एकाइ सात : हाम्रो विगत
पाठ १. वि.सं. २००७ सालको क्रान्ति र दिल्ली सम्झौता
१. दिल्ली सम्झौतालाई त्रिपक्षीय सम्झौता भनिन्छ । किन ?
उत्तर : राणा विरोधी जनक्रान्तिका कारण राणाहरू काठमाडौँमा मात्र सीमित हुन पुगेपछि अत्तालिएर मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न आग्रह गरे। त्यसपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा वार्ता भयो । यो वार्ता राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनका बिचमा भएको थियो। यी तीन पक्षमा बिचमा वार्ता भई सम्झौता भएकाले दिल्ली सम्झौतालाई त्रिपक्षीय सम्झौता भनिन्छ ।
२. प्रजातन्त्र स्थापनाका लागि राजा त्रिभुवनको भूमिकाको समीक्षा गर्नुहोस् ।
उत्तर : प्रजातन्त्र स्थापनाका लागि राजा त्रिभुवनको भूमिका निकै महत्त्वपूर्ण र सक्रिय रहेको थियो। वि.सं. १९९३ जेठ २० गते नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद् गठन भएको थियो। धर्मभक्त माथेमा यस दलका संस्थापक सदस्य थिए । यस दलले राणा विरोधी गतिविधि सञ्चालन गरेको थियो। यस कार्यमा राजा त्रिभुवनले धर्मभक्त माथेमाका माध्यमबाट गोप्य रूपमा आर्थिक र नैतिक समर्थन गरेका थिए। यो कुरा राणाहरूले थाहा पाएपछि राजाका सम्पूर्ण सुविधा कटौती गर्ने र निगरानी गर्ने कार्य गरेका थिए। वि.सं. १९९७ मा चार सहिदलाई मृत्युदण्ड दिइएपछि राणा विरोधी आन्दोलनले तीव्रता पाएको थियो। वि.सं. २००३ काङ्ग्रेस र २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भयो । २००७ कार्तिक २१ गते नेपाली काङ्ग्रेसले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्ने घोषणा गयो। यसै समयमा राजा त्रिभुवनले यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे । राणाहरू काठमाडौँमा मात्र सीमित भएपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, राजा र नेपाली काङ्ग्रेसका बिचमा दिल्ली सम्झौता भयो। तत्पश्चात् राजा त्रिभुवन फागुन ४ गते नेपाली फर्के र ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरे। यसप्रकार प्रजातन्त्र स्थापनाका लागि राजा त्रिभुवनको भूमिका निकै महत्त्व रहेको थियो ।
३. दिल्ली सम्झौताका मुख्य बुँदा के के थिए ?
उत्तर : दिल्ली सम्झौताका मुख्य बुँदा निम्न थिए :-
(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने
(ख) १० जना (५ जना नेपाली काङ्ग्रेस र ५ जना राणाहरू) सदस्य रहेको अन्तरिम मन्त्रीमण्डल गठन गर्ने
(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने (घ) फौजदारी अभियोग लागेकाबाहेक अरू सबै राजबन्दीलाई रिहा गर्ने
(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने।
४. प्रजातन्त्रपछि पनि मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाइयो। यसमा तपाईं सहमत या असहमत के हुनुहुन्छ ? कारणसहित लेखुहोस् ।
उत्तर : वि.सं. २००७ फागुन १ गते त्रिपक्षीय दिल्ली सम्झौता भएको थियो। यो सम्झौता राणा, राजा त्रिभुवन र नेपाली काङ्ग्रेसका बिचमा भएको थियो। यस सम्झौतामा भएका विभिन्न बुँदामध्ये एउटा बुँदा मोहन शमशेरको प्रधानमन्त्रीत्वमा १० सदस्यीय अन्तरिम मन्त्रीमण्डल गठन गर्ने उल्लेख गरिएको थियो। राजा त्रिभुवनबाट प्रजातन्त्र घोषणा भएपछि पनि मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाइयो। सम्झौताअनुसार उक्त कार्य भएकाले यसमा म सहमत छु।
परियोजना कार्य
विद्यालयको पुस्तकालयमा भएका इतिहासका पुस्तकको अध्ययन गरेर वा इन्टरनेटका माध्यमबाट वि.सं. २००७ को क्रान्ति, यसका कारण र परिणाम खोजी गरी विवरण तयार गर्नुहोस् ।
वि.सं. २००७ को क्रान्ति, यसका कारण र परिणाम
वि.सं २००७ को क्रान्ति
जनतामा चेतनास्तर वृद्धि भएसँगै राणा विरोधी अभियानले सङ्गठित रूप लिन थाल्यो। वि.सं. १९८८ मा खोलिएको प्रचण्ड गोरखा राणा विरोधी पहिलो सङ्गठन हो। यसका गतिविधिहरू प्रभावकारी हुन सकेनन् । यस संस्थामा क्रियाशील व्यक्तिलाई राणाहरूले पक्रिएपछि यो संस्था सुस्ताएको थियो। त्यसपछि वि.सं. १९९३ जेठ २० मा नेपालको पहिलो राजनीतिक दल 'नेपाल प्रजा परिषद् गठन भयो। यो दल टङ्कप्रसाद आचार्यको सभापतित्वमा गठन गरिएको थियो। यस दलमा संलग्न रहेका शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथचन्दलाई वि.सं. १९९७ मा मृत्युदण्ड दिइयो। टङ्कप्रसाद आचार्यलाई भने जेलमा राखियो। यस घटनापछि भने राणा विरोधी आन्दोलनले तीव्रता पायो। वि.सं. २००३ मा काङ्ग्रेस र वि.सं. २००६ कम्युनिस्ट पार्टीको स्थापना भएपछि राणा विरोधी पृष्ठभूमिले अझ मलजल पायो। वि.सं. २००७ असोज मा बैरगनियामा भएको नेपाली काङ्ग्रेसको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गरी कार्तिक २१ गते घोषणासमेत गयो। नेपाली काङ्ग्रेसले गठन गरेको मुक्ति सेनाले देशका विभिन्न भाग कब्जा गर्न थाल्यो। राणाहरू काठमाडौँमा सीमित भएपछि दिल्लीमा त्रिपक्षीय सम्झौता भयो । वि.सं. २००७ को
क्रान्तिका कारण
वि.सं. २००७ को क्रान्तिका कारण निम्न रहेका छन् :-
क) निरङ्कुश जहानिया शासन
( (ख) गरिबी र बेरोजगारी
(ग) राणाहरूको आन्तरिक कलह
(घ) जनतामा चेतना वृद्धि
(ङ) विश्वव्यापी प्रजातन्त्रको प्रभाव
(च) दलहरूको स्थापना र राणा विरोधी सङ्घर्ष (छ) गोरखा सैनिकको राणाहरूप्रतिको असन्तुष्टि
वि.सं. २००७ को क्रान्तिका परिणाम :-
(क) त्रिपक्षीय दिल्ली सम्झौता
(ख) प्रजातन्त्रको स्थापना
(ग) अन्तरिम सरकार गठन
(घ) आमनिर्वाचन
पाठ २. प्रजातान्त्रिक व्यवस्थाको एक दशक (वि.सं. २००७ देखि २०१७)
१. वि.सं. २००८ मङ्सिरमा गठन भएको काङ्ग्रेसको सरकारलाई तोकिएका कार्य के के थिए?
उत्तर : वि.सं. २००८ मङ्सिरमा गठन भएको काङ्ग्रेसको सरकारलाई तोकिएका कार्य निम्न थिए :-
(क) स्वतन्त्र न्याय विभाग खडा गर्ने
(ख) लोकसेवा आयोगको व्यवस्थालाई राम्रोसँग लागु गर्ने
(ग) सकभर २००९ सलाभित्र विधानसभा खडा गर्ने किसिमले निर्वाचन गराउने
(घ) जनताका नागरिक अधिकारहरू निश्चित गर्ने ।
२. परामर्शदातृ सरकारको छोटो परिचय दिनुहोस् ।
उत्तर : श्री ५ त्रिभुवनले परामर्श दातृहरूको सल्लाह लिएर आफैं प्रत्यक्ष शासन गर्ने उद्देश्यले जनरल केशर शमशेरसहित पाँच जना सदस्य रहेको सरकार वि.सं. २००९ श्रावण ३० गते परामर्श दातृ सरकार गठन गरेका थिए। यो सरकारलाई राजाप्रति उत्तरदायी हुनुपर्ने, बैठकका निर्णय एवम् कार्यान्वयनका लागि राजाको स्वीकृति अनिवार्य व्यवस्था गरिएको थियो। यो सरकार वि. सं. २०१० असार २ गते विघटन भयो ।
३. राजनीतिक सङ्क्रमण भनेको के हो? वि.सं. २००७ देखि २०१७ को दशकलाई राजनीतिक सङ्क्रमणको अवधि किन भनिन्छ ?
उत्तर : राजनीतिक सङ्क्रमण भनेको कुनै शासन, स्थिति, नियम आदि दिगो भइ नसकेको अव्यवस्थित वा अस्थिर समय हो। वि.सं. २००७ देखि २०१७ को दशक राजनीतिक रूपमा अस्थिर रहेको थियो। सरकार बन्ने र ढल्ने क्रम पनि निकै तीव्र गतिमा भएको थियो। यो अवधिमा लगभग नौओटा सरकार गठन भए। भर्खरै मात्र प्रजातन्त्रको स्थापना भएको, राजनीतिक संस्कारको विकास भइनसकेको, शासन प्रणालीको टुङ्गो नलागेको जस्ता कारणले गर्दा यो दशकलाई राजनीतिक सङ्क्रमणको अवधि भनिन्छ
४. वि.सं. २००७ देखि २०१७ सम्मका प्रमुख सामाजिक तथा आर्थिक उपलब्धिको सूची तयार गर्नुहोस् ।
उत्तर : वि.सं. २००७ देखि २०१७ सम्मका प्रमुख सामाजिक उपलब्धि :-
(क) विद्यालय खुल्ने क्रम बढी शिक्षाको व्यापक प्रचारप्रसार भएको
(ख) हवाई सेवाको सुरुआत र विस्तार
(ग) यातायात क्षेत्रको विकास प्रारम्भ
(घ) वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना
(ङ) टेलिफोन, आकाशवाणी सेवाको सुरुआत
(च) निजामती सेवा ऐन, २०१३ जारी भई लागु भएको
(छ) वनजङ्गलको राष्ट्रियकरण तथा स्वतन्त्र र निष्पक्ष न्याय सेवाको व्यवस्था लागु
(ज) विभिन्न राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम तथा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्ति (वि. सं. २०१२मा)।
प्रमुख आर्थिक उपलब्धि :-
(क) २००८ साल श्रावणदेखि बजेट प्रस्तुत गर्न थालिएको
(ख) २०१३ भाद्रमा भूमिसम्बन्धी नियमको घोषणा गरी मोहीयानी हकको व्यवस्था
(ग) पञ्चवर्षीय योजनाको घोषणा र प्रथम पञ्चवर्षीय योजना लागु
(घ) नेपाल राष्ट्र बैङ्कको स्थापना र मुद्राको प्रचलनमा एकरूपता कायम
(ङ) नयाँ करनीति कृषिमा आधुनिकीकरणको सुरुआत र व्यापार प्रवर्धनको सुरुआत
(च) बिर्ता उन्मूलन ऐन जारी।
५. राजा महेन्द्रलाई महत्वाकाङ्क्षी राजा भनिन्छ । उनलाई यसो भनिनुका कारण के के हुन्?
उत्तर : त्रिभुवनको मृत्युपश्चात् वि.सं. २०११ चैत ४ मा महेन्द्र राजा भए। राजा भए लगत्तै उनले वि.सं. २०१२ वैशाख १ गते शाही सल्लाहकार सरकारको गठन गरी उनीहरूको सल्लाहबमोजिम प्रत्यक्ष शासन सुरु गरे । त्यस्तै तिब्बतमा निर्वासित जीवन बिताइरहेका डा. के. आई सिंहलाई आममाफी दिई नेपालमा बोलाए। नेपालमा उनलाई भव्य स्वागत गरी वि.सं. २०१४ श्रावण ११ मा उनकै नेतृत्वमा सरकार गठन गरे। तीन महिनापछि यो सरकार पनि विघटन गरी राजा महेन्द्रले प्रत्यक्ष शासन गरेका थिए। तसर्थ राजा महेन्द्रलाई महत्वाकाङ्क्षी राजा भनिन्छ ।
पाठ ३. वि.सं. २०१७ देखि २०४६ सम्मका राजनीतिक घटनाहरू
१. पञ्चायती व्यवस्थाको परिचय दिई यस व्यवस्थाको उदय र पतनका कारण लेखुहोस् ।
उत्तर : समयमा नै विधानसभाको निर्वाचन हुन नसक्दा सङ्क्रमण काल लामो समयसम्म रहन गयो। यस अवधि अस्थिर अवधिका रूपमा चिनिन पुग्यो। भ्रष्टाचार, अनियमितता, दलहरूबिचमा बेमेल जस्ता थुप्रै समस्या देखापरे । यसैलाई आधार मानेर राजा महेन्द्रले वि.सं. २०१७ पुस १ गते संसद र सरकारलाई निलम्बन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। त्यसपछि देशमा निर्दलीय शासन व्यवस्थाको सुरुआत भयो। वि. सं. २०१७ पुस २२ गतेबाट राजाले विधिवत् रूपमा पञ्चायती व्यवस्थाको सुरुआत गरे। यस व्यवस्थालाई कानुनी वैधता दिन २०१९ साल पुस १ गते नेपालको संविधान, २०१९ घोषणा भई लागु भयो । यस व्यवस्थाको उदयका कारणहरू निम्न छन् :-
(क) २००७ सालमा पूर्ण अधिकार प्राप्त नहुनु
(ख) विधान सभाबाट संविधान निर्माण गर्ने र दिल्ली सम्झौता कार्यान्वयन नहुनु
(ग) दलहरूमा आपसी बेमेल हुनु र अनुभव तथा परिपक्वताको कमी रहनु
(घ) राजा महेन्द्रको प्रत्यक्ष शासन गर्ने चाहना
(ङ) भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढ्नु
(च) संसदीय व्यवस्था नयाँ हुनु, जनतामा चेतनाको कमी रहनु तथा वैदेशिक हस्तक्षेप बढ्नु ।
यस व्यवस्थाको पतनका कारणहरू निम्न छन् :-
(क) निरङ्कुशता
(ख) जनतामा शिक्षा र चेतनास्तर बढ्दै जानु
(ग) मौलिक हक र मानव अधिकारको हनन् हुनु
(घ) राजनीतिक दलहरू एकजुट भई आन्दोलन गर्नु र जनसहभागिता बढ्नु
(ङ) विरोधीलाई दमन गर्ने र हत्या गर्ने क्रममा वृद्धि हुनु
(च) भ्रष्टाचार बढ्नु ।
२. अन्तरिम सरकार भनेको के हो ?
उत्तर : राजनीतिक परिवर्तनपछि अर्थात् कुनै एक परिपाटी वा व्यवस्था हटेपछि नयाँ व्यवस्थालाई विधिवत् रुपमा स्थापना गर्ने जिम्मेवारी पाएको अन्तरिम कालको सरकारलाई अन्तरिम सरकार भनिन्छ। वि.सं. २०४६ मा बहुदलीय व्यवस्था पुनः स्थापना भएपछि कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय अन्तरिम सरकार गठन गरी संविधान निर्माण गर्ने र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको थियो ।
३. निरङ्कुशता भनेको के हो ? यस व्यवस्थाका बेफाइदा लेखुहोस् ।
उत्तर : निरङ्कुशतालाई निरङ्कुशतन्त्र पनि भनिन्छ। स्वेच्छाचारिता, छाडापन र शासकको स्तुति गान गर्नुपर्ने व्यवस्थालाई निरङ्कुशता भनिन्छ। यसमा जनताको मौलिक हक र मानव अधिकारको प्रत्याभूति गरिएको हुँदैन ।
यस व्यवस्थाका बेफाइदा निम्न छन् :-
(क) एकतन्त्रीय केन्द्रीकृत शासन व्यवस्था हुने
(ख) शासकहरूको गुणगान गाउनुपर्ने
(ग) मौलिक हक र मानव अधिकारको प्रत्याभूति नहुने
(घ) विरोधीहरूको दमन र हत्या गरिने
(ङ) आवधिक निर्वाचन नहुने
(च) एकात्मक केन्द्रीकृत शासन व्यवस्था हुने
(छ) गरिबी, अन्याय, अत्याचार बढी हुने ।
४. जनमत सङ्ग्रह भनेको के हो ? नेपाली जनमत सङ्ग्रहको पृष्ठभूमि उल्लेख गर्नुहोस् ।
उत्तर : कुनै विषयमा जनताको राय वा विचार थाहा पाउनका लागि जनमत सङ्ग्रह गरिन्छ । विशेष परिस्थितिमा समसार्मायक विषयमा जनताको मत बुझ्ने यो प्रयास विश्वका विभिन्न देशमा अपनाइएको छ । जनमत लिन चाहिएको विषयको पक्ष वा विपक्ष, समर्थन वा विरोधमा जनताले आफ्नो मत प्रकट गर्दछन् । दुई वा दुईभन्दा बढी विकल्प भएमा कुनै एकमा निर्णय दिन गरिने मतदान वा जनताको राय नै जनमत सङ्ग्रह हो। तत्कालीन पाकिस्तानी प्रधानमन्त्रीलाई फाँसी दिएको विरोधमा नेपालका विद्यार्थी सङ्गठनले पाकिस्तानी दुतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रहरी हस्तक्षेत्र भएपछि आक्रोशित विद्यार्थीले आन्दोलन निरन्तर अगि बढाएँ। यो आन्दोलनमा जनताको पनि साथ र समर्थन रहयो । त्यसपछि बाध्य भएर राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते सुधारिएको पञ्चायती व्यवस्था वा बद्दलीय शासन व्यवस्था भन्ने दुईओटा विकल्पसहित जनमत सङ्ग्रहको घोषणा गरे। तसर्थ नेपाली जनमत सङ्ग्रहको पृष्ठभूमि विद्यार्थी आन्दोलन रहेको देखिन्छ।
५. बहुदलीय व्यवस्थाका सबल पक्ष उल्लेख गर्नुहोस् ।
उत्तर : बहुदलीय व्यवस्थाका सबल पक्ष निम्न छन् :-
(क) प्रजातान्त्रिक शासन व्यवस्था हुने
(ख) आवधिक निर्वाचनका माध्यमबाट निर्वाचित जनप्रतिनिधिले शासन सञ्चालन गर्ने
ग) मौलिक हक र मानव अधिकारको प्रत्याभूति हुने (
(घ) विकेन्द्रित र जनमुखी शासन व्यवस्था हुने
(ङ) गरिबी निवारण, अन्याय, अत्याचारको अन्त्यका लागि विशेष व्यवस्था हुने (च) शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षाको राम्रो प्रबन्ध गरिने ।
पाठ ४. वि.सं. २०४६ देखि वि.सं. २०६३ सम्मका प्रमुख राजनीतिक घटनाहरू
१. मध्यावधि निर्वाचन भनेको के हो ?
उत्तर : सामान्यतया आमनिर्वाचन पाँच पाँच वर्षमा हुने गर्दछ। यदि कुनै कारणवश पाँच वर्ष नपुगी सो समयभन्दा अगि नै निर्वाचन गराउनु परेमा त्यस्तो निर्वाचन नै मध्यावधि निर्वाचन हो। नेपाली काङ्ग्रेसको आन्तरिक कलहका कारणले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरी वि.सं. २०५१ कार्तिक २९ मा मध्यावधि निर्वाचन गराएका थिए।
२. वि.सं. २०४७ देखि २०६३ सम्मका प्रमुख आर्थिक तथा सामाजिक उपलब्धिको सूची तयार गर्नुहोस् ।
उत्तर : वि.सं. २०४७ देखि २०६३ सम्मका प्रमुख आर्थिक उपलब्धि :-
(क) कलकारखानाहरू निजीकरण
(ख) बैङक र वित्तीय संस्थाहरूको विकास र विस्तार तीव्र गतिमा हन्
(ग) सूचना तथा सञ्चारको क्षेत्रमा उल्लेख्य प्रगति हुनु
(घ) अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता र प्रभावमा वृद्धि हुनु ।
वि.सं. २०४७ देखि २०६३ सम्मका प्रमुख सामाजिक उपलब्धि :-
(क) जनताको राजनीतिक चेतनास्तरमा अभिवृद्धि भइरहनु
(ख) अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने धारणाको विकास हुनु
(ग) शैक्षिक संस्थाहरूको स्थापना र विकास हुनु
(घ) समावेशी र सामाजिक न्यायमा आधारित शासन व्यवस्थाको प्रारम्भ हुनु
३. "वि.सं. २०६१ माघ १९ को घटना सिर्जना हुनुमा राजनीतिक दल पनि उत्तिकै जिम्मेवार छन् ।" यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
उत्तर : वि.सं. २०५६ मा भएको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले स्पष्ट बहमत प्राप्त गरेको थियो। पाटीभित्रको आन्तरिक कलहका कारणले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले वि.सं. २०५९ असार ८ गते प्रतिनिध सभा विघटन गराई मध्यावधि निर्वाचन सिफारिस गरे। माओवादी सशस्त्र द्वन्द्वका कारण निर्वाचन गराउन नसक्ने भन्दै निर्वाचन सार्न सिफारिस गरेपछि राजाबाट असंवैधानिक कदम चाली प्रत्यक्ष शासन आफ्नो हातमा लिने काम भयो। तसर्थ वि.सं. २०६१ माघ १९ गतेको राजाको कदम सिर्जना हुनुमा राजनीतिक दल विशेष गरी नेपाली काङ्ग्रेस बढी जिम्मेवार रहेको थियो ।
४. वि.सं. २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाले गरेको विशेष घोषणाका कुनै चारओटा निर्णय उल्लेख गर्नुहोस् ।
उत्तर : वि.सं. २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाले गरेको विशेष घोषणाका कुनै चारओटा निर्णय :- (क) नेपालको व्यवस्थापिकासम्बन्धी सम्पूर्ण अधिकार प्रतिनिधि सभाबाट प्रयोग गरिने छ ।
(ख) नेपालको सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने छ। 'श्री ५ को सरकार' का सट्टामा 'नेपाल सरकार' प्रयोग गरिने छ ।
(ग) 'शाही नेपाली सेना' को नाम परिवर्तन गरी 'नेपाली सेना' रहने छ ।
(घ) राजपरिवारको आय र सम्पत्तिमाथि कर लगाइने छ।
५. अल्पमतको सरकार भनेर कस्तो सरकारलाई बुझाउँछ ? मनमोहन अधिकारीले किन अल्पमतको सरकार गठन गरेका थिए ?
उत्तर : प्रतिनिधि सभाको कुल सिट सङ्ख्याको बह्मत नपुगेको अवस्थाको सरकार अल्पमतको सरकार हो। तत्कालीन व्यवस्थाअनुसार कुनै पनि दलको बह्मत नभएका खण्डमा सबैभन्दा ठुलो दलले सरकार गठन गर्न पाउने व्यवस्था थियो । २०५१ कार्तिक २९ गतेको मध्यावधि निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चुनावमा सबैभन्दा ठुलो दल बनेको नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले अल्पमतको सरकार गठन गरेका थिए ।
पाठ ५. वि.सं. २०६३ देखि २०७९ सम्मका राजनीतिक घटनाक्रम
१. संविधान सभाबाट निर्मित संविधान जनमुखी हुन्छ। कसरी ? कारण दिनुहोस् ।
उत्तर : संविधान सभा जननिर्वाचित प्रतिनिधिहरूको संस्थाका रूपमा रहेको हुन्छ। जनताको चाहनाबमोजिमको लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि यसको गठन भएको हुन्छ । जनताबाट निर्वाचित भएर आउने प्रतिनिधि जनताप्रति इमानदार र वफादार रहने विश्वास गरिन्छ। उनीहरूले जनताको भावनालाई प्रतिनिधित्व गर्दछन्। संविधान निर्माणका विभिन्न तरिका मध्ये यो तरिका सबैभन्दा उत्तम र लोकतान्त्रिक पनि हो। यसरी निर्माण गरिने संविधानमा लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता, मौलिक हक, कानुनी राज्य, राज्यका निर्देशक सिद्धान्त, आवधिक निर्वाचन जस्ता कुराको व्यवस्था गरी जनताको हित हुने व्यवस्था गरिएको हुन्छ । तसर्थ संविधान सभाबाट निर्मित संविधान जनमुखी हुन्छ ।
२. नेपालमा पहिलो संविधान सभाबाट संविधान जारी हुन नसक्नुका कारण के के हुन् ? लेख्नुहोस् ।
उत्तर : नेपालमा पहिलो संविधान सभाबाट संविधान जारी हुन नसक्नुका कारण निम्न छन् :-
(क) माओवादी सबैभन्दा ठुलो दल भएको हिसाबले उसले नेतृत्वदायी र सहमतीय भूमिका निर्वाह गर्न नसक्नु (ख) संवैधानिक मूल्य मान्यता, सिद्धान्त, प्रस्तावना जस्ता कुरामा सबै दलको सहमती बन्न नसक्नु
(ग) विगतमा झैँ दलहरूको अपरिपक्व र दलीय स्वार्थमा आधारित राजनीति
(घ) संविधान निर्माणतिरभन्दा सरकार निर्माणतिर बढी ध्यान केन्द्रित गर्नु ।
३. नेपालमा गणतन्त्र स्थापनाका कारणहरू के के हुन् ? लेखुहोस् ।
उत्तर : नेपालमा गणतन्त्र स्थापनाका कारणहरू निम्न छन् :-
(क) राजाबाट पटक पटक प्रजातन्त्रको अपहरण गर्ने काम हुनु
(ख) राजतन्त्रको समयमा देशले सामाजिक, आर्थिकलगायतका उन्नति हासिल गर्न नसक्नु र अपेक्षाकृत विकास नहुनु ग) माओवादी युद्धलाई शान्तिपूर्ण राजनीतिमा ल्याई जनतालाई पूर्ण अधिकारको प्रत्याभूति दिलाउन (
(घ) वैदेशिक चलखेल
(ङ) गणतन्त्रबाट मात्र प्रजातन्त्रको पूर्ण प्रत्याभूति हुने भएकाले ।
४. वि.सं. २०४६ को जनआन्दोलन र २०६२, २०६३ को जनआन्दोलनबिचका समानता र भिन्नता लेखुहोस् ।
(ख) दुवै आन्दोलन राजाको सक्रिय शासनका विरुद्धमा भएको (ग) दुवै आन्दोलनमा जनताको ठुलो समर्थन रहेकोgy
(घ) दुवै आन्दोलन प्रजातन्त्रको लागि भएको
वि.सं. २०४६ र २०६२, २०६३ को जनआन्दोलनबिचका भिन्नता :-
(क) दुवै आन्दोलनको पृष्ठभूमि फरक रहेको
(ख) पहिलो जनआन्दोलनमा बहुदलीय व्यवस्थाको पुनःस्थापनाको मात्र माग गरिएको थियो भने दोस्रो जनआन्दोलनमा पूर्ण लोकतन्त्रको माग गरिएको थियो । (ग) पहिलो जनआन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापित गरेको थियो भने दोस्रो जनआन्दोलनले गणतन्त्र स्थापनाको आधार तयार पारेको थियो ।
पाठ ६. प्रथम विश्वयुद्ध: कारण र घटनाक्रम
१. गुटबन्दीले प्रथम विश्वयुद्धलाई कसरी प्रश्रय दियो ? लेखुहोस् ।
उत्तर : जर्मनीको एकीकरणपछि जर्मनीमा सन् १८७० मा अटोभान बिस्मार्क चान्सलर नियुक्त भए। उनले जर्मनीको सिमाना विस्तार गर्ने नीति लिएका थिए। यसकै परिणाम स्वरूप जर्मनीले सन् १८७१ मा फ्रान्समाथि आक्रमण गरी दुई महत्त्वपूर्ण प्रान्तहरू अल्सेस र लोरेन कब्जा गयो। बिस्मार्कले फ्रान्सलाई एक्लो बनाउने र शक्तिविहीन बनाउने नीतिअनुरूप सन् १८७९ मा अस्ट्रिया र हंगेरी तथा सन् १८८२ मा इटालीसँग गोप्य सम्झौता गरे। बिस्मार्कको पतनपछि फ्रान्सले पनि जर्मनी विरुद्ध खेल्ने अवसर पायो। फ्रान्सले सन् १८९४ मा रुससँग र सन् १९०४ मा बेलायतसँग गोप्य सन्धि गर्यो। यसप्रकार युरोपका राष्ट्रहरू कुनै न कुनै रूपमा परस्पर प्रतिस्पर्धी दुई गुटमा विभाजित भए । यो गुटबन्दीले प्रथम विश्वयुद्धको कारण बन्यो ।
२. उग्रराष्ट्रवादलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
उत्तर : कुनै पनि राष्ट्रको समुन्नति तथा प्रगतिका लागि राष्ट्रवादको भावना आवश्यक हुन्छ। यसले व्यक्तिको राष्ट्रप्रतिको कर्तव्य बोध गराउँछ। व्यक्तिको आत्मसम्मान र गौरवका लागि पनि यो आवश्यक हुन्छ । यसै कुरालाई व्यक्तिको स्वार्थका लागि प्रयोग गरिएमा त्यसले हानि गर्दछ। यसले गर्दा व्यक्तिमा आफ्नो राष्ट्र र नागरिकहरू मात्र विश्व हो, अरू केही पनि होइन भन्ने भावनाको विकास हुन्छ । अरू राष्ट्रको अस्तित्व स्वीकार नगर्ने र हामी नै मात्र हाँ भन्ने अहम् भावनाको विकास हुन्छ। यसलाई उग्रराष्ट्रवादका रूपमा लिइन्छ । युरोपमा खास गरी जर्मनी र इटालीको एकीकरणपछि त्यहाँ राष्ट्रवाद चरम विन्दुमा पुगेको थियो। उनीहरूमा अन्य राष्ट्रको अस्तित्व स्वीकार नगर्ने र हामी मात्र हौं भन्ने अहम् भावनाले प्रश्रय पाएको थियो ।
३. साम्राज्यवाद र उपनिवेशवादमा के भिन्नता छ ? उदाहरणसहित लेख्नुहोस् ।
उत्तर : ससाना कमजोर देश वा राज्यहरूलाई शक्तिद्वारा वशमा पारेर राज्यको विस्तार गर्ने वा साम्राज्य खडा गर्ने सिद्धान्त सामाज्यवाद हो। उपनिवेश बनाउने वा कायम गर्ने सिद्धान्त उपनिवेशवाद हो यसमा शक्तिशाली देशले
साम्राज्यको विस्तारका क्रममा आफूअन्तर्गत लिएर अधिकारबाट वञ्चित गरेर आधिपत्य जमाउने गरिन्छ। औद्योगिक क्रान्तिपछि युरोपेली राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, इटाली र रुसले साम्राज्यवादी र उपनिवेशवादी नीति लिएका
थिए ।
४. प्रथम विश्वयुद्धको तत्कालीन कारण के थियो ? लेखुहोस् ।
उत्तर : अस्ट्रिया हङ्गेरीका राजकुमार र उनकी पत्नी बोस्नियाको राजधानी साराजेभोको भ्रमणमा गएका वेला ब्ल्याक ह्यान्ड सोसाइटीका सदस्य रहेका एक युवकले गोली हानी हत्या गरे। यस घटनामा जर्मनीको इसारामा अस्ट्रिया हङ्गेरीले उक्त सोसाइटीलाई प्रतिबन्ध लगाई दमन गर्न र त्यसको अनुगमन आफूले गर्न पाउनु पर्ने माग राखेर अठचालिस घण्टे चेतावनी पठायो। ब्ल्याक ह्यान्ड सोसाइटीलाई प्रतिबन्ध लगाउने र कारबाही गर्ने करामा सर्बिया सहमत भए पनि अस्ट्रियालाई निगरानी गर्न दिन नसकिने सर्बियाको जबाफपछि दुई देशबिच तनाव सिर्जना भयो। अस्ट्रिया होरीले सन् १९१४ जुलाई २८ मा सर्बियामाथि आक्रमण गरेपछि यही घटनाबाट प्रथम विश्वयुद्धको प्रारम्भ भयो ।
पाठ ७. प्रथम विश्वयुद्धका परिणाम
१. राष्ट्रसङ्घको छोटो परिचय दिनुहोस् ।
उत्तर : राष्ट्रसङ्घको स्थापना पहिलो विश्वयुद्धको परिणाम हो। तत्कालीन अमेरिकी राष्ट्रपति विड्रो विल्सनको पहलमा १० जनवरी १९२० मा यसको स्थापना भएको थियो। विश्वलाई युद्धबाट टाढा राख्ने, विश्वमा शान्ति कायम गर्ने, द्वन्द्वलाई वार्ताबाट समाधान गर्ने उद्देश्यका साथ विश्व छाता सङ्गठनका रूपमा राष्ट्रसङ्घको स्थापना भएको थियो
२. प्रथम विश्वयुद्धका परिणामको छोटकरीमा वर्णन गर्नुहोस् ।
उत्तर : प्रथम विश्वयुद्धलाई नरसंहारकारी युद्धका रूपमा लिइन्छ। यो मानव जगत्कै सबैभन्दा भयानक परिणाम ब्यहोरेको युद्ध थियो। यसका परिणाम यसप्रकार छन् ।
(क) राष्ट्रसङ्घको स्थापना: प्रथम विश्वयुद्धको परिणामस्वरूप वि.सं. १९२० जनवरी १० मा तत्कालीन अमेरिकी राष्ट्रपति विड्रो विल्सनको पहलमा विश्व शान्तिका लागि राष्ट्रसङ्घको स्थापना भयो। (
ख) जनधनको ठुलो क्षति: यस युद्धमा करिब ९२ लाख मानिसको मृत्यु र २ करोड ९० लाख मानिस घाइते भएका थिए। त्यस्तै ३३ करोड ६० लाख अरब पाउन्ड खर्च भएको थियो । (ग) भर्सेलिज सन्धिमा हस्ताक्षर २८ जुन १९१९ मा मित्रराष्ट्रहरू र जर्मनीबिच फ्रान्सको पेरिसमा सन्धि भएपछि यो युद्धको अन्त्य भएको थियो ।
(घ) राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना: यस युद्धको प्रभाव स्वरूप विश्वमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापनाको सुरुआत भयो ।
(ङ) विश्वव्यापी आर्थिक सङ्कट: यस युद्धमा ठुलो जनधनको क्षति भएकाले कृषि, उद्योग, व्यापारका क्षेत्रमा प्रतिकूल असर परेको थियो। विश्वमा भोकमरी, बेरोजगारी, गरिबी, मुद्रास्फिति र महङ्गीले सताएको थियो। ) अधिनायकवादको उदय प्रथम विश्वयुद्धपछि भर्सेलिजको सन्धिलाई आधार बनाई जर्मनीमा हिटलर, इटालीमा मुसोलिनी जस्ता अधिनायकवादीको उदय हुन पुग्यो ।
च ( (छ) नयाँ राष्ट्रको उदय : यस युद्धपछि अल्वानिया, युगोस्लाभिया, फिनल्यान्ड, चेकोलोभाकिया जस्ता राष्ट्रको उत्पत्ति भयो ।
३. प्रथम विश्वयुद्धमा नेपालीले खेलेको भूमिकाको छोटकरीमा वर्णन गर्नुहोस् ।
उत्तर : प्रथम विश्वयुद्ध भएका बेला नेपालमा प्रधानमन्त्री चन्द्रशमशेर थिए। उनले अङ्ग्रेजलाई सहयोग गर्नका लागि बबर शमशेरको नेतृत्वमा ७५०० नेपाली फौज पठाएका थिए। त्यसपछि जनरल पदम शमशेर, तेज शमशेर र केशर शमशेरको नेतृत्वमा पनि फौज पठाइएको थियो। त्यस समय कुल १६,५४४ नेपाली सैनिकहरूले अङ्ग्रेजहरूको सहायताका लागि लडेका थिए। त्यस्तै बेलायतलाई नेपालले दश लाख पाउन्ड आर्थिक सहयोग पनि गरेको थियो। नेपाली सैनिकले युद्धको कठिन मोर्चामा अद्भुत पराक्रम, साहस र वीरता प्रदर्शन गरी अङ्ग्रेजलाई विजयी बनाएका थिए। नेपाली फौजको वौरताको शत्रुपक्षले पनि मुक्त कण्ठले प्रशंसा गरेका थिए। प्रथम विश्वयुद्धमा देखाएको वीरताको कारणले आजसम्म पनि विश्वमा नेपालीलाई गोर्खाली वीर भनेर चिनिन्छ । यसप्रकार प्रथम विश्वयुद्धमा नेपालीले निकै साहसिक भूमिका निर्वाह गरी बहादुरको परिचय दिलाएका थिए ।
४. अधिनायकवाद भनेको के हो ?
उत्तर : कुनै व्यक्ति वा व्यक्ति समूह अधिनायक बनी सञ्चालन गरेको राज्यव्यवस्था वा सो व्यवस्थासम्बन्धी सिद्धान्त अधिनायकवाद हो यसले आफ्नो सत्ता टिकाउन विरोधीलाई दमन गर्ने, यातना दिने र हत्या गर्ने तथा आफ्नो महत्त्वाकांक्षा जसरी पनि पूरा गर्ने जस्ता कार्य गर्दछ।
५. "बदलाको भावनाले सङ्कट निम्त्याउँछ ।" यस भनाइलाई प्रथम विश्वयुद्धको प्रसङ्ग जोडेर पुष्टि गर्नुहोस् ।
उत्तर : बदलाको भावना जोसुकैका लागि पनि राम्रो होइन। यसले कुनै न कुनै रूपमा सङ्कट निम्त्याउँछ । बदलाको भावनाले अशान्ति उत्पन्न हुन्छ र नोक्सान गर्छ। बदलाको भावनाले गर्दा अविश्वास, गुटबन्दी, घृणा, ईर्ष्या उत्पन्न हुन गई प्रथम विश्वयुद्ध हुन पुगेको देखिन्छ। यस युद्धको परिणाम निकै भयावह भयो। त्यस अघि यस्तो विनाश कहिल्यै भएको थिएन। त्यसैले यो नरसंहारकारी युद्ध बन्यो। भर्सेलिजको सन्धिले प्रथम विश्वयुद्ध रोकिए पनि जर्मनीमा बदलाको भावना विकास गरायो। यसले गर्दा दोस्रो विश्वयुद्धको बीजारोपण हुन गयो। तसर्थ बदलाको भावनाले सङ्कट निम्त्याउँछ ।
६. भर्सेलिजको सन्धिको सकारात्मक तथा नकारात्मक प्रभावको समीक्षा गर्नुहोस् ।
उत्तर : ७ अगस्ट १९१८ मा जर्मन सेना हार उन्मुख भएपछि जर्मनका सम्राट कैजर विलियम द्वितीय ९ नोभेम्बर १९१८ मा हल्यान्ड पलायन भए। त्यसपछि सन् १९१९ जून २८ मा फ्रान्सको राजधानी पेरिसमा रहेको भर्सेलिजको दरबारमा मित्रराष्ट्र समूह र जर्मनीबिच प्रथम विश्वयुद्ध रोक्ने तथा यसको क्षतिपूर्ति भराउने सर्तसहित सन्धि भएको थियो। यस सन्धिलाई नै भर्सेलिजको सन्धि भनिन्छ। यो सन्धि एकपक्षीय सन्धि थियो र जर्मनीमाथि लादिएको थियो । यसका कारणले गर्दा जर्मनीले आफूलाई अपमानित भएको महसुस गरेको थियो। यो सन्धिले जर्मनीलाई युद्ध अपराधी बनाई युद्धका सबै प्रकारको क्षतिको दायित्व ब्यहोर्नु पर्यो। त्यस्तै राज्यको क्षतिका साथै सैनिक प्रतिबन्धसमेत लाग्यो । ठुलो रकम आर्थिक क्षतिपूर्ति तिर्नुपर्ने भयो। मानव जगत्कै ठुलो नरसंहारकारी युद्धको अन्त्य गर्न सक्नु भर्सेलिजको सन्धिको सकारात्मक पक्ष हो। यस सन्धिका माध्यमबाट प्रथम विश्वयुद्धको विधिवत् अन्य हुन पुग्यो । जर्मनीले बदलाको भावना लिएर दाँस्रो विश्वयुद्धको बीजारोपणको कार्य भयो ।
राष्ट्रसङ्घको स्थापना, सबैतिर राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापनाको लहर यस सन्धिका सकारात्मक प्रभाव हुन्। यो सन्धि एकपक्षीय हुनु यसको सबैभन्दा नकारात्मक प्रभाव थियो किनभने यो एक पक्षीय भएको कारणले नै
पाठ ८. दोस्रो विश्वयुद्ध र यसका कारण
१. "भर्सेलिजको सन्धिले दोस्रो विश्वयुद्धलाई निम्ता गरेको थियो। यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर : सन् १९१८ अगस्टमा जर्मन सेना हार उन्मुख भएपछि जर्मन सम्राट कैजर विलियम द्वितीय हल्यान्ड पलायन भए। त्यसपछि सन् १९१९ जून २८ मा मित्र राष्ट्र र जर्मनीबिच फ्रान्सको पेरिसस्थित भर्सेलिज दरबारमा सन्धि भयो । यसलाई नै भर्सेलिजको सन्धि भनिन्छ। यस सन्धिले प्रथम विश्वयुद्धको अन्त्य गरेको थियो। यो सन्धि जर्मनी विरुद्ध एकपक्षीय र अपमानजनक तरिकाले थोपरिएको थियो। यस सन्धिअनुसार जर्मनीले युद्धको सबै किसिमको क्षति स्वीकार गर्नुपरेको थियो । नैतिक रूपमा पनि जर्मनीलाई विश्वसामु नङ्ग्याइएको थियो। युद्ध अपराध, राज्यको क्षति, सैनिक प्रतिबन्ध, आर्थिक क्षतिपूर्तिलगायतका प्रावधानहरू जर्मनीका विरुद्ध सन्धिमा उल्लेख गरिएका थिए। यस सन्धिले युरोपमा प्रतिशोधको भावनाको बीजारोपण गरेको थियो। यो अपमानजनक सन्धि पालना गरिरहनु जर्मनीका राष्ट्रभक्तहरूका लागि असह्य थियो। यसैकारण अनपेक्षित रूपमा हिटलरको उदय भयो। उनी नै दोस्रो विश्वयुद्धका कारक बने । तसर्थ भर्सेलिजको सन्धिले दोस्रो विश्वयुद्धलाई निम्ता गरेको थियो भन्न सकिन्छ ।
२. दोस्रो विश्वयुद्धका कारणको छोटकरीमा वर्णन गर्नुहोस् ।
उत्तर : दोस्रो विश्वयुद्धका कारण :-
(क) जर्मनीद्वारा भर्सेलिजको सन्धि उल्लङ्घन: भर्सेलिजको सन्धिका कारण जर्मनीमा हिटलरको उदय भयो। उनले सैन्य शक्ति विस्तार गर्नुका साथै युद्ध सामग्रीको पनि वृद्धि गरे। उनले भर्सेलिजको सन्धि उल्लङ्घन गर्दै जर्मन सेनामुक्त राइनल्यान्ड टापुमा आफ्नौ सेना पुनः पठाए। यी गतिविधि नै युद्धको कारण बन्यो ।
(ख) राष्ट्रसङ्घको असफलता: राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रहरूले नै संस्थाको धज्जी उडाउने काम गरे। जापान, इटाली, जर्मनी, रुस जस्ता राष्ट्रले सन्धि विपरीतका कार्य गर्दा पनि राष्ट्रसङ्घले नियन्त्रण गर्न सकेन र असफल भयो । यो पनि दोस्रो विश्वयुद्धको कारण बन्यो ।
(ग) अधिनायकवादको उदय: प्रथम विश्वयुद्धको अन्त्यसँगै जर्मनीमा हिटलर, इटालीमा मुसोलिनी, स्पेनमा फ्रान्सिस्को जस्ता अधिनायकवादीको उदय भयो। उनीहरूले आफ्ना नागरिकमा उग्रराष्ट्रवादी भावना जागृत गराए, सैनिक शक्ति वृद्धि र हातहतियार निर्माण गर्ने होडबाजी चल्यो ।
(घ) राष्ट्रहरूको अपवित्र गठबन्धन : जापान र इटाली मित्र राष्ट्र समूह छोडेर धुरी राष्ट्र समूहतिर जोडिन पुगे। अर्कोतर्फ मित्र राष्ट्रहरूको गुटमा फ्रान्स, बेलायत, अमेरिका लगायतका राष्ट्र रहेकोमा पछि रुस पनि सामेल भयो र दोस्रो विश्वयुद्धको वातावरण बन्यो ।
(ङ) साम्यवादको त्रास र तुष्टीकरणको नीति: रुसमा साम्यवादी शासन सुरु भएपछि यसले छोटो समयमा नै धेरै परिवर्तन गयो। यसबाट युरोपका अरू राष्ट्रले पनि सिको गर्न थाले। बेलायतले आफ्नो साम्राज्य समाप्त हुने डरले तुष्टीकरणको नीति लियो र यसलाई फ्रान्सले साथ दियो ।
(च) स्पेनको गृहयुद्ध: सन् १९३६ मा स्पेनमा भएको गृहयुद्धलाई दबाउन फ्रान्सिस्कोले सेना परिचालन गरे। इटाली र जर्मनीले उक्त कार्यलाई सहयोग गरे। स्पेनमा गृह युद्ध दबेपछि स्पेन पनि धुरी राष्ट्र समूहमा सामेल भयो ।
(छ) विश्वव्यापी आर्थिक सङ्कट प्रथम विश्वयुद्धले विश्वव्यापी रूपमा आर्थिक सङ्कट निम्त्याएपछि गरिबी र बेरोजगारीका कारण युवाहरू सेनामा भर्ती भए। यसबाट राष्ट्रहरूले सैन्य शक्ति वृद्धि गर्ने अवसर पाए ।
३. तुष्टीकरणको नीति भनेको के हो ? यसले दोस्रो विश्वयुद्धलाई कसरी निम्त्यायो ?
उत्तर : तुष्टको अर्थ सन्तुष्ट, मक्ख, तृप्त हुन्छ । तसर्थ तुष्टीकरणको अर्थ तुष्ट पार्ने काम वा प्रक्रिया भन्ने हुन्छ । अन्तराष्ट्रिय सन्दर्भमा तुष्टीकरण नीर्ति भनैको कुटनीतिकों एक शैली हो जसमा प्रत्यक्ष द्वन्द्वबाट बच्न आक्रमणकारी शक्तिलाई विभिन्न छुट दिइन्छ । दोस्रो विश्वयुद्ध ताका बेलायतले यो नीति लिएको थियो। रुसमा साम्यवादी (कम्युनिस्ट) शासन सुरु भएपछि छोटो समयमा धेरै परिवर्तन भएका थिए। यसको प्रभाव युरोपभरि फैलिँदै गएको थियो। रुसको प्रभाव बढ्न थालेपछि बेलायत र फ्रान्स चिन्तित भए र भित्रभित्रै असन्तुष्ट थिए । बेलायतलाई आफ्नो प्रभुत्व समाप्त हुने डर भएकाले जर्मनीको गठबन्धनले रुसमा आक्रमण गरोस् र रुसको शक्ति हास होस् भन्ने चाहना थियो। यसैले गदौ उसले तुष्टीकरणको नीति अवलम्बन गर्यो। यस कार्यमा फ्रान्सले साथ दियो। यो नीति पनि विश्वयुद्धको कारण बन्न पुग्यो र दोस्रो विश्वयुद्धलाई निम्त्यायो ।
पाठ ९. दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका
१. द्वितीय विश्वयुद्धका परिणामको छोटकरीमा वर्णन गर्नुहोस् ।
उत्तर : द्वितीय विश्वयुद्धका परिणाम :-
(क) अपार धनजनको क्षति: यस युद्धमा करिब २ करोड २० लाख मानिस मारिएको र ११ सय खरब डलर रकम खर्च भएको अनुमान गरिएको छ ।
(ख) विश्व दुई ध्रुवमा विभाजित र शीतयुद्धको सुरुआत: यस युद्धपछि रुस र अमेरिका शक्तिशाली भए। यी दुई राष्ट्रबिच वैचारिक र राजनीतिक मतभेदसमेत बढ्न गयो। सैन्य युद्ध नभए पनि दुई राष्ट्रबिचको सम्बन्ध चिसो भयो ।
(ग) आर्थिक पुनः निर्माणका नाममा विभिन्न प्रतिस्पर्धी संस्थाको स्थापना: अमेरिकाको नेतृत्वमा नाटोको स्थापना भयो भने रुसले पनि वार्सा सन्धि सङ्गठन स्थापना गर्यो। त्यस्तै रुसले मोलोटोभ प्लान बनायो भने अमेरिकाको मार्सल प्लान सुरु भयो ।
(घ) उपनिवेशवादको अन्त्य र विश्वभरि प्रजातान्त्रिक लहर: दोस्रो विश्वयुद्धपछि विश्वभरि नै उपनिवेशवादको अन्त्य भयो र प्रजातान्त्रिक आन्दोलनको लहर चल्यो ।
(ङ) संयुक्त राष्ट्रसङ्घको स्थापना: लन्डन घोषणापत्र र एटलान्टिक चार्टर जस्ता सम्झौताको जगमा टेकेर घोषणापत्र तयार पारी सन् १९४५ अक्टोबर २४ मा विधिवत् रूपमा संयुक्त राष्ट्रसङ्घको स्थापना भयो ।
२. एटलान्टिक चार्टर भनेको के हो ?
उत्तर : लन्डन घोषणापत्र जारी भएको तीन महिनापछि सन् १९४१ अगस्ट १४ मा विश्वशान्तिका लागि अमेरिकी राष्ट्रपति फ्रयाङ्ङ्कलिन रुजवेल्ट र बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले आन्ध्र महासागरमा युद्धपोतभित्र रहेर एउटा
घोषणापत्र तयार पारे। यसलाई एटलान्टिक चार्टर भनिन्छ ।
३. पर्लहार्वर घटना जापानका लागि किन घातक हुन पुग्यो ?
उत्तर : दोस्रो विश्वयुद्धमा अमेरिका तटस्थ बसेको थियो। यसरी युद्धमा तटस्थ रहेको अमेरिकाको पर्ल हार्बरमा रहेको अमेरिकी सेना र पानी जहाजमाथि जापानले बम हानी सन् १९४१ अप्रिल ७ मा ध्वस्त बनायो। त्यसपछि अमेरिकाद्वारा जापान, जर्मनी र इटालीका विरुद्ध युद्धको घोषण गरी युद्ध प्रारम्भ भयो। सन् १९४५ मा अमेरिकाद्वारा जापानको हिरोसिमा सहर र नागासाकी सहरमा एटम बम प्रहार गर्यो। त्यसपछि जापान आत्मसमर्पण गर्न बाध्य भयो । तसर्थ पर्लहार्वर घटना जापानका लागि घातक हुन पुग्यो ।
४. दोस्रो विश्वयुद्ध अगाडि शक्तिशाली हिटलरले युद्धको क्रममै आत्महत्या गर्नुपर्नाका कारण के के हुन् ? लेस्नुहोस् ।
उत्तर : दोस्रो विश्वयुद्ध अगाडि शक्तिशाली हिटलरले युद्धको क्रममै आत्महत्या गर्नुपर्नाका कारण निम्न छन् :-
(क) जापानका कारण युद्धमा तटस्थ रहेको अमेरिकाले पनि युद्धको घोषणा गर्नु
(ख) इटालीले युद्धमा हार मानी आत्मसमर्पण गर्नु (ग) जर्मनीको कब्जामा रहेको पेरिस मित्र राष्ट्रका संयुक्त फौजद्वारा मुक्त गर्नु र जर्मनीको भयानक क्षति हुनु (घ) इटालीका शासक मुसोलिनीको हत्या हुनु ।
५. नेपालका राणा शासक ब्रिटिश सरकारप्रति बफादार हुनाका कारण के के हुन् ? स्पष्ट पार्नुहोस् ।
उत्तर : नेपालका राणा शासक ब्रिटिश सरकारप्रति बफादार थिए। सुगौली सन्धिपछि नेपाल र ब्रिटिश सरकारबिचको सम्बन्ध निकै राम्रो थियो। ब्रिटिशहरूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सुरु गरेका थिए । त्यसबेला विश्वभरि नै अङ्ग्रेजहरूको उपनिवेश रहेको थियो। उनीहरू शक्तिशाली थिए। त्यसैले ब्रिटिश सरकारसँग बफादार भएमा नेपालमा आफ्नो सत्ता टिकाउन सजिलो हुन्छ भन्ने राणाहरूको बुझाइ रहेको थियो। उनीहरूप्रति बफादार बनेर राणाहरूले धेरै फाइदा पनि लिएका थिए ।
पाठ १०. स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण
१. ऐतिहासिक स्थल भन्नाले के बुझिन्छ ?
उत्तर : शासकहरूले वा जनताद्वारा बनाइएका प्रशासनिक भवन वा दरबार वा तत्कालीन नियम कानुन, चलन, रीतिरिवाज सम्बन्धी स्थलहरूलाई ऐतिहासिक स्थल भनिन्छ। किनभने यिनीहरूले हाम्रो विगतलाई देखाउँछन् ।
२. हाम्रा ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलको संरक्षण किन गर्नुपर्दछ ?
उत्तर : ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको हामीले संरक्षण गर्नुपर्छ किनभने यिनीहरूले हाम्रो विगतलाई देखाउँछन् । हामीले विगतमा के कस्तो उन्नति गरेका रहेछौ, हाम्रो कलाकौशल कस्तो रहेछ, हाम्रो कालीगढहरूको श्रम, तत्कालीन सामाजिक तथा आर्थिक अवस्थाबारेमा जानकारी दिन्छन्। यी हाम्रा पहिचान हुन्। हाम्रा सांस्कृतिक सम्पदा हुन्। हाम्रो समाजले कतिको उन्नति प्राचीनकालमा गरेका रहेछन् भन्ने जानकारी हामी पाउँछौं। यसकारण हामीले ऐतिहासिक, धार्मिक तथा पुरातात्विक स्थलहरूको संरक्षण गर्नुपर्छ ।
३. हाम्रा ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर : हाम्रा ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलको महत्त्व यसप्रकार रहेका छनः-
- तिनीहरूले हामीलाई हाम्रो विगतमा जोड्छन्।
- तिनीहरूले हामीलाई हाम्रो साझा मानवताको बारेमा सिकाउँछन्।
- तिनीहरूले सांस्कृतिक समझ र सहिष्णुता बढावा दिन्छन्।
- यसले पर्यटन र आर्थिक विकासलाई बढावा दिन्छ ।
- उनीहरूले रोजगारी र शैक्षिक अवसरहरू प्रदान गर्छन् ।
- तिनीहरू राष्ट्रिय गौरव र पहिचानको स्रोत हुन्।
If you have any doubts, Please let me know