र रोजगारी अभिवृद्धि गर्दछ ।
(घ) विश्वलाई एक ग्रामका रूपमा लिई विश्वबन्धुत्वको भावना विकास गराउँछ ।
(ङ) वस्तु, सेवा, श्रम, पूँजी र प्रविधि जस्ता कुराको विश्वभर आदानप्रदान हुन्छ ।
(च) लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, मानव अधिकार, सामाजिक न्याय, सामावेशीकरण जस्ता कुराहरूको विकास, संरक्षण र सम्वर्धन गराउँछ ।
३. विश्वव्यापीकरणका सकारात्मक र नकारात्मक पक्षको सूची तयार पार्नुहोस् ।
उत्तर : विश्वव्यापीकरणका सकारात्मक पक्षहरू :-
(क) लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, समावेशिता, सुशासन जस्ता पक्षको विकास र संरक्षण
(ख) आर्थिक उदारता, निजीकरण, विप्रेषण, वैदेशिक लगानी, रोजगारी, बजार क्षेत्र आदिमा वृद्धि र विकास
(ग) धर्म निरपेक्षता, सांस्कृतिक बहुलवाद, सामाजिक चेतना, धर्म निरपेक्षताको विकास
(घ) सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तार तथा प्रयोग ।
विश्वव्यापीकरणका नकारात्मक पक्षहरू :
(क) वैदेशिक हस्तक्षेप बढी राजनीतिक अस्थिरताको खतरा बढ्ने
(ख) स्रोतसाधनको अत्यधिक दोहन, परनिर्भरताको अवस्था सिर्जना र धनी तथा गरिबबिचको खाडल बढ्न जाने
(ग) मौलिक कला, संस्कृति, परम्परा, भाषा लोप हुन सक्ने
(घ) सामजिक विकृति र विसङ्गति वृद्धि हुने
(ङ) बौद्धिक तथा श्रमशक्तिको पलायन हुनै
(च) साइबर अपराधमा वृद्धि तथा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने ।
४. स्थानीयकरण भनेको के हो ?
उत्तर : स्थानीय भाषा, क्षेत्र, जाति प्रविधि, सिप, विचार, कला, संस्कृति, उत्पादनको संरक्षण, संवर्धन र विकासको कुरा नै स्थानीयकरण हो। अर्थात् आफ्नो पहिचान बनिसकेको विषयको संरक्षण, संवर्धन र विकास गर्ने मान्यता नै स्थानीयकरण हो । यसले एउटा ठाउँ वा स्थान विशेषलाई उच्च प्राथमिकतामा राख्छ । मौलिकताको संरक्षणमा जोड दिँदै यसले नवीन आविष्कारलाई स्थानीय सिप र प्रविधिमा आधारित बनाउनुपर्ने र त्यसकै आधारमा परम्परागत मूल्य मान्यता र संस्कृतिको पहिचानमा जोड दिन्छ ।
५. स्थानीयकरणको महत्त्व बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
उत्तर : स्थानीयकरणको महत्व :-
(क) विविधताबिचको एकतालाई प्राथमिकता दिन्छ ।
(ख) राष्ट्रियताको जगेर्ना, स्थानीय प्रविधि र सेवालाई जोड दिन्छ । (ग) जनकेन्द्रित विकासको दृष्टिकोण प्रस्तुत गर्दछ ।
(घ) श्रमिक तथा वस्तुको अन्तर्राष्ट्रियकरणलाई निरुत्साहित गर्छ ।
(ङ) मौलिक कला, संस्कृतिको संरक्षण र संवर्धन गर्दछ ।
(च) राजनीतिमा नागरिकको प्रत्यक्ष सहभागिता र सेवा प्रवाहमा पहुँच वृद्धि गर्दछ ।
पाठ ५. सूचना तथा सञ्चार प्रविधि
१. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ ? उल्लेख गर्नुहोस् ।
उत्तर : शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग यसरी गर्न सकिन्छ :-
(क) विषयवस्तुका रूपमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, जस्तैः कम्प्युटर शिक्षा ।
(ख) विषयवस्तुलाई प्रभावकारी रूपमा सिकाइ सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोग, जस्तै: मल्टिमिडियाको प्रयोग, स्मार्टबोर्डको प्रयोग, स्लाइड सोका लागि कम्प्युटर र प्रोजेक्टरको प्रयोग आदि।
(ग) गृहकार्य तथा परियोजना कार्यका लागि आवश्यक सामग्री खोजी
(घ) विभिन्न सर्वेक्षणसँग सम्बन्धित कार्यका लागि गुगल फर्म, माइक्रोसफ्ट फर्मको प्रयोग
(ङ) अनलाइन कक्षा सञ्चालन र सहभागिता, जुम, टिम्स, गुगल क्लासरुम आदिबाट
२. सामाजिक सञ्जालको प्रयोग गरी तपाईंले के के फाइदा लिनुभएको छ ? सूची तयार गर्नुहोस् ।
उत्तर : सामाजिक सञ्जालको प्रयोग गरी मैले निम्न फाइदा लिएको छु :-
(क) साथीभाइ तथा आफन्तसँग निरन्तर सम्पर्क रही कुराकानी गरेको छु ।
(ख) युट्युबलगायतबाट अध्ययनका लागि आवश्यक सामग्री खोजी गरी सिकाइ क्षमता बढाएको छु ।
ग) सर्वेक्षण फारामको लिंक मेसेन्जरमा सेयर गरी तथ्याङ्क सङ्कलन गरेको छु। यसबाट समयको बचत भएको छ । (
(घ) गुगल क्लासरुममा शिक्षकले दिनुभएका कार्य गरी तुरुन्त पृष्ठपोषण प्राप्त गरेको छु । (ङ) नबुझेका र अस्पष्ट भएका विषयवस्तु तुरुन्तै शिक्षकसँग म्यासेन्जरबाट सोधेर स्पष्ट हुने गरेको छु।
३. तपाईंको विद्यालयमा सूचना प्रविधिको सुविधा छैन वा कमी छ भने त्यस्तो सुविधाको व्यवस्था गरिदिन व्यवस्थापन समितिको नाममा एक पत्र तयार पारी प्रेषित गर्नुहोस् ।
उत्तर :
मिति: २०८०/०५/१५
श्री अध्यक्षज्यू,
विद्यालय व्यवस्थापन समिति,
श्री मावि, धरमपुर, धनुषा ।
विषय: सूचना प्रविधिको सुविधा थप गर्ने सम्बन्धमा ।
महोदय,
उपर्युक्त सम्बन्धमा आजको युग सूचना तथा सञ्चारको युग हो। दिनानुदिन यसको महत्त्व बढ्दै गइरहेको छ। सञ्चारका विविध साधनको जासँग पहुँच छ त्यो व्यक्तिसँग धेरै भन्दा धेरै सूचना हुन्छ। धेरै सूचना भएको व्यक्ति नै आजको युगमा शक्तिशाली पनि हुन्छ। त्यसले नै उन्नति गर्छ। आजको मान्यता साक्षरताबाट डिजिटल साक्षरतामा रूपान्तरण भएको कुरा पनि सर्वविदितै छ। हरेक क्षेत्रमा यसको उपयोगिता बढ्दै गएको कुरा अध्यक्षज्यूलाई पनि अवगत नै छ। हाम्रो विद्यालयमा पनि केही वर्षयता सूचना तथा प्रविधिको साधनहरूको उपलब्धतामा वृद्धि हुँदै आएको छ। यसबाट शिक्षक तथा हामी विद्यार्थी लाभान्वित हुँदै आएका छौं। हाम्रो सिकाइमा यसले सकारात्मक प्रभाव पार्दै आएको छ । तर सूचना तथा सञ्चार प्रविधिको उपलब्धता पर्याप्त हुन सकेको छैन। ई-लाइब्रेरी, स्मार्टबोर्ड, कम्प्युटर ल्याबमा कम्प्युटर र तिव्र गतिको इन्टरनेटको अझै पनि पर्याप्तता हुन सकेको छैन। कमजोर विद्यार्थी तथा अन्य विद्यार्थीका लागि फ्लिप कक्षाको व्यवस्था गर्न सके अझै राम्रो हुने थियौ। हाम्रो जस्तो धेरै बिदा भइरहने विद्यालयमा यस्ता कक्षाले अभिभावकको निगरानीमा परियोजनामा आधारित सिकाइलाई प्रोत्साहन गर्ने हुँदा निकै उपयोगी हुन सक्छ । तसर्थ विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको पर्याप्त व्यवस्था मिलाइदिनु हुन अनुरोध छ ।
निवेदक
कक्षा १० का सबै विद्यार्थीहरू
४. सूचना प्रविधिका कुनै दुई साधनको सङ्क्षिप्त परिचय दिनुहोस् ।
उत्तर : सूचना प्रविधिका कुनै दुई साधनको परिचय :-
(क) स्मार्टफोन : सूचना प्रविधिका साधनमध्ये सबैभन्दा बढी प्रचलनमा रहेको सामग्री स्मार्टफोन हो। जहाँसुकै, जहिले पनि सजिलैसँग प्रयोग गर्न सकिने यो साधन बहुउपयोगी साधन हो। यसबाट आवश्यक सामग्री खोजी गर्न, सामाजिक सञ्जालको प्रयोग गर्न, डिजिटल बुकहरू डाउनलोड गरी अध्ययन गर्न सकिन्छ । (ख) स्मार्ट बोर्ड :- यो अन्तर्क्रियात्मक बोर्ड हो। यसलाई कक्षाकोठामा प्रयोग गर्न सकिन्छ। टेलिभिजन स्क्रिन जस्तै देखिने यो आफैंमा एक कम्प्यूटर पनि हो। यसमा टचस्क्रिन हुन्छ । मल्टिमिडियाका रूपमा प्रयोग गर्न सकिने, इन्टरनेटबाट खोजी गर्न सकिने, हवाइटबोर्डका रूपमा प्रयोग गर्ने सकिने र लेखिएका कुरा रेकर्ड गरेर राख्न सकिने भएकाले यो अहिले बढी प्रयोग र प्रचलनमा रहेको छ।
५. के तपाईंको विद्यालयमा पनि फ्लिप कक्षाको सम्भावना छ ? कसरी ?
उत्तर : हाम्रो विद्यालयमा पनि फ्लिप कक्षाको सम्भावना रहेको छ। यो अन्तरक्रियात्मक कक्षा हो। यसबाट घरमै बसेर कक्षा कार्य गर्न सकिन्छ। यसका लागि अनलाइन माध्यमहरू गुगल कक्षा, गुगल मिट, जुम, माइक्रोसफ्ट टिम्स् आदिको प्रयोग गरिन्छ । त्यस्तै अभिभावकको प्रत्यक्ष निगरानीमा परियोजनामा आधारित सिकाइ हुने भएकाले प्रभावकारी पनि हुन्छ। हाम्रो विद्यालयमा सूचना तथा प्रविधिका साधनहरूको उपलब्धता रहेको छ। त्यस्तै ८० प्रतिशतभन्दा बढी विद्यार्थी र अभिभावकहरूसँग स्मार्टफोन र इन्टरनेटको पहुँच रहेको छ। त्यसै गरी शिक्षक र विद्यार्थीहरूको नियमित भौतिक कक्षामा उपस्थिति नियमित छैन। विभिन्न किसिमका बिदा पनि अत्यधिक हुने गर्दछ । त्यसै गरी सिकाइ क्षमता कमजोर भएका विद्यार्थीको सङ्ख्या पनि बढी रहेको छ। यस्तो अवस्थामा हाम्रो विद्यालयमा फ्लिप कक्षाको सम्भावना अत्यधिक रहेको देखिन्छ ।
पाठ ६. समसामयिक घटना
१. समसामयिक घटना भनेको के हो ?
उत्तर : समसामयिक घटना विश्वमा नै आर्थिक, सामाजिक, वातावरणीय र राजनीतिक प्रभाव पार्ने वर्तमान समयमा घटेका घटना हुन्। यस्ता घटना बहुपक्षीय हुन्छन् । जलवायु परिवर्तन, विपत्, महामारी, युद्ध, शान्ति, निशस्त्रीकरण, राजनीतिक आदिसँग यस्ता घटना सैम्बन्धितै हुन्छन् ।
२. समसामयिक घटनाको जानकारीले विद्यार्थीको सोचाइ र व्यवहारमा कस्तो परिवर्तन ल्याउँछ ?
उत्तर : समसामयिक घटना बहुपक्षीय हुने तथा यस्ता घटनाहरू जलवायु परिवर्तन, विपत्, महामारी, युद्ध, शान्ति, निशस्त्रीकरण, राजनीतिक आदिसँग सम्बन्धित हुने भएकाले निकै महत्त्वपूर्ण मानिन्छन् । यस्ता घटनाहरूले विश्वव्यापी रूपमा प्रभाव पार्दछन् । यस्ता घटनाका बारेमा जानकारी राख्नाले ज्ञानको क्षितिजलाई फराकिलो बनाउन सकिन्छ। विश्लेषणात्मक र समालोचनात्मक क्षमता बढाउन सकिन्छ । त्यसका सकारात्मक र नकारात्मक प्रभावका बारेमा समीक्षा गरी नकारात्मक प्रभाव न्यूनीकरणका उपाय सुझाउन र सचेत बन्न सकिन्छ। समसामयिक घटनाका बारेमा जानकारी रानाले असल नागरिकको दायित्व पनि निभाउन सकिन्छ। तसर्थ समसामयिक घटनाको जानकारीले विद्यार्थीको सोचाइ र व्यवहारलाई समयसापेक्ष बनाई सकारात्मक सोचले युक्त र विश्वबन्धुत्वको भावनाले ओतप्रोत भएको व्यक्तित्व निर्माण गर्न सकिन्छ ।
३. तपाईंको समुदायमा घटेका समसामयिक घटनासँग सम्बन्धित रही एक समाचारको नमुना तयार पार्नुहोस् ।
घरेलु हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रमको घोषणा
३ भदौ, धनुषा, अझै पनि महिला तथा बालबालिकामा हुने गरेको विभिन्न हिंसात्मक क्रियाकलापमा कमी आउन नसकेको भनी विभिन्न संस्थाहरूले गरेको अध्ययनले देखाएपछि रौतहटको चन्द्रपुर नगरपालिकाले घरेलु हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रमको घोषणा गरेको छ । कार्यक्रमको घोषणा गर्दै नगर प्रमुख सञ्जय काफ्लेलें घरेलु हिंसाको न्यूनीकरणका लागि अबदेखि नगरपालिकाले कडा कानूनी उपचारको बाटोसमेत अवलम्बन गर्ने बताए । नगर प्रमुख काफ्लेले कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारीसमेत दिएका थिए। कार्यक्रमका अन्य वक्ताहरूले सामाजिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेकोमा नगर प्रमुखलाई धन्यवाद दिएका थिए । कार्यक्रममा कार्यकारी अधिकृतले नगरपालिकाले दर कार्यक्रममा नाममा सहकारीलगायतका संस्थाले गर्ने फजुल खर्ची कार्यक्रमलाई प्रतिबन्ध लगाउने तयारी भइरहेको समेत जानकारी दिए ।
४. सन् २०२२ को सर्वश्रेष्ठ ओस्कार अवार्ड पाउने चलचित्रको नाम लेखुहोस् ।
उत्तर : सन् २०२२ को सर्वश्रेष्ठ ओस्कार अवार्ड पाउने चलचित्रको नाम कोडा हो।
2081 samajik exercise guide also needed
ReplyDeleteIf you have any doubts, Please let me know